नेपाली कांग्रेसको प्रमुख भातृसंस्था नेपाल विद्यार्थी संघको १३ औँ अधिवेशनमा ३१ वर्षे उमेर हदबन्दी लागेसँगै नुवाकोटमा पनि अधिवेशनको सरगर्मी बडेको छ । नेबिसंघको वर्तमान समितिको दुई वर्षे कार्यकाल समाप्त भएपछि जिल्ला क्षेत्र र क्याम्पसमा नेबिसंघमा रहेका विद्यार्थी नेताहरु नै अध्यक्षका प्रमुख पदका दाबेदार छन ।
नेपाली कांग्रेसको नर्सरीको रुपमा लिइने नेविसंघलाई कांग्रेसभित्र प्रमुख शक्तिको रुपमा लिइन्छ । परिणाम स्वरुप नेविसंघलाई कांग्रेस वृतमा कसले आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा यतिवेला लागेका छन । नुवाकोट जिल्लामा अधिबेशनको सरगर्मी बढेसगै नेताहरुले आफ्नो उमेद्वारहरुलाइ क्रियाशिल हुन आग्रह गरीरहेका छन । नुवाकोट नेपाली काँग्रेस भित्र बर्चश्व राख्ने ठुला हाइट भएका नेताहरुको जिल्ला पनि हो । अर्जुन नरसिंह केसी,डा.रामशरण महत,डा.प्रकाश शरण महत,बहादुर सिंह लामा सहित ४ जना केन्द्रिय सदस्य रहेको जिल्ला पनि हो ।
यसकारण पनि याँहा नेसिबंघको अधिवेशन फरक र रोमान्चक पनि मानिन्छ । यस पटक नुवाकोट काँग्रेसको इतिहासमै नेविसंघको फरक किसिमको निर्बाचन हुनेछ । नेपाली काँग्रेसका २ ठुला नेताद्धय अर्जुन नरसिंह केसी र डा. रामशरण महत एक भएर नेविसंघको महाँधिवेशनमा आफ्नो उमेद्वार बनाउने भएका छन । नुवाकोटमा अधिबेशनको सरगर्मी बढेसगै १० जनाले आफ्नो आकाक्षाँ प्रस्तुत गरीरहेका छन ।
बिद्यार्थी नेताहरु,नित्यराज ढुङगाना,कृष्ण मिश्र,बिजय गुरुङ,नमराज सुबेदी,स्वएच्छा उप्रेती,पवन थापा,माधव शर्मा,शुर्वण श्रेष्ठ लगायतले जिल्ला अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरीरहेका छन । माथीका उमेद्वार मध्यका कृष्ण मिश्र,नमराज सुबेदी,स्वऐक्षा उप्रेती,पवन थापा, शुर्वण श्रेष्ठ नेताद्धय अर्जुन नरसिंह केसी र डा रामशरण महत निकटका हुन भने नित्यराज ढुङगाना, बिजय गुरुङ र माधव शर्मा नेताद्धय डा प्रकाशशरण महत र बहादुर सिंह लामा निटकका हुन ।
धेरै आकाक्षी भएपनि अन्तिमसम्म २ टिमबाट एक–एक जना मात्र अध्यक्षमा प्रतिसपर्दा हुने देखिएको छ । अर्जुन नरसिंह केसी डा रामशरण महत पार्टी सभापति जगदिश्वर नरसिंह केसी र रमेश कुमार महतबाट साझा एक उमेद्वार बनाउने तयारी भैरहेको छ । नेपाली काँग्रेसले जिल्लामा ब्यर्होनु रहेको ठुलो हार सगै पार्टीलाई चलायमान बनाउन पनि नेताहरु एकैठाउमा उभिएका छन ।
अर्जुन नरसिंह केसी डा रामशरण महतले लोकप्रिय उमेद्वारलाई अगाडी बढाउने तयारीमा रहेका छन । बिद्यार्थी नेताहरु कृष्ण मिश्र,नमराज सुबेदी,स्वऐच्छा उप्रेती,पवन थापा, शुर्वण श्रेष्ठ गरी ५ जनामा सबैभन्दा लोकप्रिय उमेद्वारको रुपमा नमराज सुबेदीलाई लिइएको छ । भाबि पुस्ताको साथ संगठन प्रति बफादार,इमान्दारिता र नैतिकता सांङगठनिक सुधारको पक्षमा तथा बिद्यार्थी हकहितको पक्षमा दत्तचित्त भएर लागेका सुबेदी प्रबल दाबेदारको रुपमा छन ।
अग्रजको सम्मान र नयाँलाई प्रोहोत्सान गदै आएका सुबेदी साझा उमेद्वारको रुपमा रहनसक्ने बिश्वास लिइएको छ । जिल्लामा नै बसेर राजनिति गरीरहेका सुबेदी नेबिसंघको अध्यक्ष बन्ने संकेत देखिएको छ । जिल्लामा रहेका ठुला–ठुला क्याम्पसमा समेत उनको प्रभाब छुट्टै देखिएको छ । अन्य बिद्यार्थी नेताहरु काँठमाण्डौ केन्द्रित रहने र जिल्लामा खासै कार्यक्रममा मात्र देखिने भएकोले पनि सुबेदीलाई साझा उमेद्वार बनाउने देखिएको छ ।सुबेदीले बाम सरकारले बढाएको एकिकृत सम्पती करको आन्दोलनमा समेत नेबिंसंघको तर्फबाट अग्रणी भुमिका खेलेका थिए । उनि आन्दोलनबाट प्रहरी हिरासतमा समेत गरेका हुन ।
सुवेदी नेविसंघ राजनीति मात्र नभई नुवाकोटमा पछिल्लो ६ वर्षदेखि क्रियाशिल पत्रकारको रुपमा समेत महत्वपूर्ण जिम्मेवारी बहन गर्दै आउनुभएको छ ।
उहाँ हाल पत्रकार महासंघ नुवाकोटमा सहसचिवको जिम्मेवारीमा रहनुभएको छ । स्थानीयस्तरमा रहेका टेलिभिजनमा लामो समय सेवा पुर्याउनुभएका उहाँले उत्पादन गरेका अन्य पत्रकार हाल टेलिभिजन सञ्चालनमा रहेकाले उहाँको नेतृत्व र प्रेरणालाई नेविसंघको लागी पनि महत्वपूर्ण व्यक्तिको रुपमा समेत लिइएको छ ।
काँग्रेस प्रतिपक्षमा रहेका बेला उनको नेतृत्वमा जिल्लामा धेरैे रचनात्मक कार्यक्रम हुने बिश्वास लिइएको छ । नुवाकोटमा आफ्नो पक्षले नेबिसंघ बिजय गर्न नसकेमा केन्द्रमा समेत अर्जुन नरसिंह केसी र रामशरण महत कमजोर हुने र आगामी पार्टीको अधिबेशनमा नुवाकोटमा नै ग्रार्हो पर्ने भएकाले पनि जिल्लामा बसेर संगठन गरिरहेका सुबेदीलाई मैदानमा लेजाने तयारी गरिरहेका छन ।
