चितवन ।
पछिल्लो समय नेपालमा अवैध रुपमा गर्भपतन गर्ने संख्या बढेसँगै गर्भपतन गर्नेहरुले असुरक्षित उपाय बढी अपाउनेगरेको पाइएको छ ।
नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको हो ।
वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र ९कृपा०ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो ।
४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता डा महेश पुरीले जानकारी दिए ।
अध्ययन अनुसार नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गरेकामा एक लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गरेका छन् । बाँकी एक लाख ८६ हजार ९४ महिलाले भने मान्यता नदिएको स्वास्थ्य संस्थाबाट गर्भपतन गरेको पाइएको छ ।
कृपाले गरेको अध्ययनमा गर्भपतन गराएकामध्ये ८० हजारलाई समस्या देखिएकोले उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेको र तीमध्ये करिब ५४ हजार महिलाले भने मान्यता नपाएका स्वास्थ्य संस्थामा गर्भपतन गराएका रहेको पाइएको छ ।
यो तत्थाङ्कले नेपालमा असुरक्षित गर्भपतन ठूलो समस्याको रुपमा रहेको पाइएको डा पुरी बताउँछन् । पाँचैं विकास क्षेत्रका जिल्लालाई प्रतिनिधित्व गर्ने गरी २७ जिल्ला तथा ३८६ वटा स्वास्थ्य संस्थामा अध्ययन भएको थियो ।
नेपालमा वार्षिक १० लाख ४८ हजारले गर्भधारण गर्ने गरिएको र त्यसमध्ये ५० प्रतिशत इच्छा विपरितको हुनेगरेको सो अध्ययनले देखाएको छ । इच्छा विपरित गर्भ रहेकामध्ये ६२ प्रतिशतले गर्भपतन गर्ने गरेको समेत सो अध्ययनले देखाएको छ ।

ताप्लेजुङ ।
पहिलो पटक जिल्ला अदालत ताप्लेजुङले पीडकले दिनुपर्ने क्षतिपूर्तिवापतको रकम सरकारलाई तिर्न आदेश दिएको छ ।

बालिका बलात्कार अभियोग लागेका याङवरक थुम्बेदिनका २० वर्षीय ठूलपी भन्ने विकास बिकले पीडितलाई दिनुपर्ने ७५ हजार रुपैयाँ सरकारबाट भराउन फैसला दिएको हो ।

पीडकको नाममा कुनै आर्थिक सम्पत्ति तथा श्रोत नदेखिएपछि अदालतले बालिकालाई दिइने क्षतिपूर्ति महिला तथा बालबालिका कार्यालयबाट उपलब्ध गराउने फैसला गरेको हो ।

श्रेष्तेदार गोपाल थापाका अनुसार अदालतले पीडितलाई सरकारबाट क्षतिपूर्ति उपलब्ध हुने गरी फैसला सुनाएको यो पहिलो हो ।

अदालतले पीडक बिकलाई १४ वर्ष जेल सजाय समेत सुनाएको छ ।

मुद्दा अदालत पुगेको ९ दिनमै जिल्ला अदालतले मुद्दाको सुनुवाई गर्दै प्रतिवादी विकलाई १४ वर्ष जेल सजाय सुनाएको हो ।

