The Sashastra Seema Bal (SSB), the Indian border security force, has objected to the fencing activities carried out in some 80 metres north on the Nepal side of the Nepal-India border from Rajapur based the border pillar number 86 and 87.

According to a local Bishnu Rijal, SSB personnel with arms entered in Nepali side and threatened them not to construct the fence there saying that the area was disputed.

Fencing activities were in progress in Rajapur Municipality and Geruwa Rural Municipality near the border area in the Nepali side but SSB was obstructing the tasks, locals complained.

Locals are fencing with electric wire in the jungle there aimed at preventing the wild elephants from entering Nepal from the Indian border side.

Prime Minister Pushpa Kamal Dahal has given assurances to have the new education regulation under the Education Act (eighth amendment), 2073 BS passed soon.
PM shared so in a meeting with the Nepal Teachers' Federation delegation at his official residence in Baluwatar today.
PM Dahal further shared that the regulations as per the new act would be passed as local level has sufficient rights regarding the education sector as per the constitution.
Nepali Congress President and former Prime Minister Sher Bahadur Deuba, has said that the local poll would not be postponed under any pretext.
Talking to media persons at Biratnagar airport today, President Deuba further claimed that the election would be held even if Tarai Centric parties denied participating in it.
According to leader Deuba, they would soon forge consensus on constitution amendment process after leaving the issue of change in province borders.

पप्पु गुरुङ्, १८ चैत्र, महाकाली नगरपालिका । राजनीतिक दलहरुका हरेक गतिबिधी बढी भ्रष्टाचारी देखिदै आएका हरेक कार्यमा आफ्नो र बिरानो मान्छेको राजनितिक हेराईबाट गणना गर्न थालिएका तथा युवा जमातलाई निरुस्ताहित हुने प्रकारको दलहरुले कार्य गर्दै आएको आरोप लगाउदै पछिल्लो समयमा स्थानिय निर्वाचनमा स्वतन्त्रबाट आकांक्षी उम्मेदवार महाकाली नगरपालिकामा देखा पर्न थालेका छन् । महाकाली नगरपालिकामा स्वतन्त्रबाट वडा वडामा स्वतन्त्र पदका लागी वडा अध्यक्ष तथा सदस्यहरु लडाउन समेत तयारी भईरहेको खबर आउन थालेको छ् । प्राप्त खबर अनुसार स्वतन्त्रबाट वडा–वडाबाट स्वतन्त्रबाट उम्मेदवारी दिने योजना भईरहेको छ् । महाकाली नगरपालिकाका एक ब्यापारी किशन जोशीको अगुवाईमा महाकाली नगर क्षेत्रमा बसोबास गर्ने पार्टीबाट रुष्ट तथा स्वतन्त्र युुवा ब्यक्तीलाई एकत्रित गर्न थालेको बताईएको छ् । जोशी लगाएत उनका टिमले महाकाली नगरपालिका नगरको ५ वटा वडामा स्थानिय निर्वाचनलाई लक्षित गर्दै स्वतन्त्र समुह गठन गरेको बताएका छन् । उक्त वडाबाट उम्मेदवारी दिने तयारी समेत गर्दै आएको बताएका छन् । महाकाली नगरमा स्वतन्त्रबाट मेयर पदका आकांक्षी उम्मेदवारमा चर्चामा आएका किशन जोशी महाकाली नगरपालिकाको बिभिन्न वडामा संगठन बिस्तारमा लाग्न थालेका छन् । उनले युवा जमातलाई संगठित गर्दै आएको बताएका छन् । अरु दलहरुबाट खिन्नता बनेका युवा जमातलाई एक ठाउमा ल्याउने कार्य अघि बढाउदै लगेको मेयर पदका आकांक्षी उम्मेदवार किशन जोशीले बताए । “भ्रष्टाचारको बिरुद्ध हामी युवाहरु एक जुट हुदै आएका छौ” जाशीले भने । उनि मात्र हैनन् वडाका उम्मेदवारका लागी स्वतन्त्र उम्मेदवारको लागी टिम तयार हुदै गरेको जोशीको दाबी छ् । हाम्रो टिममा समर्थन गर्नेको संख्यामा दिनदिनै बद्धी भएको उनको दाबी उनि दाबी गर्छन् । महाकाली नगरपालिकाको स्वतन्त्र मेयर पदको आकांक्षी उम्मेदवारमा जोशी देखा परेका छन् । स्वतन्त्र उम्मेदवारीको लागी आफुहरुले स्थानिय तथा बढी गरे युवाहरुबाट राम्रो सुझाव, सल्लाह पाएको बताएका छन् । आफु पनि युवा भएको हुदा युवाहरुलाई बढी प्रथामिकता दिदै भ्रष्टाचारको बिरुद्ध युवाहरुलाई संगठित गर्दै जाने उनिहरुको भनाईरहेको छ् । उम्मेदवारीको लागी युवाहरु तथा स्थानियहरुबाट आर्थिक रकम समेत संकलन गरेको जोशीको बताउछन् । नेपाली काग्रेंस, एमाले, राप्रपा, माओबादी लगाएत दलहरुले गाउँ, टोलमा भेला, भेटघाट संगै स्वतन्त्र उम्मेदवारहरुले पनि टोल बस्तीमा कार्यक्रम संचालन गर्दै आएका छन् । बस्ती भेटघाट, घरदैलो, भेला लगाएत बैठक संचालन गर्दै आएका छन् । महाकाली नगरपालिकामा ठुला दलहरुले चुनावी चहलपहल चलाईरहदा स्वतन्त्रका आकांक्षी उम्मेदवारहरु पनि स्थानिय निर्वाचनको मेयर देखि बिभिन्न पदमा उम्मेदवारी दिने सुरसारमा लागेको छ् ।

