विद्युत प्राधिकरण र मध्य त्रिशुली गंगाबीच पिपिएमा हस्ताक्षर

गोकर्ण अधिकारी, नुवाकोट ।  नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माणाधीन ‘मध्य त्रिशुली गंगा जलबिद्युत आयोजना’संग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ ।

पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालि प्रबद्धक रहेको १९.४१ मेगावाट क्षमताको आयोजना मार्फत उत्पादित विद्युत खरिदको लागी कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता कार्य सम्पन्न भएको हो ।

दुई पक्षबीच भएको सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५ सम्म) उत्पादन हुने विद्युत आठ रुपैयाँ ४० पैसा र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने विद्युत चार रुपैयाँ ४०पैसामा खरिद गर्ने आयोजनाको प्रबद्धक पर्पेmक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणको तर्पmबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारी तथा प्रबद्धक कम्पनीको तर्पmबाट कम्पनीका प्रबन्ध सञ्चालक भरतकुमार खड्का र आवशीय इञ्जिनियर देवेन्द्र बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

प्रबद्धक कम्पनीका आवसीय इञ्जिनियर बस्नेतको अनुसार दुई पक्षबीच गत मंगलबार पिपिए पत्रमा हस्ताक्षर भएको र बाँकी रहेको ‘अफिसियल’ प्रक्रिया आइतबार पूरा भएको हो ।
सम्झौता अनुसार आयोजनाले विसं.२०८० जेठ १७ सम्ममा निर्माण कार्य सम्पन्न गरी प्राधिकरणलाई विद्युत उपलब्ध गराउनुपर्ने उल्लेख छ । आयोजना क्यू सेभेन्टी मोडेलमा रहने छ ।

नुवाकोटको किस्पाङ गाँउपालिका–५ मनकामनामा बाँध बाधेर विदुर नगरपालिका–७ तुप्चे (बेत्रावती)मा विद्युत उत्पादन गृह रहने आयोजना पूरा गर्न रु पाँच अर्ब १२ करोड लाग्ने कम्पनीले जनाएको छ ।
आयोजनाको तर्फबाट प्रबद्धक कम्पनीको ३० प्रतिशत लगानी रहने छ भने बाँकी लगानीको लागी बित्तिय व्यवस्थापनको प्रक्रियामा रहेको छ ।

तोकिएको समयमा आयोजना सम्पन्न गरी उत्पादित विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि सरकारको राष्ट्रिय प्राथमिकतामा राखिएको जलविद्युत आयोजना निर्माण गर्ने उद्देश्यमा योगदान पुग्नुका साथै देशको ऊर्जा संकटलाई समेत कम गराउन सहयोग पुग्ने विस्वास लिइएको कम्पनीले जनाएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोटका तीन जना पक्राउ

धुञ्चे । रसुवाकी १६ वर्षीया एक बालिका बलत्कृत भएकी छिन् । बलत्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का संजीवकुमार गुप्ता र विदुरका २२ वर्षीय राजकुमार श्रेष्ठलाई रसुवा प्रहरी आइतबार पक्राउ गरेको हो ।

रसुवाको सदरमुकाम धुन्चेबाट टिमुरे जाँदै गरेको बा.४ ख ४३२ नम्बरको आइचर गाडीमा लिफ्ट मागेर गएकी बालिकालाई याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलत्कार उजुरीको आधारमा प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको जनाएको छ ।

गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर बलत्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

उनीहरूलाई टिमुरेबाट पक्राउ गरेर ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रञ्जन अवाले बताए । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म रसुवामा बलत्कार तथा बलत्कारको प्रयासका तीनवटा घटना भएको प्रहरीको तथ्याङ्क छ ।

धान्य पूर्णिमाको अवशरमा दुप्चेश्वरमा पचास हजार दर्शनार्थी (फोटो फिचर)

रामहरि न्यौपाने,
रामती बजार, नुवाकोट । नुवाकोटको मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेला उल्लासका साथ सकिएको छ ।

‘सानो पशुपति नाथ’को रुपमा समेत पुजिने दुप्चेश्वर महादेवको मन्दिरमा ‘जे माग्यो त्यो पूरा गरिदिने’ विश्वासमा यो वर्ष पचास हजार भक्तजनले पूजा÷आरधना तथा भक्तिभाव दर्शाएको दुप्चेश्वर गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभयो । एकदशीबाट सुरु भएको जात्रामा सबैभन्दा धेरै करीब २० हजार भक्तजन शुक्रबार साँझ देखि शनिबार अपरान्हसम्म सहभागी थिए ।

