कम लगानीमै प्रतिफल बढाउन नुवाकोटका किसानलाई ट्याक्टर वितरण

रामहरि न्यौपाने,
नुवाकोट । प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्याक्टर) वितरण गरिएको छ ।

परियोजनामा आबद्ध भएका किसानलाई आधुनिकीकरण तथा व्यवसायीकरण गर्दै तरकारी खेतीको प्रबद्धनको लागी अनुदानमा खेतबारी जोत्न ट्याक्टर वितरण गरेको जोन प्रमुख डा.कमलराज गैरेले जानकारी दिनुभयो । उहाँको अनुसार किसानलाई उपलब्ध गराइएको ट्याक्टरमा रु २५ हजारसम्म तथा आधा रकम अनुदानमा दिइएको छ ।

“जोन कार्यालय विदुरको परिसरमा नै ट्याक्टर बिक्री गर्ने व्यावसायीलाई प्रदर्शनी गर्न लगाएर किसानलाई छनोट गर्ने अवसर दिएका छौ ।” जोन प्रमुख गैरेले भन्नुभयो “रु ३५ हजारदेखि रु ५५ हजारसम्म पर्ने विभिन्न चार किसिमका ट्याक्टर किसानले खरिदको लागी छनोट गर्न पाएका छन् ।”

परियोजनाले किसानलाई यान्त्रिकरण मार्फत खेती लगाउन सहयोग पु-याउने उद्देष्यले ट्याक्टर लिन चाहेकासंग प्रस्ताव माग गरेको थियो । सोही अनुसार ९१ वटा कृषि सहकारी, कृषि समूह र फार्म प्रस्तावक भएर आवेदन दिएका थिए ।
किसानको माग अनुसार हाल १२० थान ट्याक्टर उपलब्ध गराइएको आवश्यक परेमा थप समेत गरिने परियोजनाका कृषि अधिकृत कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँको अनुसार किसानले गरेको प्रस्तावमा रहेर सात हर्ज क्षमताका रु ३५ हजारदेखि रु ५५ हजारसम्म पर्ने ट्याक्टर अनुदानमा उपलब्ध गराइएको हो ।

“किसानले खरिद गर्न चाहेको ट्याक्टरमा आधा रकम तथा बढीमा रु २५ हजारसम्म अनुदान दिइएको छ ।” कृषि अधिकृत उपाध्यायले भन्नुभयो “प्रति कृषि सहकारी सँस्थाहरुलाई तीन थान, कृषक समूहलाई दुई थान र कृषि फार्म सञ्चालन गर्दै आएका किसानलाई एक थान यान्त्रिकरण अनुदानमा दिइएको हो ।”

कार्यालयले उपलब्ध गराएको ट्याक्टरको सहायताले कम लगानीमा धेरै प्रतिफल निकाल्न सकिने जोन सञ्चालक समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले बताउनुभयो । उहाँको अनुुसार खेती प्रणाली आधुनिकीकरण बनाउन यान्त्रिकरण अत्यावश्यक भएकाले ट्याक्टर वितरणले किसानलाई उत्साहित बनाएको छ ।

“गोरु पाल्न र हलो जोत्न जनशक्तिको अभावले खेती लगाउन कठिन बन्दै आएको छ ।” पुडासैनीले भन्नुभयो “कम लगानीमा छिट्टो काम गरेर व्यवसायिक बनाउन किसानलाई ट्याक्टरसगै अब कृषि उब्जनी ढुवानी गर्न सवारीसाधन समेत उपलब्ध गराउन लागिएको छ ।”

नुवाकोटमा गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेको तरकारीको जोन कार्यक्रम यहाँको ककनी गाउँपालिकाको वडा नं. ८ बाहेक सातवटा वडा, शिवपुरी गाउँपालिकाको वडा नं. ६ समुन्द्रादेवी, वडा नंं. ७ सुनखानी र वडा नं. ८ थानापती, पञ्चकन्या गाउँपालिकाको वडा नं. ३ पञ्चकन्या, वडा नं. ४ थप्रेक र वडा नंं. ५ भदु्टार एंवम् दुप्चेश्वर गाउँपालिका वडा नंं. ३ रातउवेशी र वडा नंं. ५ बालकुमारीमा कार्यान्वयनमा छ । हाल जोनमा एक हजार ३७ किसान आबद्ध भएका छन् ।

छनोट क्षेत्रका किसान, कृषक समूह, कृषि फर्म, कृषि सहकारी सँस्था, कृषि सम्बन्धि जल उपभोक्ता समितिले गर्दै आएका तरकारी खेती सहित अब व्यावसायिक तरकारी खेती गर्न चाहेमा उनीहरुलाई विभिन्न सहायता कार्यक्रम सञ्चालनमा ल्याइएको छ । दश वर्षसम्म सञ्चालन हुने कार्यक्रमले छोटो अवधिमा कृषि पेशालाई सम्मानित बनाई किसानको जीवनशैलीमा कायलपलट गर्ने योजना बनाएको जोन प्रमुख गैरेले बताउनुभयो । उहाँको अनुसार हाल किसानलाई अनुदानमा फलामको स्थायी टनेल निर्माण, प्लाष्टिक पोखरी र भकारो सुधार कार्यक्रम समेत सञ्चालन भइरहेको छ ।

परियोजना मार्फत किसानलाई निःशुल्क प्राविधिक सहयोग, ८५ प्रतिशत अनुदानमा प्रयोगशाला सेवा, साना सिचाई पूर्वाधार र उत्पादन तथा कृषि व्यवसाय सेवाको पूर्वाधार, ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण, कृषि उत्पादन सामाग्रि अन्तरगतका बीउ, बेर्ना, बिरुवा लगायतका सेवा सञ्चालनमा रहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना मार्फत नुवाकोटमा तरकारीको जोन सहित आलुको जोन कार्यक्रम र चारवटा ब्लक र २१ वटा पकेट क्षेत्र सञ्चालनमा छ ।

अष्टिनमा पूर्वघोषित समय तथा स्थानमै कालिको कन्सर्ट , भ्रममा नपर्न आयोजकको आग्रह

काठमाण्डौ ।

नेपाली गीत गायनमा आफ्नो बग्लै पहिचान बनाएका लोकप्रिय गायक तथा संगीतकार कालिप्रसाद बास्कोटाले अंग्रेजी नयाँ बर्षमा अमेरीकाको टेक्सास राज्यको अष्टिनमा भव्य सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने पक्का भएका छन् । अमेरीकामा बस्ने नेपालीलाइ नयाँ बर्षमा झुमाउन र रमाइलो समयमा रमाइलो गराउन कालिले आफ्ना हिट गीत गाउने छन् । डिएण्डडि मुभिजको आयोजनामा आयोजना हुन लागेको यो बृहत कन्सर्टलाइ कलाकार सुबास थापाले संयोजन गरेका हुन् । उक्त कार्यक्रममा न्यूयोर्कमा आफ्नो लोकप्रियता कमाएका डिजे सुर्यले पनि उक्त माहोल तताउने छन् । साथै स्थानिय कलाकारको बेजोड प्रस्तुति पनि उक्त कार्यक्रममा रहने छ ।