तस्विर : किशन जोशी (स्वतन्त्र मेयर पदका आकांक्षी उम्मेदवार)

रनि विवश : केही दिन अघि भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत गेहेन्द्र बहादुर डाागीको सरुवा भएपछि बजारमा फूलमाला लगाएर बैण्डबाजा सहित विदाई गरियो । १० महिना अघि नगरपालिका आएका कार्यकारी अधिकृत डाँगीले बजार क्षेत्रमा गरेको सफाई र विकास निर्माणमा पुगाएको योगदानका लागि नागरिक अभिनन्दन स्वरुप बाजागाजा सहित विदाई गरिएको थियो । यद्यपि कार्यालयको खाता बन्द भएकाले उनी सरुवा गरिएको कार्यालय जान ढिलो भएका छन् । भीनपाका कार्यकारी अधिकृत डाँगीलाई महेन्द्रनगरमा जुन स्तरको समान्न दिइयो, महेन्द्रनगर बजार बने पछि सरकारी कर्मचारीलाई दिइएको यो नागरिक स्तरको सबै भन्दा ठूलो सम्मान हो । प्रहरी र जनता सम्बन्ध सुधारका लागि स्थापना गरिएको सामुदायिक सेवा केन्द्र र नागरिक समाजले विदाई कार्यक्रम गरेको थियो । कार्यकारीको विदाई पछि मुख्यत: दुई ओटा प्रश्न उब्जिएका छन् । पहिलो हो, कार्यकारीले भव्य स्वागत पाउने गरी के कार्यक्रम गरेका थिए ? दोस्रो सबै स्वागत नगरपालिकाकै खर्चबाट किनिएका त होइनन् ? बाहिर सफा देखिएको भीमदत्त नगरपालिकाको पछाडि फोहरको थुप्रो लागेको छ । धेरैले यो थुप्रो देखेका छन, तर वास्ता गरेका छैनन् । पछिल्लो १० महिनामा बजार जति सफा भयो, कार्यालय बाहिर जति फोहर थुप्रियो, कार्यालय भित्र ऐन नियम मिचेर थुप्रै आर्थिक बेथिति गरिएका छन् । ती बेथिति विरुद्ध अख्तियारमा उजुरी परेका छन् । ती सबैको वेवास्ता गर्दै बेथितिहरुको समर्थनमा महेन्द्रनगरको सडकमा फूलमाला र बैण्डबाजा बजाएर विदाई गरिएको छ । यसले महेन्द्रनगरको समाज सुशासन र पारदर्शिताको विपक्षी भएर बेथितिको सहयोगी बनेको प्रष्ट पारेको छ । व्यक्तिगत फाइदाका लागि भए पनि बेथितिलाई सम्मान गरिनु समग्र समाजको लज्जाको विषय हुनेछ । गणतन्त्र घोषणा पछि २०५६ मा भीमदत्त हुनु अघि यो नगरपालिका महेन्द्रनगर थियो । यो नगरपालिकामा २०५२ देखि फोहर मैला व्यवस्थापन गर्न डम्पिङ्ग साइड खोजी गरिएको छ । अहिले सम्म फोहर व्यवस्थापनका लागि स्थान समेत पत्ता लगाउन सकिएको छैन । १० महिना अघि कार्यालय आएका कार्यकारी अधिकृत डाँगीले विशेषत: बजार क्षेत्रमा साँझ विहान आएर नगर वासिन्दा सित सहकार्य गरी सरसफाई गरे । बजारको फोहर उठाएर कार्यालयको पछाडि लगे, त्यो फोहर लगेर भुजेलाको खोलामा फाले । भगतपुरको पत्थरपुरमा फाल्दा कार्यालयका गाडी स्थानीयले नियन्त्रणमा लिए । वस्ती नजिक डम्पिङ्ग साइड बनाउन खोजे पछि तिलाचौरमा स्थानीयले कर्मचारीलाई लखेटे । १० महिनाको यो सबै भन्दा ठूलो उपलब्धिका आधारमा नागरिक अभिनन्दन सहित विदाई गरिएको हो । बाहिर सफा देखिएको भीमदत्त नगरपालिकाको पछाडि फोहरको