छोराको उपचारको लागी सहयोग गर्न नुवाकोटका गोपी मिजारको आग्रह

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं। ३ खङ्गभञ्याङको छापथोकमा गोपी मिजारले आफ्नो छोराको उपचारको लागी सहयोगको अपिल गर्नुभएको छ ।

पछिल्लो समय ढिकुरे बजारमा बस्दै आउनुभएका मिजारले करीब पाँच वर्षका गौरवको टंङ्सीलको उपचारको लागी रकम अभाव भएकाले सहयोगको आग्रह गर्नुभएको हो ।

जन्मेको समयदेखि नै टंङ्सीलबाट प्रभावित भएको गौरवको पछिल्लो समय घाटीमा मासु बढ्दै गएर शल्यक्रिया गर्नुपर्ने भएकाले उपचारको लागी रक अभाव भएको बताउनुभएको छ । गौरवको शल्यक्रिया गर्न आगामी पुस पहिलोसाता भित्र गरिसक्नको लागी चिकित्सले समयसीमा दिएको र त्यसको लागी सहुलियत सुविधा सहित साढे दुई लाख रुपैयाँ लाग्ने जनाएकाले रकम अभावले सहयोगको आग्रह गरेको उहाँले बताउनुभएको छ ।

ढाँड कुप्रो भएर सजिलोसंग हिडडुल समेत गर्न नसक्ने र चरम आर्थिक अभाव भएकले गोपी मिजारले दाताहरुबाट सहयोग भएमा छोरा गौरवलाई बचाउन सहयोगको आपिल गर्नुभएको हो ।

उहाँलाई सहयोग गर्न चाहनेले फोन नं. ९८६१८१५३५३ मा सम्पर्क गरेर ढिकुरे बजारमा भेट्न सक्नुहुनेछ ।

कुमरीमा समुदायले सञ्चालन गरेको पुस्तकालयलाई राष्ट्रिय पुरस्कार

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. २ कुुमरीमा समुदाय मार्फत सञ्चालनमा रहेको जनजागरण सामुुदायिक पुस्तकालय श्रोतकेन्द्र यो वर्षको पहुँचयुक्तता अवार्डबाट सम्मानित भएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको २७औँ अन्तराष्ट्रिय दिवसको अवसरमा पुस्तलकायले अवार्ड प्राप्त गरेको हो । पुस्तकालयले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा गरेको कार्य, पुस्तकालय भवन अपाङ्गतामैत्री बनाएर सञ्चालन तथा पुस्तकालयको सेवा सथा सुविधामा अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा अध्ययन तथा प्रयोगका सामाग्री व्यवस्था गरेबापत पुस्तकालय सम्मानित भएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालले जनाएको छ ।

संयुक्त राष्ट्र संघले तय गरेको ‘अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता समानताको सुनिश्चितता’ र राष्ट्रिय नारा ‘मलाई गणना गर, मलाइ समाबेश गर’ सम्पन्न कार्यक्रमको क्रममा पुस्तकालय सम्मानित भएको हो ।

प्रत्येक वर्ष प्रदान गरिने अवार्डमा महासंघले नेपालभरका अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु मध्येबाट उत्कृष्ठ सँस्थालाई सम्मानगर्दै आएको छ । पुस्तकालयलाई पहुँचयुक्तता अवार्ड महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममायाँ थापाले पुस्तकालयका अध्यक्ष रामचन्द्र तिमल्सिनालाई प्रदान गर्नुभएको हो ।

रिड नेपाल तथा ए.एस.बीको आर्थिक तथा प्राविधिक सहयोगमा दुई करोड ८५ लाख रुपैयाँ लगानीमा निर्मित पुस्तकालय गएको बैशाख २० गते उद्घाटन गरी सञ्चालनमा रहेको छ ।
बहुप्रकोप प्रतिरोधात्मक सहित अपाङ्गगतामैत्री पुस्तकालयमा पुस्तकालयकक्ष, बालकक्ष, महिलामैत्रीकक्ष, युवाकक्ष, सभाहल, समाबेसी विपद् जोखिम न्युनिकरणकक्ष, आईसिटी कक्ष र श्रव्यदृष्य कक्ष सहित सात कक्षबाट सेवा दिदै आएको छ ।

