विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं ३
स्थित स्वस्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला (ल्याब सेवा ) संचालनमा
आएको छ । गाउँपालिको पहलमा जर्मन सहयोग नियोग जिआईजेडको सहयोगले
प्रयोगशाला सेवा संचालनमा आएको हो ।
जिल्लाकै दुर्गम भेगमा संचालनमा आएको प्रयोगशालामा लिभर, मृगौला, सुगर, थाईराइट, दिशा पिसाप, खकार र रगत परिक्षण हुने बताइएको ।
सदरमुकाम
भन्दा निकै टाढा रहेको राउतबेसीमा प्रयोगशाला संचालनमा आएपछि दुप्चेश्वर
गाँउपालिकाको विभिन्न वडाका बासिन्दालाई प्रत्यक्ष फाईदा पुग्ने वडा
अध्यक्ष ध्रुवकर केसी केसीले जानकारी दिनुभएको छ ।

यसअघि राउतबेसी
स्वस्थ्य चौकीमा जिल्लाकै उत्कृष्ट प्रसुति गृह पनि संचालमा आइसकेको छ ।
गाउँपलिकाका अन्य वडाहरुमा पनि स्वस्थ्य सेवालाई प्रविधिमुलक र सर्वसुलभ
बनाउदैँ लैजाने गाउँपालिकाका अध्यक्ष योबिन्द्र सिंह तामाङले जानकारी
दिनुभएको छ ।

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसै साता काठमाडौंमा हुन गइरहेको ‘एसिया प्यासिफिक समिट, २०१८’लाई मध्येनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ।

समिटका लागि काठमाडौं आउने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनाहरुको सुरक्षा र सहज आवागमनका लागि भन्दै उपत्यकाभर जोर–बिजोर प्रणाली लागू गर्न लागिएको हो।

मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन गइरहेको ‘एसिया प्यासिफिक समिट’का लागि जोर–बिजोर प्रणाली लागू हुने सूचना मंगलबार ट्राफिक प्रहरीले जारी गरेको हो।

मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चलाउनु पर्ने महानगरीय ट्राफिक महाशाखाको सूचनामा उल्लेख छ।

यसअघि बिम्स्टेक सम्मलेनका दौरानमा पनि यस्तै पद्धति अवलम्बन गरिएको थियो।

काठमाडौ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ। पहिलो सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार विशेष समारोह गरेर कार्यक्रम घोषणा गरिएको हो।

के हो सामाजिक सुरक्षा ? सरकारले तामझामका साथ घोषणा गरेको यो कार्यक्रमले श्रमिकहरूको लागि के काम गर्छ ? हामी तपाईँलाई बुझाउँदै छौँ।

१) सामाजिक सुरक्षा

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम ऐन निर्माण भएको छ। यो ऐनको पूरा नाम 'योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन' हो। यो ऐनको दफा १० मा सामाजिक सुरक्षा योजनाबारे उल्लेख छ। यो दफामा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, वृद्ध अवस्था सुरक्षा, आश्रित परिवार सुरक्षा, बेरोजगार सहायतालाई सामाजिक सुरक्षाभित्र राखिएको छ।

२) योगदान

सामाजिक सुरक्षा योजना अन्तर्गतको सुविधा प्राप्त गर्न श्रमिक, रोजगारदाता तथा स्वरोजगारमा रहेका व्यक्तिले नियमित रुपमा कोषमा जम्मा गरेको वा गर्नु पर्ने रकमलाई योगदान भनिन्छ। उदाहरणका लागि तपाईँ कुनै प्राइभेट कम्पनीमा काम गर्नुहुन्छ र तपाईँले आफ्नो न्यूनतम पारिश्रमिकको १० प्रतिशत कोषमा जम्मा गर्नुहुन्छ भने यो रकम योगदान हो। यसमा तपाईँको कम्पनीले २० प्रतिशत थप गर्छ। यो रकम नै योगदान हो।

सामाजिक सुरक्षा नियमावली : रोजगारदाता दायित्वबाट उम्कन नपाउने
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू
१५ फोटोमा हेर्नुस् सामाजिक सुरक्षा घोषणा कार्यक्रम
सामाजिक सुरक्षा कार्यक्रम घोषणा (LIVE)
सामाजिक सुरक्षा अभियानमा सघाउन निजी क्षेत्र तयार

३) योगदान गर्ने व्यक्ति

यस्तो योगदान गर्ने व्यक्तिहरूमा सामाजिक सुरक्षा योजनामा सूचीकृत भएर सामाजिक सुरक्षा नम्बर लिएका श्रमिक, स्वरोजगारमा रहेका व्यक्ति, सरकारी सेवामा बहालमा रहेका व्यक्ति वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको सरकारी कोषबाट पारिश्रमिक पाउने व्यक्ति पर्दछन्।