नेविसंघ नुवाकोटको अन्य आकाक्षीँहरुलाई पनि बिभिन्न स्तरमा सुरक्षित गर्दै नेबिसंघको नेतृत्व आफ्नो पोल्टामा पार्न नेताहरु लागिरहेका छन । सुबेदी साविकको निर्वाचन क्षेत्र नं. १, २ र ३ मा नै बलियो देखिन्छन ।
दुईपिपलमा जन्मेर विदुर, त्रिशूली र बट्टारका विद्यालय र क्याम्पसबाट अध्ययन गर्नुभएका उहाँसंग धेरै स्थानका विद्यार्थीबीच राम्रो सम्बन्ध रहेको छ ।
विद्यालय राहत सामाग्री र स्टेशनरी सामाग्री वितरण, खानेपानी योजना निर्माणमा जिल्लाको धैरै बिद्यालयमा उहाँको नेतृत्वमा काम भएको छ । उहाँले विद्यार्थीको मुद्धासंग जोडिएका विद्यार्थीलाई सवारीसाधनमा ४५ प्रतिशत छुट सहुलियत कार्यान्वयन, बजारमा भएको कालोबजारी, इन्धनको मूल्य बृद्धिमा विपक्षी सरकार मात्र नभई आफ्नै पार्टीको सरकार रहदाँ पनि सशक्त विरोध प्रदर्शन, महिलाहिंसाका घटनामा विरोध प्रदर्शन, अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्र कार्यान्वयनको पक्षमा उहाँको संघर्ष उच्च रहदै आएको छ ।
बिद्यार्थीमाझ पपुलर रहेका कारण पनि सुबेदी बलियो उमेद्वार रहेको नेविसंघका विद्यार्थी बताउँछन् ।
बिद्यालय राहत सामाग्री,स्टेशनरी सामाग्री र खानेपानिका क्षेत्रमा जिल्लाको धैरै बिद्यालय पुगेका छन । बिद्यार्थीमाझ पपुलर रहेका कारण पनि सुबेदी बलियो उमेद्वार रहेको नेविसंघका विद्यार्थी बताउँछन् ।
आगामी अधिवेशनले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने भएकोले पनि आसन्न अधिवेशनलाई चासो पुर्वक हेरिएको छ ।
नुवाकोट । दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङडाँडामा गत मंसिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका २२ जना व्यक्तिको परिवारलाई राहत स्वरुप नेपाली कांग्रेस नुवाकोटले संकलन गरेको राहत रकम वितरणको लागी आइतबार जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले प्रतिनिधि खटाउनुभएको छ । काँग्रेस पार्टी कार्यालय विदुरमा पत्रकार सम्मेलन गरी काग्रेस कार्यसमितिका सदस्य शसीसागर पण्डितलाई संकलन भएको रकमको चेक प्रदान गर्दै उक्त रकम मृतक व्यक्तिका परिवारलाई हस्तान्तरण गर्न जिम्मेवारी दिनुभएको हो ।
मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमा समेत नहुने भएकाले सहयोग स्वरुप राहत रकम उपलब्ध गराएको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति केसीले बताउनुभयो ।
मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई दुप्चेश्वर गाँउपालिकको तर्फबाट २५ हजारको दरले राहत रकम गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले प्रदान गर्दै उनीहरुको लागी थप सहयोगको समेतको अपिल गरेपछि समाजसेवीहरुबाट संकलन भएको रकमा काँग्रेस जिल्ला सभापतिले वितरणको लागी प्रतिनिधि खटाउनुभएको हो ।
दुप्चेश्वर गाँउपालिकको अपिल अनुसार नुवाकोटको ककनी गाँउपालिका–७ चतुरालेका समाजसेवी दिवाकर थपलियाले उपलब्ध गराएको रकम ५० हजार र काठमाडौको जरङ्खु स्थित टंकेश्वर हार्डवेयरको तर्फबाट व्यवासायी हेम गौतमले उपलब्ध गराएको ६० हजार रुपैयाँ गरी एक लाख १० हजार रुपैयाँ मृत्तक व्यक्तिको परिवारलाई घरमा नै गएर उपलब्ध गराउन काँग्रेस सभापति केसीले प्रतिनिधि शशीसागर पण्डितलाई आइतबार चेक प्रदान गर्नुभएको हो ।
चतुरालेका थपिलयाले दिनुभएको रकमको चेक सभापति केसीले पण्डितलाई हस्तान्तरण आइतबार नै गर्नुभएको हो । खरङ्खुका गौतमले दिएको रकम प्राप्त हुन बाँकी रहेको छ । गैतमले सोमबार रकम उपलब्ध गराउने भएकाले त्यसलगत्तै पीडित परिवारलाई भेटेर रकम उपलब्ध गराउने पण्डितले बताउनुभएको छ । पण्डित काँग्रेसको पूर्वक्षेत्रीय कोषाध्यक्ष हुनुहुन्छ भने उहाँले दुप्चेश्वर गाँउपालिकाको विकासको लागी लामो समयदेखि क्रियाशिल युवाको रुपमा समेत पहिचान बनाृउनुभएको छ । रकम वितरणको लागी पार्टी सभापतिले जिल्ला कार्यसमितिका सदस्य नरेश तामाङलाई समेत तोक्नुभएको छ । उहाँ पीडित परिवारका सदस्य समेत हुनुहुन्छ ।
गत मंसिर २८ मा भएको मिनीट्रक दुर्घटनामा परी घटनस्थलमा १८ जना र उपचारको लागी लैजादै गर्दा र उपचारको क्रममा गरी थप चार जना गरी २२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनाको काठमाडौ स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
