नुवाकोट । लामो समय देखि मोफसल (नुवाकोट)मा रहेर पनि नेपालि कला संगीत र चलचित्र क्षेत्रको बिकास बिस्तार अनि नया कलाकारको खोजि गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिनुभएका पत्रकार किरणप्रसाद अधिकारी सम्मानित भएका छन् ।
पीम नेपाल द्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहमा उत्कृष्ट पत्रकारको रुपमा पत्रकार अधिकारी सम्मानित हुनुभएको हो ।

फेस्टिभल उद्घाटनको अबसरमा आयोजित बिशेस समारोहमा गणतन्त्र नेपालको प्रथम उपरास्ट्रपति परमान्नद झाले पत्रकार अधिकारीलाई सम्मानित गर्नुभएको हो । उपरास्ट्रपति झाले पत्रकार अधिकारीको प्रशंसा गर्दै सस्कृतिको सरक्षणको लाग निरन्तर क्रियाशिल आग्रह गर्नुभयो ।

मोफसलमा रहेर नेपालि पत्रकारिता क्षेत्रको बृहत्तर बिकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारीलाई पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोसीले बताउनुभयो ।

पत्रकार अधिकारी नुवाकोबाट प्रकाशन हुदै आएको सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक ,सुन्दरादेबीन्युज डट कामको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष समेत रहनुभएको छ ।
यसअघि पनि उहाँ विभिन्न सस्थामार्फत उत्कृष्ट पत्रकारको रुपमा सम्मानति हुदै आउनुभएको थियो ।

धादिङवेसी । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले रु १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ ।

नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल रु दुई अर्ब ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको उक्त वित्तीय संस्था २०७१ असारदेखि सञ्चालनमा आएको हो ।

धादिङबँेसीमा भएको साधारणसभाले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारणसभाले पारित गरेपछि संस्थाको चुक्ता पूँजी रु १२ करोड तीन लाख ५६ हजारबाट वृद्धि भई रु १५ करोड चार लाख ४५ हजार पुगेको आचार्यले बताउनुभयो । वित्तीय संस्थाले चार वर्षमा ३७ जिल्लामा ५० शाखामार्फत सेवा दिइरहेको छ । धादिङमा नीलकण्ठ नगरपालिकाको धादिङबेँशी र गोगनपानीमा शाखा छ ।

संस्थाले रु नौ अर्ब ८६ करोड छ लाख कर्जा वितरण गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिनुभयो । संस्थाले विपन्न परिवारलाई कुखुरापालन, तरकारीखेती, बाख्रापालन, बङ्गुरपालन, साना व्यवसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आएको छ । शाखा रहेका ठाउँका ४६ हजारभन्दा बढी परिवारलाई आयआर्जनका हेतुले विभिन्न परियोजना सञ्चालनसमेत गरिएको छ ।

साधारणसभाले रवीन सिजापती, बरुण श्रेष्ठ, राजीव गिरी र केशवप्रसाद आचार्यलाई सञ्चालकमा निर्वाचित गरेको छ ।

२ पुस, नुवाकोट । प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङले नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको वडा नं १ घ्याङफेदीको घ्याङडाँडामा गत शुक्रबार (पुस २८ गते) भएको मिनीट्रक दुर्घटना पर घाईते भएकालाई निः शुल्क उपचारको व्यवस्था मिलाउन नेपाल सरकारसंग पहल गर्नुभएको छ । उपसभामुख तामाङको पहल पश्चात सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन प्रक्रिया अन्तिम चरणमा पुर्याएको जनाएको छ।

दुर्घटनामा परी घाइते भएकालाई भेटन आज काठमाडौ स्थित उनीहरु उपचार गराउदै आएको अस्पतालमा पुगे लगत्तै सिंहदरबार पुगेर गृहमन्त्री रामबहादुर थापा (बादल) र गृहसचिव प्रेमकुमार राईलाई भेटेर उपचार खर्चको व्यवस्था छिटो गर्न उहाँले ध्यानाकर्षण गराउनुभएको हो ।

