नुवाकोट । बालिका बिबाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्युठानको स्वर्गद्धारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ ।

२२ वर्षका घर्तीले गाँउकै १३ वर्षीया बालिकालाई बिबाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अबस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

गत कात्तिक २७ गते बालिका हराएपछि परिवारले खोजीको क्रममा केटा पक्षले भगाएर नुवाकोट ल्याएर बिबाह गरेको भनी दिएको किटानी जाहेरीको आधारमा घर्तीलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनी माथी बालबिबाह सहित जबरजस्ती करणीको अभियोग समेत लाग्ने प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय प्युठानमा पठाउने नुवाकोट प्रहरीले जनाएको छ ।

मुलुकको वर्तमान कानून अनुसार विवाह गर्न केटाकेटी दुवैको २० वर्ष उमेर पूरा भएको हुनुपर्ने प्राबधान रहेको छ ।

बुटबल । कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाउनुभएको छ । पार्टी नेतृत्व संस्थामुखी नभएर व्यक्तिमुखी भएको भन्दै उहाँले त्यो आफूहरुलाई मान्य नहुने प्रतिक्रिया दिनुभएको हो ।

‘पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी हुनुपर्छ’, प्रेस युनियन रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले भन्नुभयो ‘हुकुमी शैलीमा सभापतिले जसरी पार्टी सञ्चालन गरिरहनु भएको छ, त्यो अमान्य छ ।’

सामूहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उहाँले कार्यशैली सच्याउन देउवालाई आग्रह समेत गर्नुभयो । पार्टीनिकट नेपाल विद्यार्थी संघ नेविसंघमा संकट देखिरहेका बेला उहाले त्यसलाई देउवा शैलीकै उपज भएको बताउनुभएको छ । कांग्रेस नेतृत्व अहिले समकालीन साथीहरुको बीचमा रहेको भन्दै उहाँले सबैलाई समेटेर अघि बढ्न पार्टी सभापति देउवालाई सुझाव दिनुभएको छ ।

देउवा नेतृत्वविरुद्ध कांग्रेसमा नयाँ समीकरण बनिरहे पनि उहाँले नेतृत्वको प्रतिरोध कसरी हुँदैछ भन्नेबारे भने केही बताउन चाहनुभएन् । पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका केसीले पार्टीको भविष्य भने थप उज्ज्वल रहेको बताउनुभयो । संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उहाँको भनाइ छ ।

पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोखेका केसीले लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा सरकार अघि बढेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सरकारका ९ महिने कार्यकालको समीक्षा गर्दै उहाँले ९ महिना गफमै बितेको बताउनुभयो । चुनावका बेला बाँडेको आश्वासन पूरा गर्नेतर्फ नलागी सरकार जनहित विपरीत हिँडेको केसीको आरोप छ । ‘लोकतन्त्रको जामा पहिरे पनि सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ’, केसीले सरकारबारे विश्लेषण गर्दै भन्नुभयो ।

‘ओली नेतृत्वमा सरकार गठन भएको नौ महिनामा जनताले केही पाएका छैनन्’, केसीले भन्नुभयो ‘ चुनावमा बाँडेको झुटको पोकाबाट अहिलेको सरकार आफैं थिचिन थालेको छ ।’

काठमाडौ । नेपालि गीत संगीत र चलचित्र क्षेत्रको बिकास र कलाकारितालाई पत्रकारिताको क्षेत्रमा रहेर निरन्तर योगदान दिएको भन्दै सुन्दरादेबी संन्देश साप्ताहिकको प्रकाशक तथा कार्यकारी सम्पादक किरणप्रसाद अधिकारि सम्मानित भएका छन् ।

मोफसलमा रहेर पत्रकारिताको माध्यबाट निरन्तर आफुलाई समर्पित गर्दै अगाडी बढेकोले प्रथम युनिभर्सल सगरमाथा म्युजिक अवार्डको फाइनल समारोह राष्ट्रिय नाच घर जमलमा आयोजित बिशेष समारोहमा अधिकारिलाई सगरमाथा मोफसल कला पत्रकारिताबाट सम्मानित गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी बन तथा बाताबरण मन्त्रि शक्ति बस्नेत ,बिशेस अथिति नेपाल पत्रकार महासंघका महासचिब रमेश बिस्ट र आयोजक समितिको अध्यक्ष मनोज थापाले संयुक्त रुपमा पत्रकार अधिरकारीलाई सम्मानित गर्नु भएको हो ।

अधिकारि नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष रहनुभएको छ भने नुवाकोटको पत्रकारिता क्षेत्रमा आबद्ध रहेर लामो समयदेखि क्रियाशिल समेत रहदै आउनुभएको छ ।

उहाँले पत्रकारिता सहित विभिन्न सामाजिक क्षेत्रमा समेत रहेर पु-याएको योगदान उल्लेख्यनीय रहेको छ ।

काठमाडौं । नाट्यश्वर हामि सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथ नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ ।

प्रदेश नम्बर ३ भित्रको कलाकार मात्र समट्ने योजना भएपनि अन्तिम अवस्थामा उक्त अवार्डलाई राष्टिय रुपमा सम्पन्न गर्ने निर्णय गरेकोले मनोनयन सार्बजनिक गर्न ढिलाई भएको अवार्डका अध्यक्ष प्रलाहद केसी र सदस्य सचिब गोकर्ण लामिछाने द्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ । साथै अवार्डमा तामाङ सेलो, म्हेन्दोमाया, आधुनिक, पप र लोक दोहोरि विधा समेटिएको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा रंग पत्रकारिता क्षेत्रका संचारकर्मी सम्मानित हुनेछन् । त्यसैगरी गीतसंगीत क्षेत्रमा आफ्नो जिबन व्यतित गरेका एक जना कर्मशील कलाकारलार्इ लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । साथै अन्य अवार्ड भन्दा फरक रुपले काम अगाडी बढाउने पनि आयोजकले जनाएको छ ।

अवार्डको विधा र मनोनयनमा पर्नेहरुः

१. राष्टिय गीत
गोर्खाली
हातको ठेला
मलाई मेरै नेपालको
विश्वको अग्लो
मेरो देशको माटो

२. तामाङ सेलो गायक
सागर एस वाईबा –माथि माथि
प्रनिल तामाङ –मैच्याङ
सुमन घले –गोलज्युंग नामै सै ब्योंन
अमर लो –पुर्बैमा मेची ईलाम बजार

