काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । झाले बुधवार आफ्नो पदबाट राजीनामा दिएका हुन् । गत भदौ २४ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ती पाएका अध्यक्ष झाले बुधवार अपराह्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । झाको नियुक्ति रद्द वा बर्खास्त गर्नुपर्ने माग सत्तारुढ नेकपाभित्र उठेको थियो। जारी स्थायी समिति बैठकमा नेताहरुले यस्तो माग गरेका थिए। नेकपाका युवा केन्द्रीय सदस्यहरुले झालाई बर्खास्त गर्नुपर्ने विषयमा हस्ताक्षर अभियान नै चलाएका थिए।

हस्ताक्षर अभियानकर्तामध्येकी एक नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बुधबार साँझ ट्वीट गर्दै भनेकी छन्, सरकारले एउटा नयाँ आशा देखायो, भ्रष्ट दिगम्बर झाको नियुक्ति खारेज गर्न सरकारलाई निर्देशन पार्टीको स्थायी कमिटीलाइ हामीहरु ४३ केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र बुझाएका थियौँ। उनलाई सरकारले राजिनामा गरायो।’ निर्वाचन आचार संहिता जारी भएपछि भएका सबै राजनीतिक नियुक्ति खारेज गर्न निर्णय गत असारमा वर्तमान सरकारले गरेको थियो।

सोही अनुसार झाको नियुक्तिपनि खारेज भएको थियो। सो निर्णयप्रति असहमति जनाउँदै झाले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। मुद्दाको अन्तिम सुनुवाई हुन नपाउँदै सरकारले उनलाई सोही पदमा पुन नियुक्ति गरेको थियो। नियुक्तिपछि उनले अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका थिए।झालाई पुन नियुक्तिको विषयले पार्टीभित्र र बाहिरबाट सरकारको आलोचना भएको थियो।

15.91¡ÆC