घटनालगत्तै उद्धार देखि उपचारसम्म पहल गर्नुभएका उपसभामुख तामाङले अहिले उपचारको लागी आवश्यक परेको खर्च व्यवस्थापनमा ढिलाई भएपछि पूर्वमन्त्री हितबहादुर तामाङलाई समेत साथमा लिएर उहाँ सिंहदरबार पुगेर घाइतेको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय गर्न आग्रह स्वरुप दबाब दिनुभएको हो ।

उहाँहरुको ताकेता पछि गृहसचिव प्रेमकुमार राईले आजै टिप्पणी उठाएर पठाउने र छिट्टै उपचार खर्चको व्यवस्था हुने जानकारी दिनुभयो । केन्द्र सरकारले दिने रकमबाट अपुग भएको अवस्थामा प्रदेश सरकारबाट पनि सहयोग गर्न मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसंग कुरा गरिसकेको उपसभामुख तामाङले जानकारी दिनुभयो । टिप्पणी तयार पश्चात अब बस्ने पहिलो मन्त्रीपरिषद्को बैठकले घाइते भएकाहरुको उपचार निःशुल्क हुने निर्णय गर्ने विश्वास लिइएको छ ।

शुक्रबार भएको मिनीट्रक दुर्घटनामा परि २० जनाको निधन भएको थियो भने १४ जनाको काठमाडौं स्थित टिचिङ, विपी स्मृति अस्पताल, अन्तराष्ट्रिय बालमैत्री र ट्रमा सेन्टरमा अहिले उपचाररत रहेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको लागी आ–आफ्नो धार्मिक बिधि अनुसार अन्तिम सँस्कार (किरिया खर्च) बापत राहत स्वरुप प्रति मृत्तकका परिवारलाई पच्चीस हजार रुपैयाँ दिने निर्णय आइतबार बसेको दुप्चेश्वर गाँउपालिकाको कार्यपालिका बैठकले गरेको थियो । घाइतेहरुको लागी गाँउपालिकाले निःशुल्क उपचारको व्यवस्था मिलाउनको लागी पहल गर्न प्रदेससभा सदस्य, प्रतिनिधिसभा सदस्य, नुवाकोट प्रशासन लगायतलाई आग्रह गरेको थियो ।

नुवाकोटको भौगोलिक रुपमाअति दुर्गम र विकट गाउँका र आर्थिक रुपमा समेत विपन्न रहेका तामाङ समुदायहरु बसोबास गर्दै आएको सिसिपुका स्थानीय बासिन्दा शिखरवेशी स्थित सिम्टाङमा घेवामा पुगेर फर्कदै गर्दा शुक्रबार साँझ बा.३ ख ३९१३ नं. को मिनिट्रिक दुर्घटनामा परेको थियो ।
दुर्घटना पश्चात चालक र सहचालक फरार छन् ।

यसैबीच, दुर्घटनाको घाइतेहरुसंगको भेटमा उपसभामुख तामाङले उपचारको लागी निःशुल्क व्यवस्था मिलाउन आफू क्रियाशिल हुने हुदाँ कुनेै चिन्ता नलिन आग्रह गर्नुभयो । उपचाररत घाइते र उनीहरुका आफन्तले उपचारमा आर्थिक अभाव हुदाँ गुणस्तरीय उपचार पाउनेमा आशंका जनाएपछि पूर्व कृषि विकास राज्य मन्त्री समेत रहनुभएका तामाङले आफूले निःशुल्क उपचारको ग्यारेन्टी गराउन सफल हुने विस्वासको साथ प्रभावकारी उपचार हुनेमा विश्वस्त हुन आग्रह गनुभयो ।

त्यसलगत्तै उहाँले घाइतेहरु उपचाररत रहेका अस्पतालहरुमा पुगेर अस्पताल
प्रशासनलाई घाइतेको उपचार राज्यबाट निःशुल्क मिलाउन आफू लागिरहेकाले
उनीहरुलाई उपचारको लागी आर्थिक पक्षमा कुनै दबाब नदिन भन्नुभयो । उपसभामुख
तामाङको आग्रहपछि अस्पताल प्रशासनले पनि सरकारी निर्णयको प्रतिक्षामा रहने
भन्दै घाइतेहरुको उपचार गुणस्तर बनाउन लागीपर्ने र उनीहरुलाई आर्थिक पक्षमा
दबाब नदिने बताएका छन् ।