तामाङको अनुसार शुक्रबार साँझदेखि सुरु भएर पूर्णिमाको दिन शनिबार दर्शन गर्ने भक्तजनको उत्साहपूर्ण सहभागितासँगै यस वर्षको धान्य पूर्णिमाको अवसरमा लाग्ने मेला सकिएको हो ।
दुप्चेश्वर महादेवको मन्दिरमा पूजा गरी जल चढाउनाले भक्तीभाव र मनले चाहेको पूरा हुने धार्मिक विश्वास भक्तजनमा रहेको मन्दिरका पुजारी भगवानहरी धितालले बताउनुभयो ।

“राउतवेशीका स्थानीयबासी बासु तामाङको गाई तादी नदी किनारको भिरमा पुगेर बच्चा जन्माई दूध चढाएर बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेवको नाममा भगवान अवतारको रुपमा दुई सय वर्षभन्दा अघिदेखि नै पुज्दै आएका छन् ।”

धितालले भन्नुभयो “जे माग्यो त्यही सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तान मध्ये पनि पुत्रलाभ नै लाभ गराउने, बोली नफुटेका बालबालिका बोल्न सक्ने हुने, नब्याएको पशु चौपायको दाम्लो भगवानलाई चढाएमा गर्भधान हुने विश्वासमा भक्तजन मन्दिरमा पूजा र दर्शनको लागी पुग्ने गरेका छन् ।”

समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनबाट छट्पटिनुभएका महादेव शिव काठमाडौको पशुपतिनाथ मन्दिर हुँदै नुवाकोटको दुप्चेश्वर मन्दिरमा बास बसेर रसुवाको गोसाईकुण्ड पुगेको किम्वदन्ती समेत रहेकाले दुप्चेश्वर भगवानलाई सानो पशुपति नाथको रुपमा पुज्ने गरिएको छ । ऐतिहासिक धार्मिक महत्व बोकेको पवित्र तिर्थस्थल दुप्चेश्वरको अपेक्षा अनुसार नभएको प्रचारप्रसार र संरक्षणको लागी हाल आएर स्थानीय सरकार क्रियाशिल भएर लागेको दुप्चेश्वर गाँउपालिकाको उपप्रमुख अञ्जु आचार्यले जानकारी दिनुभयो ।

उहाँको अनुसार महादेवको स्थान सहित आसपासको जग्गा प्राप्ती, शिलामा अबस्थित महादेवको लागी मन्दिर सहित विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने लक्ष्यको साथ गुरु योजना निर्माण थालिएको छ ।

“यातायात सेवाको सहजता, भक्तजनको लागी आश्रयस्थल सहितको गुरु योजना बनाएर दुप्चेश्वर महादेव मन्दिरको पूर्वाधार विकास र महिमालाई प्रचार गर्न स्थानीय सरकारले काम सुरु गरेको छ ।” आचार्यले भन्नुभयो “योजना सही रुपमा कार्यान्वयनमा गराउन सकेमा दुप्चेश्वर गाँउपालिका हुदै नुवाकोटमा नै धार्मिक पर्यटक भित्र्याउन सक्ने अधार समेत बजबुद बनाउन सकिन्छ ।”

दुप्चेश्वर गाँउपालिका वडा नं. ६ मा अवस्थित रहेको यस दुप्चेश्वर महादेव मन्दिरको संरक्षण, प्रबद्धन र दिगो रुपमा विकासको लागी गुरु योजना निर्माण अन्तिम चरणमा पुगेको वडा नं. ६ का वडाध्यक्ष किशोर आचार्यले जानकारी दिनुभयो । उहाँको अनुसार अबको एकदेखि ढेड साता भित्र बृहत्त कार्यक्तमको बीच गुरु योजना सार्वजनिक गरी सोही अनुसार काम अघि बढाइने तयारी गरिएको छ ।

धान्य पूर्णिमा, फागुपूर्णिमा, तिज पर्व, दशै एवम् तिहार लगायतका पर्वमा धुमधामको साथ पुजिने दुप्चेश्वर महादेव हिन्दु र बौद्ध धर्मालम्वीको महिमा र आस्थाको साझा शीरको रुपमा परिचित रहेको छ ।

बिकाशको बाटोमा दौडिएको काठमाण्डौ क्षेत्र नं ५ (१) (डकुमेन्ट्रि सहित)