बिराटनगर ।
नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले स्थानिय निकायको चुनाव नजिजिएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई गाउँ जान निर्देशन दिएका छन् ।
दलहरुको सहमतीमा तोकिएकै मितिमा स्थानियतहको निर्वाचन सम्पन्न हुने भन्दै देउवाले भने चुनाव आयो अब तपाईहरु गाउँ गाउँ जानुस् ।
विराटनगरमा आज विहान संचारकर्मीसंग कुरागर्दै देउवाले मुलुक निर्वाचन तर्फ उन्मुख भइ सकेकाले निर्वाचन नरोकिने प्रष्ट पारे । संविधान कार्यान्वयका लागीपनी निर्वाचन आवश्यक रहेको उनको भनाई थियो ।
पछिल्लो पटक नेपाल प्रहरीको आईजिपी नियुक्तीमा हस्तक्षेप गरेपछि बदनाम भएका काँग्रेस सभापती देउवाले लामो समयपछि चुनावको संघारमा जिल्ला दौडाहा सुरु गरेका छन् ।
सभापती देउवाले वैशाख–३१ गते हुने निर्वाचनमा सहभागी हुन जनता उत्सुक रहेकाले निर्वाचनको विकल्य नभएको वताए । उनले सवैतिर निर्वाचनको माहौल वन्दै गएकाले निर्वाचन हुनेमा ढुक्क रहन सवैलाई आग्रह समेत गरे ।
देउवाले निर्वाचनमा सहभागी गराउन मधेशवादीदलहरुसंगपनी वार्ता र छलफल भइरहेकाले मधेशी मोर्चापनी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।
आजै सभापती देउवाले विराटनगरमा पार्टी कार्यकर्तासंगको भेटघाटमा निर्वाचनका लागी गाउगाउ जान पार्टी कार्यकर्ता हरुलाई निर्देशन दिएका थिए ।
स्थानिय तहको निर्वाचनले नेपाली जनतालाई थप अधिकार सम्पन्न वनाउने भएकाले आफनो एजेन्डा लिएर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता गाउगाउ जानुपर्ने देउवाको भनाई छ ।
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सुरु भएको करिब ९ वर्षपछि नेपालमै पहिलोपल्ट ‘एबिओ इन्कम्प्याटिबल’ तथा फरक रक्त समूहको मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ ।
अन्य विकसित देशमा समेत विरलै प्रयोग गरिने यस्तो खालको प्रत्यारोपण विधि अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा। दिव्यासिंह शाहको नेतृत्वमा युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका चिकित्सकको टोलीले सफल प्रत्यारोपण गरेको हो ।
सिन्धुली ।
कमालामाई नगरपालिका कार्यालय सिन्धुलीका नापी सर्वेक्षक सन्तोष कुमार श्रेष्ठ घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्र्दिवासको टोलीले आज २२ हजार ५ सय घुस सहित श्रेष्ठलाई पक्राउ गरेको हो ।
कमलामाई नगरपालीकामा बाटो छुट्याई दिए बापत घुस लिँदै गर्दा श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्दिबासका प्रहरी उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनुभयो ।

डोल्पा ।
डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पुर्याउन नेपाली सेनाको टोली खटिएको छ ।

जाजरकोट—डोल्पा १ सय १७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।

अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

काठमाडौं ।
आगामी पाँच वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर गराउने नेपाल सरकारको लक्ष्य अनुरुप नेपालका लागि धानसम्बन्धी रणनीति तर्जुमा गर्न अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठानलाई सुझाव दिइएको छ ।
नेपाल तथा दक्षिण एसियाका लागि अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठानले ल्याउन लागेको नयाँ रणनीतिको मस्योदामाथि शुक्रबार काठमाडौंमा भएको छलफल कार्यक्रममा सहभागीहरुले नेपालमा पछिल्लो समयमा मध्यम बर्ग मोटो चामलभन्दा मसिनो चामलतर्फ आकर्षित हुँदै गएकोले प्रतिष्ठानको रणनीति पनि सोही अनुसारको हुनुपर्ने बताउनुभयो ।
उहाँहरुले नेपालमा चैते धानको खेतीबाट धान उत्पादन उल्लेख्यरुपले बढाउन सकिने भएकाले सोही अनुसार धानका जात र प्रविधिको विकासका साथै आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव डा। सुरोज पोखरेलले अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठानले विगत ५० वर्षदेखि नेपाललाई धानको उन्नत जात र प्रविधि विकासमा महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठानका दक्षिण एसियाका प्रतिनिधि डा। नफिज मेहले नेपाललाई चैते धान सुकाउने र भण्डारण गर्ने विशेष प्रविधि कार्यान्वयनमा समेत सघाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठानको नेपालस्थित कार्यालयका प्रतिनिधि एवं वरिष्ठ बैज्ञानिक डा। भवप्रसाद त्रिपाठीले प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि नेपाल तथा दक्षिण एसियाका लागि धानसम्बन्धी नयाँ १० वर्षे रणनीति लागू गर्न लागेको जानकारी दिनुभयो ।
इलाम ।
इलाममा बिहीबारबाटसुरु भएको तेस्रो संस्करणको ‘माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लबलेसुखद सुरुवात गरेको छ ।
पुलिसले आयोजक माइभ्यालि फुटबल क्लबलाई ३–० गोल अन्तरले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । खेलको सुरुबाटै दबाबमा राखेको पुलिसको जितमा नेपाली टिमका पूर्व स्ट्राइकर समेत रहेका भरत शाहले गोल गर्दै अग्रता दिलाएका थिए ।
अविशेक रिजालले गोल गर्दै टिमलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाए । इन्जुरी समयमा पेनाल्टिको सदुपयोग गर्दै तेज तामाङले जालि चुमाएपछि पुलिसले आयोजकलाई उसकै मैदानमा ३–० गोल अन्तरले पाखा लगाउन सफल बन्यो ।
प्रतियोगितामा आयोजकसहित नेपाल र भारतका चर्चित दश टिमहरु मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मि, संकटा, एपिएफ, नेपाल पुलिस क्लब, झापा ११, रुपन्देहि ११ तथा भारत कोलकत्ताको दुर्गा स्टिल एफसि र सिक्किम युनाइटेड एफसिले प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले साढे दुई लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडिले एकसय ५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा शुक्रबार पाहुना टिम दुर्गा स्टिल कोलकत्ता र रुपन्देहि ११ बिच खेल हुनेछ ।