धादिङवेसी । नेत्रावती डब्जोङ गाउँपालिकालाई आइतबार खुला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ ।

यसअघि तत्कालीन मुरलीभञ्याङ र मैदी गाविसले खुल्ला दिसामुक्त गाविस घोषणा भइसकेका छन् । पुस महिनाभित्र धादिङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको बताइन्छ ।

नेतृत्व विकासका लागि भाषणकला तालीम

नीलकण्ठ नगरपालिका–८ मुरलीभञ्ज्याङमा तीनदिने भाषणकला तालीम सम्पन्न भएको छ । मण्डली महिला विकास बहुउद्देशीय सहकारी संस्थाको आयोजनामा उक्त तालीम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष भगवती पौडेलका अनुसार नेतृत्व विकास र महिला सशक्तीकरणका लागि उक्त भाषणकला तालीम सञ्चालन गरिएको थियो । तालीममा १९ जना महिलाको सहभागिता थियो ।

गोकर्ण अधिकारी, टोकियो ।
दक्षिण कोरियापछि अर्को विकसित देश जापानले नेपाल कामदार ल्याउने भएको छ ।

जापानले दक्षिण कोरियाजस्तै नेपाल सरकार मार्फत कामदार लैजान नेपाललार्इ औपचारिक प्रस्ताव गरेको हो। विभिन्न क्षेत्रमा कामदार अभाव चर्कदै गएपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि बढाइएको छ ।

जापान नेपालीका लागि आकर्षक रोजगार गन्तब्य बन्दै आएको छ । अहिले जापान जान शैक्षिक भिषा र कार्य भिषा मार्फत एक नेपाली दश लाख भन्दा माथी खर्च गर्दै आएकोमा यो प्रक्रियाले अब शुल्क निकै कम र धेरै युवा रोजागारको लागी जापान जान सक्ने विश्वास लिइएको छ ।

अहिले जापानमा रहेका नेपालीले मासिक तीन लाख रुपैयाँसम्म कमाउदै आएका छन ।

अहिले जापानमा अध्ययनका लागि युवायुवती गइरहेका छन्। जापानले सात वर्षअघि प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेपनि नेपाली म्यानपावर कम्पनीले ८ लाख रुपैयाँसम्म लिएपछि प्रभावकारी बन्न सकेको थिएन।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार जापान सरकार र नेपाल सरकारबीच सम्झौंता गरेर सरकारी संयन्त्रबाट कामदार लैजान प्रस्ताव लगभव निश्चित भएको छ । यो नेपाली युवाहरुको लागी निकै खुसीको खबर हो ।

सरकारी संयन्त्र अनुसार कामदार गएमा न्यूनतम शुल्क तिरे पुग्छ । विगतमा पनि म्यानपावरमार्फत दक्षिण कोरिया कामदार जाँदा ८ लाख रुपैयाँसम्म तिर्नुपरेको थियो।तर अहिले रोजगार अनुमति प्रणाली अनुसार कामदार पठाउँदा ६५ हजार रुपैयाँमै नेपाली दक्षिण कोरिया गइरहेका छन्।

जापान सरकार तथा विभिन्न निजी क्षेत्रका कम्पनीले नेपालबाट कृषि, निर्माण तथा घरायसी कामदार (केयर गिभर) नेपालबाट लैजाने प्रस्ताव गरेको श्रम मन्त्रालयसम्बद्ध उच्च स्रोतले जानकारी दिएको छ।

‘जापानको निजी क्षेत्र तथा सरकारलाई नै कर्मचारी आवश्यक भएकाले नेपालबाट जि टु जी मोडलमा कामदार लैजाने प्रस्ताव उनीहरूले गरेका छन् ।

