देउवाले भने-‘चुनाव आयो अब गाउँ गाउँ जानुस्’

चैत्र १९, २०७३ मा प्रकाशित | 834 views

बिराटनगर ।
नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले स्थानिय निकायको चुनाव नजिजिएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई गाउँ जान निर्देशन दिएका छन् ।

दलहरुको सहमतीमा तोकिएकै मितिमा स्थानियतहको निर्वाचन सम्पन्न हुने भन्दै देउवाले भने चुनाव आयो अब तपाईहरु गाउँ गाउँ जानुस् ।

विराटनगरमा आज विहान संचारकर्मीसंग कुरागर्दै देउवाले मुलुक निर्वाचन तर्फ उन्मुख भइ सकेकाले निर्वाचन नरोकिने प्रष्ट पारे । संविधान कार्यान्वयका लागीपनी निर्वाचन आवश्यक रहेको उनको भनाई थियो ।

पछिल्लो पटक नेपाल प्रहरीको आईजिपी नियुक्तीमा हस्तक्षेप गरेपछि बदनाम भएका काँग्रेस सभापती देउवाले लामो समयपछि चुनावको संघारमा जिल्ला दौडाहा सुरु गरेका छन् ।

सभापती देउवाले वैशाख–३१ गते हुने निर्वाचनमा सहभागी हुन जनता उत्सुक रहेकाले निर्वाचनको विकल्य नभएको वताए । उनले सवैतिर निर्वाचनको माहौल वन्दै गएकाले निर्वाचन हुनेमा ढुक्क रहन सवैलाई आग्रह समेत गरे ।

देउवाले निर्वाचनमा सहभागी गराउन मधेशवादीदलहरुसंगपनी वार्ता र छलफल भइरहेकाले मधेशी मोर्चापनी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।

आजै सभापती देउवाले विराटनगरमा पार्टी कार्यकर्तासंगको भेटघाटमा निर्वाचनका लागी गाउगाउ जान पार्टी कार्यकर्ता हरुलाई निर्देशन दिएका थिए ।

स्थानिय तहको निर्वाचनले नेपाली जनतालाई थप अधिकार सम्पन्न वनाउने भएकाले आफनो एजेन्डा लिएर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता गाउगाउ जानुपर्ने देउवाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web