३. तामाङ सेलो गायिका
लक्ष्मी स्यान्तान –सेलोमा डम्फू
टिका थोकर –ल्हासामा सुन
सुस्मिता स्यान्ग्तान –मैच्याङ
एस थर थोकर – मैच्याङ हो मैच्याङ
बिना घले –गोरी गोरी

४. म्हेन्दोमाया गायक
सागर एस वाइबा –क्रालिंग खाबा
विश्व पासा तामा –टाङ्ग्लाबाकि आटनग्ला
रोम लामा –रच्चा मेच्चा
रेसा तामाङ –शंका मकै
कृति तामाङ –वाला वाला ग्रामपारि

५. म्हेन्दोमाया गायिका
मनमाया वाईबा –बोम्ताङ नामसारी
सिर्जना एस लोप्चन –रातो रिबन
छिमी मम्बा तामाङ –हजार पचास ल
टिका थोकर –संगा मकै
जेसुम वाईबा –मर्की नली

६. म्हेन्दोमाया मोडल (पुरुष )
राज किङ्ग वाईबा –हजार पचास ल
एरिन तामाङ –रच्चा मेच्चा
सलमान तामाङ –ढाकै चोली
प्रनिल तामाङ –मखमली चोली
आइतराम तामाङ –वाका राहा

७. म्हेन्दोमाया मोडल (महिला)
एन्जिला वाईबा –माने ग्यांगी पाख्री
रुपा एस घले –मुईलम बाक्री पसरी
सारमाया तामाङ (डोमा) –म्हेन्दोमाया स्यापलम
दिलकुमारी तामाङ –कोंच्यो सोम
पुर्णिमा लामा –ढाकै चोली

८. म्हेन्दोमाया शब्द
बनुमाया तामांग –महार्की नली
सिङ्ग बहादुर तामाङ –गते ज्याबा
सन्त बहादुर तामाङ –बोम्तांग नामसारी
सन्दिप स्याम्चेंन –वाका राहा
शिशिर थोकर –कन्ज्य्मो सोम

९. म्हेन्दोमाया छाँयाकार
लामाभाई ईस्टमान तामाङ –हजार पचास ल
सन्चु थोकर –वाका राहा
मरुभूमि नारायण –मुईलम बाक्री पाखरी
प्रकाश वाईबा –कोंज्यु सोम
रोशन फ्युबा तामाङ –बोम्तांग नामसारी

१०. पप गायक
कन्हैया सिंह –वा रे वा
चिरञ्जिवि भण्डारी –तिम्रो मायाले
सपन श्रेष्ठ –बोलि मिठो
भूवान प्यासी –ट्राफिक जाम
पुष्कर सुनुवार –कस्तो कस्तो तिम्रो माया

११. पप गायिका
दिपा पन्थ –नाची स्टेचमा
प्रमिला पुन –चौरीको गोठ
लक्ष्मी पुरी प्रधान –१६ बर्षे जवानीमा
मञ्जु पौडेल –दामी छ रेन्त
पारु रञ्जिता –पिर बेथा

१२. पप गीतकार
शंकरदेव कंडेल –मलाई छोडेर गयौं
मधु शास्त्रु –दामी छ रेन्त
राजकुमार बगर –भमरा
सुरज बस्नेत –मायाको अर्थ
रमेशराज भट्टराई –बहुला

१३. पप संगीतकार
सचिन गिरि –फुलले भन्छ मै राम्री छु
सन्तोष श्रेष्ठ –वा रे वा
रमेशराज भट्टराई –बहुला
राजकुमार बगर –भमरा
सुन्दर लामा –चौरीको गोठ

१४. पप छाँयाकार
जीवन पराजुली –१६ बर्षे जोबन
अर्जुन तिवारी –बहुला
नवराज उप्रेती –भमरा
संचु थोकर –मायाको अर्थ
अजय रेग्मी –चौरीको गोठ

१५. आधुनिक गायक
ध्रुर्व बिस्को –काग दाजै
योगेश बिक –पिरतीको झरी
नरहरि प्रेमी –फेसबुक
डेबिट शंकर –म तिम्रो यादमा
सिमान्त सन्तोष –तिमीलाई देखे पछि

१६. आधुनिक गायिका
पवित्रा गुरुङ –यस्तो माया दिउकि
सरु गौतम –तिम्रो र मेरो सम्बन्ध
शारिका घिमिरे –मुलको पानीले
सहिमा श्रेष्ठ –यो मौसम
प्रश्ना पाण्डे –फूलमा देख्छु तिमीलाई

१७. आधुनिक गीतकार
माधब निर्दोष –मुटु बिना संसारमा
शान्तिप्रिय –उनको मेरो दुरी चल्यो
उत्तम भण्डारी –तिम्रो र मेरो सम्बन्ध
राजेन्द्र पुरी –तिम्रो लागि
ठाकुर प्रताप दुलाल –शान्नानी

१८. आधुनिक संगीतकार
सरोज प्याकुरेल –माछापुछ्रे रोयो आज
दिपक शर्मा –मुलको पानीले
ताराबिर पाण्डे –यस्तो माया दिउँकि
याम गुरुङ –कहानी एउटै
थानेश्वर गौतम –छ मसँग सबै छ

१९. आधुनिक मोडल (पुरुष)
अमन श्रेष्ठ –झोलाभरि
टिका भुजेल –मनभरि तिमीलाई राखे
मिराज कोइराला –जिबनभरि
राज लुर्इंटेल –मृत्यु पछि
श्रीदेव भट्टाराई –कोईलिको जस्तो स्वर

२०. आधुनिक मोडल (महिला)
उषा सुबेदी –बादल बनेर
स्नेहा पौडेल –काग दाजै
मञ्जिता केसी –बदलियौ तिमी
अन्जु निरौला –कोईलिको जस्तो स्वर
बर्षा चौलागार्इं –बैगुनी रहेछौ मायालु

२१. आधुनिक भिडियो निर्देशक
रञ्जित कुमार क्षेत्री –तरकारी काउली
माधवराज खरेल –सुन प्यारी
युवराज वाईबा –नजर दामी हजुरको
सुमन दाहाल –नाकैमा फुली
बिकास घले गुरुङ –धर्तीमा आए

२२. आधुनिक भिडियो छाँयाकार
मुकेश हुमागार्इं –सातै जन्म
रेशम दर्लामी –मुटु बिना
जनकराज अधिकारि –ओई काली
उत्सव दाहाल –के दियौ तिमीले
दुर्गा पौडेल –प्रेम सम्झेथ्य तिमीलाई