पुस ७ , काठमाण्डौ ।

प्रतिनिधि सभाको निर्बाचन भएको १ बर्ष पुरा भयो । यो अवधिका काठमाण्डौ क्षेत्र नं ५ (१) को बिकाश तिब्र गतिमा भइरहेको छ । यस क्षेत्रबाट प्रतिनिधि सभामा निर्बाचित माननिय उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेबारी सम्हालेका इश्वर पोखरेलले प्रदेश सभामा निर्बाचित माननिय सांसद नारायण सिलवाल तथा नगर प्रमुख र वडामा निर्बाचित जनप्रतिनिधि ले गरेको कार्य प्रति खुसि व्यक्त गरेका छन् ।

समृद्ध यात्रा काठमाण्डौ क्षेत्र नं ५ (१) नामक एक बृत्तचित्र सार्वजनिक गर्दै यस क्षेत्रका बिकाश र बिकाशका योजनाहरु सार्वजनिक गरिएको छ । यस क्षेत्र बाट निर्बाचित प्रदेश सभा सदस्य एवं नेकपा केन्द्रिय सदस्य सांसद नारायण सिलवाल निर्वाचनको समयमा गरिएको प्रतिबद्धताकै आधारमा बिकाश निर्माणका कार्यहरु अगाडि बढिरहेको बताएका छन् । साथै आफ्नो क्षेत्रमा धेरै पुरातत्व सम्पदा हरु हरेको र ति सम्पदाहरुको संरक्षण , जिर्णद्धार र पुर्ननिर्माणमा जोड दिइरहेको बताएका छन् ।

हेरौ यो डकुमेन्ट्रि

नेपाल आइडल सिजन–२ को विजेता रवि ओड

काठमाडौं । नेपाल आइडल सिजन–२ को विजेता रवि ओड भएका छन् । ललितपुरस्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा भएको आइडल ‘फिनालेमा ओडलाई विजेता घोषित गरियो । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् ।  यस्तै विक्राम बराल फस्ट रनर अप भएका छन् भने सुमित पाठक दोस्रो संस्करणको नेपाल आइडलमा सेकेण्ड रनर अप भएका छन् । उनीहरुले क्रमशः २० लाख र १२ लाख बराबरको चेक पाएका छन् ।

त्यसैगरी दोस्रो संस्करणको नेपाल आइडलमा अस्मिता अधिकारी थर्ड रनर अफ भएकी छन् । उनले होन्डाको तर्फबाट स्कुटर पनि प्राप्त गरेकी छन् ।  अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले  उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

दुप्चेश्वर महादेव मन्दिरमा पूजा गर्न भक्तजनको घुँइचो

रामती । ऐतिहासिक धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ ।

दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज साँझदेखि शनिबार पूर्णिमाको बिहानी प्रहरमा पूजा आरधना गर्न भक्तजनको सहभागिता उल्लेख्य रहने गरेको छ ।

गत मंगलबार एकादशी देखि सुरु भएको दर्शन गर्ने भक्तजन अघिल्लो वर्षको भन्दा यसवर्ष बृद्धि भएको मन्दिरका पुजारी भगवानहरी धितालले जानकारी दिनुभयो ।

राउतवेसीका स्थानीयबासी बासे (बासु) तामाङको गाई तादी नदी किनार छेउको भिरमा पुगी बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव भगवानको रुपमा पछिल्लो दुईसय वर्षदेखि पुज्दै आएका छन् ।

भक्तजनले ‘जे माग्यो त्यही सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तान मध्ये पनि पुत्रलाभ गराउने भगवानको रुपमा विश्वास छ ।

मन्दिरका पुजारी धितालको अनुसार अबिवाहितलाई जोडी प्रदान, पशु चौपाय नभ्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने बरदानको लागी दुप्चेश्वर महादेव प्रख्यात रहेको छ ।

समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेबनपछि छट्पटिनुभएका श्रीमहादेव शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बाँस बसेर गोसाईकुण्ड जानु भएको किम्वदन्तीसंग पनि यहाँको महत्व उच्च रहेको छ । मेलामा तामाङ झाक्री र ठ्याङ्ग्रो मुख्य आकर्षक रहन्छ ।

भक्तजनले दोश्रो पशुपतीनाथको रुपमा दुप्चेश्वर महादेवको पूजा, आरधना गर्ने गरेका छन् । यहाँ धान्य पूर्णिमा र फागु पूर्णिमाको अवशरमा विशेष मेला लाग्ने गरेको छ ।

