साततले दरबारको पुर्ननिर्माण आगामी मार्चदेखि

पुस १, २०७५ मा प्रकाशित | 11449 views

नुवाकोट । विनासकारी भूकम्पले क्षतिग्रस्त नुवाकोटको साततले दरबार सहित आसपासका धार्मिक तथा ऐतिहासिक सम्पदाको पुर्ननिर्माण आगामी मार्चदेखि सुरु हुने भएको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहित चिनियाँ पक्षले आज दरबार र आसपासका संरचनाको अवलोकन गरेपश्चात पुर्ननिर्माणको काम अघि बढाउन अझै करीब तीन महिना लाग्ने बताउनुभयो ।
उहाँको अनुसार भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबार तथा दरबार क्षेत्रको पुर्ननिर्माणको सम्पूर्ण जिम्मेवारी लिएको चिनियाँ पक्षले काम सुरुगर्न आवश्यक तयारी पूरा गरेपनि यही समयमा नेपालीको ठूला पर्व परेको र आगामी फ्रेबुअरीमा चिनियाँ ल्होसार पर्व एक महिनासम्म मनाइने भएकाले काम सुरुगर्न सन् २०१९ को मार्च लाग्ने देखिएको हो ।

“काम सुरु गर्न केही ढिलाई भएको छ ।” ज्ञवालीले भने “दरबारको हाल रहेको संरचना र स्वरुपलाई कायम राखी तोकिएको अवधिमा पूरा गर्न भने प्राधिकरण गम्भीर भएर लाग्नेछ ।”
पूर्वराजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा नुवाकोटमाथी बिजयी गरेपश्चात काठमाडौ सहित उपत्यकामा रहेका मल्ल राजाहरुलाई टक्कर दिने उद्देष्यले बनाएको दरबार नौ तले भएपनि विसं १९९० सालको भूकम्पले क्षति पुगेपछि सात तलामा घटाइएको थियो ।

साढे तीन वर्षअघि विसं २०७२ सालको भूकम्पले पूरै क्षति पुगेको दरबार अहिले टेको लगाएर अड्याइएको छ ।

चिनियाँ पक्षले दरबार सहित दरबार आसपासमा रहेका तुलजा भवानीको मन्दिर, रङ्गमहल, गारदघर लगायतका करीब एक दर्जन धार्मिक तथा ऐतिहासिक संरचना ‘भूकम्पपछिको पुर्ननिर्माण सहयोग’ कार्यक्रम अन्तरगत पुर्ननिर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web