काठमाडौंमा चार दिन गाडी जोर बिजोर भएर चल्नुपर्ने कुन दिन कुन चल्ने (विस्तृतमा )

मंसिर ११, २०७५ मा प्रकाशित | 10298 views

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसै साता काठमाडौंमा हुन गइरहेको ‘एसिया प्यासिफिक समिट, २०१८’लाई मध्येनजर गर्दै सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ।

समिटका लागि काठमाडौं आउने विभिन्न राष्ट्रका राष्ट्रप्रमुख तथा विशिष्ट पाहुनाहरुको सुरक्षा र सहज आवागमनका लागि भन्दै उपत्यकाभर जोर–बिजोर प्रणाली लागू गर्न लागिएको हो।

मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुन गइरहेको ‘एसिया प्यासिफिक समिट’का लागि जोर–बिजोर प्रणाली लागू हुने सूचना मंगलबार ट्राफिक प्रहरीले जारी गरेको हो।

मंसिर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बर प्लेटका सवारी साधन चलाउनु पर्ने महानगरीय ट्राफिक महाशाखाको सूचनामा उल्लेख छ।

यसअघि बिम्स्टेक सम्मलेनका दौरानमा पनि यस्तै पद्धति अवलम्बन गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web