काठमाडौं ।
आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृहमन्त्रालयले जनाएको छ ।
निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा भएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए ।
उनले केन्द्रीय तहमा सुरक्षा योजना बनिसकेको साथै क्षेत्रीय र जिल्ला तहमा सुरक्षा योजना बनिरहेको जानकारी दिए ।
निर्वाचनमा नेपाली सेनाको नेतृत्वमा भित्री घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाल प्रहरीलाई खटाउने निर्णय सरकारले गरेको छ ।
उन्नाइस वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनले ३६ हजार जनप्रतिनिधि चयन हुनेछन् ।
24.52¡ÆC