थुप्रो लागेको छ । धेरैले यो थुप्रो देखेका छन् । तर वास्ता गरेका छैनन् । पछिल्लो १० महिनामा बजार जति सफा भयो, कार्यालय बाहिर जति फोहर थुप्रियो, कार्यालय भित्र भित्र ऐन नियम मिचेर थुप्रै आर्थिक बेथिति गरिएका छन् । ती बेथिति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन् । ती सबैको वेवास्ता गर्दै बेथितिहरुको समर्थनमा महेन्द्रनगरको सडकमा फूलमाला र बैण्डबाजा बजाएर विदाई गरिएको छ । यसले महेन्द्रनगरको समाज सुशासन र पारदर्शिताको विपक्षी भएर बेथितिको सहयोगी बनेको प्रष्ट पारेको छ । व्यक्तिगत फाइदाका लागि भए पनि बेथितिलाई सम्मान गरिनु समग्र समाजको लज्जाको विषय हुनेछ । नगरपालिकाको १० महिने बेथितिको सुरुवात दुई वर्ष पूरानो भुक्तानीबाट सुरु भएको थियो । सम्झौता अनुसार काम हुने र असार मसान्तमा सम्झौता अनुसार नसकेपछि म्याद थप वा धरौटी जफत गरी नयाँ प्रक्रियामा जानु पर्ने हुन्छ । कुनै पनि प्रक्रियामा अपनाएर डेढ करोड बढीको पूरानो भुक्तानी गरिएको हो । सम्झौता अनुसार कामै सुरु नभएका योजनाको म्याद थप गरिएको छ । नयाा आर्थिक वर्षको सुरुवातमै पााच लाखका गोप्य कोटेशन गरिएका छन् । गोप्य कोटेशनमा वनबासाबाट धमिरा मार्ने औषधि ल्याइएर कार्यालयमा छर्किएको छ । उपभोक्ता समितिबाट गर्न सकिने कामलाई प्याकेज बनाएर ठेक्कामा दिइएको छ । यति मात्र होइन, ऐन नियम मिचेर दलहरुलाई २० लाखको ग्राभेलको ठेक्का दिइएको छ । लिलामका लागि तीन पटक सूचना प्रकाशित गरिएको गाडी मर्मत गरी सञ्चालन गरिएको छ । कार्यालय प्रमुख विदा बसेको दिनमा समेत कार्यालयको गाडी दाङ्गमा खडा छ । अनि अधिकांश कर्मचारी जिम्मेवारी विहीन बनाएर कार्यालयभित्र आपशी वैमनस्या र तिक्तता उब्जाइएको छ । यो भन्दा पनि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सहितको एशियाली विकास बैंकको दुई अर्बको कार्यक्रम अलपत्र परेको छ । यी सबै बेथितिको बचाऊ गर्दै बैण्डबाजा बजाउने नागरिक समाजको ध्यान अब यता पनि पुग्ने होला कि ? शाही कालमा स्याङ्जाका महेन्द्रमान व्यथित महाकाली अञ्चल प्रमुख भएर आए । कर्मचारीलाई कोट देखि टोपी लाउन सम्म कडाई गरे । बजारका वासिन्दामा प्रभावका लागि अञ्चल कार्यालयमा ट्युसनसम्म पढाए । आखिर व्यथितका ती सबै हर्कत धेरै दिन टिक्न सकेन । त्यत्ति बेला पनि उनका लागि यस्तै भव्य स्वागत गरिएका थिए । भीमदत्त नगरपालिकामा आर्थिक बेथिति भएको नौलो होइन, फरक यति हो, कोही लखेटेर गए, कोही बैण्डबाजा बजाउन लगाएर जादैछन् । दुई दशक अघि कार्यालयका धुव्र बहादुर कार्कीलाई राजनीतिक दलका नेताहरुले विजुलीको चिम खरिदमा अनियमितता गरेको आरोपमा लखेटेका थिए । त्यो बेलाका प्रमुख कार्की पनि बजारका वासिन्दाको मुटुमा बसि बसेका थिए । फरक यति छ, त्यो