दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई गाँउपालिकाको सहयोग

पुस १, २०७५ मा प्रकाशित | 13971 views

समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. १ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाँउपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ ।
आज आइतबार बसेको गाँउकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप प्रति मृतकका परिवारलाई रु २५ हजार उपलब्ध गराउने निर्णय गरेको गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार दुर्घटनामा घटनास्थलमा १८ जना, उपचारको लागी अस्पताल लैजादै गर्दा बाटोमा एक जना र उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौमा ज्यान गुमाएका थप एक जना गरी २० जना मृतकको धार्मिक सँस्कार अनुसार परम्परागत कार्य गर्नको लागी राहत रकम उपलब्ध गराउन लागिएको हो । सो रकम तत्कालै दिने निर्णय भएको छ ।

मिनीट्रक दुर्घटनामा परी घाइते भएकाहरुको काठमाडौको विभिन्न अस्पतालमा उपचारको क्रममा आर्थिक अभाव भएकाले सहयोगको लागी समेत गाँउकार्यपालिकाको बैठकले अपिल गरेको छ ।
मिनीट्रकमा यात्रुको बीमा नहुने र उक्त मिनीट्रक कुनै यातायात समितिमा पनि आबद्ध नभएकाले दुर्घटनामा घाइते भएकाहरुको उपचारको लागी आर्थिक अभाव भएकाले सहयोग गर्न आग्रह गरेको अध्यक्ष तामाङले बताउनुभयो ।
घाइतेको उपचारको लागी सहयोग पु¥याउन गाँउपालिकाले सञ्चालनमा ल्याएको ‘दैवी प्रकोप कोष’को नाममा एभरेष्ट बैंक, समुन्द्रटार शाखामा रहेको खाता नं. ०६४००१०५२००२१३ मा रकम जम्मा गर्न अपिल गरेको छ ।

घाइते भएकाहरुको निःशुल्क उपचारको लागी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेससभा सदस्य, प्रतिनिधिसभा सदस्य, जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि प्रदेस र केन्द्र सरकारसंग  पहल गरेको छ । गत शुक्रबार साँझ सिम्टाङबाट सिसिपुतर्फ गइरहेको बा. ३ ख ३९१३ नं. को मिनीट्रक दुर्घटना हुदाँ २० जनाको मृत्यु भएको थियो भने घाइते भएका १५ जनाको उपचार भइरहेको छ ।
दुर्घटना पश्चात गाडी चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web