नेपालस्थित जापानी राजदूतावास तथा जापानी सरकारी र निजी क्षेत्रका प्रतिनिधिले श्रममन्त्री गोकर्णराज बिष्टसँग यसबारे प्रस्ताव राखिसकेका छन्। जापानमा नेपाली कामदार जि टु जी मोडलमा पठाउन मन्त्री बिष्ट सकारात्मक रहेका छन ।

नेपालले विभिन्न देशमा यही मोडलमा कामदार पठाइरहेको छ ।

जापानमा नेपाली कामदार कति पठाउने, कुन कुन क्षेत्रका लागि पठाउने र नेपाली कामदारको सुरक्षा तथा पारिश्रमिकबारे विस्तृत प्रस्ताव माग गर्ने तयारी मन्त्रालयको छ। दुई पक्षीय छलफलपछि नेपालबाट जापानी कामदार पठाउने विषय अब टुंग्याइने भएको छ ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र जापानले श्वेतपत्रमार्फत केही दिनअघि कामदारको अभाव हुँदै गएको घोषणा गरेको थियो।

जापानको मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रअनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन्।

पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको छ। गत सन् २०१६ मा हरेक एक हजारमा वार्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ। यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीहरूले बताएका छन्। जापानले कमजोर जनसायंखिक बनावट र न्यून श्रमशक्तिको आपूर्तिलाई पूरा गर्न नेपालसँग साझेदारीको प्रस्ताव गरेको हो।

यो पनि पढ्नुहोस् ।

नयाँ भिषा परीक्षाबाट जापान आउनेले सिप परीक्षा दिनुपर्ने, नेपाल अझै अलमलमा ।

नुवाकोट । विनासकारी भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबार सहित आसपासका धार्मिक तथा ऐतिहासिक सम्पदाको पुर्ननिर्माण आगामी मार्चदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहित चिनियाँ पक्षले आज दरबार र आसपासका संरचनाको अवलोकन गरेपश्चात पुर्ननिर्माणको काम अघि बढाउन अझै करीब तीन महिना लाग्ने बताउनुभयो ।
उहाँको अनुसार भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबार तथा दरबार क्षेत्रको पुर्ननिर्माणको सम्पूर्ण जिम्मेवारी लिएको चिनियाँ पक्षले काम सुरुगर्न आवश्यक तयारी पूरा गरेपनि यही समयमा नेपालीको ठूला पर्व परेको र आगामी फ्रेबुअरीमा चिनियाँ ल्होसार पर्व एक महिनासम्म मनाइने भएकाले काम सुरुगर्न सन् २०१९ को मार्च लाग्ने देखिएको हो ।

“काम सुरु गर्न केही ढिलाई भएको छ ।” ज्ञवालीले भने “दरबारको हाल रहेको संरचना र स्वरुपलाई कायम राखी तोकिएको अवधिमा पूरा गर्न भने प्राधिकरण गम्भीर भएर लाग्नेछ ।”
पूर्वराजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा नुवाकोटमाथी बिजयी गरेपश्चात काठमाडौ सहित उपत्यकामा रहेका मल्ल राजाहरुलाई टक्कर दिने उद्देष्यले बनाएको दरबार नौ तले भएपनि विसं १९९० सालको भूकम्पले क्षति पुगेपछि सात तलामा घटाइएको थियो ।

साढे तीन वर्षअघि विसं २०७२ सालको भूकम्पले पूरै क्षति पुगेको दरबार अहिले टेको लगाएर अड्याइएको छ ।

चिनियाँ पक्षले दरबार सहित दरबार आसपासमा रहेका तुलजा भवानीको मन्दिर, रङ्गमहल, गारदघर लगायतका करीब एक दर्जन धार्मिक तथा ऐतिहासिक संरचना ‘भूकम्पपछिको पुर्ननिर्माण सहयोग’ कार्यक्रम अन्तरगत पुर्ननिर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

त्रिशूली । नुवाकोट त्रिशूली महोत्सव सोमबारदेखि सञ्चालन हुने भएको छ । नुवाकोट, रसुवा र धादिङकै सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।