२३. आधुनिक भिडियो सम्पादक
निशान घिमिरे –काग दाजै
अविनाश डिसी –सातै जन्म
शुरेश राउत –नाकैमा फुली
टेकेन्द्र शाह –धर्तीमा आए
बिक्रमआदित्य शाह –पिरतीको झरी

२४. आधुनिक नव–गायक
उत्तमबिक्रम बिष्ट –झोलाभरि
गुणराज श्रेष्ठ –निस्ठुरीले
शिब अधिकारि –कोईलिको जस्तो स्वरमा
केशब अधिकारि –म एक्लै रोएको
रिजवान अन्सारी –पूर्णिमाको जून

२५. आधुनिक गीत मिक्सिङ
महेस्वरमान राज भण्डारी –औंठि खासैमा
प्रकास खरेल –संसारै
किशोर थापा –खुसी हुँदै
कृष्ण कुमार महर्जन –झल्को मायाको
प्रकास खरेल –पिरतीको झरी

२६. लोक दोहोरी गायक
बिमल डाँगी –भईयो परदेशी
राजेन्द्र भण्डारी –चिसो मोही
प्रकाश कटुवाल –छेकेन जामाले
नेत्र भण्डारी –रोधीको खालैमा
कृष्ण रेउले –गाउँमा हल्ला चल्यो

२७. लोक दोहोरी गायिका
श्रीदेबी देबकोटा –वरको छायाँले
मिरा गिरि –लठ्ठै पार्यो तिम्रो मायाले
स्मृति गौतम –घर त ठिमी
सावित्री जोशी –मायाको घैला
अमृता लुंगेली मगर –रोधीको खालैमा

२८. लोक दोहोरी शब्द
जय देबकोटा –जुनकिरी
शिब हमाल – लठ्ठै पार्यो तिम्रो मायाले
सन्ध्या केसी –रोधीको खालैमा
शान्त शिशिर –हाम्रो माया फुलै फुलको
बाबुराम बोहोरा –मुस्कान ओठैको

२९. लोक दोहोरी लय
रमेश श्रेष्ठ –जोडी ढुकुर
हिमाल खड्का –लय
किरणबाबु पुन –जुनताराको गाउँमा
कस्तुप पन्त –डाली सुकेर
ध्रुर्बराज धिताल –राधि खालैमा

३०. लोक दोहोरी नव–गायक
प्रलाहद अर्याल –फोन नम्बर दिन्छौ
बल बहादुर गुरुङ –बिछोड
आरके नेपाल –चौबन्दिको फुर्का
प्रेम सापकोटा सोनु –मायाको घैला
गौतम शेर्पा –झ्याउ झ्याउ झ्याउकिरि

३१. लोक दोहोरी नव–गायिका
प्रतिभा सापकोटा –दोहोरी साँझैमा
सोनिया डिसी –बुट्टेचोली
सावित्रा भुजेल –तरकारी काउली
लक्ष्मी आचार्य –गाँसौला मायाको डोरी
प्रतिमा अर्याल –जालीरुमाल साटेको

३२. लोक दोहोरी भिडियो निर्देशक
बबिता श्रेष्ठ –नलाउ झुटो पिरती– २
दिपेन्द्र तिमल्सिना –आमा भाग–४
कपिल लामा –सुन सबैले सुन
स्मृति तिमल्सिना –आशुको कारखाना
मिलन श्रेष्ठ –सपनीमा मेरी

३३. लोक दोहोरी भिडियो नृत्य निर्देशक
मौसम हिमाली –लठ्ठै पार्यो तिम्रो मायाले
बिक्रम चौहान –जाली रुमाल साटेको
रबिन शाह शंकर –अल्लारे माया
काजिस श्रेष्ठ –रातो अबिर पहेलो केशरी
कुमार केसी –लौरी लुकाउने

३४. लोक दोहोरी छाँयाकार
अजय रेग्मी –पीडाको राजधानी
सुरेश श्रेष्ठ –आँशुको कारखाना
दुर्गा पौडेल –गाउँमा हल्ला चल्यो
सागर गौतम –चिसो मोही
राजेश घिमिरे –आमाले टपरी गाँसेको

३५. लोक दोहोरी सम्पादन
दिपक बिष्ट –पीडाको राजधानी
नबिन घर्ती मगर –चिसो महि
मनोज कार्की –तिमि जुन आकाशको
बिष्णु शर्मा –जुरेली चरी
प्रविन भट्ट –डाली सुकेर

३६. लोक दोहोरी मोडल अभिनय (पुरुष)
बिपेश घिमिरे –नलाउ झुटो पिरती–२
टिका भुजेल –एक्लै याद
बुद्धबिर थापा –बिरह
बिमल अधिकारी –सुन सबैले सुन
महेन्द्र गौतम –नियति

३७. लोक दोहोरी मोडल अभिनय (महिला)
अनु पराजुली –मेरो जिवन
आशा खड्का –नलाउ झुटो पिरती–२
एन्जिला वाईबा –तिमी जुन आकाशको
लिला गिरि –रुँदै कहाँ जाम
दिपासा बिसी –बिछोड

३८. लोक दोहोरी मोडल नृत्य (पुरुष)
सञ्जिब ठकुरी –भुनभुन गर्ने भमरा
कृष्ण रेउले –गाउँमा हल्ला चल्यो
सबिन गौतम –पिपलपाते ओठ
दिनेश थापा –ज्यानमाया
ओम श्रेष्ठ –छोटा छोटा पहिरहन

३९. लोक दोहोरी मोडल नृत्य (महिला)
रिना थापामगर –गाउँमा हल्ला चल्यो
ऋतु तामाङ –ज्यानमाया
रेश्मा केसी –लभ गर्न भ्याईएन
एलिना देउजा –धानको बाला लसरी पसरी
आयुष्मा कार्की –शिरमा सिन्दुर

४०. लोक दोहोरी नव–मोडल पुरुष
सुमन खतिवडा –खरानी
दिनेश शिवाकोटी –किन लायौ माया म सित
हरिशरण रिजाल –तिमी जुन आकाशको
राज तामाङ –जोडी ढुकुर
सागर थापा –तिम्रै भईन म

४१. लोक दोहोरी नव–मोडल महिला
प्रिती तामङ –घाइते मुटु
मेरिसा तामाङ –चल्छ नेपालमा
मालती घले –लैजा रुमाल बैना
शुशिला थापा –किन माया लायौ म सित
रुबिना अधिकारी –इन्ट्री मार्यो मायाले

