डोल्पालीको मोटर चढ्ने सपना चाँडै पूरा

चैत्र १८, २०७३ मा प्रकाशित | 826 views

<p>डोल्पा ।
डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पुर्याउन नेपाली सेनाको टोली खटिएको छ ।</p><p>जाजरकोट—डोल्पा १ सय १७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी रहेको र अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।</p><p>अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिनुभयो ।

</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web