माइभ्यालि गोल्डकप फुटबलमा पुलिस क्लवको सुखद सुरुवात

चैत्र १८, २०७३ मा प्रकाशित | 1018 views

इलाम ।
इलाममा बिहीबारबाटसुरु भएको तेस्रो संस्करणको ‘माइभ्यालि गोल्डकप फूटबल प्रतियोगिता’ मा नेपाल पुलिस क्लबलेसुखद सुरुवात गरेको छ ।

पुलिसले आयोजक माइभ्यालि फुटबल क्लबलाई ३–० गोल अन्तरले हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ । खेलको सुरुबाटै दबाबमा राखेको पुलिसको जितमा नेपाली टिमका पूर्व स्ट्राइकर समेत रहेका भरत शाहले गोल गर्दै अग्रता दिलाएका थिए ।

अविशेक रिजालले गोल गर्दै टिमलाई पहिलो हाफमै दुई गोलको अग्रता दिलाए । इन्जुरी समयमा पेनाल्टिको सदुपयोग गर्दै तेज तामाङले जालि चुमाएपछि पुलिसले आयोजकलाई उसकै मैदानमा ३–० गोल अन्तरले पाखा लगाउन सफल बन्यो ।

प्रतियोगितामा आयोजकसहित नेपाल र भारतका चर्चित दश टिमहरु मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मि, संकटा, एपिएफ, नेपाल पुलिस क्लब, झापा ११, रुपन्देहि ११ तथा भारत कोलकत्ताको दुर्गा स्टिल एफसि र सिक्किम युनाइटेड एफसिले प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले साढे दुई लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडिले एकसय ५० सिसिको यामाहा मोटरसाइकल प्राप्त गर्नेछ । प्रतियोगितामा शुक्रबार पाहुना टिम दुर्गा स्टिल कोलकत्ता र रुपन्देहि ११ बिच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web