‘विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ भने मूल नाराका साथ गरिने महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटन र ऐतिहासिक पहिचानलाई थप विस्तार गर्न मद्दत पुग्ने आशा गरिएको छ । शिक्षा क्षेत्रको विकासमा योगदान गर्न यति ठूलो महोत्सवको आयोजना गरिएको जिल्लामै यो पहिलो पटक हो । विद्यालयले आवश्यक आर्थिक स्रोत जुटाउन पुस १० गतेसम्म महोत्सव चल्नेछ ।

विदुर नगरपालिका वडा नं १ स्थित सो विद्यालयले शुरु गरेको इञ्जिनीयरिङ विषयको पठनपाठनका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो । विसं २००७ मा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो ।

विद्यालयमा अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्९सिटिइभिटी०अन्तर्गत तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको पढाइ भइरहेको छ । विद्यालयमा अध्ययनका लागि ४८ विद्यार्थीको दरबन्दी भए पनि अनुमति लिन ढिला भएकाले २४ विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक महेन्द रावतले बताउनुभयो ।

सेमेष्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी रु २ लाख मात्र शुल्क लिइने भएकाले अपुग रकमका लागि महोत्सव गर्न लालिएको विद्यालयले जनाएको छ । सिभिल इञ्जिनीयरिङको पठनपाठन लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न महोत्सव गर्न लागिएको शिक्षक राजेन्द्र दवाडीले बताउनुभयो । महोत्सवमा स्थानीय मौलिक कला, संस्कृति र ऐतिहासिक महत्व झल्काउने वस्तु र प्रस्तुति आकर्षणका रुपमा रहनेछन् ।

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. १ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाँउपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ ।
आज आइतबार बसेको गाँउकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप प्रति मृतकका परिवारलाई रु २५ हजार उपलब्ध गराउने निर्णय गरेको गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार दुर्घटनामा घटनास्थलमा १८ जना, उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमा एक जना र उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौमा ज्यान गुमाएका थप एक जना गरी २० जना मृतकको धार्मिक सँस्कार अनुसार परम्परागत कार्य गर्नको लागी राहत रकम उपलब्ध गराउन लागिएको हो । सो रकम तत्कालै दिने निर्णय भएको छ ।

मिनीट्रक दुर्घटनामा परी घाइते भएकाहरुको काठमाडौको विभिन्न अस्पतालमा उपचारको क्रममा आर्थिक अभाव भएकाले सहयोगको लागी समेत गाँउकार्यपालिकाको बैठकले अपिल गरेको छ ।
मिनीट्रकमा यात्रुको बीमा नहुने र उक्त मिनीट्रक कुनै यातायात समितिमा पनि आबद्ध नभएकाले दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागी आर्थिक अभाव भएकाले सहयोग गर्न आग्रह गरेको अध्यक्ष तामाङले बताउनुभयो ।
घाइतेको उपचारको लागी सहयोग पु¥याउन गाँउपालिकाले सञ्चालनमा ल्याएको ‘दैवी प्रकोप कोष’को नाममा एभरेष्ट बैंक, समुन्द्रटार शाखामा रहेको खाता नं. ०६४००१०५२००२१३ मा रकम जम्मा गर्न अपिल गरेको छ ।

घाइते भएकाहरुको निःशुल्क उपचारको लागी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेससभा सदस्य, प्रतिनिधिसभा सदस्य, जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि प्रदेस र केन्द्र सरकारसंग पहल गरेको छ । गत शुक्रबार साँझ सिम्टाङबाट सिसिपुतर्फ गइरहेको बा. ३ ख ३९१३ नं. को मिनीट्रक दुर्घटना हुदाँ २० जनाको मृत्यु भएको थियो भने घाइते भएका १५ जनाको उपचार भइरहेको छ ।
दुर्घटना पश्चात गाडी चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार रहेको प्रहरीले जनाएको छ ।