योगदान गरेको ६ महिनापछि योगदानकर्ता सामाजिक सुरक्षा योजनाअनुसारको सेवा पाउन योग्य हुनेछन्। यसअन्तर्गत पेन्सन पाउन तपाईँले १५ वर्ष योगदान गरेको हुनुपर्छ। मानौँ, तपाईँ ५ वर्ष क कम्पनीमा काम गर्नुभयो र काम छोडेर ख कम्पनीमा जानुभयो भने पहिलेको ५ वर्ष सेवा अवधि पनि जोडिएर गणना हुन्छ।

४) के के पर्छन् सामाजिक सुरक्षा योजनामा ?

सामाजिक सुरक्षा योजनामा औषधी उपचार तथा स्वास्थ्या सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजना, कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजना पर्दछन्।

५) रोजगारदाता सूचीकरण

सामाजिक सुरक्षा कोषले नेपालका ९ लाखभन्दा बढी औधोगिक प्रतिष्ठानमा भएका ३४ लाखभन्दा बढी श्रमिकलाई समेट्ने छ। आजको तीन महिनाभित्र हरेक रोजगारदाताले यस योजनामा आफ्नो नाम सूचिकृत गर्नुपर्ने छ। सरकारले काठमाडौं उपत्यकाभित्रका रोजगारदाताले २०७५ मंसिर ६, काठमाडौं उपत्यकाबाहिर प्रदेश ३ का रोजगारदाताले मंसिर १५, प्रदेश १ का रोजगारदाताले पुस १, प्रदेश २ का रोजगारदाताले पुस १५, गण्डकी र प्रदेश ५ का रोजगारदाताले माघ १ तथा कार्णाली र सुदूरपश्चिमका रोजगारदाताले माघ १५ भित्र सूचीकृत हुन राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ। अब उनीहरूले आफ्ना कामदार/कर्मचारीको सूची बनाएर कोषमा बुझाउनेछन्। अर्थात् सूचीकृत रोजगारदाताले आफूले नियुक्त गरेको व्यक्तिलाई नियुक्ति दिएको मितिले तीन महिनाभित्र कोषमा सूचीकरण गराई सक्नुपर्नेछ।

६) कति रकम जम्मा हुन्छ ?

यसअघि एक प्रतिशत मात्र अनुदान रकम सामाजिक सुरक्षाबापत जम्मा गर्ने गरिएको थियो। मंसिर ११ देखि प्रत्येक श्रमिकले आफ्नो न्यूनतम पारिश्रमिकको ११ प्रतिशत सामाजिक सुरक्षा रकम जम्मा गर्नुपर्ने छ। रोजगारदाताले भने यसमा २० प्रतिशत योगदान दिनुपर्ने छ।

७) कसरी जम्मा हुन्छ ?

सामाजिक सुरक्षा प्राप्त गर्न श्रमिकहरूले यस कोषमा योगदान गरेकै हुनुपर्छ। सामाजिक सुरक्षामा सूचीकृत गरिएका श्रमिकले सूचीकृत भएको दिनदेखि नियमित रुपमा रोजगारी गर्ने अन्तिम दिनसम्म योगदान रकम जम्मा गर्नुपर्ने छ। यस्तो योगदान प्रत्येक महिना गर्नुपर्ने ऐनमा व्यवस्था छ।

८) नतिरे के हुन्छ ?

सामाजिक सुरक्षामा सूचीकृत गरिएका श्रमिकले सूचीकृत भएको दिनदेखि नियमित रुपमा रोजगारी गर्ने अन्तिम दिनसम्म योगदान जम्मा गर्नुपर्ने छ। यस्तो योगदान प्रत्येक महिना गर्नुपर्ने छ। महिना समाप्त भएको १५ दिनभित्र योगदानबापत रकम जम्मा नगरे योगदान रकमको १० प्रतिशत ब्याजसहित सम्बन्धित रोजगारदाताबाट कोषले असुल गर्ने छ।

९) तिर्न नसक्ने परिस्थितिमा के गर्ने ?

कुनै कारण पारिश्रमिक पाउन नसक्ने अवस्था आएमा रोजगारदाताले बढीमा तीन महिनाको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिन्छ। त्यस्तै काबुबाहिरको परिस्थिति सिर्जना भएर सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न नसके कारण र आधार खोली ३० दिनभित्र निवेदनसहित योगदान रकम जम्मा गर्न सकिन्छ।

१०) सुविधा भुक्तानी कसरी हुन्छ ?

