धर्ना बसेका डा.गोविन्द केसीको अबस्था गम्भीर बन्यो, आकस्मिक रुपमा अस्पताल भर्ना

इलाम। चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बस्नुभएका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । १६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उहाँलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताउनुभयो । अस्पताल भर्ना गरिएपनि डा केसीले औषधि भने लिन मान्नु भएको छैन ।

वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताउनुभयो । डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा हुनुहुन्छ ।

नुवाकोटमा मिनीट्रक दुर्घटना हुदाँ पाँच जना घाइते

समुन्द्रटार । आइतबार राति साढे ६ बजे तिर नुवाकोटको दुप्चेश्वर गाउपालिका वडा नं ५ बालकुमारीको माने भन्ज्याङ भन्ने ठाउबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख २६९४ नं.को मिनीट्रक दुर्घटना हुदाँ पाच जना घाइते भएका छन् ।

आफै अनियन्त्रित भई सडक बाट अन्दाजी २० मिटर तल खस्न जादा घाइते भएका पाँचै जनालाई उपचारको लागी एम्बुलेन्सबाट काठमाण्डौ ग्रिनसिटी हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

घाइते मध्ये ४ जना ग्रिनसिटीमा उपचार पश्चात डिचार्ज भएको र बालकुमारीका २४ को प्रेम बहादुर तामाङ  ग्रिनसिटि बाट रिफर भई हाल ग्राण्डिमा  उपचार भैईरहेक छन् उनको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घाइते हुनेहरुको नाम निम्न छ ।
१ जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा ५ बस्ने वर्ष२८ कोसुनिल तामाङ:-हातमा चोट अवस्था सामान्य
२ ऐ.ऐ. बस्ने वर्ष १५ कोआईतमान तामाङ:-हातमा चोट अवस्था सामान्य
३ ऐ.ऐ. बस्ने आईचर चालक निमा दोर्जे तामाङ
४ऐ.ऐ.बस्ने वर्ष १० कि रिता तामाङ :- टाउकोमा सामान्य चोट
५ ऐ.ऐ.बस्ने वर्ष २४ को प्रेम बहादुर तामाङ

गल्छी–रसुवागढी’ सडकमा मुआब्जा माग्दै प्रभावित बासिन्दा आन्दोलित

रामहरि न्यौपाने,
नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तरगत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग गर्दै पुस २९ गते आइतबार दुईघण्टा सडक अबरुद्ध बनाएका छन् ।
आयोजना अन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमि सडक बालाजु–त्रिशूली सडक खण्डमा पर्ने र सो सडकको सीमा निर्धारण बिसं २०३४ सालको राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सवारी साधन सञ्चालनमा अबरोध पु¥याएका छन् । मुआब्जा पीडित संघर्ष समितिको आयोजनामा मध्यान्ह १२ बजेदेखि अपरान्ह दुई बजेसम्म गरिएको बन्दले नुवाकोट हुदै चल्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु ठप्प बनेका थिए ।

बन्दपछि आयोजित कोणसभामा चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तरगत सवारी बन्द गराएको र मागको सुनुवाई नभए थप संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने समितिका संयोजक लिलानाथ न्यौपानेले चेतावनी दिनुभयो ।
“स्थानीयबासी विकासको बिरोधी भनेर निर्माण कार्य रोक्ने पक्षमा छैनौ ।” उहाँले भन्नुभयो “एउटै आयोजना मार्फत भइरहेको कार्यको कहीँ दिने र कहीँ नदिने विभेदको विरुद्धमा आन्दोलित भएका हौ ।”

यो आयोजना अन्तरगत धादिङको गल्छीदेखि नुवाकोटहुदै रसुवा र चीनको सीमाक्षेत्र रसुवागढी नाकासम्म सडक विस्तार भइरहेको छ । सडकको गल्छी–देवीघाटको मुआब्जा निर्धारण गरी रकम वितरण भइरहेको छ ।

यस्तै, विदुर नगरपालिका–१ ढुङ्गेदेखि मैलुङसम्मको पनि मुआब्जा निर्धारणको प्रक्रियामा रहेको योजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । उहाँको अनुसार त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण बिसं २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेकाले हालको सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणको लागी कानून अभावमा पिपलटार–ढुङ्गेसम्मको भने मुआब्जा दिन नसक्ने अबस्था छ ।

पिपलटार–ढुङ्गे सडक खण्ड नुवाकोटको सदरमुकाम सहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्दछ । मुआब्जा माग गर्दै प्रभावित बासिन्दाले यसअघि चरणबद्ध रुपमा बिरोध प्रदर्शन गरेका थिए भने आगामी दिनमा जिल्ला बन्दसम्मको थप विरोधका कार्यक्रम घोषणा गरेका छन् । यहाँबाट प्रतिनिधित्व गर्ने सांसद्हरुले प्रतिनिधिसभाको संसद बैठकदेखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर मुआब्जा उपलब्ध गराउन ध्यानाकर्षण समेत गराएका छन् ।