यतिबेला उक्त कार्यक्रममा नआउने  भनेर केहि व्यक्तिले अफवाह फैलाइरहेको बताउदै आयोजक थापाले उक्त कार्यक्रम तोकिएको समय स्थानमै हुनेमा विश्वस्त रहन सबैलाइ आग्रह गरेका छन् । व्यक्तिगत चरित्रमाथि आँच पुर्याउने व्यक्तिले कार्यक्रम असफल बनाउन षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । नयाँ बर्षको अवसरमा गायक कालिप्रसाद बाँसकोटा सुबि इन्टरटेन्मेन्ट को निम्तोमा अमेरीका पुगिसकेका छन् । यता अष्टिनको कार्यक्रमको लागी भने डिएण्डडि मुभिजले सुबि इन्टरटेन्मेन्ट संग सन्झौता गरिसकेका छन् भने कालिप्रसाद बासकोटाले पनि भिडियो सन्देश पठाउदै आफू उक्त कार्यक्रममा आउने बताइसकेका छन् ।

जनवरी ५ साँझ ६ बजे बाट टेक्सासको The Bungalows Hotel And Event Center 1000 s bell blvd , cedar park , Tx 78613  ठाउमा यो कार्यक्रम आयोजना हुने बताइएको छ ।

शिवपुरी गाउँपालिका–६ का सन्तोष तामाङलाई सिआइबीको टोलीले समात्यो

नुवाकोट । वन्यजन्तु रेडपाण्डाको छाला ओसारपसार तथा बिक्री वितरण मुद्दामा फारर रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँं जिल्ला अदालतले २०७४ साल चैत ३ गते नुवाकोट शिवपुरी गाउँपालिका–६ का सन्तोषकुमार तामाङलाई पाँच वर्ष कैद हुने ठहर गरेकोमा उक्त सजाय बेरुजु रही फरार रहेका प्रतिवादीलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोको टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ । उनलाई गुर्जुभञ्ज्याङ, नुवाकोटबाट पक्राउ गरिएको हो ।

प्रहरीले २०७४ साल भदौ १९ गते काठमाडौँ तारकेश्वर नपा–१० मनमैजुस्थित सडकमा प्रतिवादी सन्तोषकुमार तामाङले चलाएको बा३४प ६६८१ नंको पल्सर मोटरसाइकल जाँच गर्दा रेडपाण्डाको छाला बरामद गरेको थियो ।

रेडपाण्डाको छालासहित पक्राउ परेका तामाङ अदालतबाट माग भएको धरौटीबापत जमानीमा राखी तारेखमा रहेकामा अदालतको फैसलापछि फरार रहेका थिए । काठमाडौँ जिल्ला अदालतमा पेश गरिएका तामाङलाई अदालतको आदेशले कैद भुक्तानका लागि आजै केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।

सन्दिप जहाँ गयो त्यही गर्दै आएकाछन् चमत्कार

कुमार चौलागाई, काठमाडौ ।

दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।”

अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू खेलमै सनसनी मच्चाएका छन् । उनले पहिलो खेलमा दुई र दोस्रो खेलमा तीन विकेट लिइसकेका छन् ।

क्याम्पाचौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को भाउ विश्व क्रिकेट बजारमा अहिले करोडौं पुगिसकेको छ । यसै वर्ष मात्र विभिन्न अन्तर्राष्ट्रिय लिगमा सहभागिता जनाएका सन्दीपले नामसँगै दुई करोड रुपैयाँभन्दा बढी आम्दानीसमेत गरेका छन् ।

अष्ट्रेलियामा पहिलो पटक व्यावसायिक क्रिकेट खेल्न लागेका सन्दीपले न्यानो माया र सत्कार पाएका छन् । मेलबर्नका कप्तान ग्लेन म्याक्सवेल तथा रिकी पोन्टिङ र माइकल क्लार्कसँग परिचयका कारण उनलाई अष्ट्रेलिया नौलो लागेको छैन । सन्दीपले इण्डियन प्रिमियर लिग (आइपिएल)मा म्याक्सवेलसँग खेलेका थिए भने पोन्टिङ नयाँ दिल्लीका प्रशिक्षक थिए ।

चर्चित टिप्पणीकार तथा पाकिस्तानका पूर्व खेलाडी रमित राजाले पनि सन्दीपको प्रदर्शनको खुलेर चर्चा गरेका छन् । रमितले भनेका छन् – “उसको स्वभावले मलाई आकर्षण गरेको छ । यो उमेरमा पनि उसले सबै कुरालाई नियन्त्रणमा राख्न सकेको छ । भविष्यको यो स्टार खेलाडी हो ।”

दुई वर्षअघिसम्म सन्दीप लामिछानेलाई चिन्ने विरलै थिए । तर, सन् २०१६ मा बङ्गलादेशमा भएको यु–१९ विश्वकपमा ह्याट्रिक लिएपछि सन्दीप विश्व क्रिकेटमा एकाएक चर्चित बने ।

यु–१९ क्रिकेटमा ह्याट्रिक लिने उनी विश्वका पाँचौ खेलाडी हुन् । आयरल्याण्डविरुद्धको त्यो ह्याट्रिकले उनलाई विश्वमाझ चिनायो जसका कारण सन्दीप अहिले विश्वका उत्कृष्ट फ्रेन्चाइजी लिगमा नभई नहुने खेलाडी जस्तै बनिसकेका छन् र करोडौँ आम्दानी गरिरहेका छन् ।

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले सन्दीप क्षमतावान् खेलाडी भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन् – “सन्दीप नेपाली क्रिकेटको भविष्य हो ।”

अहिले अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका सन्दीपलाई फ्रेन्चाइजी लिग खेल्न भ्याइनभ्याई छ । यसै वर्षको शुरुमा इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा डेब्यू गरेको उनले यही एक वर्षमा क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाएका मात्र छैनन, विश्व क्रिकेटका हस्ती ब्याट्सम्यानलाई पेबेलियन पनि फर्काएका छन् । बिग बास लिगपछि सन्दीपले जनवरीमा बङ्गलादेश प्रिमियर लिग र फेब्रुअरीमा पाकिस्तान सुपर लिगमा खेल्नेछन् ।

सत्र वर्षको उमेरमा आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीपले दिल्ली डेरडेविल्समा डेब्यू गरे । रोयल च्यालेन्जर्स बैङ्लोरविरुद्धको पहिलो ओभरमा छ रन दिएका सन्दीपले दोस्रो ओभरमा पार्थिव पटेललाई पवेलियनको बाटो देखाए । दोस्रो खेलमा दुई र तेस्रो खेलमा तीन विकेट लिँदा सन्दीपको सफलता मैदानमा जसरी चुलिँदै गएको थियो, कमेन्ट्री बक्समा पनि उस्तै गरी चुलिँदै थियो ।

सन्दीप जहाँ खेले त्यहाँ उनले आफ्नो स्पीनमा ब्याट्सम्यानलाई घुमाउन सफल भए । आइपिएलमा छ विकेट लिएका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सका लागि सात विकेट लिए । त्यसपछि क्यानडामा मोन्ट्रेल टाइगर्सका लागि आठ विकेट लिए । टि–१० लिगमा पनि केरला नाइट्सका लागि छ विकेट लिए ।

सन्दीपले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पनि पक्का भइसकेको छ । सन्दीपलाई गत महिना दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ गरिसकेको छ ।