कोषले सामाजिक सुरक्षा योजनामा सहभागी भएको योगदानकर्तालाई सम्बन्धित सुरक्षा योजनामा तोकिए बमोजिमको सुविधाको भुक्तानी गर्नेछ। सुविधा प्राप्त गर्नु अगावै योगदानकर्ताको मृत्यु भएमा वा प्रचलित कानुनमा तोकिएको अवधिसम्म पनि जीवीत रहेको यकिन नभएमा निजले पाउने सुविधा उसले इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ। कसैलाई पनि इच्छाएको नभएमा उसको परिवारले त्यस्तो सुविधा पाउनेछन्।

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे अफवाह फैल्याएको भन्दै प्रहरीले एकजना पत्रकारलाई पक्राउ गरेको छ । अध्यक्ष दाहाल चितवन गएका बेला उनीमाथि खुकुरीले आक्रमण भएको झुटो समाचार लेखेको अभियोमा प्रहरीले पोस्ट्पाटी डटकमका सम्पदाक गोपाल चन्दलाई पक्राउ गरेको हो ।

चन्द सम्पादक रहेको पोस्ट्पाटी डटकमले गत मंसिर ६ गते प्रचण्डमाथि चितवनको कृष्ण चोकमा 'स्थानीयले खुकुरी प्रहारको प्रयास' शीर्षकको भ्रमपूर्ण र झुटो समाचार लेखेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

चन्दलाई मंगलबार काठमाडौँको तारकेश्वर नगरपालिकास्थित मनमैजूबाट पक्राउ गरि हिरासतमा लिइएको अपराध महाशाखाका सूचना अधिकृत एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए । रोल्पाको गंगादेव गाउँपालिका-३ भएका चन्द हाल भक्तपुरको सानोठिमीमा बस्दै आएका थिए । चन्द नेत्रविक्रम चन्द विप्लव निकट क्रान्तिकारी पत्रकार संगठननिकट पत्रकार हुन् ।

यसैबीच उनलाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै क्रान्तिकारी पत्रकार संगठनले मंगलबारै विज्ञप्ति निकालेको छ । संगठनका महासचिव हिम विष्टले समाचारको विषयमा आपत्ति भए प्रेस काउन्सिलमार्फत् कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै पूर्वाग्राही बनेर चन्दलाई पक्राउ गरिएको जनाएका छन् ।

चन्दलाई पक्राउ गरिनुले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको पनि उनले बताएका छन् । संगठनले चन्दलाई बिनाशर्त रिहा गर्न पनि माग गरेको छ।

विदुर । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ ।

कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।

बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ । लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ । दाजुभाइबीच सामान्य विषयमा विवाद हुँदा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्तक : लक्ष्मण सिटौला

बाग्लुङ्ग । रत्ना बस्नेतसँग आशाको त्यान्द्रो बाँकी थियो, “कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नु हुन्छ कि ?” करीब दश वर्षदेखि बाटो कुरेर बसिरहनुभएकी श्रीमती रत्नासँग न अब आशा नै बाँकी रह्यो, न श्रीमान् ।

रोजगारीमा दिल्ली पुग्नुअघि विसं २०६६ असार २२ गते भैरहवाबाट श्रीमान् जीतबहादुरले गरेको टेलिफोन कुराकानी नै उहाँको लागि अन्तिम आवाज बन्न पुग्यो । चाँडै फर्कने वाचा गर्दै निस्कनुभएका बस्नेत अब कहिल्यै घर फर्कनुहुने छैन । बुबाको साथ र स्नेहसाथ बाँच्ने छोरी चीना र छोरा रामको सपना चकनाचुर बनेको छ । रोगले थलिनुभएका ९१ वर्षीय बुबा कर्णबहादुरमाथि अर्को चोट थपिएको छ । गलकोट नगरपालिका–१० मल्मस्थित परिवार र आफन्तजन शोकमा डुबेका छन् ।

दश वर्षदेखि हराउनुभएका बस्नेतको मृत्युको खबरले सिङ्गो गाउँ पनि चिन्तित छ । दिल्लीसम्मै पुगेर खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारजन थकित र निराश थिए । एकाएक दिल्लीस्थित नेपाली दूतावासबाट मुत्युको खबर आएपछि आश्चर्यमा परिएको दाइ गिनबहादुरले बताउनुभयो ।

दूतावासले गत कात्तिक १६ गते (२ नोभेम्बर) मा ५० वर्षीय जीतबहादुरको मृत्यु भएको जानकारीसहित शव बुझ्नको लागि परिवारलाई खबर गरिदिन जिल्ला प्रशासन कार्यालय बागलुङलाई पत्र पठाएपछि घटना बाहिर आएको हो । दूतावासले संलग्न गरी पठाएको दिल्ली प्रहरी (पुलिस स्टेशन लोधी क्लोनी) को पत्रमा (सन् २००९ जुलाई ९ तारिख) मा दुर्घटनामा परी बस्नेत घाइते भएको उल्लेख छ ।

