नुवाकोटका सबै स्थानीयतहमा प्रहरीको पहुँच, प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत

मंसिर ११, २०७५ मा प्रकाशित | 4891 views

नुवाकोट ।  सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना भएपछि जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको छ ।

केन्द्रमा स्थापित कार्यालय र बढ्दो बजारीकरणसँगै
एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सफलता मिलेको जिल्ला प्रहरी
प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

स्थानीय तहअनुसार सुरक्षा रणनीति बनाएको प्रहरीले
पछिल्लो समय जिल्लाको बेलकोटगढी नगरपालिकाको बाघखोर, तार्केश्वर
गाँउपालिकाको दाङसिंह, शिवपुरी गाउँपालिकाको शेराबगर र पञ्चकन्या
गाउँपालिकाको लाकुरीभञ्याङ्मा नयाँ एकाइ स्थापना गरेको छ । काठमाडौँसँगैको
सीमालाई दृष्टिगत गरी गुज्रेभञ्याङ्मा पनि नयाँ एकाइ स्थापना भएकोे छ ।

लाकुरीभञ्याङ्मा ‘क’ वर्गको इलाका प्रहरी कार्यालय र
अन्य स्थानमा अस्थायी प्रहरी चौकी स्थापना भएका हुन् । प्रहरी प्रमुख
कुँवरका अनुसार नयाँ स्थानमा स्थापना भएका एकाइले तोकिएको
कार्यक्षेत्रभित्र सुरक्षा व्यवस्था चुस्त बनाउन पहल गर्दै आएको छ ।

नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय–प्रहरी
साझेदारी अभियान’, ‘टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी’लगायत कार्यक्रमलाई
बस्ती तथा टोलसम्म पु-याएर जनतासँग प्रहरीलाई नजिक बनाउन समेत अवसर मिलेको छ
। नयाँ स्थानमा स्थापित एकाइ भने टहरा र भाडाको घरमा कठिनाइका साथ काम
गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web