पुस्तकालयमा अपाङ्गता भएका व्यक्तिको लागी सांकेतिक भाषाका पुस्तक, ब्रेल पुस्तक र डेजी पुस्तक सहित श्रवणयन्त्र लगायतका पहुुचयोग्य प्रयोगका सामाग्री समावेश गरिएको पुस्तकालयका कार्यक्रम संयोजक श्यामराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

नेपाल प्रहरी इतिहासको जस्तो नभई अहिले सुध्रिएकाले विश्वास गर्न महानिरीक्षक खनालको आग्रह

नुवाकोट । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको सेवा प्रवाह पहिलाको जस्तो नभई सुध्रिसकेकाले त्यसमा विश्वास गर्न आग्रह गर्नुभएको छ ।

सशस्त्र युद्ध र विनासकारी भूकम्पले क्षति पुगेका प्रहरी इकाईको पुर्ननिर्माण अन्तरगत राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको पुर्ननिर्माण कोष मार्फत नुवाकोटमा बनाइएको तीनवटा भवनको मंसिर १६ गते आइतबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले आफ्नो नेतृत्वमा रहेको प्रहरीले ‘गलत नगर्ने’ प्रद्धिबद्धता जनाउनुभयो ।

अहिले मुलुकको विभिन्न स्थानका घटनामा प्रहरीलाई जोडेर भइरहेका टिप्पणी प्रति इंकित गर्दै उहाँले प्रहरीको गलत आचरण बाहिर आएको जस्तो नभएको र कहीँकतै भएका कमजोरी समेत सुधारेर अघिबढ्दै आएकाले प्रहरीलाई जनताबाट सम्मानित सँस्थाको रुपमा स्थापित गराउन सरोकारवालाको पनि भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सत्य, सेवा र सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरी बफादार रहेको स्मरण गराउदै उहाँले प्रहरी संगठनलाई यसअघि विभिन्न लाल्छना लगाएर ‘प्रहरी त यस्तै हो’ भनेर समुदायमा रहेको नकारात्मक भावनाको अविश्वास त्याग गर्न आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी अपराध रोकथाम, अपराध नियन्त्रण र नागरिकको सुरक्षा लगायतलाई केन्द्रीय दायित्वमा प्रहरी संगठन पूर्ण प्रतिबद्ध रहेको भन्दै  अधिकांश अपराधी पक्राउ गर्न सफल हुदै आएको बताउनुभयो ।

उहाँले विविध चुनौतीका बाबजुद छिमेकी देशका प्रहरीसँग सहकार्य र इन्टरपोलको सहयोगमा समेत बाहिरी मुलुकबाट अपराधीलाई ल्याएर कानुनी कारवाही गर्न प्रहरी सफल भएको उदाहरण दिदै केही घटनामा बाहेक धेरै अपराधको अनुसन्धानमा प्रहरीको सफल अनुसन्धान गर्दै आएकाले नागरिकको सुरक्षा प्रत्याभूती दिलाउन प्रहरी संगठन हरबखत तत्पर रहेको बताउनुभयो ।

स्थानीय सरकार र नागरिकसँग दिगो साझेदारीमार्फत शान्ति सुरक्षा कायम गर्ने अभियानको सुरुवातले छोटो समयमै उच्च सफलता प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी स्थानीय सरकार, समाज र प्रहरीको जिम्मेवारी हो भन्ने भावनामा समेत अभिबृद्धि हुने बताउनुभयो ।