काँग्रेस नुवाकोटले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सभापति केसीले घाइतेहरुको उपचारको व्यवस्था निःशुक मिलाउन सरकालाई निरन्तर दबाब दिइरहेकाले त्यो कार्यान्वयन हुने विश्वास लिएको बताउनुभएको छ । उहाँले मृत्तक व्यक्तिको परिवार र दुर्घटनामा घाइते भएर उपचार गराउदै आएकाहरुको आर्थिक अबस्था निकै कमजोर र विपन्न परिवारको भएकाले सहयोगको अपिल समेत गर्नुभएको छ । पार्टीका नेता, कार्यकर्ता तथा समर्थक, व्यवसायी, समाजसेवी लगायतसंग सहयोगको अपिल गर्दै पार्टीलाई तथा दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङलाई सम्पर्क गरी सहयोग पुर्याउनको लागी आग्रह गर्नुभएको छ ।
0 दिपज्योति रैला,
अरुको बिसयमा धेरै चाख राख्ने वार्तालाप गर्ने काम सानो पद ठूलो हुनेका चम्चागिरी गर्ने र आसपासे ब्याक्तित्व देखाउनेहरु एक्छिन चुपचाप आफ्नो ठाउँमा बस्नु होला,म सिदा कुरा देशको विषयमा चिन्ता मान्ने र देशलाई समृद्ध बनाउन पर्छ भन्नेहरूसंग गर्दै छु टाउकोमा कपाल भए कपाल हल्लाउन मिल्छ नत्र टाउको हल्लाएरै चित्त बुझाउन पर्छ।
दुई तिहाईको सरकार छ बिकास र समृद्धि पनि सम्भावछ त्यो पनि हाम्रै पालामा किस्ता किस्तामा गरेपनि हुन्छ।भ्रष्टाचारले केहीहदसम्म माथी उठ्न पाएको छैन अरुले र विपक्षीले नमाने पनि सत्य यै हो माथिल्लो तहलाई र स्वयं प्र.म लाई हेर्दा पनि तर अजै सिन्डिकेटहरु बाकी छ्न,युनिटिहरु बाकी छ्न,दादागिरी,सोर्सफोर्स र नातावादले त झन्झन् गहिरो जरा गाड्दै छ हो यी तत्वहरुनै हुन मुख्यत देशलाई काचुली फेर्न नदिने यिनिहरुको अत्यन्त हुन आवश्यक छ जुन तपाईं हामीले संम्भव बनाउनु छ र बनाउनै पर्छ।
लेट्स से एक्कैछिन दुई तिहाइको सरकारको सरकारी अजै भन्ने हो भने कमन्युस्ट हु भन्ने पनि बिर्सेर एक बुद्धिजीवी युवक बनु है त अनि मेरो आँखाले मोटामोटी केके देख्दोरहेछ।
यतिबेला मेरो आँखाहरु सबैभन्दा पैला अव्यवस्थित हस्पिटलहरुमा लाइनमा बसेका बुडाबुडी,बेड नपाएर उभिएको सुत्केरी हुने महिला,बिरामी हुँदा हस्पिटल सम्म जाने बाटो अनि गाउँ गाउँमा नपुग्यका एम्बुलेन्सहरु,बिकट जिल्लामा नपुगेको पेट्रोल,मट्टीतेल, बिजुलीहरु देखिरहेको छु सरकार के यहि हो देश बिकाश?अनि कहिले यो प्रश्नहरू मलाई प्रती पर्श्नको रुपमा स्वीकारन बाध्य बनाउने? यो सबै समस्याको समाधान कहिले खोज्ने सरकार?
सच्चा मनहुनेहरु र देश प्रेमिहरु उत्तर दिन र लिन लाग्नु ठुला बडाको आसपास बस्ने चम्चेहरु अजै एक्छिन मुख नखोल्नु है म अजै केहिकुरा देश प्रेमिहरुसंग सिदा गरिरएको छु।रेल-मार्ग, फास्टट्याग सडकको अबश्यक मुलुकमा हुनुपर्छ त्योभन्दा पैला माथिल्लो हरफमा भनेको कुरा हुनुपर्छ गाउँ गाउँमा पक्की बाटो, साधारण बेड्सहितको हस्पिटल,भुकम्प प्रतिरोधात्मक संरचना भएका बिधालयहरु,उचित शिक्षा ,खानेपानी,सिचाइ र कृषिमा आधुनिकरण हुनुपर्छ नेपालको भु बनोट अनुसार जसबाट आयात र निर्यात आवश्यक रुपमा होस् तब हुन्छ देश बिकास।
सिधै कुरा ठुलै मान्छेलाई गर्ने हो भने प्रम ओलि ज्यु कहिले हुन्छ यस्त्तै खालको फुच्चे नेपाल?जन्ता हास्न मात्रै चाहादैन्न आफुले तिरेको करबाट देश समृद्ध बनएर हसाउन पनि चाहान्छ्न,श्रमजीवी र श्रममिकको सम्मान कहाँनेर छ मन्त्री ज्यु? बताइदिनोस रेमिटान्स गर्नेको हालखबर के छ र कस्तो छ म अध्यान गर्न आतुर छु। म यो मान्छु तपाईंको मन्त्रालयहरुमा घुसखान बन्द भएको छ। बुद्धिजिवि महानुभावहरु आउनुहोस् तपाईहरु, म र मन्त्रीहरूलाई म अर्को हरफमा केही कार्यलयमा लैजान्छु।
हेर्नुस् यो यातायातको कार्यलयलाई तपाईंहरुले देख्नु भोनी त्यो लाईनमा मिलेर बसेको कमिलाको ताती हैन मान्छेको लाइन हो यिनारु लाइसेन्स लिन त कोही फार्म भर्न त केही उत्ता पट्टिको चाहिँ लाइसेन्सको ट्राइल दिन लाई हो क्या!
यो चाहिँ हुलाकको कार्यलय बन्द भैसकेको छ कर्मचारी र देशको कोषबाट तलब भत्ता चाहिँ दोहन भैरहेको छ यस्ता धेरै छ्न यो उदाहरणलाई मात्रै भनेको। उत्तापट्टी फर्कनु त त्यो खानेपानीको कार्यलय कर्मचारी काममा समयमा आउदैन तर तलब भत्ता चाहिँ समयमै आउँछ क्या! यो पनि उदाहरण यस्ता कयौं छ्न।
यो चाहिँ मालपोतको कार्यलय त्यो लाइन सेवाग्राहीको हो। त्यो लाइनको बिचमा आउने चाहिँ दलाल हाम्रो नेपाली भाषामा दले पनि भनिन्छ त्यो लाइनको बिचको मान्छेसँग पैसा घुस लीएर लाइन बाट बाहिर बोलाएर सिदै भित्र लगे देख्नु भोनी? यदि देख्नु भएको हो भने तपाईं पनि बुद्धिजिवी हो नत्र दले घुसखोरी हो । म मान्छु ऐले माथिल्लो तहमा घुस चल्दैन तर तल्लोतहमा बाडिरहेको छ देख्नु भो?