नुवाकोट,मंसिर २९ -नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या बीस पुगेको छ । घाइते भएका पन्ध्र जनाको काठमाडौमा उपचार भइरहेको छ ।
दुप्चेश्वर गाँउपालिका वडा न. ६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा.३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुदाँ घटनास्थलमा नै १८ जना र उपचारको लागी अस्पताल लैजाने क्रममा रामतीमा एकजना र उपचारको क्रममा काठमाडौको शिक्षण अस्पतालमा थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार घटनामा तीन जना महिला र १७ जना पुरुषको मृत्यु भएको छ ।
मृतक मध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान खुलेको छ । यसैगरी उपचारको लागी अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङ र उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएकालाई उपचारको लागी अस्पताल पठाउन सवारी साधनको अभावले ढिलाई भएको थियो । साँझ पाचबजे भएको घटनामा घाइतेको उद्धार घटनास्थलबाट राती आठ बजेसम्म गरेपनि गाडी अभावले अस्पताल पठाउन राती दश बजेसम्म कुर्नु परेको तामाङले बताउनुभयो । घाइतेलाई राती अबेर मिनीट्रकहरु मार्फत पठाएको र बीच बाटोमा आइपुगेपछि मात्र एम्बुलेन्स मार्फत काठमाडौ लगिएको हो । घाइते मध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको वीपी स्मृति अस्पतालमा उपचार भइरहेको छ ।
मिनीट्रकमा ४० जना भन्दाबढी यात्रु रहेको र दुर्घटना पश्चात कोही हामफालेको र कोही मिनीट्रकको पछाडी भएकाले सुरुमा नै खसेकाहरु सामान्य घाइते भएका छन् ।
सिम्टाङ स्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएका सहित अन्य यात्रु बोकेको गाडी साँझ पाँच बजे घ्याङडाँडामा दुर्घटनामा परेको हो । कच्ची सडकमा उकालोतर्फ जादै गरेको मिनीट्रक दुर्घटना हुदाँ सडकबाट करीब पाँचसय मिटर तल तादी खोलामा पुगेको थियो ।

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ ।
दुप्चेश्वर गाँउपालिका वडा न. ६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा.३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुदाँ १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार दुर्घटनामा तीन जना महिला र १५ जना पुरुषको शव घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतक मध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान खुलेको छ । घटनास्थलबाट उद्धार गरिएका मध्ये सात जनालाई उपचारको लागी अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुदाँ उपचारको लागी पठाउन कठिनाई भएको प्रहरी चौकी समुन्द्रटारले जनाएको छ । घटनास्थलमा उद्धारको कार्य भइरहेकाले दुर्घटनामा गम्भीर घाइते र हताहती समेत हुनेको सङ्ख्या बढ्नसक्ने प्रहरीले जनाएको छ । सिम्टाङ स्थित आफन्तकहाँ आयोजित घेवामा सहभागी भएर फर्किरहेको गाडी साँझ पाँच बजेतिर दुर्घटनामा परेको थियो । गाडीमा ४० जना भन्दाबढी यात्रु रहेको बताइएको छ । कच्ची सडकमा धेरै यात्रु बोकर उकालोतर्फ जादै गरेको मिनीट्रक दुर्घटना हुदाँ सडकबाट करीब पाँचसय मिटर तल तादी खोलामा पुगेको थियो ।

काठमाडौं । नेपाली कांग्रेसभित्र बढेको गुटबन्धी र आन्तरिक किचलोका कारण कांग्रेसकमजोर अवस्थामा पुगेको भन्दै कांग्रेसलाई पुरानै अवस्थाका फर्काउनका लागि नेपाली कांग्रेस नुवाकोटका युवा नेताहरुले सबैको कांग्रेस,सँधैको कांग्रेस अभियान सुरु गरेका छन् ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले राजधानीको गोंगबुस्थित एक पार्टी प्यालेसमा कार्यक्रममको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुरुङले गाउँगाउँमा रहेका कार्यकर्ताहरुले कांग्रेसलाई अझै माया गरिरहेकाकारण कांग्रेस कमजोर नभएको बताउनुभयो ।