बेला दलहरु बेथिति विरुद्ध लागे, अहिले केही दलहरुले त्यसमा मौन साथ दिएका छन् । अल्पसंख्यक विवेकशिल नागरिक पनि बहुमतको बैण्ड बाजा हेरेर अन्यौलमा परेका छन् । जनताको करबाट तलब खाने कर्मचारीले मैले हात धुन सिकाए, फोहर उठाउन सिकाए, केही जनान्ने रहेछन् भन्दा पनि प्रतिक्रिया विहीन हुन पुगेका छन् । विवकेको सही प्रयोग गर्न पर्ने ठाउामा नागरिक समाजका नाममा फैलिएको बेथितिलाई सहयोग विरुद्ध चुप बसे नगरको भविष्य दशकौं पछि जानेमा दुई मत छैन । नगरपालिकामा कार्यालय प्रमुख आउदैन, महाकाली अञ्चल अस्पतालमा डाक्टर बस्दैनन् । यी सबै त्यहाका कर्मचारीले गर्दा भएका हुन् । हाकिम त बस्दैनन, ती कर्मचारी पनि नबसे ती कार्यालयको हालत के होला हामीले सोचेकै छैनौ । आखिर नगरपालिकामा हाकिम कहिले नबसेका हुन् र ? प्रदिप राज अधिकारी २६ महिना वसेर गए । उनी उमेरले सबै भन्दा कान्छा थिए । त्यसपछि आएका लोक बहादुर सुनार पनि बसेर गए । बिचमा आएका काजमा आए, त्यसपछि गए । सरकारी कर्मचारी भएपछि भीमदत्तमा मात्रै होइन, देशभर जहा पनि जानु पर्छ । अनि अस्पतालमा डाक्टर आउदैन, त्यो कर्मचारीका कारण नआएका होइन्, डाक्टर भए पछि धेरै कमनाउन नसकिने भएपछि कर्मचारीलाई आरोप लगाएका हुन् । डाक्टरी पढेर सेवा गर्छु भन्ने भावना लिएर म यो ठाउमा जान्छु, त्यो ठाउामा जान्छु भनेर हुन्छ, जता गए पनि विरामीको सेवा गर्ने हो भन्ने भावना हुनु पर्छ । यस्तो भावना हुने वित्तिक्कै कुनै पनि डाक्टर स्वास्थ्य मन्त्री गगन थापाको साथी भएर डडेल्धुराको टीम अस्पताल सरुवा हुदैन, स्त्री रोग विशेषज्ञले थापाथली प्रसूती गृह सरुवा गर्नु पर्दैन । समस्याको कारण पत्ता नलगाएर भीमदत्त र अस्पतालका कर्मचारीलाई दोषी देख्दै गयौ भने कहिल्यै पनि हल निस्कदैन । भीमदत्त नगरपालिका बारे पछिल्ला १० महिनामा आएका प्रतिक्रियाहरु रोचक र घतलाग्दा छन् । कार्यालय प्रमुखले खाए पनि के भयो, बजारमा केही त गरेको छ , अहिले सम्मका केही नगरी खाएका थिए त । त्यहाा नखाने को छ र ? यी र यस्ता प्रतिक्रियाले स्थानीय शासन स्वायत्त ऐन अनुसार बनेको स्थानीय सरकार प्रतिको अविश्वास प्रष्ट देखिएको छ । समाज नै बेथितिको पक्षमा उभिएपछि दुई वर्षका लागि आउने प्रमुखलाई पनि सहयोग नै पुग्छ । उसो त २०५९ मा स्थानीय निकाय जनप्रतिनिधि भएपछि प्रमुखले बागडोर सम्हाल्दै आएका स्थानीय निकायका बेथितिबारे सबै जानकार छन् । अब त संविधानको नयाँ संरचना अनुसार स्थानीय निकाय स्थानीय तह भएकाले ती बेथिति कम हुने आशा गरिएको छ , त्यसका लागि बैशाख ३१ को चुनाव हुनै पर्छ । वैशाख ३१ गते चुनाव नभए नागरिक समाजले अहिले देखि अर्को प्रमुखलाई सम्मान गर्नका लागि माला तयार गरेर राखे हुन्छ ।
(लेखक कञ्चनपुरका पत्रकार हुन् ।)