आइपिएल आगामी २३ मार्चमा शुरु हुनेछ । भारतमा आम निर्वाचन हुने भएका कारण आइपिएल युएई वा दक्षिण अफ्रिकामध्ये एक स्थानमा गर्ने तयारी गरिएको छ । जुनमा हुने आइसिसी एक दिवसीय विश्वकपका कारण आइपिएल एक महिनाअघि हुन लागेको छ ।

सन्दीपले अहिलेसम्म आइपिएल (भारत), ग्लोबल टी–२० (क्यानडा), सिपिएल (वेस्ट इन्डिज), एपिएल (अफगानिस्तान), पिपिएल (नेपाल), बिबिएल (अस्ट्रेलिया), बिपिएल (बङ्गलादेश) मा सहभागिता जनाइसकेका छन् ।

विश्व क्रिकेटमा उनलाई अहिले अद्भूत वा मूल्यवान् खेलाडी भन्न थालिएको छ । बिग बास लिगको पहिलो खेलमै दुई विकेट लिएपछि मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले उनको प्रशंसा गर्दै भनेका थिए – “उमेरमा ऊ कच्चा होला तर उसको बलिङ गर्ने शैली निकै उत्कृष्ट छ ।”

सन्दीपको क्षमताबाट प्रभावित हुने पहिलो लिजेन्ड माइकल क्लार्क थिए जसले हङ्कङमा सन् २०१६ मा भएको टि–२० ब्लीजमा उनको बलिङ देखेका थिए । त्यसपछि क्लार्कले लामिछानेलाई अष्टे«लियामा ग्रेड क्रिकेट खेल्न र प्रशिक्षण गर्न समेत बोलाए ।

यस क्रममा उनले रिकी पोन्टिङ, ग्लेन म्याक्सवेल, सुनिल नराइन, क्रिस गेल जस्ता उच्चकोटिका खेलाडीसँग ड्रेसिङ रुममा बिताउन पाए । यससँगै उनले डेविड वार्नर, क्रिस लिन र केइरन पोलार्ड जस्ता विश्वस्तरीय ब्याट्सम्यानहरूको विकेट पनि लिइसकेका छन् । यसै क्रममा नेपालले विश्व क्रिकेटमा ठूलो फड्को मार्न सफल पनि भयो ।

छोटो समयमै नेपाली क्रिकेट टोलीका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दीपले आफ्नो प्रदर्शन र बलिङको मद्दतले नेपालको नाम थुप्रै पटक उँचो पारिसकेका छन् । सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दीपले धेरै शुभेच्छुकहरू कमाएका छन् ।

को हुन् सन्दीप ?

स्याङ्जाको आरुचौर जन्मेका उनी सानैमा भारतीय रेल्वे सेवामा जागिरे आफ्नो बाबु चन्द्रनारायण लामिछानेसँगै भारत पुगेका थिए । भारतमा चार कक्षासम्म पढेर उनी नेपाल फर्केका थिए । सन्दीपले चितवनको नारायणगढस्थित क्याम्पसचौरमा रहेको चितवन क्रिकेट एकेडेमीमा क्रिकेट सिकेका हुन् । त्यहाँ पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्काबाट उनी प्रशिक्षित भए ।

“आफूले क्रिकेट सिकाएको केटो अहिले विश्व मञ्चमा चर्चित हुँदा मलाई वर्ग लागेको छ,” खड्काले भन्नुभयो ।

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके चितवनमा एक दिने प्रशिक्षणका लागि पुग्दा सन्दीपको बलिङबाट एकै नजरमा प्रभावित भएका थिए । त्यसपछि आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत युएईसँगको खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको छनोट गर्न आयोजित सुपर लिगमा सन्दीपलाई खेल्ने मौका दिइएको थियो । सुपर लिगअन्तर्गत एक खेलमा सन्दीपले चार विकेट लिएका थिए ।

सुपर लिगमा राम्रो प्रदर्शन गरेपछि बङ्गलादेश यु–१९ विश्वकप २०१६ खेल्ने टोलीमा सन्दीप छनोट भएका थिए । यु–१९ विश्वकप २०१६ मा सन्दीप प्रतियोगिताकै सर्वाधिक विकेट लिने सूचीमा १४ विकेटसहित दोस्रो स्थानमा थिए । आइसिसीले सन्दीपलाई उक्त यु–१९ विश्वकपको उत्कृष्ट ११ क्रिकेटरको सूचीमा समेत राखेको थियो ।

यु–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि २०१६ अप्रिलमा नेपालमा सम्पन्न नामिबियासँगको आइसिसी विश्व क्रिकेट लिग म्याचमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि खेल्ने मौका पाएका सन्दीप त्यसपछि राष्ट्रिय टोलीबाट लगातार खेलिरहेका छन् ।

हामबर्गमा भव्य रुपमा मनाइयो तमु ल्होसार पर्व (फोटोफिचर)

दीपक धिताल, ह्यामबर्ग (जर्मनी) ।
तमु समाज ह्यामबर्ग जर्मनीले २७ डिसेम्बरका दिन भब्य रुपमा ल्होसार पर्व मनाएको छ । जर्मनीको ह्यामबर्ग शहरमा भएको कार्यक्रमका प्रमुख अतिथी एबं जर्मनीका लागि नेपाली राजदुत राजेन्द्र खनालले विदेशी भूमिमा रहेर पनी आफ्नो कला, संस्कृति जोगाउनका लागि तमु समाजले खेलेको भुमिकाको प्रशंशा गर्नुभयो । सबैं ब्यस्त रहने जीवनबाट केहि समयका लागि भएपनी आफन्त तथा साथिभाइहरुसँग खुशी साटासाट गर्न पाउने यस कार्यक्रमले निकै उल्लस थपेको उहाँको भनाइ थियो ।

राजदुत खनाल लगायत समाजका अध्यक्ष लाल बहादुर गुरुगंले कार्यक्रमको उद्घाटन गर्दै सबैलाई ल्होसार अर्थात नयाँ बर्षको उपलक्ष्यमा शुभकामना प्रदान गर्नुभएको थियो ।  जर्मनीको ह्यामवर्ग, बर्लीन लगायत युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधी, व्यवसायी, विद्यार्थी, कलाकार सर्बसाधारण गरी करिब ६ सय जनाको उपस्थिती रहेको कार्यक्रममा नेपालदेखि आएका कलाकारले स्टेज तताएका थिए भने स्थानीय कलाकारको पनि बेजोड प्रूस्तुती रहेको थियो । लोक कलाकार प्रकाश सपुत, सुनिता दुलाल र पपगायक धिरज राईले उपस्थित दर्शकलाई भब्य मनोरन्जन प्रदान गरेका थिए । यस्तै गरि स्थानीय कलाकारहरु र संघसंस्थाहरुको प्रस्तुतिहरुले कार्यक्रमको रनौकतामा थप उर्जा मिलेको आभाष दिलाएको थियो ।

तमुहरुको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतीलाई निरन्तरता दिनको लागि कार्यक्रममा उपस्थित धेरै सहभागी तथा कलाकारहरु सांस्कृतीक पहिरनमा सझिएर आएका थिए । तमु संस्कृती जोगाईराख्न, तथा जर्मनीमा जन्मे हुर्केका बालबालिकाहरुलाई तमु संस्कृतीको पहिचाहन गराउन यस्ता कार्यक्रमको विशेष महत्व रहने कार्यक्रममा सहभागिहरुको भनाइ थियो । सन् २००२ बाट मनाउँदै आएको ल्होसारमा प्रत्येक बर्ष जस्तै यस पटक पनि आयोजकले उपस्थित सबैलाई खादा ओढाएर सम्मान सहित स्वागत गरेको थियो ।