४२. लोक दोहोरि नव–प्रतिभा पुरुष
समुन्द्रराज पौडेल –भगाएर लैजाउ
ईश्वर कुमार सापकोटा –तिन पाने
दिपक कंडेल –यस्तै छ बाबा
बिक्रम आचार्य –रुदै जान्छ रात
कृष्ण सापकोटा –एउटा पापी

४३. लोक दोहोरि नव–प्रतिभा महिला
सञ्जु न्यौपाने –कहिले बस्ला घर
रिया घले –जारको पानी
जमुना आचार्य –हे कान्छा
अनिता बस्नेत –रुन नपरोस
साबित्री मगर –बिछोडको प्रसंग

४४. लोक दोहोरि गीत
खेम कार्की –पार्यौ मलाइ रुन
दिपक ढकाल –हो र ए..
बिरही कार्की –आमा भाग–४
शर्मिला पुरी –कालो बादल
सिता थापा –दुई रुपियाँको बिडी

काठमाडौ । सर्वोच्च अदालतले पोखरास्थित फेवाताल अतिक्रमण गरेर बनाइएका घर टहरा गैरकानूनी भएको ठहर गरेपछि भत्काउनका लागि बाटो खुला भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्लले गत वैशाख १६ गतेको फैसलाको पूर्ण पाठ मंसिर ६ गते बिहीबार सार्वजनिक गरेको छ ।

फैसलाको पूर्ण पाठमा फेवाताल अतिक्रमण गरेर बनाइएका घर टहरा गैरकानूनी भएको ठहर गरेपछि सो भत्काउनका लागि बाटो खुला गरेको छ । फेवातालमा गैरकानूनीरुपमा निर्माण भएको ठहरा भत्काउन माग गर्दै २०६७ सालदेखि विभिन्न छ वटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो ।

निवदेनको सुनुवाइपछि अदालतले तालको अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउने फैसला सुनाएको थियो । त्यही फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो । पूर्णपाठमा पोखरा महानगरपालिकालाई फेवातालको जग्गामा गैरकानूनीरुपमा निर्माण गरिएका संरचना भत्काउन भनेको छ ।

फेवाताल संरक्षणका लागि विभिन्न समयमा भएका अध्ययन प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयनका लागि सरकारले आवश्यक निर्णय गरी तालको संरक्षण गर्ने कार्य गर्नु फैसलाको पूर्ण पाठमा भनिएको छ ।

फेवाताल अतिक्रमणका विषयमा जग्गा छानविन गर्न सरकारले विश्वप्रकाश लामिछानेको अध्यक्षता जग्गा छानविन समिति गठन गरेको थियो । सो समितिले नापी तथा फेवातालसम्बन्धी अध्ययनलाई समेत आधार बनाई विसं २०६९ जेठ ३ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सरकारले यो आदेश प्राप्त भएको मितिले छ महीनाभित्र फेवातालको चारकिल्ला कायम गर्नु अदालतको पूर्ण पाठमा उल्लेख छ ।

फेवातालको संरक्षणमा हुनसक्ने थप जोखिम न्यूनीकरण गर्न अपनाउनुपर्ने पूर्वसावधानीअन्तर्गत चारकिल्लाबाट कायम भएको तालको किनाराबाट ६५ मिटरसम्मको भू–भागमा भवनलगायत तालको संरक्षणमा असर पर्ने कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्नु पनि पूर्णपाठमा उल्लेख छ ।

त्यसका लागि प्रदेश कार्यपालिकाबीच समन्वय कायम गरी अनाधिकृत रुपबाट निर्माण भएका त्यस्ता घर, होटललगायतका स्थायी वा अस्थायी संरचना छ महीना भित्रै हटाउने व्यवस्था गर्नु भनिएको छ ।

मालपोत ऐनले ताल, पोखरी तथा सोको डिल, नहर, कुलोलाई सरकारी जग्गाका रूपमा परिभाषित गरेको हुँदा फेवाताल पनि सरकारको अधिनमा रहेकाले त्यस्ता सरकारी जग्गा व्यक्ति विशेषका नाममा दर्ता भएकालाई निषेध गर्नुपर्ने अदालतको पूर्ण पाठमा उल्लेख छ ।

“प्राकृतिक एवं मानवीय कारणले फेवाताल पुरिनेक्रम जारी नै रहेको र पुरिएको भाग व्यक्तिका नाममा दर्ता भएको देखिएको छ । यो आदेश प्राप्त भएको मितिले एक वर्षभित्र छानविन गरी गराई त्यस्तो दर्ता बदर गरी तालको नाममा दर्ता गर्ने गराउन भूमि सुधार तथा व्यवस्था मन्त्रालय, मालपोत कार्यालय कास्की र नापी विभागले समन्वय गरी आवश्यक निर्णय गर्नु”, पूर्ण पाठमा भनिएको छ ।

फेवातालको प्राकृतिक सुन्दरता, दुर्लभ वन्यजन्तु एव्म जैविक विविधताको संरक्षण गर्न तथा यसको ऐतिहासिक र सांस्कृतिक महत्व जोगाइराख्न यसको वातावरणीयस्तरसमेत कायम गर्नुपर्ने देखिएको हुँदा सरकारले आवश्यक निर्णय लिनु पाठमा उल्लेख छ ।

फेवाताल संरक्षणका लागि थप जग्गाको आवश्यकता परे जग्गाप्राप्ति ऐन २०३४ तथा सम्बन्धीत अन्य कानूनको रित पु¥याई फेवातालको आसपासमा रहेको व्यक्तिगत जग्गासमेत आवश्यकताअनुसार अधिग्रहण गरी तालको दीर्घकालीन संरक्षण गर्न गराउन सरकारले समन्वय गरी आवश्यक निर्णय गर्नु पनि पाठमा उल्लेख छ ।

“फेवातालमा भएको पानी र सो ठाउँको पर्यावरणीयस्तर बनाइराख्न एवं तालको गरिमा बचाइराख्न आवश्यक देखिएकाले सरकारले फेवाताललाई संरक्षित जलाधार क्षेत्र घोषित गर्न गराउन आवश्यक निर्णय लिनु”, पूर्ण पाठमा भनिएको छ ।

