काठमाडौं ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले ‘हत्याराका सरदार’ भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपाल भ्रमणमा रहेकाबेला भारतीय राजदूतावास मार्फत ज्ञापनपत्र बुझाएको छ ।

राजदूतावासको दर्ता नं. ९ रहेको मोर्चाको तीन बुद्धे ज्ञापनपत्रमा गोविन्द गौतमको हत्याको लगत्तै नेपाल भ्रमण गरेकोमा स्थल सेनाध्याक्ष प्रति तीब्र रोष प्रकट गरिएको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय राजदूतावास पुगेर उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा नेपाल–भारत सम्बन्ध सौहार्दपूर्ण बनाउने भए सेनाध्यक्षले आफ्नो सरकारलाई सुगैली सन्धीमा गुमेको भूभाग नेपाललाई फिर्ता गर्ने, कालापानीबाट भारतीय सेना तत्काल फिर्ता गर्ने र भारतीय एस।एस।बि। ले हत्या गरेका गोविन्द गौतम लगायत सबै नेपालीका परिवारलाई प्रति व्यक्ति कम्तीमा भारु पचास लाख क्षतिपूर्ति संगै माफी माग्नु पर्ने माग सम्बोधान गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिसहित
भारतीय स्थल सेनाध्यक्ष विपीन रावतलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा प्रस्तुत तीन बुँदे ज्ञापनपत्र

श्री माननीय स्थल सेनाध्यक्षज्यू,
भारतीय स्थल सेना
भारत ।

मार्फत्
महामहिम राजदूतज्यू,
भारतीय राजदूतावास,
लैनचौर, काठमाडौं

महोदय,
पटक–पटक नेपाल सरहदभित्र प्रवेश गरी धेरै जना नेपालीको हत्या गर्दै आएको तपाईं नेतृत्वको भारतीय सेनाले पछिल्लो पटक पश्चिम नेपालमा गोविन्द गौतमको हत्या गरेको तपाईंलाई विदितै हुनुपर्छ । हाम्रा वीर सहिद गोविन्द गौतमको हत्याको रगतको प्रवाह आलो छँदै निर्लज्जतापूर्वक तपाईंले नेपाल भ्रमण गरेकोमा नेपाली जनता तपाईंप्रति क्षुब्ध छन् । तपाईंलाई नेपाली सेनाको मानार्थ महारथी पदवी दिनु भनेको नेपालमा भारतीय सेनाले गरेको नेपालीहरुको हत्या प्रकरणलाई वैधता दिनु हो भन्ने मोर्चाको ठहर छ । अतः ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तपाईंलाई ‘हत्याराको सरदार’ भन्ने पदबी दिन्छ र तपाईंको नेपाल भ्रमणको खुलेर विरोध गर्दछ ।
यस सन्दर्भमा यदि तपाईं नेपाल–भारतसम्बन्ध सही अर्थमा सौहार्दपूर्ण र विकसित भएको देख्न चाहनुहुन्छ भने तपाईंले निम्न लिखित तीन कुराहरु गर्न भारत सरकारलाई दबाब दिनुपर्दछ ।
१. इतिहासमा कहिल्यै भारतको नभएको सुगौली सन्धिपूर्वको नेपाली भूभाग भारतले नेपाललाई अविलम्ब फिर्ता गर्नुपर्छ ।
२. नेपालको कालापानी क्षेत्रबाट भारतीय सेना तत्काल हट्नुपर्छ ।
३. भारतीय सीमा सुरक्षा बलले हत्या गरेका गोविन्द गौतमलगायत व्यक्तिहरूका परिवारलाईं प्रति व्यक्ति कम्तीमा भा।रु। ५०,००,०००।– ९पचास लाख रुपैयाँ० क्षतिपूर्ति दिई नेपालसँग माफी माग्नुपर्छ ।

मितिः २०७३/१२/१६

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा

बोधार्थः
१. प्रधानमन्त्रीको कार्यालय
२. परराष्ट्र मन्त्रालय
३. बेलायती राजदूतावास, काठमाडौं

15.25¡ÆC