समाजका महासचिव सुन्दर गुरुगंले संसारको जुनसुकै ठाँउमा भएपनि सर्वप्रथम नेपाली भनेर चिनिने भएको हुनाले क्षेत्रीय, जातीय रुपमा भन्दा राष्ट्रियताको भावना र सद्भावलाई उच्च राख्न आफुहरुले यो कार्यक्रम विगत १७ बर्षदेखि गर्दै आएको बताउनुभयो ।

नेपालमा मुलत ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तमु, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष खी अर्थात कुकुर बर्गलाई बिदाई गर्दै फो अर्थात मृग बर्गलाई स्वागत गरेका छन् ।

नयाँ बर्ष ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयाँ दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ आफ्नो समुदायका मान्यजनको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

मध्येपहाडी सडक विस्तार : नुवाकोटमा पाँच खण्डमा काम

-रामहरि न्यौपाने,
नुवाकोट । नेपालमा हाल निर्माणाधीन राजमार्ग मध्ये गाँउदेखि सहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण नुवाकोटमा तिव्र बनाइएको छ ।
पाँचथरको पूर्र्वीभेगमा पर्ने चियोभञ्ज्याङ (नेपाल–भारत सीमा) बाट सुरु भएर बैतडीको झुलाघाटमा (महाकाली नदीसम्म) जोडिन् यो राजमार्गको मध्ये नुवाकोटमा पर्दछ । सडक निर्माणको लागी नुवाकोट मध्येविन्दुमा अबस्थित छ । पूर्वी खण्ड अन्तरगत पाटीभञ्याङसम्म ६५९ किमि र पश्चिम खण्डमा नुवाकोटको पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमि पर्दछ ।

आयोजनाका इञ्जिनियर दयानाथ यादवको अनुसार मध्येपहाडी सडक खण्डको नुवाकोटमा करीब ७० किमि पर्दछ । हाल पाँच खण्डमा काम भइरहेको सो सडकको नुवाकोटमा सिन्धुपाल्चोकस्थित चिसापानीबाट प्रवेश गरी पार्टीभञ्याङहुदै शेराबगर, छहरे, ढिकुरे, गंगटे, डेउडी, सामरीहुदै भ¥याङभुरुङबाट धादिङतर्फ लाग्दछ ।

जिल्लाको शिवपुरी गाँउपालिका, लिखु गाँउपालिका, विदुर नगरपालिका र म्यागङ्ग गाँउपालिका हुदै उक्त सडक धादिङतर्फ लाग्ने मध्येपहाडी सडक आयोजनाका पश्चिम खण्डका निमित्त प्रमुख इ.रमेश दृष्टिले जानकारी दिनुभयो ।
पहिलो खण्डमा पाटीभञ्याङदेखि थानसिंहको छहरेसम्म २७.५ किमि पर्दछ । यस खण्डमा नयाँ ट्रयाक खोल्ने र साविक सडक स्तरउन्नतीको काम सम्पन्न भएपछि हाल सात वटा पक्कि पुलको निर्माण र कालोपत्रे गर्न ठेक्का लगाइएको छ । समग्रमा सडक निर्माणको काम १६ प्रतिशत सम्पन्न भएको छ । सडकमा पर्ने सातवटा पुल मध्ये तीन वटा ठेक्का लगाउन बाँकी छ भने चारवटाको निर्माण भइरहेको छ । त्यसमध्ये तीनवटा अन्तिम चरणमा पुगेको पश्चिम खण्डका निमित्त प्रमुख दृष्टिले जानकारी दिनुभयो ।

दोश्रो खण्डमा जिल्लाको थानसिंहको छहरेदेखि खानीगाँउको ढिकुरेबजारसम्मको १३ किमि सडक विभाग अन्तर्गत रिप (सडक विस्तार आयोजना) मार्फत काम भइरहेको छ । यो सडक साविकको सडक अन्तरगत स्तरउन्नती गर्ने काम सम्पन्न भएकाले हाल कालोपत्रे गर्ने तयारी गरिएको यादवले जानकारी दिए । उनको अनुसार आगामी फागुनदेखि सुरुहुने कालोपत्रेको काम छ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

तेश्रो खण्डमा ढिकुरेबजारदेखि विदुर नगरपालिका–५ गंगटेसम्म ७.३ किमि पर्दछ । यो सडक रमण–दिव्यज्योती जेभी मार्फत ठेक्का लगाएर कालोपत्रे गर्न निर्माणलाई तिव्र बनाइएको छ । हाल १७ स्थानमा एकै साथ आक्रामक शैलीमा निर्माणको काम भइरहेको इञ्जिनियर दयानाथ यादवले बताउनुभयो ।

चौथो खण्डमा विदुर नपा–५ गगटेदेखि विदुर नपा–१३ डेडडीसम्मको सडक विस्तार प्रारम्भिक अध्ययनको क्रममा छ । यो सडकको विस्तार तथा स्तरउन्नती कहाँबाट लैजाने हालसम्म अन्योल छ । यस खण्डको रेखाङ्कन तय भएको छैन भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण हुन बाँकी छ ।

पाचौँ खण्ड अन्तरगत विदुर नपा–१३ डेउडीबाट धादिङको सीमाक्षेत्र भ-याङभुरुङसम्मको सडक १३.५ किमि पर्दछ । यादवको अनुसार यो सडकको स्तरउन्नती तथा ट्रयाक विस्तारको काम सम्पन्न भएपश्चात हाल कालोपत्रेको लागी मित्र–सञ्जिवनी जेभीलाई विस. २०७५ असार ६ गते ठेक्का दिइएको छ । यस सडक खण्डमा तीन वटा पक्कि पुल (कागुने, सामरी र भ-याङभुरुङ खोलामा) पर्दछ । तीनवटै पुलको निर्माणको काम आधा भन्दाबढी सम्पन्न भइसकेको छ ।
नुवाकोटमा मध्येपहाडी सडकको विस्तारले जिल्लाको दुगर्म तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीहरुलाई सुगम र सहरसंग जोड्न महत्पूर्ण योगदान पु-याउने विश्वास लिइएको  जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङको बताउनुभयो ।

उहाँको अनुसार यस सडकले शिवपुरी गाँउपालिकाको पाटीभञ्याङदेखि छहरेसम्म सडक सुविधा बिहिन हुदाँ काठमाडौको चार वटा नगरपालिकासंग जोडिएको स्थानीयतह भएपनि विकट र दुर्गमको पहिचान  अब हटाउन सक्ने आशा जगाएको छ ।

“यो सडक निर्माणले धादिङसंग जोडिएको म्यागङ गाँउपालिका र सिन्धुपाल्चोक र काठमाडौसंग जोडिएको शिवपुरी गाँउपालिकाबासीको जीवनस्तर उकास्न छलाङ ल्याउन सक्छ ।” तामाङले भन्नुभयो “यहाँको कृषि उब्जनी, जडिबुटी, पर्यटक प्रबद्धनले जिल्लाहुदै मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन सकिन्छ ।”