विभिन्न चरणमा बिरोधका कार्यक्रम गर्दै आएका स्थानीयले सडकको निर्माण कार्यमा भने अबरोध पु¥याएका छैनन् । निर्माण कार्य हाल तिव्र गतिमा अघि बढिरहेको छ ।

‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढीहुदै चीनको केरुङ प्रवेशद्धारसम्म जोड्ने सडक निर्माणको काम भइरहेको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । उक्त सडक ८२ किमि दुरीको छ ।

चीनसंगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणको लागी नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाको लागी रु नौ अर्ब ५० करोड बजेट उपलब्ध गराएको छ ।
गल्छीबाट सुरु भएर रसुवागढीसम्म पुग्ने सडकको निर्माण ठेकेदार पक्ष, नेपाली सेना र चीन सरकार मार्फत तीन खण्डमा भइरहेको छ । गल्छीबाट मैलुङसम्मको ४६ किमि सडक कोभेक–तुदी–रसुवा कन्स्ट्रक्सन जेभी मार्फत भइरहेको छ ।

रसुवाको मैलुङदेखि स्याफ्रुबेसीसम्म १८ किमि सडकको ट्रयाक खोल्ने जिम्मेवारी पूरा गरी नेपाली सेनाले गरी गत चैत ३० मा आयोजना पक्षलाई हस्तान्तरण गरिसकेको छ । स्याफ्रुबेसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकार मार्फत निर्माण भइरहेको छ ।

नेपाल टेलिकमको ‘विन्टर अफर’ (के के छन सबै विस्तृतमा )

काठमाडौ ।  नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ ।

उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ ।

सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम डाटा भोलुम बेस्ड डाटा प्याक, अनलिमिटेड डाटा प्याक, अल टाइम सोसियल डाटा प्याक, अल टाइम डाटा स्ट्रिमिङ प्याक रहेका छन् । त्यस्तै, अल टाइम फोरजी डाटा प्याक जीएसएम÷सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रतिवेदनको डाटा प्याक, अल टाईम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियूजी प्याकेजलगायतका सेवामा अफर दिइएको छ ।

कम्पनीका अनुसार ह्याप्पी विन्ड प्याकअन्तर्गत जीएसएम, सीडीएमए, प्रिपेड, पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतरबार प्रत्येक दिन एक जीबी डाटा प्रयोग गर्न सकिने छ । सो सेवा रु १०० मा सात दिनको हुनेछ ।
अलटाइम डाटा प्याकअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने छ । यसमा रु १० देखि रु ५०० को प्याक उपलब्ध गराइनेछ । सो सेवामा बोनससहित २३ एमबीदेखि चार हजार ५०० एमबी सम्मका प्याकेज खरीद गर्न सकिनेछ । सो प्याकेज १ दिनदेखि २८ दिनको हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नाइट टाइम भोलुम बेस्ड डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । सो प्याकअन्तर्गत रु ५ मा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिनेछ । त्यस्तै ७ दिनसम्मको अवधिमा रु ४५ मा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७८८० एमबी डाटा रु ३०० मा प्रयोग गर्न सकिने प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।

अनलिमिटेड नाइट टाइम डाटा प्याकअन्तर्गत रु १५ मा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ । यसको अवधि डाटा खरीद गरेको एक दिनसम्म हुनेछ । यस्तै डे प्याक, एसएमएस प्याक, एफटीटीएच व्यक्तिगत प्याकेज, एफटीछीएच कर्पोरेट युजर प्याकेज, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकजे, विद्यार्थी अफर, इण्डिया कल अफर, मिस्ड कल अलर्टजस्ता सेवामा पनि अफर प्याकेज उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

भूकम्पको धक्का महशुस

काठमाडौ । लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुुस भएको स्थानीयवासीले बताएका छन् ।

यसअघि गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्यूडको भूकम्प गएको थियो ।

सुध्रिदै छ त्रिविको शिक्षा, व्यवस्थापन संकायको प्रथम सेमेस्टरको नतिजामा ८२ प्रतिशत उर्तिण

काठमडौ । त्रिवि व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहमा यस वर्षको प्रथम सेमेस्टरको हालै प्रकाशित नतिजामा औषतमा बयासी प्रतिशतभन्दा माथि विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएका छन् ।
व्यवस्थापन संकाय डीनको कार्यालयका अनुसार देशभर पहिलोपटक शुरु गरिएको सेमेस्टर प्रणालीको पठनपाठन अन्तरगत पहिलो सेमेस्टरको नतिजामा उपत्यकाबाहिरका क्याम्पस÷कलेजहरुबाट ८७.८९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् ।