पूर्णपाठमा फेवातालको जलको स्रोतका रूपमा रहेका हर्पन खोलालगायतका तालमा मिसिने अन्य खोलाले वर्षायाममा पानी सँगसँगै बगाएर ल्याएको माटो, बालुवा, ढुङ्गा र पोखरा शहरबाट बगेर आउने ढललगायत सेती नहर, बुलौदी, फिर्के खोला र सतह ढलको आउटफलबाट आउने फोहरसमेतले ताल पुरिनेक्रम जारी रहेको देखिएको छ ।

आदेश प्राप्त भएको तीन वर्षभित्र फेवातालको जलको स्रोत रहेको हर्पनलगायतका खोलाले पानी सँगसँगै बगाएर ल्याउने माटो, बालुवा, ढुङ्गा, झारपात नियन्त्रणलाई व्यवस्थित गरी तालको स्वच्छता कायम गर्ने व्यवस्था मिलाउनु पनि पाठमा उल्लेख छ ।

फेवाताल वरिपरि भएका जग्गामा कृषि कार्य गर्दा त्यसमा प्रयोग गरिने रासायनिक मल, विषादी इत्यादि फेवातालको पानीमा समेत मिसिन जाँदा पानी दूषित हुन गई जलचर, माछा एवं जीवजन्तुसमेतको जीवन सङ्कटमा पर्दै गएको छ ।

त्यसैले फेवातालमा रासायनिक मल एवं विषादीको प्रयोगमा अविलम्ब प्रतिबन्ध लगाई प्राकृतिक मलसम्म प्रयोग गर्न सचेतना फैलाउनेलगायतका कार्य गर्न सरकारले मातहतका निकायलाई यथाशीघ्र निर्देशन दिई त्यसको यथोचित अनुगमन गर्नु पाठमा उल्लेख छ ।

फेवातालको जैविक विविधता, आश्रित जलचरको जीवनलाई सङ्कटमा पार्ने गरी तालको पानीलाई प्रदूषण गर्ने, तालको प्राकृतिक क्षेत्रफल अतिक्रमण हुनेगरी आसपासका क्षेत्रमा घर तथा होटल निर्माण गर्न एव्म तालको वातावरणलाई नकारात्मकरूपमा असर गर्ने कुनै पनि कार्य नगर्न पाठमा भनिएको छ ।

त्यसका लागि सरोकारवाला निकायले आपसमा समन्वय गरी आवश्यक निर्णय गरी मापदण्ड बनाई सोको कार्यान्वयन गर्नु भनिएको छ ।

फेवातालको पानीमा फैलिएको जलकुम्भीले पानीको गुणमा हानि पु-याउने, पानीमा अक्सिजनको कमी गराउने, यसबाट जलीय झारमा वृद्धि हुने र पानीको सतहमा परिवर्तन भई जलीय जैविक विविधतामा नकारात्क प्रभाव पार्ने हुनाले जलकुम्भी नियन्त्रण गर्न आवश्यक कार्य गर्नु पनि पूर्ण पाठमा उल्लेख छ ।

काठमाडौ । डडेल्धुराबाट डोटी तर्फ छुटेको पिसजोन बोडिङ बान्डुग्रीसैनको बस दुर्घटना हुदाँ २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घटनास्थलमै १५ जना र डडेल्धुरा उपक्षेत्रीय अस्पताल ल्याउदै गर्दा ८ जना गरि २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराको उग्रतारा देहीजात मेला हेरेर फर्किएको बस गन्यापधुरा गाँउपालिकाका रडुवाको मोडमा सडकबाट ३०० मीटर तल खसेर दुर्घटना भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने र घाईतेहरुको अबस्था पनि चिन्ताजनक रुपमा देखिएको घटनास्थल पुग्नु भएका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा २० जना घाईतेको उद्धार गरि उपचारका लागी उपक्षेत्रीय अस्पताल पुर्याएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।
से १ प २९३ नम्बरको पिसजोन इङलिस बोडिङको अपरन्ह बस ४ : ५० बजेतिर दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, डडेल्धुरा प्रहरी प्रमुख केसी सहितको सुरक्षा निकायको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको छ । घटनास्थलमै रहेका प्रजिअ जोशीले दिएको जानकारी अनुसार घटना स्लथको प्रकृती उद्धार कार्यका लागी ज्यादै अप्ठेरो रहेको र अध्यारो भएका कारण उद्धार कार्यमा समस्या भईरहेको बताउनुभयो ।
मृतकको पहिचान खुल्न सक्ने अबस्था अहिले नै सम्भब नरहेको जानकारी दिदै प्रजिअ जोशीले उद्धार कार्य जारी रहेको बतायनुभयो । घटनामा गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले उनीहरुलाई बचाउनको लागी प्रयासमा उद्धार टोली रहेको छ ।

बसमा डोटीको बान्डुसैन क्षेत्रका उग्रतारा मेला हेर्न आएका स्थानियहरु रहेको जनाएको छ । बसमा ४० भन्दा बढी सवारी रहेको प्रहरीले जनाएको छ ।

नुवाकोट । वन क्षेत्रको संरक्षण गरी पर्यापर्यटन प्रबद्धन गर्नको लागी लाङटाङ राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने विभिन्न १४ समूहलाई ग्याँसचुल्हो, ग्यास सिलिण्डर प्रदान गरेको छ । यस्तै, विद्यालयबाट उत्पादन हुने फोहरको सही व्यवस्थापन र पानी शुद्धिकरण गर्ने उकरण समुदायले सञ्चालन गर्दै आएको होमस्टेलाई उपलब्ध गराएको छ ।

दुप्चेश्वर गाँउपालिकको वडा नं. १ घ्याङफेदीमा इन्द्रेणी मध्येवर्ती क्षेत्र उपभोक्ता समूहले मंसिर ६ गते बिहीबार आयोजना गरेको कार्यक्रममा निकुञ्जले उपलब्ध गराएका सामाग्रिहरु लाभान्वित वर्गलाई प्रदान गर्दै गाँउपालिकको अध्यक्ष योबिन्द्रसिंह तामाङले वनक्षेत्रको संरक्षण गरी पर्यावरण सफा बनाउनको लागी आग्रह गर्नुभएको छ ।

अध्यक्ष तामाङले समुदायले पराम्परादेखि प्रयोग गर्दै आएका वन क्षेत्रको उपभोगलाई समयअनुकुल संरक्षण र पर्यावरणलाई असर नपुग्ने गरी अहिलेका आधुननिक सामाग्रिको उपभोग गरेर हरियाली कायम राख्नको लागी आग्रह गर्नुभएको छ । निकुञ्जबाट प्राप्त भएको सामाग्रिको रुपमा उहाँले वडा नंं १ अर्थात साविक घ्याङफेदीमा रहेको विभिन्न १४ समूहलाई ग्याँस चुल्हो र ग्याँस सिलिण्डर प्रदान गर्नुभएको छ ।