काठमाडौं ।
मूख्य दलका नेता र भारतीय ठेकेदार मिलेर अर्बौं रुपैयाँ कुम्ल्याउन खोजेको काठमाडौं निजगढ फास्ट ट्र्याक जनदबावपछि सरकारले नेपाली सेनालाई बनाउन दिने तयारी अघि बढाएको छ ।

अझैपनि फास्ट ट्र्याकमा गिद्धे दृष्टि लगाइरहेको भारतीय अभिव्यक्ति आइरहँदा यसबारेमा सरकारले छलफल अघि बढाएको हो ।

निर्माणबारे अध्ययन गरिरहेको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले सेनालाई पहिलो प्राथमिकतामा राखेर यसबारे रक्षा मन्त्रालयमार्फत सेनाको राय मागेको बताइएको छ ।

वित्तीय व्यवस्थापन सरकार आफैंले गर्ने गरी सेनालाई निर्माणको जिम्मा दिने तयारी मन्त्रालयले गरेको छ ।

फास्ट ट्र्याकको ट्रयाक समेत नेपाली सेनाले नै खोलेकोमा अहिले सरकारले निर्माणको जिम्मा नै सेनालाई दिने सोच बनाएको हो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने अन्तिम कसरत भइरहँदा जनस्तरबाट बिरोध भएपछि नेताहरु पछि हटेका थिए ।

केपी ओली नेतृत्वको अघिल्लो र प्रचण्ड नेतृत्वको वर्तमान दुबै सरकारले फास्ट ट्र्याक नेपाल आफैंले बनाउने भन्दै भारतलाई दिने तयारी रोकेका थिए ।

अर्बौं रुपैयाँको योजना भारत वा कुनै विशेष कम्पनीका नाममा दिएर घोटाला गर्ने सबै जसो दलका नेता र विशेषगरि भारत परस्त रहँदै आएका सत्ताधारी एमाओवादी, काँग्रेस सहित एमाले भित्रकै समेत कतिपय नेता भारतलाई नै दिनुपर्ने नेपालले बनाउन नसक्ने जस्ता अभिव्यक्ति दिंदै आएका थिए । तर जनस्तरबाट बिरोध भएपछि बिमलेन्द्र निधि, बाबुराम भट्टराई मधेश केन्द्रित दलका नेताहरु चुप लाग्न थालेका छन् ।

काठमाडौं ।
नेपाल बंगलादेशमा जारी ए सी सी ईमजिङ्ग टिम्स् कप क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा विजयी भएको छ ।

बंगलादेशको शेख कमाल अन्तराष्ट्रिय मैदानमा बिहिबार भएको खेलमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको थियो ।

नेपालको जितमा तिन जना ब्याट्स् म्यानहरुले अर्ध सतक पुरा गरेका थिए ।

२ सय १५ रनको विजय लक्ष्य पछ््याउने क्रममा नेपालका शुरुआती ब्याट्स् म्यान तथा कप्तान ज्ञानेन्द्र मल्लले ७० रनको योगदान गरेका थिए ।

त्यस पछि सरद भेषवाकर र दिपेन्द्र सिंह ऐरीको जोडिले राम्रो साझेदारी गर्दै नेपाललाई विजयी बनाउन निकै मद्दत्त गरेका थिए ।

दुवै जना अविजित रहँदै दिपेन्द्र सिंह ऐरीले ६० र सरद भेषवाकरले ५५ रनको योगदान गरेका थिए ।

बलिङ्गतर्पm भने नेपालका अभिनाष कर्णले सर्वाधिक ३ विकेट लिएका थिए ।

यसैगरी नेपालका भुवन कार्की, शुसान भारी र कप्तान ज्ञानेन्द्र मल्लले समान २/२ विकेट लिएका थिए भने शन्दिप लामिछानेले १ विकेट लिएका थिए ।