उहाँले प्रहरी संगठन सदैव जनमुखी, पारदर्शी र कानुनबाट निर्देशित मूल्य मान्यताका आधारमा संचालित हुँदै आएकाले नयाँ भवनको निर्माण सेवा प्रवाहको लागी अति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेस नं ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाले अपराध नियन्त्रणको लागी आफूहरु दृढ मनोबलको साथ क्रियाशिल भएकाले त्यसमा सम्झौता नगर्न मातहतको प्रहरीलाई निर्देशन दिनुभयो ।  उहाँले नयाँ भवनको निर्माणले प्रहरीलाई सेवा पु-याउन र उच्चमनोबलको साथ काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोटको शान्ति सुरक्षा कायम गराउनको लागी अहिलेको प्रहरी संगठनको भूमिका प्रभावकारी र पारदर्शी रहदै आएको भन्दै प्रशंसा गर्नुभएको छ ।
जिसस प्रमुख तामाङले अन्य जिल्लाहरुमा प्रहरीको भूमिका राम्रो नभएको टिप्पणी आइरहेको समयमा नुवाकोटमा भने जिल्लाको सबै स्थानीयहमा प्रहरी इकाईको स्थापना, मानवअधिकारको रक्षा, पीडितलाई न्यायको अनुभूती दिलाएर जिल्लामा शान्ति सुरक्षा कायम राख्न नुवाकोट प्रहरीको भूमिका सन्तोषजनक रहदै आएकाले यसलाई कायमै राख्न सुझाव दिनुभएको छ ।

यस्तै, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्ववबहादुर थापाले नुवाकोटमा रहेका प्रहरी इकाईहरु मध्ये अहिले निर्माण भएको तीन वटा सम्पन्न भएपनि अझै आधा दर्जन प्रहरी इकाईहरु भौतिक पूर्वाधार अभावमा रहेकाले त्यस स्थानमा पनि सेवा प्रवाह गुणस्तर बनाउन भवनको पुर्ननिर्माण अति आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले ११ प्रहरी इकाईको पुर्ननिर्माणको क्रममा तीन वटाको पुर्ननिर्माण सम्पन्न भएको र बाँकीको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । उहाँले नयाँ भवनको निर्माण सगै जिल्लामा शान्ति सुरक्षा कायम राख्नको लागी सिसिटिभी क्यामरा जडान, स्वच्छ खानेपानी लगायतको बन्दोबस्तीले प्रहरी उच्च बनोबलको साथ जनताको सेवामा क्रियाशिल रहेको बताउनुभएको छ ।

कार्यक्रममा जिल्लामा रहेका विभिन्न स्थानीयतहका प्रमुख, उपप्रमुख, सुरक्षा अङ्गका प्रतिनिधि एवम सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, उद्योग बाणिज्य संघ, सामुदायिक प्रहरी, पूर्वप्रहरी लगायतको सहभागिता रहेको थियो ।

नुवाकोटमा सशस्त्र युद्ध र विनासकारी भूकम्पले क्षति पुगेका प्रहरी इकाईको पुर्ननिमाण अन्तरगत बाँकी आठ वटा प्रहरी इकाईको पुर्ननिर्माण भइरहेको छ । पुर्ननिर्माण गरिएको भवन भूकम्प प्रतिरोधि सहित आवश्यक सुविधासम्पन्न पूर्वाधार समावेश गरिएको छ । सशस्त्र द्धन्द्ध र भूकम्पले क्षति पुगेका तथा नयाँ स्थानमा स्थापना भएका आधा दर्जन प्रहरी इकाईको पुर्ननिर्माण नहुदाँ अन्योल रहदाँ भाडा र टहरा मार्फत सेवा पु-याउदै आएका छन् ।

यसैबीच, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार नै नुवाकोट पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको नवनिर्मित भवनको पनि उद्घाटन गर्नुभएको छ ।

भवनको उद्घाटन गर्दै उहाँले संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने बताउनुभएको छ । धादिङ ट्राफिक प्रहरीले नयाँ भवनबाट उत्कृष्ट सेवा प्रदान गर्न सकेमात्र भवन बनाएको सान्दर्भिकता हुने निर्देशन दिनुभएको छ ।

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

काठमाडौ । सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए ।

भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ ।

नौबुँदे घोषणा–पत्र जारी गर्दै जुरेस नुवाकोटको गोष्ठि सम्पन्न (पत्रसहित)