दुप्चेश्वर गाँउपालिकाले दुप्चेश्वर क्षेत्र विकास कोष स्थापना गरी त्यसको अध्यक्षमा वडा नं. ६ का वडाध्यक्ष किशोर आचार्य र संरक्षकमा गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यलाई तोकेर जात्रा व्यवस्थापनमा क्रियाशिल भएसगै अघिल्ला वर्षहरुको भन्दा यसवर्षको जात्रा व्यवस्थित बनेको छ ।

कोषका संरक्षक तामाङको अनुसार मन्दिरमा दर्शन गर्न पुग्ने भक्तजनलाई यातायात, स्वास्थ्य शिविर, विशेष पूजाको व्यबस्था, खाना र बासको सहजता मिलाइएको छ ।

“मेलामा पचास हजार भन्दाबढी दर्शनाथी सहभागी हुने अपेक्षा छ ।” तामाङले भन्नुभयो “गाँउपालिकाले स्थानीय सामाजिक सँस्थाहरुसंग साझेदारी गरी दर्शनार्थीको लागी पार्किङको सुविधा, होटल तथा थर्पुको राम्रो प्रबन्ध मिलाएको छ ।”

महादेवको दर्शन गर्न सवारी साधन लिएर मन्दिर परिसरसम्म नै पुग्ने सकिन्छ ।

त्रिशूलीमा बेपत्ता तामाङको खोजी सुरु

पैरेवेसी । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि सुरु भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको करीब एक सय जनाको टोली तामाङ हराएको स्थान पेरैवेसी स्थित त्रिशूली नदीमा खोजीमा परिचालन भएका छ ।

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण सामाग्रि चोरीको अभियोगमा पक्राउ परेका चार मध्ये १९ वर्षीय मैते तामाङ भाग्ने क्रममा बुधबार अपरान्ह नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

थ्री ‘ए’को निर्माण साामग्रि चोरी गरेको अभियोगमा पक्राउ परेका मैते तामाङ सहित उत्तरगया–२ का कोमल तामाङ, विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीलाई आवश्यक अनुसन्धान र कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउन लागिएको थियो । सोही क्रममा किस्पाङ–५ स्थित पैरेबेसी भन्ने स्थानमा आएपछि शौच गर्ने बाहनामा भाग्ने क्रममा मैते तामाङ नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनाको बिरोधमा आक्रोशित स्थानीयबासीले बुधबार मैलुङ प्रहरी चौकी तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाइदिएका थिए ।

यस्तै, प्रहरीको एकवटा गाडीमा पनि क्षति पु¥याइदिएका थिए । प्रहरीले पाँच राउन्ड हवार फायर समेत गरेको थियो ।
घटनालाई लिएर उत्पन्न विवाद समाधानको लागी मैलुङमा सरोकारवालापक्ष बीच छलफल आह्वान गरेको किस्पाङ गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

चोरीको अभियोग लागेका व्यक्ति त्रिशूलीमा बेपत्ता भएपछि….

मैलुङ । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्ति भागेर त्रिशूली नदीमा बेपत्ता भएपछि आक्रोशित स्थानीयबासीले नुवाकोटको मैलुङ प्रहरी चौकीमा तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाइदिएका छन् ।

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको निर्माण सामाग्रि चोरीको अभियोगमा पक्राउ परेका चार मध्ये उत्तरगया गाँउपालिका ३ का मैते तामाङ भाग्ने क्रममा नदीमा बेपत्ता भएपछि स्थानीयबासीले प्रहरीले बगाइदिएको भन्दै बिरोधमा आक्रमण गरी चौकी तोडफोड गरेका हुन् ।

स्थानीयको आक्रमणबाट चौकीका इञ्चार्ज प्रहरी हबल्दार चन्द्रिका भगत र प्रहरी जवान नवल किेशार राउत घाइते भएका छन् । स्थानीयले चौकीमा तोडफोड गर्दै प्रहरीको बा. २ झ १२१ नं.को गाडीमा समेत क्षति पु¥याइदिएका छन् ।

स्थानीयको आक्रमणबाट बच्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिनुभयो । उहाँको अनुसार मंगलबार राती माथिल्लो त्रिशूली थ्री ए को निर्माण सामाग्रि चोरिरहेको समयमा रसुवा प्रहरीले उत्तरगया–२ का विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीलाई पक्राउ गरेको थियो ।