उहाले कांग्रेसमा नेतृत्व गर्नेहरुले पार्टीलाई सहि ढंगले अघि बढाउन नसकेका कारण पछिल्लो समय कांग्रेस कमजोर भएको भन्दै नुवाकोटका युवाहरुले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन गरेको प्रयास सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाले कांग्रेस कमजोर हुनुको मूख्य कारण आन्तरिक गुटबन्धी भएको स्मरण गराउँदै यो अभियानले गुटबन्धी अन्त्यका लागि पनि दवाव सिर्जना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

‘सबैको कांग्रेस,कांग्रेस सँधैको ’कांग्रेस अभियान नुवाकोटका संयोजक दिपक भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका पुराना नेता खेमराज सेढाँईलेनुवाकोटका युवाहरुले कांग्रेस बलियो बनाउन गरेको अभियानप्रति आफ्नो पुर्ण समर्थन रहेकोभन्दै अभियानको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा अभियानका अभियान्ताकांग्रेसका पुर्व जिल्ला सहसचिव दिपक लामा र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य जयराम दाहालले अभियान कसैको गुटलाई बलियो बनाउनका लागि नभई कमजोर अवस्थामा पुगेको कांग्रेसलाई बलियो बनाउन अभियान सुरु गरिएको उल्लेख गर्नुभयो ।

नेता द्वयले सँधै कांग्रेसहुने तर निर्वाचनका दिन कांग्रेसलाई मत नहाल्नेहरुलाई पनि मत हाल्ने कांग्रेस बनाउन र कांग्रेसलाई सबैको पार्टी बनाउनका लागि अभियान सुरु गरिएको स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा नुवाकोटका कांग्रेसक आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।

अभियानको शुभारम्भ काठमाडौंबाट गरेपनि अब यसलाई नुवाकोट केन्द्रीत बनाउने अभियानका अभियान्ताहरुले बताएका छन् । अधिकांश नुवाकोटका नेता कार्यकर्ताहरु सहभागि भएपनि नुवाकोटबाट कांग्रेस राजनीतिमा शीर्ष स्थान बनाउन सफल कांग्रेसका नोतहरु अर्जुननरसिंह केसी र डा रामशरण, डा प्रकाशशहरण महत, बहादुर सिंह लामा, पाटी सभपाति जगदीश्वरनरसिह केसी, धुव्र अधिकरी लगायतका नेताहरलाई नबोलाइएको आयोजकहरुले बताएका छन् ।

काठमाण्डौ ।

अमेरीकामा बस्दै आएकि गुन्जन उपाध्यायको आवाजमा ‘माया कस्तो लाएँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंगनाथ उपाध्याय (तुंग नेपाल) ले लेखेका हुन् भने संगीत पनि उनकै हो ।सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन् । सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । जेङ चिनिया मोडल हुन् । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।

काे हुन् गुन्जन ?

गुन्जन उपाध्याय बाल्यकाल देखि नै आफ्नो बाबा तुंगनाथ उपाध्याय बाट संगीत सिक्दै आएकि हुन् । तुंगनाथ नेपालमा रहँदा बिभिन्न बिधालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरीकामा पनि नेपाली गीत संगीत , सस्कृति जोगाउन र अहिलेको पुस्तालाइ नपाली गीत संगीत , वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार सगीतकार तथा गायक पनि हुन् । नेपालका प्रसिद्ध तबला वादक पं होमनाथ उपाध्याय द्वारा स्थापित ’प्रस्तार’ समूहको अभ्यास काठमाडौं को मालीगाउँ स्थित आफ्नै निवासमा हुने भएकाले सानै उमेर देखि वरीष्ठ गुरुहरूको गायन , वादन सुनेर हुर्किन् र उनि भित्र पनि संगीतको बिउ रोपिन पुग्यो । शाष्त्रिय संगीत सिक्दा सिक्दै गुन्जन अमेरीका पुगिन् तर पनि संगीत आफू भित्र रहेको कारण उनले माधुरी ताइ , अर्चना देशपाण्डे लगायतका गुरुबाट पनि केहि समय गायन सिक्ने मौका पाइन् ।

हेरौ यो भिडियो ।