टक्सार, नुवाकोट । नुवाकोट जिल्लास्तरीय २२औँ जुनियर÷युवा रेडक्रस सर्कल गोष्ठि बिन्दुकेशर घोषणा–पत्र जारी गर्दै यही मंसिर १५ गते सम्पन्न भएको छ ।

म्यागङ गाँउपालिका–५ टक्सार स्थित बिन्दुकेशर माध्यामिक विद्यालयमा शुक्रबारदेखि सुरु भएको जुरेस गोष्ठि नौ बुँदे घोषणापत्र र सातबँुदे सुझाब प्रस्तुत गर्दै सम्पन्न भएको हो ।
गोष्ठिमा धादिङको एक सहित नुवाकोटका ४३ विद्यालयका १२९ जना जुनियर÷युवा रेडक्रस सर्कलमा आबद्ध विद्यार्थी र शिक्षक नायक सम्मिलित गोष्ठिले पछिल्लो एक वर्षको काम–कारबाहीको समीक्षा र आगामी वर्षको भावी रणनीति तयार गरेको आयोजक बिन्दुकेशर माविका शिक्षक नायक टिकाराम सापकोटाले जानकारी दिनुभयो ।

उहाँको अनुसार घोषणा पत्रमा ‘जुनियर तथा युवा ः दिगो विकासमा पु¥याउन टेवा’ भन्ने नारा सहित संगठन विकासलाई प्रभावकारी बनाइने, जुनियर तथा युवा रेडक्रसको कोषलाई प्रभावकारी बनाउन एक सदस्यबाट बार्षिक रु पाँच संकलन गर्ने, शैक्षिक सँस्थाको आसपासका स्थानमा मादक पदार्थ र सूर्तिजन्य पदार्थ पूर्ण रुपमा बन्देज लगाउने, सफा र सुग्घर विद्यालय बनाउन फोहरको बर्गिकरण अनुसार त्यसको पुनःउपयोग गरी बाँकीलाई उचित व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

घोषणापत्रमा विद्यालय पूर्ण सरसफाई, विपद् जोखिम न्युनिकरणका गतिविधिलाई थप प्रभावकारी बनाइने, मानव स्वास्थ्यमा असर पर्ने तयारी खाद्य (जङ्क फुड)लाई शैक्षिक सँस्था परिसरमा विक्री नगर्न सचेत गराउने, रेडक्रसको अभिन्न अङ्ग भएको हैसियतले विश्व रेडक्रस दिवस, नेपाल रेडक्रस दिवस, जुरेस–युरेस दिवस, भूकम्प सुरक्षा दिवस, विश्व एड्स दिवस लगायतलाई महत्वको साथ मनाएर विद्यालय र समुदायमा त्यसको प्रभावकारिता बृद्धिगर्ने उद्देष्य राखिएको छ ।

बिन्दुकेशर माविका प्रअ ताराप्रसाद श्रेष्ठको अनुसार गोष्ठिमा विनासकारी भूकम्पको समय र त्यसपछि जुरेसमा आबद्ध विद्यार्थी मार्फत खोज तथा उद्धार, उपचार र राहत वितरण, प्रथामिक उपचार सेवा लगायतमा पु¥याएको भूमिका प्रभावकारी भएकाले आगामी दिनमा थप मजबुद बनाउन केन्द्रित गराउन लागिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको भातृ सँस्थाको रुपमा विद्यालयहरुमा क्रियाशिल जुनियर÷युवा रेडक्रस सर्कलले जीवनरक्षा तथा स्वास्थ सुरक्षा सम्बन्धि मानवीय सेवाको साथै जनचेतना अभिबृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्यको प्रबद्धन, अन्तराष्ट्रिय कानूनको प्रचार, प्रकोप महामारीको न्युनिकरण सहित त्यसको पूर्वतयारी, उद्धार र राहत वितरणमा सहयोग लगायतको मानव सेवाका उच्चतम कार्य गर्दै आएको छ ।