पैलेको सरकार र ऐलेको सरकारमा जन्ताले फरक पाएका छैन्न त्यै सास्ती खेपिरहेका छ्न खै कहाँनेर छ सरकार? यस्ता कुराहरू धेरै छ्न सरकार ऐले एउटा बुद्धिजिवि युवाले तपाइँलाई यतिमात्र देखाको हो। एक्कै छिन बुद्धिजीवी बन्दा यति कुरा देखिदो रहेछ सरकार यसको समाधान कहिले ?
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. १, घ्याङडाँडामा गत मंसिर २८ गते भएको मिनी ट्रक दुर्घटना परी ज्यान गुमाएकाहरुको सम्झनामा पुस १८ गते काठमाडौमा दीप प्रज्वलन गरी सामूहिक श्रदाञ्जली अपर्ण गरिएको छ । साथ सहभागीहरुले घाइते भएर उपचाररत रहेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान र दोनडुप प्रतिष्ठान नुवाकोटको सयुक्त आयोजनामा धुम्बाराही स्थित शंकपार्कमा बुधवार साँझ दिप प्रज्वलन गरी मृतक प्रति श्रद्धाञ्जलीका साथ घाईतेहरुको शिघ्र लाभको कामना गरिएको शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानका अध्यक्ष राजकुमार लामाले जानकारी दिनुभयो ।
उहाँको अनुसार दिप प्रज्वलनमा सहभागीले घाईतेको उपचार तथा मृतकहरुका परिवारका लागि उचित सहयोगको व्यवस्था गर्न सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गरेका छन ।
दुर्घटनाका पीडितहरुको सहयोगका लागि दोनडुप प्रतिष्ठानको तर्फबाट पचास हजार रुपैयाँ सहयोग गर्ने प्रतिष्ठानका अध्यक्ष डिबि तामाङले जानकारी दिनुभयो ।
यसै गरी दुप्चेश्वर गाँउपालिकामा निर्माण भइरहेको बुद्धभूमि हाइड्रोपावरको तर्फबाट पचास हजार दिने अध्यक्ष पूर्णलाल श्रेष्ठले बताउनुभयो ।
यस्तै, अपाङ्ग मैत्री संघको तर्फबाट पनि पाँच हजार एक सय रुपैयाँ सहयोग गर्ने जानकारी गराएका थिए ।
दिप प्रज्वलन गरी दिवंगतहरु प्रति श्रद्धाज्जली एंव घाइतेको स्वास्थ्य लाभको कामनाको लागी आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, नेकपा प्रदेश ३ का इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, प्रदेश सदस्यहरु केशव पाण्डे, बद्री मैनाली, पूर्व सचिव तुलसी सिटौला, सहसचिव रुद्रसिं तामाङ, शसस्त्र प्रहरीका एआइजी पुष्पराम केसी लगायतको उपस्थिति रहेका थिए ।
शिक्षण अस्पता महाराजगञ्जमा उपचारको क्रममा सावित्रा तामाङको पुस १७ मंगलबार निधन भएसंगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
घटनामा घाइते भएका मध्ये बाह्र जना हाल विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
Jan. 3 Nuwakot. Power generation from Trishuli Hydropower Centre in Nuwakot district has disrupted following a fire in the power house occurred last evening. With the fire, a total of 53 megawatt including 21 megawatt from Trishuli Hydropower Project and 14 megawatt from Devighat Hydropower Project is short supply in the national transmission line.
Chief of Trishuli Hydropower Tara Dutta Bhatta said that a generator of 6.6 KV of Breaker No. 6 was completely destroyed in the fire that occurred following the excessive heat generation in the electricity transmitter.
Bhatta added that around 10 million rupees would incur to repair the damaged equipments while around a week is expected to take to resume the power transmission from the Centre.
Earlier, fire had occurred on July 10 and November 24, 2018 in the power house.
रामहरि न्यौपाने,
नुवाकोट । रसुवाको नौकुण्ड गाँउपालिका–४ सरमथलीका सिताकुमारी मोक्तान सुत्केरी हुदाँ अत्याधिक रक्तश्राव भएपछि नेपाली सेनाले उपलब्ध गराएको रगतबाट जोखिमुक्त हुनुभएको छ ।
व्यथाले च्यापेपछि सोमबार जिल्ला अस्पताल त्रिशूली भर्ना हुनुभएका २३ वर्षीय मोक्तान सामान्य अबस्थामा सुत्केरी भएपनि अत्याधिक रक्तश्रावले जोखिम बनेको शरिरमा आवश्यक रगत पुस १८ गते बुधबार नेपाली सेनाले उपलब्ध गराएको हो ।
चार प्रिन्ट रगत आवश्यक पर्नेमा बाँकी सुत्केरीका जेठाजु दिलबहादुर मोक्तान र बट्टारका ओम अमात्यले दिनुभएको हो ।सुत्केरीलाई आवश्यक
‘बी पोजेटिभ’ समूहको रगत अभाव भएपछि श्रीनाथ गण देवीघाटमा कार्यरत सहसेनानी
विद्युतकुमार बस्नेत र सिपाही अजय चौधरीले पुस १८ गते बुधबार अस्पतालमा नै
पुगेर रगत दान गरेका हुन् ।
“पहिलो सन्तानको रुपमा छोरी जन्माएकी मोक्तानको शरीरको रगत निकै खेर
गएर शरीर शिथिल भएको थियो ।” जिल्ला अस्पतालका डा.मधुकर दाहालले भन्नुभयो
“दाताको सहयोगमा चार प्रिन्ट रगत दिएर बचाएका छौ ।”
नुवाकोट सहित रसुवा र धादिङका बिरामीलाई सेवा पु-याउदै आएको जिल्ला अस्पताल त्रिशूलीमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाले रक्तसञ्चार केन्द्र स्थापना गरी रगत उपलब्ध गराउदै आएपनि हाल अभाव चर्किएको छ ।
