<p>काठमाडौं ।
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आफनो ६२ आँै स्थापना दिवस आज विभिन्न कार्यक्रम गरि मनाएको छ ।</p><p>दिवसको अवसरमा महासंघले आज केन्द्रिय कार्यालय सञ्चारग्राममा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली सञ्चारजगत अहिले विभिन्न अवसर र चुनौतीबाट गुज्रिरहेको भन्दै दण्डहीनता र सेल्फ–सेन्सरसीपको अवस्था कायमै रहेको बताउनुभयो ।</p><p>कार्यक्रममा महाशाखाका पूर्ब सभापति शुरेश आचार्य, तारानाथ दाहाल, कुन्दन अर्याल लगायतका पत्रकारहरु र विभिन्न पेशागत संगठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
</p>
15.75¡ÆC