आगामी वर्षको जुरेस गोष्ठि भदु्रटारमा रहेको कुण्डला मावि र शिक्षक नायकहरुको गोष्ठि मनकामनामा रहेको त्रिभुवन माविले सञ्चालन गर्ने निर्णय भएको रेडक्रस नुवाकोट शाखाका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।

मल्टिमिडिया अवार्ड नेपाललार्इ, श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियाेगिताकाे फाइनलमा

काठमाडौं । मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् । मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए ।
त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।

मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला  आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो,खाना पकाउने ग्याँसको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  नेपाल आयल निगमको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा २ रुपैयाँका दरले घटाउने निर्णय गरेको हो ।
हवाई इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मुल्यअनुसार अब पेट्रोल प्रति लिटर १ सय १२ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टितेल प्रति लिटर ९९ रुपैयाँ भएको छ ।

समायोजन भएको नयाँ मूल्य सोमबार राति १२ बजेपछि लागू हुने आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा कमी आएको र अमेरिकी डलर कमजोर भएकाले नयाँ मूल्य कायम गरिएको निगमले जनाएको छ । निगमलाई अझैपनि पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८१ पैसा नाफा रहेको छ । यस्तै एलपी ग्यासमा भने प्रतिसिलिन्डर २ सय ८४ रुपैयाँ ८३ पैसा घाटा रहेको छ ।

छोरी सँस्थाको सहयोगमा कागजको गहना बनाउने तालीम प्रदान

नुवाकोट । महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत छोरी सँस्था, नुवाकोटले कमजोर तथा जोखिममा परेका किशोरीलाई कागजको गहना बनाउने तालीम दिएको छ ।

जोखिममा परेर अहिले छोरी सँस्थाको आवास गृह र किशोरी मैत्री कार्यालय विदुरको संरक्षणमा रहेका किशोरीलाई कागजबाट गरगहना बनाउने तालीम दिएर दक्ष बनाइएको छोरी सँस्थाका जिल्ला अधिकृत अरुणा लामाले जानकारी दिनुभएको छ ।

गएको सोमबारदेखि सुरु भएर आज सम्पन्न भएको तालीममा सहभागी भएका १६ जना किशोरीलाई छोरी सँस्थामा आबद्ध प्रशिक्षक निर्जला बस्नेतले कागजको प्रयोग गरी जुम्का, माला, औठी, रिङ, ब्रास्लेट लगायतका आकर्षण गहना बनाउन सक्ने बनाउनुभएको हो । तालीमको क्रममा सहभागीहरुले कागजलाई कैची र स्केलको प्रयोग गरी हस्तकला मार्फत बनाएका गरगहना निर्माण गरी व्यवसायिक रुपमा गहना बनाउन सक्ने रुपमा प्रस्तुत भएका थिए ।

छोटो समयको तालीम मार्फत पनि खेर गएका कागजको प्रयोग गरी आकर्षण गहना बनाएर फुर्सदको समयमा आम्दानी गर्न सक्ने भएको सहभागिले बताएका छन् । जोखिम तथा कमाजोर बर्गका किशोरी भएकाले उनीहरुलाई छोरी सँस्था मार्फत आश्रय दिएर विभिन्न सीपमूलक तालीमा मार्फत स्वरोजगार बनाउने क्रममा कागजको प्रयोग गरी गहना बनाउन सक्ने बनाएर आगामी दिनमा आर्थिक रुपमा आत्मनिर्भर हुन सक्षम भएको सस्थाले जनाएको छ ।

तालीममा सहभागिहरुले आगामी दिनमा तयार गर्ने गहनालाई सँस्थाले विक्री गरी आयआर्जन बृद्धि गराउन सहयोग पु-याउने जनाएको छ ।

२२औँ जुनियर/युवा रेडक्रस सर्कल गोष्ठि बिन्दुकेशर माविमा जारी

टक्सार । नुवाकोट जिल्लास्तरीय २२ औँ जुनियर/युवा रेडक्रस सर्कलको गोष्ठि म्यागङ गाँउपालिका वडा नं. ५ टक्सार स्थित बिन्दुकेशर माध्यामिक विद्यालयमा जारी रहेको छ ।