दाताहरुमा जनचेतनाको अभाव र नियमित रक्तदान कार्यक्रम नहुदाँ पछिल्लो समय रगतको अभाव भएको केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो ।
यहाँ रगत अभाव हुदाँ नेपाली सेनाबाट आवश्यक रगत उपलब्ध गराई धेरै बिरामीको ज्यान बचाउन सहयोग पुग्दै आएको छ ।
नुवाकोट । नुवाकोटमा रहेको त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा यही पुस १८ गते बुधबार साँझ आगलागी हुदाँ विद्युत उत्पादन बन्द भएको छ ।
२१ मेगावाट क्षमताको केन्द्र र सोहीको सहायक योेजनाको रुपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत केन्द्र समेत बन्दहुदाँ राष्ट्रिय प्रशारण लाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत गिरावट आएको छ ।
बुधबार साँझ साढे छ बजेतिर त्रिशूली उत्पादन गृहबाट उत्पादन भएको विद्युत प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं. ६ मा रहेको ६.६ केभीको जेनेरेटर जलेर पूर्ण रुपमा क्षति भएको केन्द्र प्रमुख तारदत्त भट्टले जानकारी दिनुभयो । उहाँको अनुसार आगलागीले क्षति पु-याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोड भन्दा बढी लाग्ने देखिएको छ भने सञ्चालनको लागी करीब एक साता लाग्ने अनुमान छ ।
उत्पादन गृहमा लागेको आगो नियन्त्रणमा ल्याउन नेपाल विद्युत प्राधिकरणका कर्मचारी, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, विदुर नगरपालिकाको दमकल सहित स्थानीयबासीलाई एकघण्टा भन्दा बढी समय लागेको थियो ।
आगलागी पछि केन्दैबाट विद्युत उत्पादन बन्द हुदाँ नुवाकोट सहित रसुवा र धादिङका केही स्थानमा प्रभावित भएको विद्युत सेवा राष्ट्रिय प्रशारण लाइन मार्फत गएरातीदेखि उपलब्ध गराइएको छ ।
त्रिशूली जलविद्युत केन्द्रको उत्पादन गृहमा गत असार २६ र मंसिर ८ गते पनि आगलागी भएको थियो ।
भौतिक मन्त्रालयको पहिलो चौमासिक प्रतिवेदन, गल्छी रसुवागढी सडक देखि केरुङ काठमाडौ रेलसम्मका विषय उठान नुवाकोट । नेपाल सरकार, भौतिक पूवार्धार तथा यातायात मन्त्रालय, सिंहदरबारले आ.व. २०७५÷७६ को प्रथम चौमासिक अवधिमा मन्त्रालय वा अन्तर्गतका निकायहरुबाट सम्पादित कार्यहरुको संक्षिप्त प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण यस्तो रहेको छ ।
सडक विभाग तर्फः
८६ कि.मी. माटे सडक, १६२ कि.मी. सडक खण्डास्मित र ९९ कि.मी. कालोपत्रे सडक निर्माण ।
प्रथम चौमासिक अवधिमा सम्ममा जम्मा २५ वटा पुलहरुको निर्माण सम्पन्न भएको छ।
मध्य पहाडी (पुष्पलाल) लोकमार्ग आयोजना: १४ कि.मि. कालोपत्रे, ३० कि.मि. ग्राभेल तथा १४ वटा पुल निर्माण कार्य सम्पन्न ।
उत्तर दक्षिण लोकमार्ग:
कर्णाली करीडोर: हिल्सा सिमिकोट सडक: २.३ कि.मि. ट्रयाक निर्माण सम्पन्न ।
कोशी करिडोर : २ कि.मि. ट्रयाक तथा १ किमि ग्राभेल सडक निर्माण कार्य सम्पन्न ।
कालीगण्डकी करिडोर सडक : ५ कि.मि. ट्रयाक र १९ कि.मि. ग्राभेल सडक निर्माण कार्य सम्पन्न, बेनी जोमसोम-कोरलामा कार्य द्रुत गतिमा अगाडी बढेको छ ।
हुलाकी राजमार्ग: १७९२.४२ कि.मी.
३२ कि.मि. कालोपत्रे,२० कि.मि. ग्राभेलनिर्माण कार्य सम्पन्न भएको छ, ७५ वटा पुल सम्पन्न र ८४ वटा निर्माणाधीन अवस्थामा रहेका छन ।
गल्छी—त्रिशुली —बेत्रावती— मैलुंग (४६ कि.मि. ) सडकलाई दुई लेनको कालोपत्रे स्तरमा स्तरोन्नती कार्य अन्तर्गत २ कि.मि. कालोपत्रे,३ कि.मि. बेस कोर्स विछ्याउने कार्य सम्पन्न भएको, मैलुंग स्याप्रुबेसी १८ कि मि.ठेक्काको तयारीमा रहेको , स्याफ्रुबेसी रसुवागढी १६ कि.मि. सडक चीन सरकार बाट डिजाईन सम्पन्न भइContract implementation agreement भएको।
एडिवि-सासेक रोड कनेक्टीभिटी प्रोजेक्ट:
लेगुवाघाट भोजपुर सडक कुल ६५ कि.मि. मध्ये ४० कि.मि. कालोपत्रे सम्पन्न भएमा ( चालु आ.व.को प्रथम चौमासिकमा ४ कि.मि. कालोपत्रे सम्पन्न)।
हलेसी दिक्तेल सडक चालु आ.व.मा ७.५ कि.मि. कालोपत्रे सम्पन्न।
मदन भण्डारी राजमार्ग निर्माणतर्फ:
तम्घास सिमलटारी प्यूठान सडक खण्ड ६९ कि. मि., तुल्सिपुर पुरन्धारा बोटेचौर खण्ड ८५ कि. मि. मा काम भैरहेको, धरान-चतरा खण्डको निर्माण कार्य द्रुत गतिमा भैरहेको।
व्यापारिक मार्ग विस्तार आयोजना:
वेलहिया—बुटवल सडकको सम्पुर्ण खण्ड २7 कि.मि. सडकलाई ६ लेनमा विस्तार गर्ने क्रममा यस अवधीको २.५ कि.मी. सहित हालसम्म १७ कि.मी. कालोपत्रे सम्पन्न भएको छ।
रानी—विराटनगर—ईटहरी सडकको ३५ कि.मि. सडकलाई विस्तार गर्ने क्रममा यस अवधीको ०.५ कि.मी. सहित हालसम्म ८.५ कि.मी. सडक कालोपत्रे सम्पन्न भएको छ।
विरगंज—पथलैया सडक (२८ कि.मि.) सडकलाई विस्तार गर्ने क्रममा यस अवधीको ०.५ कि.मी. कालोपत्रे तथा ४ कि.मी. वेस कोर्स निर्माण सम्पन्न भएको छ।
