बुटबल । कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाउनुभएको छ । पार्टी नेतृत्व संस्थामुखी नभएर व्यक्तिमुखी भएको भन्दै उहाँले त्यो आफूहरुलाई मान्य नहुने प्रतिक्रिया दिनुभएको हो ।

‘पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी हुनुपर्छ’, प्रेस युनियन रुपन्देहीद्वारा शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले भन्नुभयो ‘हुकुमी शैलीमा सभापतिले जसरी पार्टी सञ्चालन गरिरहनु भएको छ, त्यो अमान्य छ ।’

सामूहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उहाँले कार्यशैली सच्याउन देउवालाई आग्रह समेत गर्नुभयो । पार्टीनिकट नेपाल विद्यार्थी संघ नेविसंघमा संकट देखिरहेका बेला उहाले त्यसलाई देउवा शैलीकै उपज भएको बताउनुभएको छ । कांग्रेस नेतृत्व अहिले समकालीन साथीहरुको बीचमा रहेको भन्दै उहाँले सबैलाई समेटेर अघि बढ्न पार्टी सभापति देउवालाई सुझाव दिनुभएको छ ।

देउवा नेतृत्वविरुद्ध कांग्रेसमा नयाँ समीकरण बनिरहे पनि उहाँले नेतृत्वको प्रतिरोध कसरी हुँदैछ भन्नेबारे भने केही बताउन चाहनुभएन् । पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका केसीले पार्टीको भविष्य भने थप उज्ज्वल रहेको बताउनुभयो । संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उहाँको भनाइ छ ।

पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोखेका केसीले लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा सरकार अघि बढेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सरकारका ९ महिने कार्यकालको समीक्षा गर्दै उहाँले ९ महिना गफमै बितेको बताउनुभयो । चुनावका बेला बाँडेको आश्वासन पूरा गर्नेतर्फ नलागी सरकार जनहित विपरीत हिँडेको केसीको आरोप छ । ‘लोकतन्त्रको जामा पहिरे पनि सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ’, केसीले सरकारबारे विश्लेषण गर्दै भन्नुभयो ।

‘ओली नेतृत्वमा सरकार गठन भएको नौ महिनामा जनताले केही पाएका छैनन्’, केसीले भन्नुभयो ‘ चुनावमा बाँडेको झुटको पोकाबाट अहिलेको सरकार आफैं थिचिन थालेको छ ।’

19.12¡ÆC