अध्यक्ष तामाङले घ्याङफेदी समूहलाई दुई वटाँ ग्याँस चुल्हो र तीन वटा सिलिण्डर, नेगी सेल्जुङ काहुले समूहलाई तीन वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, दोलुङ कटुञ्जे समूहलाई तीन वटाँ ग्याँस चुल्हो र तीन वटा सिलिण्डर, निग्लेनी समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुईवटा सिलिण्डर, तालु समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, कसेरी समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर प्रदान गरिएको छ ।

यसैगरी, चेताङ समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, घ्यावर समूहलाई चार वटाँ ग्याँस चुल्हो र तीन वटा सिलिण्डर, उप्रा समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, सिसिपु समूहलाई पाँच वटा वटाँ ग्याँस चुल्हो र चार वटा सिलिण्डर, घ्याङडाँडा समूहलाई तीनवटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, सिङ्काटे समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, ह्वीकेल समूहलाई तीन वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर र किगाँउ सेम्दोङ समूहलाई चार वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर प्रदान गरिएको छ । निकुञ्जले उपलब्ध गराएको ग्याँस र चुल्होले गाँउमा भोज गर्ने समयमा दाउराको प्रयोग गर्नुपर्ने बाध्यता हटाएर जंगलको संरक्षण र खाना पकाउनको लागी निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दालाई सहज बनाउने लक्ष्य लिइएको छ ।

यस्तै, निकुञ्जले इन्द्रेणी मध्येवर्ती क्षेत्र उपभोक्ता मार्फत निकुञ्ज संरक्षणमा सहयोग पु-याउन वडा नं १ मा रहेका दश वटा विद्यालयलाई एक–एक थान फोहर संकलन गर्ने भाडाँ उपलब्ध गराइएको छ । विद्यालयमा उत्पादन हुने फोहरलाई संकलन गरी नष्ट हुने र नहुने बर्गिाकरण गरी त्यसको बिसर्जन गर्दा बातावरणलाई असर पुग्नबाट जोगाउन सकिने विश्वास लिइएको छ ।

यसैगरी निकुञ्ज मार्फत प्राप्त भएको पाँच लाख रुपैयाँ भन्दा बढी मूल्यपर्ने पानी शुद्धिकरण गर्ने उपकरण घ्याङफेदीको साविक वडा नं. ४ मा रहेका होमस्टेहरुले प्रयोग सामूहिक रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराइएको गाँउपालिकको अध्यक्ष तामाङले बताउनुभएको छ ।

पानी शुद्धिकरण गर्ने उपकरणले बोत्तलको पानी प्रयोग गरिराख्नु पर्ने बाध्यता अन्त्य हुने र पर्यटकको आगमनको समयमा बोतलको पानी प्रयोग गरी निकुञ्ज क्षेत्रमा जथाभावी फ्याक्नाले पर्यावरणमा पुग्दै आएको असर समेत घटाउन सहयोग मिल्ने विश्वास लिइएको छ ।

कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले पर्यावरण जोगाउनको लागी गर्ने सानो प्रयासले पर्यटन प्रबद्धन र जंगल क्षेत्रको संरक्षणमा उल्लेख्य सहयोग पुग्ने बताउनुभएको छ । उहाँले गाँउमा सामाजिक कार्यको लागी भोज बनाउन आवश्यक दाउराको लागी रुख ढाल्नुपर्ने बाध्यता ग्याँस चुल्हो र सिलिण्डर प्राप्त भएपछि हटाउनको लागी आग्रह गर्नुभएको छ ।

कार्यक्रममा इन्द्रेणी मध्यवर्ती समूहका अध्यक्ष नरेश तामाङ, वडा नं .१ का कार्यबहाक वडाध्यक्ष नाग साङ तामाङ, होमस्टे सञ्चालन समितका अध्यक्ष कर्मजीत तामाङ, मध्यवर्ती उपभोक्ता समितिमा अन्तरगतका विभिन्न समूहमा आबद्ध उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

नुवाकोट । नुवाकोटबाट सबैभन्दा धेरै कर बुझाउने हाम्रो बिकास बैंक सम्मानित भएको छ । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको बैंकले सरकारलाई सबैभन्दा बढी कर बुझाएको भन्दै मंसिर ६ गते बिहीबार विदुरमा आन्तरिक राजश्व कार्यालय कलंकीले सातौ कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा हाम्रो विकास बैंकलाई सम्मान गरेको छ ।

उत्कृष्ट करदाता भएको बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कंडेललाई आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत कबिराज पौडेलले सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

बैंकले आर्र्थिक वर्ष २०७३÷०७४ मा नुवाकोटबाट सबैभन्दा धेरै कर तिर्ने करदाताको रुपमा रु एक करोड ८२ लाख आयकर दाखिला गरेको कार्यालयले जनाएको छ । उक्त बैक पछिल्लो चार वर्षदेखि निरन्तर नुवाकोटमा उत्कृष्ट करदाताको रुपमा सम्मानित हुदै आएको छ ।

कार्यक्रममा प्रमुख कर अधिकृत पौडेलले कर तिर्नु नागरिकको दायित्व भएकाले तोकिएको समयमा दाखिला गरेमा छुट तथा सुविधाको समेत व्यवस्था रहेको बताए । उनले व्यवसायीलाई कर तिर्नको लागी ढिला नगर्न र छल्ने प्रयत्न नगरी कानूनले निर्धारण गरेको कर तिर्नु नागरिकको दायित्व रहेको स्मरण गराए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत यामबहादुर रानाले कर, त्यसको दायरा र भुक्तानीका प्रक्रियाको बारे यहाँको व्यवसायीलाई जानकारी गराएका थिए ।

सो अवसरमा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, पूर्वअध्यक्षहरु धननारायण चित्रकार, शरणउत्सुक सापकोटा, पूर्व उपाध्यक्ष रमेश श्रेष्ठ, इट्टा व्यवसायी संघका जिल्ला अध्यक्ष जयमान वाइवा, पासाङ ल्यामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खङ्गी, निजी तथा आवाशीय विद्यालय संगठन नेपाल (प्याब्सन)का नुवाकोट अध्यक्ष बुद्धिसागर रिजाल लगायतले कर तिर्नको लागी राज्यको व्यवस्था प्रभावकारी नभएको गुनासो गरे ।