आर्थिक रुपमा समृद्धिको लागी पूर्वाधारका अन्य माध्यमजस्तै सडकको हिस्सा महत्वपूर्ण रहेको तथ्यलाई उजागर गर्ने अवसर पनि बन्ने देखिन्छ । पूर्वी–पहाडदेखि पश्चिम–पहाडसम्म पहाडै–पहाड पहुँच पु¥याउने योजनाको समग्र काम भने अपेक्षा अनुसार प्रगति भने देखिएको छैन ।

नुवाकोट दुर्घटनाका घाईतेलाई निशुल्क उपचार र मृतकका परिवारलाई पाँच लाख क्षतिपूर्ति माग

काठमाडौ । गत मंसिर २८ गते दुप्चेश्वर गाँउपालिका वडा नं. १ घ्याङफेदीको घ्याङडाँडाका भएको मिनीट्रक दुघैटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्ववरु पाँचच लाख रुपैयाँ  क्षतिपूर्ति सहित घाईतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न नुवाकोटका जनप्रतिनिधिहरुले नेपाल सरकार समक्ष माग गरेका छन् ।

संघीय सांसद हितबहादुर तामाङको नेतृत्वमा नुवाकोटबाट निर्वाचित जनप्रतिनिधीहरुको टोलीले बुधबार प्रधानमन्त्री निवास वालुवाटार पुगी प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएको हो । एकै गाउँका प्रायः एकै परिवार र आफन्तहरुको दुर्घटनामा परी मृत्यु भएको र तीनका आश्रित बालबालिका र बृद्धबृद्धाहरुको पालन पोषणमा समेत कठिनाई परेकाले प्रति मृतकका परिवारलाई रु.पाँच लाख क्षतिपूर्तिको व्यवस्था गरिदिन माग पत्रमा उल्लेख गरिएको छ । सांसद तामाङसंगै संघीय सांसद नारायण खतिवडा, प्रदेश ३ का उपसभामुख राधिका तामाङ, प्रदेश सांसदहरु केशव पाण्डे, हिरानाथ खतिवडा र बद्री मैनालीको तर्फबाट उक्त माग पत्र बुझएका हुन ।

उनीहरुले काठमाडौका विभिन्न अस्पतालमा उपचारत १४ जना घाईतेको उपाचार खर्चको व्यवस्था तत्काल गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उपचार खर्चको दायित्व सरकारले व्यहोर्ने गरी सम्बन्धीत अस्पतालमा गृहमन्त्रालयबाट पत्राचार भएको प्रति सरकारलाई धन्यवाद व्यक्त गरेको छ । उक्त घटनामा परी हालसम्म २१ ज्यान गुमाएका छन् ।

यसै सन्दर्भमा बुधबार बाट शुरु भएको संसदको हिउँदे अधिवेशन प्रारम्भमा दलका प्रमुख नेताहरुले विशेष समयमा बोल्दै नुवाकोट दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतहरुको शिघ्र लाभको कामना सहित उपचार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नयाँ शक्ति पार्टीका संयोजक डा। बाबुराम भट्टराईले संसदलाई सम्बोधनका क्रममा उक्त विषयमा ध्यानाकर्षण गराएका हुन ।

दूरसञ्चार प्राधिकरण अध्यक्ष दिगम्बर झाद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । झाले बुधवार आफ्नो पदबाट राजीनामा दिएका हुन् । गत भदौ २४ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ती पाएका अध्यक्ष झाले बुधवार अपराह्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।  झाको नियुक्ति रद्द वा बर्खास्त गर्नुपर्ने माग सत्तारुढ नेकपाभित्र उठेको थियो। जारी स्थायी समिति बैठकमा नेताहरुले यस्तो माग गरेका थिए। नेकपाका युवा केन्द्रीय सदस्यहरुले झालाई बर्खास्त गर्नुपर्ने विषयमा हस्ताक्षर अभियान नै चलाएका थिए।

हस्ताक्षर अभियानकर्तामध्येकी एक नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बुधबार साँझ ट्वीट गर्दै भनेकी छन्, सरकारले एउटा नयाँ आशा देखायो, भ्रष्ट दिगम्बर झाको नियुक्ति खारेज गर्न सरकारलाई निर्देशन पार्टीको स्थायी कमिटीलाइ हामीहरु ४३ केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र बुझाएका थियौँ। उनलाई सरकारले राजिनामा गरायो।’ निर्वाचन आचार संहिता जारी भएपछि भएका सबै राजनीतिक नियुक्ति खारेज गर्न निर्णय गत असारमा वर्तमान सरकारले गरेको थियो।

सोही अनुसार झाको नियुक्तिपनि खारेज भएको थियो। सो निर्णयप्रति असहमति जनाउँदै झाले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। मुद्दाको अन्तिम सुनुवाई हुन नपाउँदै सरकारले उनलाई सोही पदमा पुन नियुक्ति गरेको थियो। नियुक्तिपछि उनले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका थिए।झालाई पुन नियुक्तिको विषयले पार्टीभित्र र बाहिरबाट सरकारको आलोचना भएको थियो।

परराष्ट्रको विज्ञप्तिमा बेइज्जत ! सयौंको मृत्यु भएकोमा इन्डोनेसियाली समकक्षीलाई ‘बधाइ’ !

काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ। इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा विज्ञप्ती निकाल्दा त्रुटी भएको हो ।  परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा 'बधाई' दिएको जनाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार इन्डोनेसियाको बान्टेन र लामपुङ क्षेत्रमा आएको सुनामीको कारण कयौंको ज्यान गएकोमा इन्डोनेसियाको राष्ट्रपतिलाई एक बधाई सन्देश पठाउनु भएको छ,” परराष्ट्र मन्त्रालयले एकसाथ सयौं नेपाली र विदेशी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई इमेल मार्फत पठाइएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पहिलो अनुच्छेदमा इन्डोनेसियाको राष्ट्रपतिलाई इन्डोनेसियाका कयौं नागरिकको मृत्यु भएकोमा बधाई दिइएको भएपनि दोस्रो अनुच्छेदमा भने दुःख व्यक्त गरिएको छ ।

“सन्देशमा राष्ट्रपतिले कयौंको ज्यान गएकोमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्नु भएको छ,” विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जारी उद्धार कार्यमा सफलता मिलोस् भन्ने कामना पनि गरिएको छ ।

जापानले नेपालसहित आठ देशबाट अप्रिलदेखि विदेशी कामदार लिने,यस्तो छ प्रक्रिया

काठमाडौं ।  पूर्वी एसियाली देश जापानले दोस्रो विश्वयुद्धपछि पहिलोपटक विदेशी कामदार लिने भएको छ । जापान सरकारले आप्रवाससम्बन्धी कानुनमा व्यापक नीतिगत सुधार गर्दै नेपाल, चीन, इण्डोनेसिया, मंगोलिया, म्यान्मार, थाइल्याण्ड, फिलिपिन्स र भियतनामबाट विदेशी कामदार लिने भएको जापानी सञ्चारमाध्यम द जापान टाइम्सले जनाएको छ ।

