काठमाडौं ।
स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको संख्या देशभरका गरी ८१ हजार पुगेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरीको माग भएकोमा म्यादी प्रहरी भर्ना आवेदन खुल्ला गरेको छैठौ दिन आजसम्म ठूलो संख्यामा आवेदन प्राप्त भइरहेको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सुर्वेन्द्र खनालले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार, चैत्र ११ गतेदेखि खुल्ला गरिएको म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष उमेर पुगेका र ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

20.28¡ÆC