गम्भीर घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचार र हेरचाहको लागि ‘शान्ति निकेतन’ नामक पुनःस्थापना केन्द्रमा पठाइएको प्रहरीको पत्रमा उल्लेख छ । स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि केन्द्रमै बस्नेतको निधन भएको जनाइएको छ । गत कात्तिक १६ मै दिल्लीस्थित ‘एम्स’ अस्पतालमा ल्याइनुभएका बस्नेतलाई चिकित्सकले आधिकारिक रुपमा मृत घोषणा गरेका थिए ।

प्रहरीले बस्नेतको शव ‘एम्स’ अस्पतालको शवगृहमा राखिएको र शव बुझ्न परिवारलाई खबर गरी दिन अनुरोध गर्दै यही मङ्सिर ३ गते नेपाली दूतावासमा पत्र पठाएको थियो । सोही पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले परिवारलाई खबर गरी शव बुझ्न मृतक बस्नेतका भाइ भारतीय सेनामा कार्यरत अमर बस्नेतलाई अधिकारप्राप्त व्यक्ति तोकेर पत्र पठाएको थियो ।

दिल्लीमै रहनुभएका बस्नेतले आइतबार पत्र बुझी सोमबार दिल्लीस्थित नेपाली दूतावास पुग्नुभएको थियो । दूतावासले शव बुझ्नको लागि आधिकारिक व्यक्ति प्रमाणित गरेर प्रहरीलाई पत्र लेखेको उहाँको भनाइ छ । भाइ अमर बस्नेतले प्रहरी कार्यालय र पुनःस्थापना केन्द्रमा समेत पुगेर घटनाबारे जानकारी लिनुभएको थियो ।

“मुद्दा हेरिरहेका प्रहरी अधिकृत बिदामा भएकाले आजलाई बोलाएको छ”, उहाँले भन्नुभयो । मृत्युको घटना हेरिरहेको प्रहरी अधिकृत नभएपछि सोमबार शव बुझ्न नसकिएको उहाँको भनाइ छ । पुनःस्थापना केन्द्रका सञ्चालकले प्रहरीको सहायतामा उद्धार गरिएको जनाएका छन् ।

केन्द्र सञ्चालकका अनुसार बस्नेतलाई सरकारी गाडीले ठक्कर दिएर घाइते बनाएको थियो । “अदालतमा मुद्दा चलेको छ भन्ने पनि थाहा भयो”, बस्नेतले भन्नुभयो, “घटनाबारे यथार्थ खुल्न बाँकी छ, हामी सोधखोज गर्दैछौँ ।”

परिवार र आफन्तजनले मृत्युको घटनाप्रति आशङ्का व्यक्त गरेका छन् । मृत्युको खबर आउने तर दुर्घटना हुँदा, यतिका वर्ष पुनःस्थापना केन्द्रमा बस्दा किन खबर आएन भन्ने प्रश्न गरेका छन् । परिवारले बस्नेत हराउने बित्तिकै दिल्ली पुगेर दरियागञ्जको प्रहरी कार्यालयमा खोजतलास गरिदिन निवेदन दिएका थिए ।

हप्तौँसम्म बसेर दिल्लीमा खोजी गर्दा पनि बस्नेतको अवस्था थाहा हुन सकेको थिएन । दिल्लीबाट आफन्त भेट्न गुढगाउँ पुग्नुभएका बस्नेत फर्कदा बाटोबाटै सम्पर्कविहीन हुनुभएको दिल्लीमै रहनुभएका खड्क साहानीले बताउनुभयो । “दश वर्षपछि एकैचोटी मृत्युको खबर आयो”, उहाँले भन्नुभयो, “यत्रो घटना कसरी लुक्यो ।”

प्रहरीका अनुसार बस्नेत सन् २००९ को जुलाईमा दिल्लीको सफदरजङ्ग विमानस्थल नजिक दुर्घटनामा पर्नुभएको थियो । बस्नेत दुर्घटनामा पर्नुअघि १५ वर्षसम्म दिल्लीमै बसेर काम गर्नुभएको थियो । “यतिका वर्षपछि भाइ नरहेको खबर आयो”, दाइ गिनबहादुरले भन्नुभयो, “दुःखीसँगै हामी आश्चर्यमा परेका छौँ, यस्तो कसरी भयो ।” बस्नेत सकुशल घर फर्कुनुहुन्छ वा राम्रो खबर आउँछ कि भन्ने आशामा परिवारका सदस्य थिए । संयुक्त परिवारबाट छुट्टिएर अलग बस्दै आउनुभएकी रत्नालाई श्रीमान्को मृत्युले झन पीडा थपेको छ ।