उनीहरुको बयानको अधारमा नुवाकोट प्रहरीले आज बिहान मैते तामाङ र सोही स्थानका मालव तामाङलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई थप कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउने क्रममा आज अपरान्ह पैरेबेसी भन्ने स्थानमा आइपुगेपछि  शौच गर्ने बाहनामा भाग्ने क्रममा मैते तामाङ नदीमा बेपत्ता भएका हुन् । उनको अबस्था थाहा हुन सकेको छैन भने घटनाको बिरोधमा स्थानीयले माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको काम समेत प्रभावित बनाउने चेतावनी दिएका छन् ।

बेपत्ता भएका व्यक्तिको खोजी भोलि बिहीबार बिहानैदेखि गर्ने र उत्पन्न समस्या समाधानको लागी सहजिकरण गर्ने गरी एक समिति पनि गठन गर्न लागिएको किस्पाङ गाँउपालिकको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

एकीकृत घुम्ती सेवा शिविर जारी

काहुले । नुवाकोटमा रहेका सरकारी कार्यालयले जनतालाई दिने सेवा प्रवाह घरदैलोमा नै गएर उपलब्ध गराउने उद्देश्यले किस्पाङको काहुलेमा आयोजित दुई दिने एकीकृत घुम्ती सेवा शिविर आजपनि जारी छ ।
जिल्ला सदरमुकामका विभिन्न तेह्रवटा सरकारी कार्यालयले दिने सेवा जनतालाई आफ्नै घरदैलोमा सहजताको साथ उपलब्ध गराउन हिजोदेखि शिविर सुरु भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । उहाँको अनुसार तथ्याङ्क भिडाउनु पर्ने बाहेकका बाँकी सबै किसिमका सेवा शिविरमा उपलब्ध छ ।

शिविरमा जिल्ला प्रशासन कार्यालय मार्फत नयाँ नागरिकता र नाबालक परिचयपत्र वितरण लगायतका सिफारिस, जिल्ला अदालत र सरकारी वकिलको कार्यालयबाट  परिवर्तित मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि सम्बन्धि जानकारी, नेपाली सेनाबाट चिकित्सक सहितको स्वास्थ्य शिविर, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षासम्बन्धि जनचेतना अभिबृद्धि, निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलनको सेवा दिइएको छ ।

यसैगरी, शिविरमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट मदिरा विक्री इजाजतपत्र, वन कार्यालयबाट वन र वन पैदावर सम्बन्धि जानकारी एवम् परामर्श, स्वास्थ्य कार्यालयबाट निःशुल्क औषधि, स्वास्थ्य जाँच सहित परामर्श, कृषि ज्ञान केन्द्रबाट कृषि सम्बन्धि परामर्श, पशु (भेटनरी) अस्पताल तथा पशु सेवा केन्द्रबाट पशुचौपाय एवम् पंक्षीको जाँच तथा परीक्षण र परार्मश, घरेलु तथा साना उद्योग विकास समितिबाट व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण एवम् अनुगमन र हुलाक कार्यालयबाट हुलाक टिकट विक्री तथा सेवा उपलब्ध छ ।

जिल्लाको भौगोलिक रुपमा विकट वस्ती, यातायात सुविधाको पहुँच बाहिर रहेका स्थानका नागरिकलाई प्रवाह गर्न शिविरमा सहजता मिलेको किस्पाङ गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो ।
पहिलो दिन करीब पाँच सयले सेवा लिएको शिविरमा किस्पाङमा रहेका पाच वटा वडा र आसपासका स्थानीयतहका बासिन्दालाई सेवा उपलब्ध छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति छ नयाँ मूल्य ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो । आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको हो । मंलगवार साँझ बसेको निगम सञ्चालक समितिको वैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।

इन्डियन आयल कर्पोरेश (आईओसी)बाट प्राप्त भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । निगमले मंलगवार रातिदेखि जारी हुने गरी गरेको निर्णयानुसार अव पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ तथा डिजेल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटरमा पाइने छ ।

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

३ पुस, काठमाडौ । वरिष्ठ राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्री एवं डा.तुलसी गिरीको निधन भएको छ ।

आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको आज  बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साग दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए ।

०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्यक्ष बनेर ज्ञानेन्द्रलाई साथ दिए । राजतन्त्र ढलेपछि भने उनी नेपालमै बसेका थिए ।

बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि अविचलितरुपमा राजतन्त्रका पक्षधर रहे ।

पारिवारिक स्रोतका अनुसार गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने छ ।

नुवाकोट त्रिशूली महोत्सव सुरु

नुवाकोट । ‘नुवाकोट त्रिशूली महोत्सव’ सुरु भएको छ । नुवाकोट, रसुवा र धादिङकै पहिलो विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि आर्थिक संकलनको उद्देष्यले आयोजना गरेको महोत्सवको सोमबार प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले उद्घाटन गरेका हुन् ।

‘विविध संस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ भने नाराका साथ सुरु भएको महोत्सव मार्फत जिल्लाको आर्थिक, सांस्कृतिक, पर्यटन र ऐतिहासिक पहिचानलाई थप विस्तार गर्न मद्दत पुग्ने समेत विश्वास लिएको खतिवडाले बताए ।
नुवाकोटको त्रिशूली बजार नजिकै पर्ने विद्यालयमा आयोजित महोत्सव मार्फत संकलन भएको रकमले इञ्जिनीयरिङ विषयको पठनपाठनमा खर्च गर्ने विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए ।

महोत्सवमा करीब दुई सय स्टल राखिएका छन् भने पचास हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको छ । विद्यालयमा यस शैक्षिक सत्रदेखि सुरु भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतको तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको अध्ययन गराउन आर्थिक अभाव भएकाले महोत्सव मार्फत करीब दश लाख रुपैयाँ संकलन हुने अपेक्षा लिइएको प्रधानले बताए ।

हाल विद्यालयमा ४८ जना विद्यार्थी सिभिल इञ्जिनीयरिङ विषयमा अध्ययनरत छन् । सेमेष्टरका लागि नेपाल सरकारले तोकेको प्रतिविद्यार्थी दुई लाख रुपैयाँ मात्र शुल्क लिने र अपुग रकमका लागि महोत्सव आयोजना गर्नुपरेको विद्यालयका प्रअ महेन्द रावतले बताए ।

विसं २००७ मा स्थापित विद्यालयमा हाल स्नाकोत्तरतहसम्मको अध्ययन हुदै आएको छ भने जिल्लामा एक मात्र दश जोड दुईसम्म छात्राबास सहितको विज्ञान विषय समेत अध्यापन हुने गरेको छ ।

महोत्सव मार्फत लोपोन्मुख कला, लोक सँस्कृति र परम्परालाई जीवन्त, संरक्षण र सम्बद्र्धन गर्नुका साथै जिल्लामा उत्पादित कृषि एंव स्थानीय उपजको उचित बजार मुल्यका साथ जिल्लाको समष्टि व्यापारमा सघाउ पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक सम्पदा एंव धरोहरको आन्तरिक र बाह्य बजारमा प्रचारप्रसार गरी जिल्लाको विकासको साथै जनताको जिवनस्तरमा समेत सुधार गर्न टेवा पु-याउने सामाग्रि विक्री एंव प्रदर्शनीमा राखिएको छन् ।

महोत्सव सञ्चालन सचिवालय प्रमुख ज्ञानेन्द्र श्रेष्ठका अनुसार महोत्सवमा दैनिक प्रयोजनको लागी आवश्यक चामल, चिउरा, मसला लगायतका खाद्यान्न सामाग्रि, ट्राउट माछा, लत्ताकपडा, भन्सामा प्रयोग हुने भाडा लगायतको सामानमा छुट सहितको शुल्कमा उपलब्ध गराइएको छ ।

यस्तै, विद्युतीय सामाग्रि, मनोरञ्जन गतिविधि, पिङ, धार्मिकस्थलको भ्रमण लगायतको बन्दोबस्ती समेत मिलाइएको छ । महोत्सवमा ‘नुन देखी सुनसम्म’ र ‘जिरा देखी हिरासम्म’ एकै स्थानमा पाईने नारा सहित दैनिक उपभोग्य सामाग्र्रि सबै उपलब्ध रहेको आयोजकले जनाएको छ । कृषि उब्जनी, हस्तकलाका सामाग्रि लगायतको लागी निःशुल्क स्टलको समेत व्यवस्था मिलाइएको छ । महोत्सवमा स्थानीय मौलिक कला, संस्कृति र ऐतिहासिक महत्व झल्काउने वस्तु र प्रस्तुति आकर्षणका रुपमा रहेका छन् ।

सोमबारदेखि सुरु भएको महोत्सव यही पुस १० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web