जापानले आगामी अप्रिलदेखि विदेशी कामदार लिन सुरु गर्ने गरी मंगलबार त्यहाँको मन्त्रिपरिषद्ले नीतिगत सुधारको प्रक्रियालाई अन्तिम रुप दिएको छ । यसकै लागि जापानले आगामी आर्थिक वर्षको २२.४ बिलियन जापानी येनबराबरको बजेटमा आप्रवास नियन्त्रण कानुनमा १ सय २६ वटा नीतिगत सुधारलाई समेटेको छ । डिसेम्बरको सुरुतिरै जापानले उक्त सुधारको निर्णय गरेको थियो । जापानले ६ सय मिलियन जापानी येन जापानी भाषा शिक्षण कार्यक्रमलाई छुट्याएको जनाएको छ ।

परिमार्जित इम्मिग्रेसन ल (आपवाससम्बन्धी कानुन)अनुसार जापानले अब ‘ब्लु कलर’ विदेशी कामदारलाई उनीहरुको दक्षता र विज्ञताको आधारमा ‘वर्किङ भिसा’ दिनेछ । पछिल्लो समय जापानमा कामदार अभावको समस्या देखिनथालेपछि यस्तो कदम चालिएको हो । पहिलो पाँच वर्षमा जापानले ३ लाख ४५ हजार विदेशी कामदारलाई विभिन्न १४ औद्योगिक क्षेत्रमा काम गर्न दिनेछ । ती क्षेत्रहरु नर्सिङ केयर, जानिटोरियल वर्क अर्थात् घर, विद्यालय, अस्पतालजस्ता भवन सफा गर्ने, गार्ड बस्ने रहेका छन् भने अन्य क्षेत्रहरु उत्पादनमूलक, होटल, कृषि तथा फिसिङ (माछापालनसम्बन्धी), फुड प्रोसेसिङ तथा अन्य खाद्यसम्बन्धी सेवाहरु रहेका छन् ।

त्यस्तै जापानले मंगलबार नै विदेशी कामदारलाई मुख्य सहरकेन्द्रित गर्ने कानुनमा समेत आवश्यक सुधार गरेको छ । तर जापानकै धेरै राजनीतिज्ञहरुले भने नयाँ व्यवस्थाअनुसार वर्किङ भिसा पाएपछि विदेशी कामदारहरु सहरकेन्द्रित मात्रै हुनसक्ने समेत चिन्ता व्यक्त गरेका छन् । नयाँ व्यवस्थाअनुसार जापानी रोजगारदाताले अब सिधै नयाँ कामदारहरुलाई लिन सक्नेछन् भने भनेअनुसारको काम नभए कामदारले स्वैच्छिक रुपमा कम्पनी परिवर्तन समेत गर्न पाउनेछन् ।

जापानको न्याय मन्त्रालयले साना औद्योगिक क्षेत्रमा काम गर्न चाहने विदेशी विद्यार्थीहरुलाई सहजै काम पाउने व्यवस्था समेत गरेको छ । १ सय २६ नीतिगत सुधारमा खासगरी जापानका सार्वजनिक शिक्षण संस्थामा जापानी भाषा शिक्षणको लागि विद्यार्थी र शिक्षकको अनुपात समेत २०२६ सम्ममा तीव्र वृद्धि गरिने भएको समाचारमा जनाइएको छ । जापानले विश्वमा जापानी भाषा शिक्षालाई मात्र ३.४ बिलियन जापानी येन खर्च गर्ने योजना बनाएको छ । जसअन्तर्गत कम्प्युटर आधारित परीक्षण प्रणालीमा विदेशीहरुलाई आफ्नो कार्यदक्षता जाँच गर्ने अवसर दिइनेछ । जापानले देशभर १०० वटा सहजीकरण केन्द्र स्थापना गरी ११ वटा भाषाहरु जापानी, अंग्रेजी, चिनियाँ, भियतनामी, कोरियन, स्पेनिस, पोर्चुगिज, नेपाली, इन्डोनेसियन, थाई र टाग्लोग भाषाको प्रशिक्षण समेत दिनेछ ।

त्यस्तै जापानले विदेशी कामदारलाई राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा समेत आकर्षित गर्नेछ जसले केही स्वास्थ्य सुृविधा प्रदान गर्नेछ तर त्यसको दुरुपयोग रोक्न पनि आवश्यक कदम चालिने जनाइएको छ । नयाँ भिसा वर्गीकरणअनुसार विदेशी कामदारको हकमा १८ वर्ष वा त्यसदेखि माथि उमेरकाले आवासीय स्टाटसका लागि निवेदन दिन सक्नेछन् । निश्चित ज्ञान र अनुभव भएकाहरुलाई एउटा र उच्च कार्यदक्षता भएकालाई अर्को वर्गमा राखिएको छ । उक्त पहिलो वर्गका विदेशी कामदारले पाँच वर्षसम्म काम गर्न पाउनेछन् भने परिवारका अन्य सदस्यलाई भने जापान लैजान पाउनेछैनन् । तर दोस्रो वर्गका कामदारले भने भिसा नवीकरणको अवसर पाइरहनेछन् भने परिवारका सदस्यलाई समेत जापान लैजान पाउने समाचारमा जनाइएको छ ।

उक्त पहिलो वर्गका कामदारले सामान्य जापानी भाषाको ज्ञान हासिल गरेको तथा भाषा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । जापानले पहिलोपटक विदेशी कामदारको लागि ढोका खोलेको हो । यसअघि जापानले उच्च कार्यदक्षता भएका मानिसलाई मात्र जापानमा काम गर्न अनुमति दिँदै आएको थियो ।

एसपी बसन्त कुवरको १३ महिने नुवाकोट बसाई : प्रहरी कस्तो हुनुपर्छ भनेर सिक्ने र सिकाउने राम्रो अवशर

नुवाकोट । प्रदेस र प्रतिनिधिसभाको निर्वाचन आउन एक साता पनि बाँकी थिएन । २०७४ मंसिर ११ गते पहिलो चरणको निर्वाचन अन्नतरगत नुवाकोटमा हुन लागिरहेको निर्वाचनको चुनौती निकै ठूलो थियो । २०७४ मंसिर मंसिर १ गते ककनीमा प्रतिनिधिसभाका उम्मेदवार पूर्वमन्त्री डा.रामशरण महत र प्रदेससभाका उम्मेदवार तथा डा.महतका पूर्व स्वकीय सचिव समेत रहेका रमेशकुमार महतलाई लक्षित गरी शक्तिशाली बम विस्फोट भयो ।

उक्त घटनामा उम्मेदवारद्धय सुरक्षित भएपनि उनीहरुसगै रहेका कार्यकर्ता चढेको गाडीलाई बमले क्षतिग्रस्त बनाइदियो । सो घटनामा पाच जना घाइते भए । त्यही घटनापछि नुवाकोटका तत्कालीन प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले नुवाकोटमा सुरक्षा चुनौती बढेको भन्दै निर्वाचन गराउन नसक्ने सार्वजनिक कार्यक्रममा नै बताउन थाले ।

चुनावको मुखैमा आएर एकपछि अर्को बम विस्फोटका घटना हुनु, प्रमुख जिल्ला अधिकारीले आवश्यक पूर्वतयारीलाई ध्यान दिनतर्फ नलागी सुरक्षा चुनौती देखाएर निर्वाचन रोक्नको लागी पहल गरिरहेको समयमा तत्कालीन सरकारले चुनाव गराउनको लागी नुवाकोटमा प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव र प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बसन्तबहादुर कुंवरलाई २०७५ मंसिर ५ गते नुवाकोटमा काज सरुवा गर्यो । सोही घटनालाई लिएर तत्कालीन समयमा काँग्रेस सरकारले गरेको काज सरुवा उनीहरुको पार्टीलाई सहयोग पुर्याउने कर्मचारी ल्याएको भनेर तत्कालीन एमाले र माओवादी केन्द्रले असहमति समेत जनाएका थिए । तर, नुवाकोटको ६ महिने बसाइमा न त प्रमुख जिल्ला अधिकारी यादवले कुनै पार्टी विशेषको लागी काम गरे न त १३ महिनाको बसाईमा प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले कुनै कमजोरी भूमिका देखाए ।