छोरी चिनाको बिहे भइसकेको छ भने छोरा राम पोखरामा पढ्दै छन् । पैसा कमाउन विदेशीनुभएका श्रीमान्को उतै निधन भएपछि उहाँको जीवनमा ठूलो विपद् आइलागेको छ ।
– रामबहादुर थापा

नुवाकोट । सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना भएपछि जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको छ ।

केन्द्रमा स्थापित कार्यालय र बढ्दो बजारीकरणसँगै
एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सफलता मिलेको जिल्ला प्रहरी
प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

स्थानीय तहअनुसार सुरक्षा रणनीति बनाएको प्रहरीले
पछिल्लो समय जिल्लाको बेलकोटगढी नगरपालिकाको बाघखोर, तार्केश्वर
गाँउपालिकाको दाङसिंह, शिवपुरी गाउँपालिकाको शेराबगर र पञ्चकन्या
गाउँपालिकाको लाकुरीभञ्याङ्मा नयाँ एकाइ स्थापना गरेको छ । काठमाडौँसँगैको
सीमालाई दृष्टिगत गरी गुज्रेभञ्याङ्मा पनि नयाँ एकाइ स्थापना भएकोे छ ।

लाकुरीभञ्याङ्मा ‘क’ वर्गको इलाका प्रहरी कार्यालय र
अन्य स्थानमा अस्थायी प्रहरी चौकी स्थापना भएका हुन् । प्रहरी प्रमुख
कुँवरका अनुसार नयाँ स्थानमा स्थापना भएका एकाइले तोकिएको
कार्यक्षेत्रभित्र सुरक्षा व्यवस्था चुस्त बनाउन पहल गर्दै आएको छ ।

नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय–प्रहरी
साझेदारी अभियान’, ‘टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी’लगायत कार्यक्रमलाई
बस्ती तथा टोलसम्म पु-याएर जनतासँग प्रहरीलाई नजिक बनाउन समेत अवसर मिलेको छ
। नयाँ स्थानमा स्थापित एकाइ भने टहरा र भाडाको घरमा कठिनाइका साथ काम
गर्दै आएका छन् ।

काठमाडौं । पदाधिकारी नथप्ने गरी कांग्रेसको नयाँ विधान मस्यौदा केन्द्रीय समितिमा प्रस्तुत भएको छ । मस्यौदाले २० कात्तिकमा उपसभापति मनोनीत विजयकुमार गच्छदारलाई भने पहिचान गरेको छैन ।
सभापति शेरबहादुर देउवाले पार्टी एकतापछि गच्छदारलाई ‘राजनीतिक निर्णय’का आधारमा उपसभापति मनोनीत गरेका थिए । त्यसअघि विधानअनुसार विमलेन्द्र निधि उपसभापति मनोनीत गरिएका थिए । केन्द्रीय समितिमा प्रस्तुत विधानको मस्यौदामा सहमति भएन र महासमितिले पनि पदाधिकारी नथप्ने अहिलेकै प्रस्ताव पारित गरे गच्छदारको उपसभापति पद संकटमा पर्नेछ ।

गच्छदारलाई व्यवस्थापन गर्न दुई उपसभापति बनाउने व्यवस्था गर्नुपर्छ । नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला त्यसको पक्षमा छैनन् । ‘उपसभापति मनोनीत गर्न खाली सिटमा नै उहाँ (गच्छदार)लाई ल्याएको भए समस्या हुने थिएन । विधान मस्यौदा गर्दासमेत उहाँ समेटिनुभएन,’ विधान मस्यौदा समितिका सदस्य दिलेन्द्रप्रसाद बडूले भने, ‘राजनीतिक रूपमा सबैले मानेका हुन्, तर प्रक्रिया पुगेन भनेर पहिले नै विरोध भयो । राजनीतिक निर्णय भनेर गर्दा विधानमा पनि समस्या आउने भयो ।’

सहमतिमा पदाधिकारी बढाउँदा गच्छदारको व्यवस्थापन सहज रूपमा हुन्छ । अन्यथा पदाधिकारीको किचलोले उनलाई गाह्रो पर्न सक्ने बडूले बताए । १३औँ महाधिवेशन भएको दुई वर्षपछि (गच्छदार कांग्रेसमा आइसकेपछि) देउवाले उपसभापतिमा निधिलाई मनोनीत गरेका थिए । नीधिको सट्टा गच्छदारलाई मनोनीत गरेको भए अहिलेको समस्या नदेखिने तर्क पौडेल–सिटौला पक्षको छ ।

महासमिति बैठकले पनि पदाधिकारी नबढाउने निर्णय गरे गच्छदारको व्यवस्थापन कसरी हुन्छ भन्नेमा नेताहरु समेत अन्यौलमा छन् । ‘यो प्रश्नको उचित जवाफ उचित समयमा दिन्छु,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

