लाङटाङ राष्ट्रिय निकुञ्जबाट घ्याङफेदीमा पर्यापर्यटन प्रबद्धनको लागी विभिन्न सामाग्रि प्रदान

मंसिर ६, २०७५ मा प्रकाशित | 5154 views

नुवाकोट । वन क्षेत्रको संरक्षण गरी पर्यापर्यटन प्रबद्धन गर्नको लागी लाङटाङ राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र अन्तरगत पर्ने विभिन्न १४ समूहलाई ग्याँसचुल्हो, ग्यास सिलिण्डर प्रदान गरेको छ । यस्तै, विद्यालयबाट उत्पादन हुने फोहरको सही व्यवस्थापन र पानी शुद्धिकरण गर्ने उकरण समुदायले सञ्चालन गर्दै आएको होमस्टेलाई उपलब्ध गराएको छ ।

दुप्चेश्वर गाँउपालिकको वडा नं. १ घ्याङफेदीमा इन्द्रेणी मध्येवर्ती क्षेत्र उपभोक्ता समूहले मंसिर ६ गते बिहीबार आयोजना गरेको कार्यक्रममा निकुञ्जले उपलब्ध गराएका सामाग्रिहरु लाभान्वित वर्गलाई प्रदान गर्दै गाँउपालिकको अध्यक्ष योबिन्द्रसिंह तामाङले वनक्षेत्रको संरक्षण गरी पर्यावरण सफा बनाउनको लागी आग्रह गर्नुभएको छ ।

अध्यक्ष तामाङले समुदायले पराम्परादेखि प्रयोग गर्दै आएका वन क्षेत्रको उपभोगलाई समयअनुकुल  संरक्षण र पर्यावरणलाई असर नपुग्ने गरी अहिलेका आधुननिक सामाग्रिको उपभोग गरेर हरियाली कायम राख्नको लागी आग्रह गर्नुभएको छ । निकुञ्जबाट प्राप्त भएको सामाग्रिको रुपमा उहाँले वडा नंं १ अर्थात साविक घ्याङफेदीमा रहेको विभिन्न १४ समूहलाई ग्याँस चुल्हो र ग्याँस सिलिण्डर प्रदान गर्नुभएको छ ।

अध्यक्ष तामाङले घ्याङफेदी समूहलाई दुई वटाँ ग्याँस चुल्हो र तीन वटा सिलिण्डर, नेगी सेल्जुङ काहुले समूहलाई तीन वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, दोलुङ कटुञ्जे समूहलाई तीन वटाँ ग्याँस चुल्हो र तीन वटा सिलिण्डर, निग्लेनी समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुईवटा सिलिण्डर, तालु समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, कसेरी समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर प्रदान गरिएको छ ।

यसैगरी, चेताङ समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, घ्यावर समूहलाई चार वटाँ ग्याँस चुल्हो र तीन वटा सिलिण्डर, उप्रा समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, सिसिपु समूहलाई पाँच वटा वटाँ ग्याँस चुल्हो र चार वटा सिलिण्डर, घ्याङडाँडा समूहलाई तीनवटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, सिङ्काटे समूहलाई दुई वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर, ह्वीकेल समूहलाई तीन वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर र किगाँउ सेम्दोङ समूहलाई चार वटाँ ग्याँस चुल्हो र दुई वटा सिलिण्डर प्रदान गरिएको छ । निकुञ्जले उपलब्ध गराएको ग्याँस र चुल्होले गाँउमा  भोज गर्ने समयमा दाउराको प्रयोग गर्नुपर्ने बाध्यता हटाएर जंगलको संरक्षण र खाना पकाउनको लागी निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दालाई सहज बनाउने लक्ष्य लिइएको छ ।

यस्तै, निकुञ्जले इन्द्रेणी मध्येवर्ती क्षेत्र उपभोक्ता मार्फत निकुञ्ज संरक्षणमा सहयोग पु-याउन वडा नं १ मा रहेका दश वटा विद्यालयलाई एक–एक थान फोहर संकलन गर्ने भाडाँ उपलब्ध गराइएको छ । विद्यालयमा उत्पादन हुने फोहरलाई संकलन गरी नष्ट हुने र नहुने बर्गिाकरण गरी त्यसको बिसर्जन गर्दा बातावरणलाई असर पुग्नबाट जोगाउन सकिने विश्वास लिइएको छ ।

यसैगरी निकुञ्ज मार्फत प्राप्त भएको पाँच लाख रुपैयाँ भन्दा बढी मूल्यपर्ने पानी शुद्धिकरण गर्ने उपकरण घ्याङफेदीको साविक वडा नं. ४ मा रहेका होमस्टेहरुले प्रयोग सामूहिक रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराइएको गाँउपालिकको अध्यक्ष तामाङले बताउनुभएको छ ।

पानी शुद्धिकरण गर्ने उपकरणले बोत्तलको पानी प्रयोग गरिराख्नु पर्ने बाध्यता अन्त्य हुने र पर्यटकको आगमनको समयमा बोतलको पानी प्रयोग गरी निकुञ्ज क्षेत्रमा जथाभावी फ्याक्नाले पर्यावरणमा पुग्दै आएको असर समेत घटाउन सहयोग मिल्ने विश्वास लिइएको छ ।

कार्यक्रममा गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले  पर्यावरण जोगाउनको लागी गर्ने सानो प्रयासले पर्यटन प्रबद्धन र जंगल क्षेत्रको संरक्षणमा उल्लेख्य सहयोग पुग्ने बताउनुभएको छ । उहाँले गाँउमा सामाजिक कार्यको लागी भोज बनाउन आवश्यक दाउराको लागी रुख ढाल्नुपर्ने बाध्यता ग्याँस चुल्हो र सिलिण्डर प्राप्त भएपछि हटाउनको लागी आग्रह गर्नुभएको छ ।

कार्यक्रममा इन्द्रेणी मध्यवर्ती समूहका अध्यक्ष नरेश तामाङ, वडा नं .१ का कार्यबहाक वडाध्यक्ष नाग साङ तामाङ, होमस्टे सञ्चालन समितका अध्यक्ष कर्मजीत तामाङ, मध्यवर्ती उपभोक्ता समितिमा अन्तरगतका विभिन्न समूहमा आबद्ध उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web