रेडियो गज्जबको नियमित प्रशारण सुरु, शिववपुरीका अध्यक्षले गर्नुभयो शुभारम्भ

मंसिर ८, २०७५ मा प्रकाशित | 417 views

शेराबगर ।
शिवपुरी गाउँपालिकाको वडा नं ६ समुन्द्रादेविमा सञ्चालनमा रहेको गजबको रेडियो १०५ थोप्लो ७ मेगार्हजले औपाचारिक कार्यक्रम सहितको सेवा सञ्चालनमा ल्याएको छ । डेढवर्षदेखि नै निरन्तर सञ्चालनमा रहेको रेडियोको यही मंसिर ८ गते शनिबार गाँउपालिकाको अध्यक्ष रामकृष्ण थापाले हिजो शुभारम्भ गर्नुभएको हो ।

गाँउपालिकाको अध्यक्ष थापाले ग्रामिण भेगमा सञ्चारको सञ्चालन र विकासले जनतालाई सुचना सहज भएकाले रेडियोलाई नयाँ पन र जनताको आवाज बोल्ने माध्यमको रुपमा चलाउन सुझाब दिनुभएको छ ।
उहाँले गाउँपालिकाको समुद्ध विकासमा टेवा पु-याउनको लागी केन्द्रित गरेर सञ्चालनमा आएको रेडियोलाई सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै, कार्यक्रममा नेकपाका नेता तथा समाजसेवी पदमबहादुर उप्रेतिले ग्रामिण भेगमा रेडियो सञ्चालनले जनतामा सत्य, तथ्य सुचना दिई स्थानिय विकासमा टेवा पु¥याउन आग्रह गर्नुभएको छ । त्यसको लागी आफू सहित आबद्ध रहेका सँस्थाहरुबाट सहयोग हुने उहाँले बताउनुभएको छ ।

कार्यक्रमा तादि गाउँपालिका उपाध्यक्ष ईश्वरी उप्रतिले रेडियो सञ्चालनले जनता र स्थानीयसरकार बीच पुलको रुपमा भूमिका निर्वाह गर्न आग्रह गनुभएको छ । कार्यक्रममा  वडा अध्यक्ष लालबहादुर तामाङ, वडा सदस्य ज्ञानबहादुर तामाङ, नेकपा नेता एवं सञ्चालक सदस्य जितेन्द्र विष्ट, नेपाल शिक्षक सघ नुवाकोटका अध्यक्ष रामबहादुर थापा, समुन्द्रा मावि प्रअ गणेसप्रसाद सिटौला, स्याउरे भुमे माविका प्रअ रामहरि खडका लगायतले रेडियोलाई जनताको आवाज बोल्ने माध्यम बनाउन शुभकामना दिनुभएको छ ।

रेडियाोका प्रबन्ध निर्दशक पुरmषोतम बस्नेतले अहिले सञ्चारको प्रतिष्प्रधा समय रहेकोले ग्रामिण भेगमा सुचना सत्थ तथ्य खबर प्रबाह गरि आगामि दिनमा नियमित श्रोताको मन जित्ने कार्यक्रम  सञ्चालन र्गदै लैजाने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web