व्यवसायीले कर बुझाउन बालाजुमा रहेको करदाता सेवा कार्यालय मार्फत पाउदै आएको सेवा गत सातादेखि कलंकी स्थित आन्तरिक राजश्व कार्यालयलाई तोकिएको प्रति असन्तुष्टि जनाएका थिए ।

खरानीटार । नुवाकोटको तादी गाउँपालिकाका कर्मचारी कार्यालयको काम छाडेर भ्रमण जान लागेको भन्दै केही अनलाइनमा आएको समाचार भ्रामक भएको गाउँपालिकाले जनाएको छ ।

आज गाँउपालिकाले बिज्ञप्ती जारी गर्दै चालु आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रम अन्तरगत गाँउसभाबाट स्वीकृत भएको चालु खर्च अन्तरगत कर्मचारीको क्षमता विकास, तालीम अध्ययन, अवलोकन शिर्षकमा कानून बमोजिम एवम् प्रक्रिया पु-याएर आन्तरिक भ्रमणको रुपमा प्रदेश न ६ जान लागेको स्पष्ट पारेको छ ।

गाँउपालिकको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जारी गरेको ध्यानाकर्षण पत्रमा कार्यपालिकाको कार्तिक १६ गते बसेको बैठकको निर्णय अनुसार आन्तरिक पर्यटनलाई टेवा पु-याउदै नेपालको प्रदेश न ६ मा पर्ने विभिन्न स्थानीयतहको भ्रमण गरी त्याहाको सकारात्मक काम तथा अनुभव बटुल्नको लागी जान लागेको भ्रमणलाई अनावश्यक टिप्पणी र भ्रम फैलाएर केही अनलाईनले बाहिर ल्याएको खबर भ्रमपूर्ण रहेको उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा गाँउपालिकाले कुनैपनि कार्यक्रमहरु बार्षिक नीति तथा कार्यक्रम भित्र नपरेका, गाँउसभाले पास नगरेका र कार्यपालिका बैठकले निर्णय नगरेकालाई काम नगर्ने स्पष्ट बनाउदै कर्मचारीको क्षमता विकास शिर्षकमा हुन लागेको भ्रमण राज्यले उपलब्ध गराएको सुविधा र एक–अर्को स्थानीयतह बीच अनुभव बाढेर त्यसको फाइदा सेवाग्राहीलाई पुग्नेमा केन्द्रित गराउन लागेको जनाइएको छ ।

गाँउपालिकामा निर्वाचित जनप्रतिनिधिको आगमन पछि स्थानीय सरकारको रुपमा जनतालाई सेवा पु-याउन क्रियाशिल रहेकाले कानूनले निर्दिष्ट गरे भन्दा बाहेकको गतिविधि नहुने स्पष्ट पार्दै गाँउपालिकाको कर्मचारी काम छोडेर घुम्न जान लागेको भनेर श्रोत उद्रित नगरी आएको समचार गलत भएको जनाएको छ ।

गाँउपालिकाले बेथिती ढङ्गबाट कर्मचारीलाई काम गर्न दबाब दिने, नियम भन्दा बाहिर जाने तथा व्यक्तिगत स्वार्थको लागी कुनै क्रियाकलाप नगर्ने भएकाले जनताको सेवा तिव्रता, इमान्दारिता, सुशासन एवम् पारदर्शी बनाउन सदैव तत्पर रहेको प्रतिबद्धता समेत गाँउपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डेले जनाउनुभएको छ ।

नुवाकोट । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ । पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका जिल्लामा मंसिर ५ गते बुधबारदेखि जागरण अभियान शुरु गरेको हो । अभियानअन्तर्गत जिल्लाका पत्रकार र सरोकारवाला निकायबीच अन्तक्र्रिया, गोष्ठी, प्रेस अनुगमन, आचारसंहिताबारे पत्रकारको समस्या र आचारसंहिताको कार्यान्वयनको अवस्थाबारे अध्ययन गरिने काउन्सिलका निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभएको । जागरण अभियान देशैभरि सञ्चालन गर्न लागिएको छ ।

पछिल्लो समयमा काउन्सिलमा पत्रकार आचारसंहिता उल्लङ्घनका उजुरी बढ्दै गएको समयमा अभियानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो तीन महीनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेको तथ्याङ्कले देखाएको छ ।

यस आर्थिक वर्षको गत साउनदेखि असोज मसान्तसम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेको पाइएको छ ।

नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ ।
आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने, सत्यतथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्ने लगायत १५ बुँदा उल्लेख गरिएको छ ।

विदुर, नुवाकोट । त्रिभूवन त्रिशूली माध्यामिक विद्यालय त्रिशूलीमा सञ्चालन गर्न लागिएको ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग’ बिषयको अध्ययनमा सहयोग पु¥याउन बट्टार निवासी गोपालमान श्रेष्ठले करीब १६ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

विदुर नगरपालिका वडा नं. ४ बट्टार निवासी गोपालमानले उहाँको श्रीमति दुर्गादेवी र छोराहरु दुर्लभ र सुलभको नामबाट नगद रुपैयाँ सहयोग गरेको बताउनुभएको छ ।

बैंक मार्फत उहाँले १५ हजार ९ सय ९९ रुपैयाँ ९९ पैसा विद्यालयको खातामा राखेर बैंक भौचर विद्यालयका प्रधानध्यापक महेन्द्र राउतलाई मंसिर ५ गते बुधबार प्रदान गर्नुभएको हो । सहयोग गरेको रकमले विद्यालयलाई नयाँ विषय अध्ययनको लागी सहयोग र आगामी दिनमा पनि परिवारका सदस्यहरुले राम्रो कामको लागी सहयोग गर्ने मनोभावना बृद्धि गराउन सबैको नाममा सयुक्त रकम विद्यालयलाई उपलध गराएको बताउनुभएको छ ।

चालु शैक्षिक सत्रदेखि नुवाकोटमा नै नयाँ प्राविधिक विषयको अध्ययनको तयारीमा रहेको त्रिभुवन त्रिशूली माविलाई आवश्यक तयारी मिलाउन र विषयगत शिक्षकलाई सुविधा उपलब्ध गराउनको लागी आर्थिक अभावको कारण दाताहरुबाट सहयोग संकलन गर्न थालिएको सहप्रधानध्यापक राजेन्द्र दुवाडीले बताउनुभएको छ ।

डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग विषय अध्ययनको लागी विद्यालयले महोत्सव समेत सञ्चालनको तयारी अघि बढाएको छ ।

पैरेवेशी, नुवाकोट । रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन करीब ६०० मेगावाट क्षमताका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ त्रिशूली थ्री बी सवस्टशेनको शिलान्याश गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले युरोपेली लगानी बैंकका उपाध्यक्ष एन्ड्रु म्याकड्वेल, युरोपेली प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडी, नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत रोलान्ड सेफरलगायतको उपस्थितिमा आज नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा सवस्टेशनको शिलान्याश गर्नुभयो । सो सवस्टशेनको लागत ६५ दशमलव २५ मिलियन युरो रहेको छ ।

सवस्टशेनमा माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट, ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी, १११ मेगावाट क्षमतामा रसुवागढी, २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक, १२० मेगावाट क्षमताको रसुवा भोटेकोशी, ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन र १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेनलगायतका निर्माणाधीन र निर्माणमा जाने क्रममा रहेका करीब एक दर्जन आयोजनाको विद्युत् जोडिनेछ ।

निर्माणका क्रममा सुपर साञ्जेन, माथिल्लो मैलुङ र माथिल्लो त्रिशूली थ्री बीसँगै निजी क्षेत्रको अर्को आयोजनासमेत निर्माणमा जाने तयारीमा रहेको छ । त्रिशूली र त्यसका सहायक नदीमा निर्माण हुने अधिकांश आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जडानका लागि महत्वपूर्ण मानिएको सवस्टेशनको शिलान्याससँगै निर्माणाधीन आयोजनाको काममा समेत गति पैदा हुने विश्वास बढेर गएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक
कुलमान घिसिङका अनुसार सो सवस्टेशन त्रिशूली करिडोरका लागि रणनीतिक महत्वको
छ । रसुवा तथा नुवाकोटमा पछिल्लो समय सरकारी स्वामित्वका तथा निजी
क्षेत्रका दर्जन बढी आयोजना निर्माणका विभिन्न चरणमा छन् । ती आयोजनालाई
राष्ट्रिय प्रसारण प्रणालीमा ल्याउन र स्थानीयस्तरमा वितरणका लागिसमेत
सवस्टेशन महत्वपूर्ण छ । नेपाल र चीनबीच निर्माण हुन लागेको ४०० केभी
क्षमताको अन्तरदेशीय प्रसारण लाइन्समेत सोही क्षेत्र भएर जानेछ ।

प्राधिकरणका
प्रवक्ता प्रवल अधिकारीका अनुसार सवस्टशेनमा ३२० केभिए क्षमतामा ६ वटा
ट्रान्सफर्मर जडान गरिनेछ । यस्तै स्थानीयवासीलाई सहजरुपमा विद्युत् उपलब्ध
गराउन थप एक ट्रान्सफर्मरसमेत जडान गरिनेछ । प्राधिकरणले निर्माण गरिरहेको
माथिल्लो त्रिशूली थ्री ए आयोजना आगामी छ महीनाभित्रै निर्माण सम्पन्न
हुने चरणमा छ ।

यस्तै ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री
बीलेसमेत निर्माण शुरु गरिसकेको छ । सोही सवस्टेशनबाट नुवाकोटका केही
गाउँमा समेत स्थानीयवासीलाई विद्युत् सुविधा उपलब्ध गराइनेछ । प्राधिकरणका
अनुसार चिलिमे–त्रिशूली र समुन्द्रटार–त्रिशूली प्रसारण लाइनबाट आउने
विद्युत्समेत सोही सवस्टशेनमा जोडिनेछ ।

विद्युत् प्राधिकरणको ३५
प्रतिशत लगानीसहित ती तीन योजनामा युरोपियन इन्भेष्टमेन्ट बैंकको सहुलियत
ऋण सहयोग र युरोपियन युनियन र जर्मन सरकारको अनुदान सहयोग रहेको छ । यी
परियोजना निर्माणमा ६५.२५ मिलियन युरो लगानी लाग्ने प्रारम्भिक अनुमान
गरिएको निर्माणाधीन २२० केभी चिलिमे–त्रिशूली प्रसारण प्रणाली आयोजना
प्रमुख थर्कबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिलिमे
हब र थ्री बी हब निर्माणका लागि समान १३ मिलियन युरो र चिलिमे–त्रिशूली
प्रसारण लाइनका लागि ११ मिलियन युरो लाग्ने देखिएको छ । यी योजना विसं २०७६
जेठ ३० मा सम्पन्न हुने लक्ष्य राखिएको छ । यी आयोजना निर्माणको जिम्मा
चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीलाई दिइएको छ ।

प्राधिकरणले
त्रिशूली–काठमाडाँै २२० डलब सर्किट प्रसारण लाइन निर्माणको काम माथिल्लो
त्रिशूली थ्री ‘ए’ आयोजनामार्फत अन्तिम चरणमा पुगेको छ । ऊर्जा, जलस्रोत
तथा सिँचाइमन्त्री पुनले मुलुकको आर्थिक समृद्धिसँग जोडिएका ऊर्जा
क्षेत्रमा युरोपेली लगानी बैंकलगायतका साझेदारको सहयोग अनुकरणीय रहेको
बताउनुभयो ।

सरकारले ऊर्जा क्षेत्रको विकासका लागि अल्पकालीन,
मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको भन्दै उहाँले आगामी १०
वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको र त्यसमा
स्वदेशी तथा विदेशी सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।
मन्त्री
पुनले चालू आर्थिक वर्षभित्रै सवस्टशेनको निर्माण सम्पन्न गरी उदाहरणीय काम
गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । फरक एक प्रसङ्गमा मन्त्री
पुनले विकास र समृद्धि अब सबै राजनीतिक दल र नेपालीको एकमात्र ‘मिसन’
भएकाले विकास र समृद्धिको ढोका खुलेको बताउनुभयो ।

“सरकारले सुशासन,
विकास र समृद्धिलाई आफ्नो मूल एजेन्डा बनाएको छ”, मन्त्री पुनले भन्नुभयो,
“प्रधानमन्त्रीले हरेक महीना काम र नतिजाका आधारमा अनुगमनको पद्धति शुरु
गर्नुभएको छ, यहाँ कागजमा होइन, अब स्थलमा कामको शुरुआत भएको छ ।”