पहिलो खेलमा पाकिस्तान संग ७ विकेट र दोस्रो खेलमा आयोजक बंगलादेश संग ८३ रनले पराजित भएको नेपाल प्रतियोगिताबाट यस खेल अघि नै बाहिरिसकेको थियो ।

यसैगरि दुवै खेलमा पराजित भएको हङकङ पनि प्रतियोगिताबाट बाहिरिसकेको थियो ।

कैलाली ।
कैलालीको सदरमुकाम धनगढी उपमहनगरपालिका ५ हसनपुरमा तीन वर्षीया वालिका बलात्कृत भएकी छिन् ।

घरमा आमाबुवा नभएको अवस्थामा 'घरबेटीका छोरा' स्थानीय १७ बर्षका महेश्वर शर्माले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

डेरी पसलमा सञ्चालन गर्दै आएका बालिकाका आमा बुबा शर्माको घरमा डेरामा बस्दै आएका छन् ।

स्वास्थ्य अवस्था नाजुक रहेकी बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

चौतारा ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्ने क्रम अब ४.१ किमीमात्र बाँकी रहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बुको अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये अब ४.१ किमीमात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिनुभयो ।

आगामी बडा दसैँसम्म राजधानीबासीलाई खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो । हेलम्बुबाट ग्यालथुमखण्डमा दुई किमी र ग्यालथुमबाट सिन्धुखण्डमा २.१ किमी सुरुङ निर्माण गर्न बाँकी छ ।

दैलेख ।
दैलेखको नौमुलेमा रहेको छारीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

७५ करोड रुपैयाको लागतमा निर्माण भएको आयोजनाले परिक्षणका रुपमा ३ दशमलब ७५ मेगावट बिजुली उत्पादन गरेको आयोजना प्रमुख सौरभ अर्यालले जानकारी दिनुभयो ।

काठमाडौं ।
प्रधानम्रन्त्री पुष्पकमल दाहलसंग निर्वाचन आयोगका पदाधिकारीहरुले आज भेट गरी आगामी वैशाख ३१ गतेहुने स्थानीय तह निर्वाचनको तयारीका बारेमा जानकारी गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले हालसम्म ५१ जिल्लाका लागि आवश्यक मतपत्रको छपाई पूरा भएको र मतदान केन्द्र पुनरावलोकन, मतदाता नामावली तयारी, निर्वाचन सामग्री खरीद तथा प्राप्ति, मतदाता शिक्षा, जनशक्ति व्यवस्थापन तथा विभिन्न नियम एवं निर्देशिकाहरु तयारीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराइएको बताए ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले गरिरहेको कार्य प्रति धन्यवाद दिंदै निर्वाचनको सबै पक्षमा सरकारले आवश्यक सुरक्षा प्रदान गर्ने भएकाले ढुक्क भएर काम गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले आयोगले निर्वाचन आचार संहिता पालनामा गरेको कडाईलाई आफूले सकारात्मक रुपमा लिएको बताएका थिए ।

निर्बाचन आयोगले बैशाख ३१ गते देशका ७ सय ४४ वटै स्थानिय तहमा निर्बाचन सम्पन्न गर्ने गरी सबै आवश्यक तयारी अन्तिम चरणमा पुर्याइएको डा. यादबले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

भेटमा प्रमुख निर्वाचन आयुक्त डा. यादव, आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनालीको सहभागिता थियो ।

टोकियो ।
नेपाली नयाँ बर्षको अवसरमा क्योउदाइ रेमिट्यान्सले जापानबाट नेपाल पैसा पठाउँदा विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।

"यसपालीको नयाँ वर्ष, क्योउदाइ रेमिटान्स 'आईएमई' ले लिएर आयो हर्षै हर्ष” नाम दिएर ल्याइएको उपहार योजना राजधानी टोकियोमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको थियो ।

अप्रिल ३० तारिख सम्मको लागि हरेक दिन दुई जनाले आकर्षक उपहार पाउनेगरि योजना सार्वजनिक गरेको हो ।

रेमिटले यसको अलावा हप्ताको एक जनालाई बम्पर उपहारमा ल्यापटप समेत दिने भएको छ ।

हरेक दिनको उपहार योजनामा बिजयीले भने पाँच हजार येन बराबरको उपहार कुपन पाउनेछन् ।