१३ महिनाको नुवाकोट बसाईमा प्रहरीको भूमिका कतिसम्म प्रभावकारी, निष्पक्ष, जनताको लागी सेवामा केन्द्रित र संगठन सुधारको लागी नेतृत्वको असल हुनुपर्छ भनेर राम्रोसंग चिनाउने अवशर समेत पाए । नुवाकोट आगमनको समयमा विभिन्न दृष्टिकोणलाई लिएर बिरोध गर्नेहरुले कुंवरको बसाईको समीक्षासगै नुवाकोटबाट बिदाईमा निकै राम्रो प्रशंसा गरे र भनेका छन, असल नेतृत्वको गुण र प्रहरी जस्तो गुण बसन्त कुवरसंग छ । नुवाकोटमा मात्र नभई प्रहरी संगठनमा नै उनीजस्तै कार्य गर्ने व्यक्तिको नेतृत्वको खाचो छ ।

प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले नुवाकोट बसाईको १३ महिना २०७४ साल मंसिर ५ गतेदेखि २०७५ साल पुस १ गतेसम्म गरेका मुख्य मुख्य कार्यहरु :
•नेपाल प्रहरी संगठनले अख्तियार गरेको सेवा बिशिष्टिोकरण नितिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको ।
•प्रहरी कर्मचारीहरुको तालिम तथा व्यावशायिक दक्षताको आधारमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई जिम्मेवारी दिई खटनपटनमा प्राथमिकता दिएको ।
•CAP ( Crime Action Plan) को अवधारणालाई प्रभाबकारी रुपमा कार्यान्वयन गरी अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारीता ल्याएको ।

प्रशासनिक कार्यतर्फ :
•यस जिल्लाको न.पा.तथा गा.पा.को केन्द्र रहेको स्थान बेलकोटगढी न.पा.को बाघखोर, तारकेश्वर गा.पा.को दानसिंह, शिवपुरी गा.पा.को शेराबगर र गुर्जु भन्ज्याड.गमा अस्थाई प्रहरी पोष्ट स्थापना गरी सुरक्षा ब्यबस्था र संरचनालाई मजबुत र बिकेन्द्रित गरिएको ।
•यस जिल्लाको पञ्चकन्या गा.पा.मा (क) स्तरको ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको ।
•आचरण बिपरित कार्य गर्ने प्र.नि.लगायत २५ जना प्र.क.हरुलाई कारवाही गरिएको ।
•जि.प्र.का.नुवाकोट तथा मातहत समेतमा राम्रो कार्य गर्ने प्र.ना.उ.लगायत २४ जना प्र.क.हरुलाई पुरस्कृत गरिएको ।
•प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने तर्फ बिशेष ध्यान दिई प्रहरी कर्मचारीहरुको शारिरीक तथा मानसिक सबलता र चुस्तता कायम गरी कार्यसम्पादन र व्यावशायिकतामा प्रभावकारीता ल्याएको ।

प्रहरी कार्यतर्फ :
•प्रहरी आचरण, अनुशासन र कार्य सम्पादनको स्तर र कानुन कार्यान्वयनमा सुन्य सहनसिलता अपनाई शान्ती सुरक्षा र सुसासन कायम गर्न उल्लेख्य भूमिका खेलेको ।
•प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन २०७४ लाई भयरहित, निष्पक्ष, शान्तीपुर्ण र बिश्वसनिय बातावरणमा सम्पन्न गरेको ।
•अवैध मदीरा उत्पादन तथा विक्री वितरणलाई दुरुत्साहन गरी नुवाकोटमा ८,५१२ लिटर तयारी मदिर तथा सोको कच्चा पदार्थ ११०० लिटर  वरामद गरी नष्ट गरेको ।
•अवैध नदिजन्य पदार्थ उत्खनन् गर्ने १८ सवारी साधनलाई कार्वाही गरी ४,७०,००० राजश्व संकलन गरिएको, नदिजन्य तथा खानीजन्य प्राकृतिक स्रोत साधनको अवैध दोहनलाई नियन्त्रण गरिएको ।
•नुवाकोट जिल्लामा आफै उम्रिएका अवैध गाजा अदाजी १४,०२० बोट फडानी गरि नष्ट गरिएको ।
•नुवाकोटको बिदुर नगरपालिकाको ब्यस्त बजार क्षेत्रलाई प्रभाबकारी व्यबस्थापन गरी बट्टार बसपार्कलाई संचालनमा ल्याएको ।
•ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त चेकिङबाट २५०१३ वटा सवारी साधनलाई कारवाही गरी १,७८,९०,०००।-  राजश्व संकलन भएको ।
•RSCC (Road Security Checkpoint Concept) लाई बिशिष्टिकृत रुपमा नुवाकोट  जिल्लाभरी संचालन गरी ट्राफिक नियम उलंगनका घटनाहरुमा सुन्य सहनशिनता अपनाई ट्राफिक व्यबस्थापन गरी सोवाट श्रृजना हुने अन्य अपराधमा न्यूनिकरण गरेको ।

अपराध अनुसंन्धानतर्फ :
•नुवाकोटमा १५२ जना फरार अभियुक्तहरुलाई पक्राउ गरि अदालत पठाएको कैद ७१ बर्ष ९ महिना कैद र १९,५२,४८१।- जरिवाना असुल गरेको ।
• जुवातास खेल्ने ५० जनालाई  पक्राउ गरी कानुनी कारवाही गर्दा रु.९,८६,३३०/-रकम राजश्व दाखीला गरिएको ।
•संगठीत अपराध, गुण्डागर्दी , घाक धम्की , मानव ओसारपसार तथा विरुद्धका कारवाही लगायत अन्य जघन्य अपराधहरुको नियन्त्रणका लागि आवश्यकता बमोजिमको रणनिती निर्माण गरी व्यापक प्रहरी परिचालन गरि त्यस्ता प्रवृतिहरुको  निरुत्साहीत गरी कानुनको सर्वोच्चता र दण्डहिनताको अन्त्यका लागि नागरिकले महशुस हुने गरी प्रभावकारी कार्य गरेको ।
•खवर संकलन तथा जिम्मेवारी क्षेत्रको वस्तुस्थितीका वारेमा अध्यावधिक हुनका लागि जिल्लाका साविक नगरपालिका र गा.पा.को प्रत्येक वडास्तरका २।२ जना अगुवा तथा सहयोगी नागरिकहरुको नामावली र सम्पर्क नम्वर संकलन गरी नियमित सम्पर्कका लागि खास प्रहरी कर्मचारीलाई जवाफदेही बनाई अपराध तथा शान्ती सुरक्षा सम्वन्धी खवर संकलन तथा प्राप्तीको संजाललाई प्रभाबकारी वनाएको ।
•सेवा प्रवाहमा सेवाग्राहीहरुलाई सहज पहुँचको व्यवस्था मिलाई न्याय सम्पादनमा कुनै किसिमको दवाव प्रभावमा नपरी दलाल तथा विचौलियाहरुलाई कार्यालय प्रवेशमा पूर्णतया निषेध गरिएको ।