पदाधिकारी थपिएनन्, १४१ जना केन्द्रीय सदस्य
विधानको मूल मस्यौदामा केन्द्रीय सदस्य १४१ (७५ प्रतिशत निर्वाचित र २५ प्रतिशत मनोनीत) हुने प्रस्ताव गरिएको छ । जसमा १०६ निर्वाचित र ३५ मनोनीत हुन्छन् । हाल ८५ सदस्यीय केन्द्रीय समिति छ ।

केन्द्रीय समितिदेखि सबै तहका समितिमा सभापतिबाट १५ प्रतिशत सदस्य मनोनीत गर्नुपर्ने विषयलाई फरक मतमा राखिएको छ । केन्द्रीय सदस्यलाई एक कार्यकालका लागि स्वतः महाधिवेशन र महासमिति सदस्य हुनुपर्ने व्यवस्था गर्न पनि फरक मत राखिएको छ । तर, केन्द्रीय पदाधिकारी पहिलेकै जति अर्थात् सभापति, महामन्त्री र कोषाध्यक्षको निर्वाचन, सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक उपसभापति, एक महामन्त्री र एक कोषाध्यक्ष मनोनीत गर्ने पुरानै व्यवस्थालाई मस्यौदामा उल्लेख गरिएको छ ।

पदाधिकारीका विषयमा आएका फरक मतलाई मस्यौदाको मूल खण्डमा नभई प्रतिवेदनमा उल्लेख गरिएको छ । फरक मतमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्ष एक÷एक तथा सहमहामन्त्री तीन जना रहेन गरी ११ सदस्य सबैको निर्वाचन गर्नुपर्ने प्रस्ताव छ । त्यस्तै, समानुपातिक समावेशिताका आधारमा सात उपसभापति र सात सहमहामन्त्रीको व्यवस्था गर्नुपर्ने, पदाधिकारीमा कम्तीमा एक महिला हुनुपर्ने, पदाधिकारी बढाउने, कोषाध्यक्ष मनोनीत गर्ने र महामन्त्री सबै निर्वाचित गर्ने फरक पनि उल्लेख छ । कांग्रेसमा पौडेल पक्ष उपसभापति र महामन्त्री तीन–तीनजना बढाउनुपर्ने पक्षमा छ । तर, संस्थापन (देउवा) पक्ष सहमहामन्त्री बढाउँदा नेताहरू व्यवस्थापन हुने दाउमा छ ।

सबै तहका समिति गठन र प्रतिनिधित्व व्यवस्था गर्दा ५५ प्रतिशत खुला (प्रत्यक्ष) र ४५ प्रतिशत समानुपातिक आरक्षणबाट गर्नुपर्ने फरक मत पनि आएका छन् । साधारण सदस्य हटाई ‘नेपाली कांग्रेसको सदस्य’ मात्र बनाइएको छ । सदस्यता नवीकरण गरेपछि क्रियाशील सदस्य भनिनेछ ।

कांग्रेसमा अब ८ तह
टोल कार्यसमिति, वडा कार्यसमिति, पालिका कार्यसमिति(गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका) प्रदेश सभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रको गरी आठवटा तह हुने व्यवस्था विधान मस्यौदामा छ । टोल, प्रदेश सभा क्षेत्रीय र प्रदेश समिति थप गरिएको हो । प्रदेशको तहमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको व्यवस्था गरिएको छ ।

चार तहका संसदीय बोर्ड
निर्वाचनमा टिकट बाँड्न केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्र गरी चारवटा संसदीय बोर्ड गठन गर्ने व्यवस्था मस्यौदा विधानमा छ । केन्द्रमा पदाधिकारीबाहेक आठ सदस्य हुने (सभापतिले सदस्य मनोनीत गर्ने) भन्ने मूल मस्यौदामा उल्लेख छ ।

तर, फरक मतमा पदाधिकारीबाहेक चार सदस्य महाधिवेशनबाट निर्वाचित र बाँकी मनोनीत गरी ११ सदस्यीय बनाउनुपर्नेछ । पार्टीबाट सबै तहमा प्रस्तुत हुने उम्मेदवारको योग्यता, छनोट प्रक्रिया, सिफारिस, अनुमोदन र निर्णय गर्ने विषयलाई विकेन्द्रित र वैज्ञानिक बनाउने गरी बोर्ड गठनको प्रस्ताव गरिएको छ ।