हिजोदेखि सुरु भएर आजसम्म चल्ने गोष्ठिको उद्घाटन समारोहमा म्यागङ गाँउपालिका अध्यक्ष आशा तामाङले मानवीय सेवाको भावले अन्तराष्ट्रियस्तरमा छवी कमाएको रेडक्रसको उच्चतम सम्मान भएकाले त्यही अनुसार सेवालाई कायम राख्नको लागी विद्यालयतहमा क्रियाशिल जुनियर रेडक्रस सर्कललाई आह्वान गर्नुभएको छ । अध्यक्ष तामाङले भूकम्प पछिको उद्धार र उपचारमा रेडक्रसमा आबद्ध रहेका जुनियर रेडक्रसले पु-याएको भूमिका प्रशंसनीय भएकाले उनीहरुलाई सक्रिय बनाएर सिप, श्रोत र साधनले समेत क्षमतावान बनाउनको लागी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

यस्तै, गाँउपालिकाको उपाध्यक्ष शान्ती गुरुङले मानवीय सेवा र निवास्र्थ सँस्थाको रुपमा कायम रहेको सर्कललाई सबै विद्यालयमा उपस्थित गराउनुपर्ने सुझाब दिनुभएको छ । र्दुइदिनसम्म चल्ने गोष्ठि मार्फत सर्कलमा आबद्ध भएका विद्यार्थी र शिक्षक नायकहरुबीच अनुभव आदनप्रदानको लागी समेत प्रभावकारी हुने विश्वास लिएको बताउनुभएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस नुवाकोट शाखा सभापति सुरतबहादुर चित्रकारले जुनियर रेडक्रस सर्कल रेडक्रसको अभिन्न अङ्गको रुपमा रहेर संगठन र सहभागिता प्रर्बद्धनमा पु-याउदै आएको योगदान अमूल्य रहेको बताउनुभएको छ ।
नुवाकोटमा रेडक्रसको उच्चतम प्रतिष्ठा कायम रहनुभएमा सर्कलको भूमिकामा रहेका विद्यार्थीहरुको योगदान र सहयोगबाट नै उपलब्धी प्राप्त भएकाले आगामी दिनमा जुनियर सर्कललाई मजबुद बनाउनको लागी क्रियाशिल हुने बताउनुभएको छ ।

कार्यक्रममा रेडक्रस रसुवा सभापति बाबुलाल तामाङले रेडक्रसको उद्देष्य पूरा गर्नको लागी विद्यालयतहमा स्थापना भएका जुनियर रेडक्रस सर्कल मार्फत विश्वमा नै रेडक्रसको प्रतिष्ठा बनाउन सहयोग पुगेको बताउनुभएको छ । कार्यक्रममा म्यागङ गाँउपालिकाको वडा न ३ का वडाध्यक्ष हरीबहादुर तामाङ, वडा नं. ५ का वडाध्यक्ष रामबहादुर तामाङ, वडा नं. ६ का वडाध्यक्ष आत्तमसिंह तामाङ, रेडक्रस सोसाइटी केन्द्रीय जुनियर विभागका उपनिर्देशक शिवराम गौतम, बिन्दुकेशर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुरलीप्रसाद सापकोटा प्रधानध्यापक ताराप्रसाद श्रेष्ठ, शिक्षक नायक टिकाराम सापकोटा, विद्यार्थी आशिक यादव लगायतले २२ औ जुनियर सर्कलहरुको गोष्ठिले यसअघि पु-याएको भूमिकाको समीक्षा गर्दै आसन्न वर्षको लागी बनाउने भावी योजनामा रेडक्रसका सिद्धान्त र मानवीय सहयोगका कार्यक्रमलाई सुक्ष्म रुपमा समावेश गरी विद्यालयमा गठन भएको सर्कललाई बस्तीसम्म पु¥याउन सुझाब दिनुभएको छ ।