पोखरा ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका छन् ।

एमाले कास्कीले आज पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झन्डै १९ वर्षपछि हुन लागेको निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भएकाले कसैको भ्रममा नपरी निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षसँग आग्रह गरे ।

एक वर्षअघि आपूmले शिलान्यास गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको काममा ढिलाइ भइरहेकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले यसको निर्माणमा तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे ।

काठमाडौं ।
व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले संघीय प्रणालीमा प्रशासनिक पुनःसंरचना तथा जनशक्ति व्यवस्थापनका लागि विज्ञसम्मिलित अधिकारसहितको उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले विज्ञसम्मिलित समितिले सिफारिस गरेको प्रतिवेदन राज्य व्यवस्था समितिसमक्ष पेस गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।
काठमाडौं ।
निर्वाचन आयोगले आउँदो स्थानीथ निर्वाचनका लागि निर्वाचन सुरक्षा र सुरक्षा विषयक दुईदिने प्रशिक्षण शुरु गरेको छ ।
प्रशिक्षण को उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो ।
डा. यादवले निर्वाचनमा सुरक्षा निकायबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भएर कार्यम्पादन हुनेमा आयोग विश्वस्त रहेको बताउनुभयो ।
आयुक्त सुधीर कुमार शाहले धेरैभन्दा धेरै मतदाता मतदानमा सहभागी हुने र कुनै डर, धाक र धम्कीबिना निर्भिक रुपमा मतदान गरेर घर फर्कन सक्ने वातावरण निर्माण गरी पेशागत दायित्व बहन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।
गृहमन्त्रालयका सहसचिव बालकृष्ण पन्थीले धेरै वर्षको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी र उम्मेदवार बढी हुने भएकाले सुरक्षाको विषय गम्भीर र विशेष महत्वको बनेको बताउनुभयो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने लक्ष्यले सुरक्षाकर्मीका लागि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
२ दिनसम्म चल्ने प्रशिक्षणमा नेपाली सेनाका १५, नेपाल प्रहरीका २०, सशस्त्र प्रहरी बलका १५ र राष्ट्रिय अनुसन्धान विभागका छ अधिकृत सहभागी हुनुहुन्छ ।
रक्षा मन्त्रालय र गृहमन्त्रालयका दुई÷दुई अधिकृत पनि प्रशिक्षणमा सहभागी हुनुहुन्छ ।

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सरकारमा संलग्न काँग्रेस, माओवादी केन्द्र र राप्रपासँगको बैठकमा मधेशी मोर्चाले फेरीपनि भारतीय हिन्दीभाषालाई कामकाजको भाषा बनाउन माग गरेको छ ।

बालुवाटामा बसेको बैठकमा संविधान संशोधन अन्र्तगत भएको छलफलमा मोर्चाले यस्तो माग गरेको हो ।

बैठकमा प्रधानमन्त्रीले संविधान संशोधनमा सीमांकनको विषय पछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्ने प्रस्तावलाई पुन प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्रीले पस्तुत गरेको प्रस्तावमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई संविधानमा अनुसूची थप गरी समावेश गर्ने बताएकामा मोर्चाले हिन्दी भाषालाई पनि सिफारिस गर्न लगाउनुपर्ने माग र प्रतिवद्धता मागेको थियो ।

यसैगरि बैठकमा राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट गाउँ र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई नराख्ने, सीमांकनका लागि संघीय आयोग गठन गर्ने, स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा निर्धारण गरिने, संघीय संरचना र सीमांकनको विषय सङघ र प्रदेशको निर्वाचन अघि नै टुङ्ग्याउने तथा संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका बाँकी मुद्दाहरूका सन्दर्भमा राजनीतिक सहमतिको आधारमा गर्ने प्रस्ताव राखेका थिए ।

आजको बैठकमा प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल र परामर्श गरी संविधान संशोधनको प्रस्ताव तयार पार्ने जिम्मा प्रधानमन्त्रीलाई दिइएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र विमलेन्द्र निधि, काँग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान शिंह, माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, मातृका यादव, पम्फा भुषाल, चन्द्रप्रकाश खनाल, राप्रपा नेता दीपक बोहरा, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, शरदशिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए ।