अब निर्वाचन कसैले रोक्न सक्दैनः ओली

चैत्र १८, २०७३ मा प्रकाशित | 794 views

<p>पोखरा ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका छन् ।</p><p>एमाले कास्कीले आज पोखराको चिप्लेढुङ्गामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झन्डै १९ वर्षपछि हुन लागेको निर्वाचनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने भएकाले कसैको भ्रममा नपरी निर्वाचनमा भाग लिन असन्तुष्ट पक्षसँग आग्रह गरे ।</p><p>एक वर्षअघि आपूmले शिलान्यास गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको काममा ढिलाइ भइरहेकामा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीले यसको निर्माणमा तीव्रता दिन सम्बन्धित निकायसँग आग्रह गरे ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web