यसैगरी, रेडक्रस नुवाकोट शाखा सदस्य एवम् नेपाल जुनियर रेडक्रस विभाग नुवाकोट संयोजक केशव सुवेदीले खुलासत्र सम्पन्न पश्चात हिजो र आज दुई दिनचल्ने गोष्ठिको बन्द सत्रले यसअघिका कामको समीक्षा गरी भावि रणनीति बनाएर रेडक्रसको भूमिका अझ उच्चतम बनाउन केन्द्रित हुने बताउनुभएको छ ।

कार्यक्रममा रेडक्रस नुवाकोट मार्फत सञ्चालित आपतकालीन कार्यक्रमका कार्यक्रम अधिकृत रबिन दाहाल, नुवाकोट रेडक्रस कोषाध्यक्ष श्रीराम पाण्डे, उपमन्त्री सिता तामाङ, उपकोषाक्ष उद्धवशर्मा रिजाल, जिल्ला सदस्य सुशीला चित्रकार, रेडक्रस देउराली उपशाखा सभापति पारसलाल तामाङ, रेडक्रस रसुवा कोषाध्यक्ष दिनेश तामाङ, रेडक्रस नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारी, रडक्रस नुवाकोटका विपद् व्यवस्थापन कार्यमा लामो समयदेखि प्रशिक्षकको रुपमा क्रियाशिल रहनुभएका रेडक्रसकर्मीहरु रेमश गिरी, कुमार पाठक, रबिन्द्रनाथ न्यौपाने लगायत जिल्लामा जुनियर रेडक्रस सर्कल गठन भएका विभिन्न विद्यालयका शिक्षक नायक एवम जुनियर रेडक्रसकर्मी विद्यार्थीको सहभागिता रहेको छ ।

गोष्ठिमा नुवाकोटका ८५ भन्दा बढी विद्यालय मध्ये अधिकांश विद्यालय र धादिङको कुण्डलादेवी मावि समेतको सहभागिता रहेको गोष्ठि सञ्चालन भइरहेको विन्दुकेशर माविका शिक्षक मधुसुदन सापकोटाले जानकारी दिनुभएको छ । उहाँको अनुसार हिजोदेखि सुरु भएको गोष्ठिले आज विन्दुकेशर घोषणा पत्र जारी गर्दै अर्को वर्ष नयाँ विद्यालयलाई कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरी सम्पन्न गर्ने योजना लक्ष्य राखिएको छ ।

रेडक्रसको भातृ सस्थाको रुपमा विद्यालयहरुमा क्रियाशिल रहेको जुनियर/युवा रेडक्रस सर्कलले जीवन रक्षा तथा स्वास्थ सुरक्षा सम्बन्धि मानवीय सेवाको साथै जनचेतनाको अभिबृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्यको प्रबद्धन, अन्तराष्ट्रिय कानूनको प्रचार, प्रकोप महामारीको न्युनिकरण, त्यसको पूर्वतयारी, उद्धार र राहत वितरणमा सहयोग लगायत मानव सेवाका उच्चतम कार्य गर्दै आएको छ ।

तिम्रो मेरो माया (भिडियो सहित)

पछिल्लो समय नेपाल आइडलमा आफ्नो प्रस्तुति देखाएर जजहरुलाई अचम्मित तुल्याएकी काउली बुढी एकाएक चर्चाको शिखरमा पुग्न सफल गायिका सन्ध्या बुढा र वियोगान्त गीतहरु दर्शक तथा स्रोता माझँमा पुयाउदैँ आएका गायक पुष्कल शर्माको आवाजमा रहेको निकै मार्मिक लोकदोहोरी गीत “ तिम्रो मेरो माया “ गीतको भिडियो सार्वजनिक भएको छ ।

युनिका पुनको शब्द तथा सनेष कुमार बास्तोलाको गीतमा लय रहेको छ । गीतमा प्रेमी र प्रमिका विचको अन्तर्मनको कुरालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । “ तिम्रो मेरो माया “ गीतमा टिका भुजेल र आशा खड्काको अभिनय रहेको छ ।

केन्द्र सांसद हितबहादुर तामाङ र प्रदेस सांसद् राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना भित्रियो

विदुर । नुवाकोटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट बिजयी हुनुभएका पूर्वमन्त्री समेत रहनुभएका सांसद् हितबहादुर तामाङ र प्रदेससभा सदस्य एवम् प्रदेस नं. ३ को उपसभामुख तथा पूर्व कृषि विकास राज्य मन्त्री समेत रहनुभएका प्रदेस सांसद् राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना भित्रिएको छ ।

उहाँहरुले नुवाकोटको लागी भित्र्याएको योजना जिल्लामा अहिलेसम्म केन्द्र सरकारबाट प्राप्त भएको सबैभन्दा धेरै गुणा बढीको योजना हो ।

उहाँहरुको विशेष पहल जिल्लामा विकासको लागी रहेका विभिन्न योजनाको बास्तविक चरित्र प्रस्तुत गरेर जनताको माग र चाहना अनुसारको बिनियोजन गर्नुभएको छ । करोडौको योजना शिक्षा, स्वास्थ्य, कृषि लगायत मानव विकासको लागी कार्यक्रम तथा योजना तर्जुमा गरिएको छ ।

यसअघि यही क्षेत्रमा काँग्रेसबाट सांसद् बन्नुभएका डा. रामशरण महतले सिमित योजना ल्याउने र त्यो पनि आफू निकट कार्यकर्तालाई उपभोक्ता समिति बनाएर दुरुपयोग हुदै आएकोमा अहिलेको दुई सांसदहरुले बिनियोजन गरेको बजेटमा जनताको पहुँच अनुसार भएको जस्तै अब कार्यान्वयन पनि पारदर्शी बनाउने उहाँहरुले प्रतिबद्धता जनाउनुभएको छ ।

यसअघिका पूर्वमन्त्री महतले विकास गरेर जनतामा चेतनाको स्तर बृद्धि तथा जागरुक भएमा आफूले गरेका कर्तुत सार्वजनिक हुने त्रासले जिल्लामा बजेट नै नल्याउने र ल्याएपनि दुरुपयोग गर्ने प्रवृत्ति बढिरहेको अबस्थमा पूर्वमन्त्री रहनुभएका सांसद हितबहादुर तामाङ र पूर्व कृषिविकास राज्य मन्त्री अहिले प्रदेस उपसभामुखको जिम्मेवारी पूरा गर्दै आउनुभएका प्रदेस सांसद् राधिका तामाङले बिनियोजन गरेको योजनाले विशेष गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को मुहार परिवर्तनमा महत्वपूर्ण योगदान हुने देखिएको छ ।

उहाँहरुको पहलमा नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा भित्रिएको बजेट निम्न अनुसार रहेको छ ।

काङ्ग्रेस जिल्ला सभापतिको बैठक ककनीमा, आवश्यक तयारी पूरा

नुवाकोट । नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरुको बैठक नुवाकोटको ककनीमा हुने भएको छ ।

काङ्ग्रेसको मङ्सिर २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका सभापतिको समान धारणा बनाउन मङ्सिर १२ र १३ गते ककनीमा बैठक हुन लागेको हो । काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले प्रस्तावित विधानका बारेमा छलफल गर्न नुवाकोट काङ्ग्रेसको आयोजनामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

“काङ्ग्रेसको विधान संशोधन समितिमा रहनुभएका काङ्ग्रेस रोल्पा सभापति अमरसिंह पुन र ललितपुर सभापति मदन अमात्यसँग विधान प्रस्तावनाका बारेमा छलफल गरेर देशैभरिका काङ्ग्रेस सभापतिहरुको समान धारणा बनाउँछौँ,” उहाँले भन्नुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उहाँको भनाइ थियो ।

नेपाली काङ्ग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र रहेको गुटउपगुट अन्त्य गर्नेबारे सभापतिको बैठकमा छलफल हुने बताउनुभयो । बैठकमा पार्टीले महासमिति बैठकमा दिने रायबारे छलफल हुने उहाँको भनाइ छ । यस्तै महासमितिको बैठकमा राख्ने कुराबारे समान धारणा बनाउन नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय भेला धादिङको गजुरीमा मङ्सिर १४ र १५ गते हुन लागेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web