यसैगरी उपत्यकाभित्रका क्याम्पस÷कलेजहरुबाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । यहि वर्षदेखि उपत्यकाबाहिरका क्याम्पसहरुमा समेत सेमेस्टर प्रणाली अनिवार्य गरिएको हो । यसअघि गतवर्षसम्म त्रिवि कीर्तिपुरस्थित विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणालीमा पठनपाठन भइरहेको थियो ।
यो सन् २०१९ को लागि भर्ना भएका विद्यार्थीहरुको पहिलो सेमेस्टरको नतिजा हो । यो नतिजा देशभरको औषतमा ८२.२१ प्रतिशत उत्तीर्ण हो । यस नतिजाले विगत वर्षहरुको वार्षिक प्रणालीमा भएका कमी कमजोरीहरु सुधार गरी सेमेस्टर प्रणालीमा गएपछि व्यवस्थापन संकायमा गुणस्तरीय पठनपाठन भइरहेको र नतिजा राम्रो आएको देखाएको छ । पहिलो समेस्टरको परीक्षा भाद्र÷आश्विन महिनामा लिइएको थियो भने तीन महिनाभित्र नतिजा प्रकाशन गरिएको डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

उहाँले विगत वर्षहरुमा वार्षिक प्रणालीको नतिजा हेर्दा सात देखि सत्र प्रतिशतसम्म मात्र विद्यार्थीहरु परीक्षामा उत्तिर्ण हुने गरेकोमा सेमेस्टर प्रणालीले नतिजामा उल्लेख्य सुधार ल्याएको बताउनु भयो । वार्षिक प्रणालीमा बीस प्रतिशतमाथि नतिजा नआएको बताउनु हुँदै डीन शर्माले प्रथम सेमेस्टरको नतिजाले संकायलाई उत्साहित गरेको बताउनु भयो । यस वर्ष उपत्यका भित्र र उपत्यकाबाहिरका क्याम्पसहरुमा व्यवस्थापन संकायको स्नातकोत्तर तह पहिलो सेमेस्टरमा ६ हजार तीन सय साठीभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले व्यवस्थापन संकायको प्रथम सेमेस्टरको परीक्षा तोकिएको समयमा सम्पन्न भई निर्धारित समयमा नतिजा प्रकाशन हुनु र ८० प्रतिशतभन्दा बढी उत्तीर्ण भएको नतिजा आउनुले सबैमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।

कमल खनालको नयाँ गीत ‘उड्यो मालचरा बस्यो हिमालमा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक कमल खनालको नयाँ गीत सार्वजनिक भएको छ। नौमती बाजा रहेको नयाँ गीत उड्यो मालचरा वस्यो हिमालमा रिमा ईन्टरटेनमेन्ट नेपाल मार्फत सार्वजनिक भएको हो । गीतमा कमल खनाल र टिका पुनको स्वर रहेको छ । लय/शव्द कमल खनालको रहेको गीतको निर्माण रिमा फिल्मस्ले गरेको हो । उदिराम खड्काले निर्देशन गरेको भिडियोमा रिना थापा र मनोज खड्काको फिचरिङ रहेको छ । नारायण राज सत्यालले सम्पादन गरेका गीतको भिडियो हरीनारायण चौधरी र मिराज अर्यालले छायांकन गरेका हुन् ।

२०३३ सालमा भैरबस्थान ,१ रानिठाँटी पाल्पामा जन्मिएका खनाल २०५६ सालदेखी निरन्तर गित संगीत लोकदोहोरी क्षेत्रमा लागेका हुन् । उनको यसअघि पनि मायाको मालिक,मरे आमा, छुट्टिने दिन आयो पन्चैबाजा ,बालाचुराले,डाली पलायो,परदेशी छोरा, छोरो खेलाऊदै,माया मारे है,भेटौला अवश्य जस्ता चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन् ।

७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुँदै,के छ महायज्ञको महत्व ?

काठमाडौं । नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठ,महायोगी सिद्धबाबा अध्यात्मिक प्रतिष्ठाको आयोजनामा ७ सय ५ वर्षपछि श्रीराम तारकब्रह्म महायज्ञ हुन लागेको हो । श्रीरामानन्दाचार्य सेवापीठ हनुमान मन्दिरको प्राङगण वराहक्षेत्र सुनसरीमा यहि आगामी २०७५ माघ २७ वसन्त पञ्चमीदेखि सूरुभई २०७५ फागुन ७ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ । । महायज्ञको औंचित्यवारे जानाकारी दिन शुक्रवार राजधानीमा विशेष पत्रकार सम्मलेन गरिएको थियो ।
पत्रकार सम्मलेलनमा श्री श्री श्री १००८ श्री बैष्णव डा.कृष्णदास जी महाराजले हरित नेपाल,स्वस्थ नेपाल,स्वच्छ नेपाल,संमृद्ध नेपाल,स्वावलम्बि नेपाल सु-संस्कारी नेपालको लागि महायज्ञको आयोजना गर्न लागेको बताए । डा.कृष्णदास जी महाराजले राष्ट्र, राष्ट्रियता र आत्म, आत्मियतासहितको मानव समुदाय विकसित हुनुपर्ने धारणा राखे । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र संस्कृति नेपालीहरुको पहिचान भएको बताउँदै उनले भने,‘हामी नेपालीहरुले आफूलाई चिन्न छोड्दैछौं, अरुको प्रगतिमा दास हुन जादैछौं, जुन कुरा नेपालीको लागि महाघातक छ, समयमै आफुभित्र नेपालीपन खोज्नुपर्छ ।’