जटही—जनकपुर—ढल्केवर ३६.८ कि.मि. सडकको विस्तार कार्य सुचारुरहेकोमा यस अवधीमा ४ कि.मि. ग्राभेल सडक निर्माण सम्पन्न भएको।
मोहनापुल अत्तरिया खण्ड १४.२ कि.मि ठेक्कापट्टा व्यवस्थापन भई निर्माण कार्य भइरहेकोमा यस अवधीमा ४ कि.मि. ग्राभेल सडक निर्माण सम्पन्न भएको।
काठमाण्डौ उपत्यका सडक विस्तार आयोजना (व.उ.शि.नं. ३३७१४९) अन्तर्गत चालु आ.व.मा कुल ४३.६५ कि.मि. सडक विस्तार गर्ने लक्ष्य रहेकोमा यस आ.ब.को प्रथम चौमासिक सम्ममा १२.८७ कि.मि. सडकको विस्तार सम्पन्न भएको छ, कलंकी- नागढुङ्गा सडकको ६०% प्रगति भएको छ,जम्मा ९ कि.मी.मा ५ कि.मि. कालोपत्रे सम्पन्न, चावेल-साँखु सडकमा निर्माण कार्य द्रुत गतिमा भएको छ।
चक्रपथ विस्तार आयोजना अन्तर्गत कोटेश्वर कलंकी सडक १०.२० किमि मध्ये १० किमि विस्तार सम्पन्न भएको।
नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना, मुग्लिङ नारायघाट खण्ड सडकको ३६ किमि मध्ये ३१.२ किमि सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गरिएको।
सगरमाथा लोकमार्गको गाईघाट—दिक्तेल खण्डको १०१ कि.मि. सडक स्तरोन्नती कार्यको लागि भई निर्माण कार्य भइरहेको छ ।
एडीबी को सहयोगमा पुर्व पश्चिम लोकमार्ग को नारायणघाट बुटवल खण्ड ११२ कि. मि. लाई चारलेनको द्रुत मार्गको रुपमा निर्माण गर्ने कार्य शुरु गर्न ठेक्का ब्यबस्थापन भै कार्य शुरु हुने अवस्थामा रहेको छ ।
थानकोट नौविसे सुरुंगमार्ग (Tunnel) को निर्माणको लागि परामर्शदाता छनोट भै कार्य शुरु हुने अवस्थामा रहेको छ।
सडक विभाग तर्फ प्रथम प्राथमिकता प्राप्त (P1) योजना ४१ वटा मध्ये प्रथम चौमासिक अवधिको प्रगति विवरण यस प्रकार छ ।
विवरण आयोजनाको संख्या औसत प्रतिशत
८० प्रतिशत भन्दा बढी प्रगति भएका २३ ९४.८
५० देखि ८० प्रतिशत सम्म प्रगति भएकाप्रतिशत ७ ६४.११
५० प्रतिशत भन्दा कम प्रगति भएका ५ ४१.५७
यस चौमासिकमा लक्ष्य नभएको ६
कुल आयोजना संख्या ४१
रेल विभाग तर्फः
काकरभिट्टा बर्दिबास-सिमरा-तम्सारिया-बुटवल (६३८ कि.मी.) खण्डको विस्तृत अध्ययन प्रतिवेदन तयार भैरहेको ।
बुटवल गड्डाचौकी खण्डको (४०९ कि.मी.) विस्तृत अध्ययन प्रतिवेदनको ९५% कार्य सम्पन्न भइरहेको ।
काठमाण्डौ विरगंज रेलमार्गको पूर्व संभाव्यता अध्ययनको लागि भारतीय परामर्श दाताबाट कार्य भइरेहको ।
केरुङ्ग काठमाण्डौ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन चिनीया पक्षबाट प्राप्त भएको छ।
जयनगर-जनकपुर बर्दिबास (६९ कि.मी.) मध्ये जयनगर –जनकपुर विजुलपुरा (५२ कि.मी.) को ट्रयाक बेड, स्ट्रकचर, रेलको ९५ प्रतिशत कार्य सम्पन्न भएको, जयनगर-जनकपुर-कुर्था ३५ कि.मी. रेल सेवा केहि महिना भित्र शुरु हुने १ वर्ष भित्र थप १७ कि.मि. तयार गरी विजुलपुरा ५२ कि.मि. संचालन हुने २ वर्ष भित्र बर्दिबास र ४ वर्ष भित्र निजगढसम्म सम्पन्न हुने ।
यातायात विभाग तर्फः
एउटा मास प्रिन्टर र १० लाख स्मार्ट कार्ड खरिदका लागि बोलपत्र आह्वान गरी बोलपत्र मूल्यांकन भैरहेको ।
सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र स्मार्ट कार्ड प्रिन्टबारे जानकारी गराउन SMS System को व्यवस्था गरिएको ।
प्रदेश अनुसार सवारी दर्ताको लागि Software मा संशोधन गरिएको, प्रदेश अनुसार सवारी साधनको नम्बर प्लेट वितरण गर्ने कार्य शुरु गरिएको ।
विभागले खरिद गरेका स्मार्ट कार्डलाई Third Country Testingका लागि पठाइएको ।
चाडपर्वको समयमा बढी भाडा लिने, बढी यात्रु बोक्ने, लापरवाही गर्ने ५५० भन्दा बढी सवारीलाई कारवाही गरिएको ।
काठमाण्डौ उपत्यकामा टिपर बढी संख्यामा दुर्घटना हुनुका कारणहरुको अध्ययन गर्न समिति गठन गरी प्रतिवेदन पेश गरी गृह मन्त्रालयमा पेश गरिएको ।
सवारी चालक अनुमपितत्रको ब्याकलग (प्रिन्ट हुन बाँकी) क्लियर गर्न मालिका इन्कर्पोरेट प्रा.लि.लाई Outsourcing गरी २ लाख भन्दा बढी कार्ड छापिएको ।
सवारी चालक अनुमतिपत्रको प्रदेश अनुसार कार्यालय कोड निर्माण गरी सेवा कार्यालयहरुलाई समेत लाइसेन्स वितरण गर्न सक्ने अधिकार दिइएको, सोही अनुसार बर्दिवास सेवा कार्यालयबाट लाइसेन्स वितरण गर्ने कार्य शुरु भईसकेको ।
२०७५ भाद्र १ देखि काठमाण्डौ उपत्यका र सबै महानगरपालिका, उपमहानगरपालिकामा प्रदूषण जाँचपास नभएका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको ।
यातायात व्यवस्था कार्यालयहरु प्रदेशमा हस्तान्तरण भइसकेको ।
नेपाल सरकारबाट ३०० सय वटा विद्युतीय बस खरिद गर्ने नीतिगत निर्णय भएको ।
सहरी सडक यातायातलाई व्यवस्थित गर्ने अवधारणापत्र मन्त्रिपरिषद बाट स्वीकृती भएको ।
रामहरि न्यौपाने,
समुन्द्रटार, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मंसिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत स्वरुप शनिबार गाँउपालिकाले प्रति मृत्तक व्यक्तिका परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।
गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य र प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेल सहितको टोलीले २१ जना मृत्तकका परिवारलाई भेट गरी मृतकको धार्मिक सँस्कार अनुसार परम्परागत कार्य गर्नको लागी राहत स्वरुप सो रकम उपलब्ध गराएको हो ।
मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमा समेत नहुने भएकाले सहयोग स्वरुप राहत रकम घर–घरमा नै पुगेर उपलब्ध गराएको गाँउपालिकाको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
सोही समयमा ज्यान गुमाएका व्यक्तिको मृत्यु दर्ता पनि वडा कार्यालय मार्फत घर–घरमा नै गएर प्रदान गरिएको छ ।
गाँउपालिकाको तर्फबाट मृत्तकका परिवारलाई राहत रकम उपलब्ध गराउन नेपाली काँग्रेस नुवाकोटका युवा नेता रमेशकुमार महत, वडा नं. ३ का वडाध्यक्ष धुव्रकर केसी, लगायत समेत सिसिपु पुग्नुभएको थियो ।
उक्त दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको आर्थिक अबस्था निकै कमजोर भएकाले सहयोगको लागी गाँउपालिकाले गरेको अपिल अनुसार नुवाकोटको पञ्चकन्या गाँउपालिका –४ थप्रेकका इश्वर कार्की मार्फत संकलन भएको रु ४४ हजारमा नेविसंघका जिल्ला नेता कृष्ण मिश्रले रु छ हजार थप गरी त्यो रकम समेत गाँउपालिका मार्फत मृत्तक व्यक्तिका परिवारलाई सहयोग स्वरुप उपलब्ध गराइएको छ ।
यसैगरी, नुवाकोटको शिवपुरी गाँउपालिकाले मृत्तक व्यक्तिका परिवारलाई सहयोग स्वरुप रु दुई लाख १० हजार दुप्चेश्वर गाँउपालिकालाई उपलब्ध गराएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । उहाँको अनुसार त्यो रकम अब गाँउपालिकाले प्रति मृत्तक व्यक्तिको परिवारलाई रु दश÷दश हजार उपलब्ध गराउने भएको छ ।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोग स्वरुप दुप्चेश्वर गाँउपालिका–७ शिखरवेशीका व्यवसायी सुशील खड्काले यसअघि प्रति मृत्तकका परिवारलाई रु दश-दश हजार उपलब्ध गराउनुभएको थियो ।
गत पुस २८ गते भएको दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप तीन गरी २१ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते १३ जनाको अहिले पनि काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुको उपचारको क्रममा आर्थिक अभाव भएकाले सहयोगको लागी गाँउपालिकाले गरेको अपिल अनुसार दाताहरुबाट सहयोग जुट्नेक्रम पनि जारी रहेको छ । हालसम्म तामाङ समाज अमेरिकाको तर्फबाट सँस्थाका महासचिव बुद्धिमान तामाङको पहलमा रु एक लाख, दुप्चेश्वर गाँउपालिका–६ समुन्द्रटारका मधुकर पाण्डेबाट रु एक लाख, हिरारत्न जलविद्युत आयोजनाले रु ५० हजार, सामुदायिक विकास केन्द्र नुवाकोटले रु ३९ हजार, शिक्षक संघ नुवाकोटले रु ११ हजार, दुप्चेश्वर गाँउपालिका–५ का वडासदस्य होमबहादुर तामाङले रु नौ हजार उपलब्ध गराएको गाँउपालिकाले जनाएको छ ।
घाइतेहरुको उपचारको लागी यहाँको जनप्रतिनिधिहरुको पहलमा नेपाल सरकारले निःशुल्क उपचारको लागी प्रबन्ध गराउन पहल भइरहेको जनाएको छ ।
गएको मंसिर २८ गते सिम्टाङबाट सिसिपुतर्फ गइरहेको बा. ३ ख ३९१३ नं. को मिनीट्रक घ्याङडाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटना पश्चात चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी अझै फरार रहेका छन् ।
धुञ्चे । तातोपानी नुहाउने क्रममा मानिसबाट निस्किएको तथा अन्य फोहर सङ्कलन गर्ने कार्य शनिबार टिमुरेमा सम्पन्न भएको छ ।
गोसाइँकुण्ड गाउँपालिकाका–२ टिमुरेका वडाध्यक्ष दावा दिण्डुप तामाङको पहलमा टिमुरे क्षेत्रको प्राकृतिक तातोपानी क्षेत्रमा सरसफाइ गर्ने काम तेस्रो पटक सम्पन्न गरिएको हो । समय–समयमा भएको सरसफाइले तातोपानीको आकर्षण बढेको त्यहाँ नुहाउन गएका व्यक्तिहरुले बताएका छन् ।
विसं २०७२ को विनाशकारी भूकम्पले चिलिमेको तातोपानी पुरै सुकाएपछि बाथ, चर्मरोग, गानुगोला र स्त्रीरोग भएका बिरामी परम्परागत उपचार विधि खोज्ने क्रममा टिमुरे गाउँबाट एक किमी दक्षिण भोटेकोसी सङ्गममा रहेको यस तातोपानी नुहाउन बिरामीको भीडभाड बढ्न थालेपछि तातोपानीको संरक्षण तथा सरसफाइमा विषेश ध्यान दिन थालिएको बताइएको छ ।
सरसफाइ कार्यमा सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म, सीमा प्रहरीचौकी टिमुरे, स्थानीय समाजसेवी, शिक्षक÷विद्यार्थीलगायतले सहयोग पु¥याइरहेको तातोपानी संरक्षण समितिका अध्यक्ष न्हिमा दोर्जे घलेले बताउनुभयो ।
पछिल्लो पटक गरिएको सरसफाइबाट एक क्विन्टल फोहर सङ्कलन गरिएको छ ।
बाह्य यात्रुका लागि बास बस्न दुई कोठाको पक्की भवन तथा पानीपोखरीसमेत दुई वटा निर्माण भई अन्य संरचना निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।