विधानको अध्ययन गर्न केन्द्रीय सदस्यलाई चार दिन
कांग्रेस केन्द्रीय समितिले संशोधित विधानको मस्यौदा अध्ययनका लागि पदाधिकारी र केन्द्रीय सदस्यलाई चार दिनको समय दिएको छ । समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा विधानको मस्यौदा प्रस्तुत गरेपछि १२ मंसिरसम्म अध्ययन गर्ने समय दिइएको हो । १३ मंसिरदेखि विधान मस्यौदामा छलफल गराउने निर्णयसमेत भएको छ । पाँचदेखि सात दिनसम्म सदस्यहरूको सुझाब लिएर विधानको मस्यौदालाई अन्तिम रूप दिने तयारी छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि : ४१२५ जना
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले कम्तीमा ४ महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम समुदायबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार निर्वाचित गर्नेछन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनेछ । १६५ निर्वाचन क्षेत्रबाट २५ का दरले ४१२५ महाधिवेशन प्रतिनिधि छानिनेछन् ।

अब दुईवटा महाधिवेशन
विधान मस्यौदाअनुसार कांग्रेसमा अब प्रदेश र केन्द्रीय महाधिवेशन हुने छ । यसअघि केन्द्रीय महाधिवेशन मात्रै हुने व्यवस्था थियो । संघीय संरचनाअनुसारका प्रदेश समिति थप गरिएपछि कांग्रेसले दुईवटा महाधिवेशन गर्ने प्रबन्ध गरेको मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । टोलदेखि जिल्ला कार्यसमितिसम्म भने अधिवेशन हुनेछ ।

प्रदेश महाधिवेशन प्रतिनिधि : प्रत्येक प्रदेशबाट २५–२५ जना
प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट कम्तीमा चार महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्लिम समुदायबाट १० जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा गरी जम्मा २४ जना प्रतिनिधि निर्वाचित हुने मस्यौदामा उल्लेख छ । मस्यौदाअनुसार प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति पदेन प्रदेश महाधिवेशन प्रतिनिधि हुनेछन् । प्रदेश सभामा केन्द्रको जस्तै स्वरूपमा पदाधिकारीको निर्वाचन र मनोनयन गर्ने व्यवस्था गरिएको छ ।आजको नयाँ पत्रिकामा खवर छ।

काठमाडौं । निर्मला पन्तका बुबा यज्ञराजको कलेजोमा संक्रमण देखिएको छ । छोरीका हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा रहेका उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबार साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको थियो । प्रारम्भीक स्वास्थ्य परीक्षणमा यज्ञराजको कलेजोमा संक्रमण देखिएको हो । आकस्मिक विभागका डाक्टर तीर्थमान श्रेष्ठका अनुसार उनको कलेजोमा संक्रमणका साथै मुटुको चाल १३० पुगेको छ ।

धर्नामा बसेरहेको अवस्थामा हाँस्ने, रुने, बर्बराउने, गालीगलौज गर्ने जस्ता अस्वाभाविक लक्षण देखिन थालेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । चिकित्सकहरूले भिडियोमा आएको जस्तो गम्भीर अवस्था नभएको बताएका छन् । डा.श्रेष्ठले भने, ‘उहाँमा मानसिक समस्या नहुने भन्ने भएन तर, जसरी भिडियोमा देखाएको थियो त्यस्तो अवस्था हामीले पाएनौँ ।’ बाटोमा लट्याउने औषधि दिँदै आएकाले चिकित्सकले उनको अवस्थाका बारेमा भन्न नसक्ने बताएका छन् ।
डा.श्रेष्ठका अनुसार सिटी, एमआरआई, रगतको रिपोर्ट नर्मल देखिएको छ । सडकमा दौडिएकाले देब्रे खुट्टाको दुई वटा औँला भाँचिएको छ । अहिले औँलामा प्लस्टर गरिएको छ । उनलाई जनरल वेडमा सारिएको छ । मानसिक रोग विशेषज्ञको सल्लाह बमोजिम कुनै औषधि चलाइएको छैन । धेरै दिन चिसोमा धर्ना बसेका कारण र पानीको कम प्रयोग, अत्याधिक ज्वरोले पनि कलेजोमा संक्रमण भएको हुन सक्ने चिकित्सकहरूले अनुमान गरेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार यज्ञराजलाई ९९.८ डिग्री ज्वरो आएको छ ।

भद्रपुर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडास्थित गए राति आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनाल, चार वर्षीया चन्द्रा खनाल र चार महिनाको शिशु टीकाराम खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल सख्त घाइते भएकी छिन् । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको बताइएको छ। खाना खाएर सुतिसकेपछि सो घरमा आगलागी भएको र आगलागीमा खाना पकाउने एलपी ग्यासको सिलिन्डर विष्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एवं प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।
काठको घरमा परिवारका सदस्य सुतेको र भुइँतलामा थ्रेसर राख्ने गरिएको थियो। विभिन्न नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको र अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । आगलागी हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