कार्यालय ब्यवस्थापन तथा अन्य सिर्जनशील कार्यहरु :
•जिल्ला प्रहरी कार्यालयहरुको सवै कार्यकक्ष तथा शाखाहरु, हिरासत कक्ष र परिसरमा समेतमा प्रहरी र जनताको सहभागितामा  कुल रु. १,५०,०००/- लागतमा  १६ थान CCTV क्यामेरा जडान गरी कार्यालय प्रमुख Control Room बाट Monitoring को व्यवस्था गरिएको ।
•आम जनतालाई सहज र नागरिक मैत्री सेवा दिने उद्देश्यले  जि.प्र.का. परिसरमा नागरिक सहायता कक्ष, होजियारी र सैलुन कक्ष ,पुस्तकालय, मो.सा. पार्किङ स्थल, कार्यालय मुख्य प्रबेशद्वार, कार्यालय परिसरको करिव ३०० मी. सडकको कालोपत्रे निर्माण कार्य, शुद्द पिउने पानी संरचना निर्माण गरेको ।
•बिभिन्न बित्तीय संघ संस्था, उद्योग बाणिज्यसंघसंग समन्वय गरी नुवाकोट जिल्लाको नगरमा रहेको सिसि टिभीको पुन:संचालन गराएको ।
•हिरासत व्यवस्थापन कक्षको सुधारको लागि स्रोत साधनलाई उचित प्रयोग गरी व्यवस्थीत गरिएको तथा हिरासत कक्ष तथा गार्ड रुमलाई CC TV Camara बाट निग्रानी गर्ने व्यबस्था र मनोरन्जनका लागी टि.भि.को ब्यबस्था गरिएको ।
•कार्यालयमा विद्युतिय हाजिरी प्रणाली (e-Attendance) जडान गरिएको ।
•कार्यालय परिसरको प्रवेशद्धारमा विद्युतिय नागरिक बडापत्र तथा सुचना पाटी ( DigitalCitizen Charter &E-Notice Board) को व्यवस्था गरिएको ।
•"प्रहरी मेरो साथी" अवधारणा अन्तर्गत नागरिक सुनुवाई, स्कुल सम्पर्क, प्रहरी नागरिक हातेमालो, लागु औषध सम्वन्धि चेतनामूलक कार्यक्रम,घरदैलो तथा अन्तक्रिया, सामुदायिक प्रहरी सेवा, समुदाय– प्रहरी साझेदारी' लगायतका कार्यक्रम गरी प्रहरी नागरिक बिचको सम्बन्ध सुधार ल्याई प्रहरी प्रतिको जनविश्वासमा अभिवृद्धि गरेको ।
•कार्यालय ब्यबस्थापन तथा कार्यालय परिशरलाई सेवाग्राही , नागरिक मैत्री र बातावरण मैत्री बनाउन प्रभावकारी भूमिका खेलेको ।

प्रहरी कस्तो हुन्छ र हुनुपर्छ भनेर एसपी कुंवरले नुवाकोटका जनताको लागी राम्रो छाप छोडेर काजमा गत साता महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगे । उनको नुवाकोट बसाईको क्रमममा मुलुकभर प्रहरी विरुद्धका अभियान चलिरहेका थिए । जुम्लामा डा.गोविन्द केसीको धर्नामा प्रहरीले अन्धाधुन्द गरेको लाठीचार्ज र बुट प्रहार, ३३ किलो अबैध सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा प्रहरीका उच्चपदस्थ कर्मचारीको संलग्नता, कञ्चजनपुरकी बालिका निर्मला पन्तको बलत्कार पछि हत्या घटनामा संलग्न देखि अपराध जोगाउन प्रहरीको गलत भूमिका, सामाजिक सञ्जालमा भाइरल भएको एक जना अर्धपागल पुरुषलाई प्रहरीले निर्मम लाठी प्रहार गरेको घटनाले प्रहरी बिरुद्ध बिरोध चर्किरहदा पनि नुवाकोट प्रहरीको कमकारबहीको निष्पक्ष भूमिकाले नुवाकोटका जनताले अन्यत्र घटनालाई लिएर यहाँको सार्वजनिक स्थलदेखि आफ सामाजिक सञ्जालमा प्रहरी विरुद्ध कुनै प्रतिक्रिया जनाएनन् ।

नुवाकोटमा प्रहरीको लागी मुख्य चुनौती भनेको यहाँका नागरिकमा रहेको उच्च राजनीतिक चेतनाको स्तर, केन्द्रमा बलियो पहुँच जमाउन सफल भएका नेताहरुसंगको सिधा सम्पर्क, अबैध रुपमा फस्टाउदै गएको नदीजन्य सहित अबैध खानी उत्खनन् रहेको थियो । ती सबैमा नुवाकोट प्रहरीको नेतृत्वमा रहदाँ बसन्तबहादुर कुवरको भूमिका निश्पक्ष रह्यो । उनको कार्यकालमा जिल्लामा अबैध खानी र नदी खोलाको तस्करीहरु निमिट्यान्न भए । जनताले तस्करीबाट बस्न नसकिएको भनेर गुनासो यो पछिल्लो वर्ष कहीकतैबाट गर्नु परेन । जिल्लामा कुनै घटना हुदाँ राजनीतिक लगायतका शक्ति समूहको चलखेल भयो भनेर सुन्नु परेन ।

प्रहरीको आन्तरिक सुदृढिकरण पनि निकै परिवर्तन जनताले देखे । भूकम्प पछि टागिएका त्रिपालमा पस्न आएका कुंवरले जिल्ला प्रहरी कार्यालयलाई रिसोर्ट सरह फुल बगैचा, सफा र सुग्घर परिसर, सेवाग्राहीलाई सफा पिउने पानी उपलब्ध गराएर तिर्खाको प्यास मात्र मेटाएका छैनन्, नुवाकोटमा बसन्त कुंवर जस्तै प्रहरी नेतृत्वको प्यास पनि लोभ्याएका छन् ।

रसुवामा फेरी समातिए अबैध सुन सहित धादिङका तामाङ

रसुवा । चीनको केरुङबाट अबैध रूपमा सुन ल्याएको भन्दै रसुवा प्रहरीले धादिङ तिप्लिङका जलबहादुर तामाङलाई सोमबार पक्राउ गरेको छ ।

तिप्लिङ घर भएर पछिल्लो समय रसुवाको स्याफ्रुबेसीमा बस्दै आएका ३९ वर्षका तामाङलाई ३ सय ७८ ग्राम अबैध सुन सहित नियन्त्रणमा लिएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
प्रहरी प्रमुख तामाङको अनुसार बा ८२ प ५११४ नं. को मोटरसाइकलमा सवार रहेका तामाङले कागजमा बेरेको सुन पैतालामा राखेर त्यसमाथी जुत्ता लगाएको अबस्थामा पक्राउ गर्न सफल भएको हो ।

उनलाई प्रहरीले कटुञ्जेबाट नियन्त्रणमा लिएको हो । थप कारबाहीको लागी रावश्व अनुसन्धान विभागमा बुझाउने प्रहरीले जनाएको छ

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web