पहिला–पहिला खाल्डो खनेर पानी जमाई नुहाउने स्थानमा अहिले निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाले संरचना निर्माणको साथै बत्तीको समेत व्यवस्था गरिसकेकाले भावी दिनमा छ कोठाको पाहुना कोठासमेत निर्माण गरी नुहाउन आउने बिरामी तथा पर्यटकलाई थप सुविधा दिने तातोपानी संरक्षण समितिका अध्यक्ष न्हिमा दोर्जे घलेले जानकारी दिनुभयो ।
तातोपानीमा सल्फर (गन्धक), अभ्रकजस्ता खनिज तत्वको प्रचुरताका कारण छालाका रोग निको हुनुको साथै तातोपानीले बाथसम्बन्धी रोगहरुमा कमी ल्याउने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाका प्रमुख डा रामबाबु साहले बताउनुभयो ।
पोखरेलको आवाजमा रहेको ‘निदरी’ गीत सावर्जनिक भएको छ । गीतमा टिमाया राईको
शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा रहेको छ । काजिश श्रेष्ठले
निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन भने दिपक
विष्टले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा अञ्जली अधिकारी र अर्जुन
गौत्तमको अभिनय रहेको छ ।
समुन्द्रटार, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनीमा रहेको गोल्फुभञ्याङ माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई हेल्प नेपाल सँस्थाको सहयोगमा पुस १३ गते शुक्रबार शैक्षिक सामाग्रि वितरण गरिएको छ । विद्यार्थीहरुको लागी शैक्षिक सामाग्रिहरु एवम् पुस्तक बोक्ने झोला वितरण गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले विद्यार्थीको शैक्षिक अध्ययनमा प्रेरणा र उत्साह दिनको लागी सहयोग पुगेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले विद्यार्थीको लागी आवश्यक पर्ने सामाग्रि सबै अभिभावकले पूरा गर्न नसक्ने र विद्यालयमा प्राप्त गरेपछि उनीहरुलाई नियमित विद्यालय आउने वातावरण निर्माणदेखि बालमैत्री र अध्ययनमैत्री वातावरण सिर्जना हुने बताउनुभयो ।
यस्तै, काँग्रेसका युवा नेता रमेशकुमार महतले भूकम्प पश्चात विद्यालयमा सुविधासम्पन्न भवन निर्माणदेखि विद्यार्थीको लागी शैक्षिक वातावरण प्र्रभावकारी बनाएर गुणस्तर बढाउन सहयोग पुग्दै आएको बताउनुभयो ।
समाज रुपान्तरण र जनचेतना अभिबृद्धिको लागी शिक्षा नै मुख्य मेरुदण्ड भएकाले विभिन्न तहका सरकारले त्यसमा ध्यान दिएर सामुदायिक र सस्गागत विद्यालयमा रहेको दोहोरो नीति अन्त्य गर्नुपर्ने सुझाब उहाँले दिनुभयो ।
कार्यक्रममा दुप्चेश्वर गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले विद्यार्थीलाई नियमित विद्यालयको पहुँचमा ल्याउनको लागी पाँचकक्षासम्म अध्ययन गर्नेहरुको लागी खाजाको समेत व्यवस्था मिलाएको बताउनुभयो ।
गाँउपालिका अध्यक्ष तामाङका अनुसार भूकम्पले क्षति पुगेका विद्यालयको सरकारी तथा सस्था मार्फत पुर्ननिर्माण अन्तिम चरणमा पुगेकाले विद्यार्थीका अन्य आवश्यकता पूरा गर्न गाँउपालिको पहल गर्दै आइरहेको छ ।
गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरेर उनीहरुलाई सहयोग पु-याउन विभिन्न कार्यक्रम चलाउदै आएकाले हेल्प नेपाल सँस्थाले उपलब्ध गराएको शैक्षिक सामाग्रि र पुस्तक बोक्ने झोलाले थप सहयोग पुगेको बताउनुभयो ।
विद्यालयमा अध्ययनररत चारसय भन्दा बढी विद्यार्थीलाई कापी, कलम सहित शैक्षिक सामाग्रि बोक्ने झोला प्रदानमा एक विद्यार्थीको लागी करीब एक हजार रुपैयाँ खर्च भएको सहयोगी सँस्था हेल्प नेपालका कार्यकारी निर्देशक जिबी लामाले जानकारी दिनुभएको छ ।
जिल्लामा भौगोलिक तथा विकासको पूर्वाधारको अभावमा पछाडी परेको बेतिनीमा रहेको गोल्फुभञ्याङ माध्यामिक विद्यालयलाई समुदायको पहिलो रोजाईको विद्यालय बनाउनको लागी आफूहरु निरन्तर क्रियाशिल रहेको विद्यालय व्यवस्थान समितिका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।
कार्यक्रममा वडा न ४ का वडाध्यक्ष इरमान तामाङले सबैले शिक्षा पुगोस भनी कक्षा ८ पास नगर्नेलाई वडाबाट जन्मदर्ता लगायतका विभिन्न सिफारिस नदिने निर्णय गरेको बताउनुभयो ।
कार्यक्रममा दुप्चेश्वर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामहरी गजुरेल, विद्यालय ब्यवस्थापन समिति सदस्य साम्देन शेर्पा, तरुण दल क्षेत्रीय अध्यक्ष यदुमान लामा, दुप्चेश्वर –४ का सदस्य भिमबहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य माया शेर्पा, हेलम्बु–५ का सदस्य बिर्जित तामाङ, विद्यालयका प्रधानाध्यापक बाबुराम थापा, सहायक प्रधानाध्यापक दिननाथ न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।
यस्तै, नेविसंघका नेताहरु कृष्ण मिश्र, पवन थापा, लगायत स्थानीय समाजसेवी, विद्यालयका शिक्षक, अभिभभावक लगायतको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम मार्फत अतिथीहरुको स्वागत एवम् मनोरञ्जन दिलाएका थिए ।