नुवाकोट । राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटको तेश्रो साधारणसभाले नेपाल सरकारका सहसचिब रुद्रसिङ तामाङलाई अध्यक्षमा चयन गरेको छ । शिवपुरी गाँउपालिका–६ सूइरेचउरमा मंसिर ८ गते शनिबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उदयबहादुर राणा र कृष्णप्रसाद पुडासैनी, सचिवमा केशरबहादुर पण्डित, सहसचिवमा राजु प्याकुरेल र कोषाध्यक्षमा ज्ञानबहादुर अधिकारी चयन हुनुभयो ।

सदस्यहरुमा जंगबहादुर अर्याल, माधव शर्मा, सन्तु श्रेष्ठ, सुरज अर्याल, विष्णुहरी रेग्मी, भीमबहादुर रोका, बुद्धिराज खड्का, बद्रीप्रसाद अर्याल, कृष्णराज खतिवडा, नारायण श्रेष्ठ र गोपी अधिकारी रहनुभएको छ ।
समितिको सल्लाहकारमा यसअघिका अध्यक्ष रहनुभएका डा.केदारनरसिंह केसी सहित तुलसीप्रसाद सिटौला, बासुदेव गुरागाई, सुदर्शन भण्डारी र रेशमबहादुर पाण्डे रहेको निर्वाचन मण्डलका संयोजक रहनुभएका पत्रकार राजन कुइकेल जानकारी दिनुभयो ।

नुवाकोटमा जन्मेर विभिन्न सरकारी सेवामा जिल्ला बाहिर कार्यरत कर्मचारीहरुको साझा सँस्थाको रुपमा ‘राष्ट्रसेवक कर्मचारी समाज’ स्थापना भएको हो ।

शेराबगर ।
शिवपुरी गाउँपालिकाको वडा नं ६ समुन्द्रादेविमा सञ्चालनमा रहेको गजबको रेडियो १०५ थोप्लो ७ मेगार्हजले औपाचारिक कार्यक्रम सहितको सेवा सञ्चालनमा ल्याएको छ । डेढवर्षदेखि नै निरन्तर सञ्चालनमा रहेको रेडियोको यही मंसिर ८ गते शनिबार गाँउपालिकाको अध्यक्ष रामकृष्ण थापाले हिजो शुभारम्भ गर्नुभएको हो ।

गाँउपालिकाको अध्यक्ष थापाले ग्रामिण भेगमा सञ्चारको सञ्चालन र विकासले जनतालाई सुचना सहज भएकाले रेडियोलाई नयाँ पन र जनताको आवाज बोल्ने माध्यमको रुपमा चलाउन सुझाब दिनुभएको छ ।
उहाँले गाउँपालिकाको समुद्ध विकासमा टेवा पु-याउनको लागी केन्द्रित गरेर सञ्चालनमा आएको रेडियोलाई सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै, कार्यक्रममा नेकपाका नेता तथा समाजसेवी पदमबहादुर उप्रेतिले ग्रामिण भेगमा रेडियो सञ्चालनले जनतामा सत्य, तथ्य सुचना दिई स्थानिय विकासमा टेवा पु¥याउन आग्रह गर्नुभएको छ । त्यसको लागी आफू सहित आबद्ध रहेका सँस्थाहरुबाट सहयोग हुने उहाँले बताउनुभएको छ ।

कार्यक्रमा तादि गाउँपालिका उपाध्यक्ष ईश्वरी उप्रतिले रेडियो सञ्चालनले जनता र स्थानीयसरकार बीच पुलको रुपमा भूमिका निर्वाह गर्न आग्रह गनुभएको छ । कार्यक्रममा वडा अध्यक्ष लालबहादुर तामाङ, वडा सदस्य ज्ञानबहादुर तामाङ, नेकपा नेता एवं सञ्चालक सदस्य जितेन्द्र विष्ट, नेपाल शिक्षक सघ नुवाकोटका अध्यक्ष रामबहादुर थापा, समुन्द्रा मावि प्रअ गणेसप्रसाद सिटौला, स्याउरे भुमे माविका प्रअ रामहरि खडका लगायतले रेडियोलाई जनताको आवाज बोल्ने माध्यम बनाउन शुभकामना दिनुभएको छ ।

रेडियाोका प्रबन्ध निर्दशक पुरmषोतम बस्नेतले अहिले सञ्चारको प्रतिष्प्रधा समय रहेकोले ग्रामिण भेगमा सुचना सत्थ तथ्य खबर प्रबाह गरि आगामि दिनमा नियमित श्रोताको मन जित्ने कार्यक्रम सञ्चालन र्गदै लैजाने प्रतिबद्धता जनाउनुभएको छ ।