सबैभन्दा पवित्र कर्म कृषि रहेको भन्दै डा।कृष्णदास महाराजले भने,‘नेपाल कृषिप्रधान देश हो । तर, हामीले ८० प्रतिशत अन्न किनेर खानुपर्ने स्थिति छ, हाम्रो जीवनशैली कृषि हो, कृषि पेशा छोडेर अन्यत्र जाने काम भईरहेको छ, कृषिजस्ता पवित्र कर्म अरु कुनै छैन्, कृषकलाई निरोगी बनाउँछ, अरुलाई पाल्न सक्ने पेशा यही कृषि हो, हामी हरित क्रान्तिमा जुटि रहेका छौं, हरित गृहमा बायुमण्डीलीय प्रभावलाई रोक्न र प्राकृतिक सम्पदाको अविवेकपूर्ण दोहनबाट जोगाउमा सबैले ध्यान दिनुपर्छ ।’

डा।कृष्णदास महाराजले जात, पात उच निचरहित जीवन जिउन मानव एक भएर बाँचौं भन्ने हिन्दुधर्मको मुल मन्त्र भएको भन्दै यसलाई कुनै व्यक्ति वा संस्थासँग जोड्न नमिल्ने बताए । त्यस्तै कार्यक्रममा जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले श्रीराम तारकब्रम्ह महायज्ञ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बताए ।

नेपालको भविष्य निर्माणको आधार तयार गर्नका लागि श्रीराम मन्त्रराजले १६ करोडको हवन अर्चन गरिने ‘श्रीराम तारकब्रम्ह महायज्ञ’ को लागि गत महाशिवरात्रीदेखीदेश विदेशमा रहेका १२०० साधक साधिकाहरुले कुल १ अर्ब ६० करोडको संख्यामा मन्त्र जप अनुष्ठान गरिरहेका छन् ।’

जगद्गुरु श्रीरामानन्दचार्य सेवा पीठ एवम् महायोगी सिद्धबाबा आध्यामिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तिवारीले भने,‘आगामी माघ २५ गते वृहत शोभायात्राबाट हुने यस महायज्ञ र नवनिर्मित अतिथिगृह समेतको उद्घाटन हुनेछ, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाम सुनसरी चतरामा सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट हुनेछ।’

सिद्धबाबावाट दिक्षित साधक साधिकाहरुवाट करिव ८ करोडको आर्थिक सहयोगवाट सुविधायुक्त कुल १२६ कोठाको आवस गृह सम्पन्न भै सकेको छ । महायज्ञमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित दुई हजार पाँच सय अतिथिहरुको उपस्थिति रहनेछ ।

प्रस्तावित यज्ञ किन ?
यज्ञ आध्यात्मिक दृष्टिकोणवाट मात्र नभई भौतिक विज्ञानका दृष्टिकोणवाटसमेत आवश्यक प्रमाणित भइरहेकाले यस यज्ञको सङकल्प गरिएको हो । यथा –
क . यज्ञवाट उत्पन्न हुने धुवाँले प्रचुरमात्रामा अक्सिजन उत्पादनका साथै ओजन तहको घनत्व वृद्धिभई सूर्यवाट आउने हानिकारक विकिरणलाई छेकेर पृथ्वीलाई सुरक्षित गर्ने भएकाले,

ख. यज्ञवाट अतिवृष्टि र अनावृष्टिजस्ता प्रकोप रोकथाम भई उपयुक्त वृष्टि हुन्छ र पृथ्वी उर्वर भएर दिव्य अन्न र औंषधीय वनस्पतिहरुको उत्पादनमा वृद्धि भई प्राणी जीवनको रक्षा हुने भएकाले
ग . वायुमण्डलमा रहेको विषक्तलाई शुद्धीकरण गरी वायुमणडपको शोषध भई स्वास्थ्य लाभ हुने भएकोले
घ . पितृउद्धार,ग्रहदोष शमन,श्राप निवारण,रोगनाश, भूपप्रेत निवारण,दरिद्रय आदी दुर्भाग्यको नाश र भगवद्भक्ति प्राप्त गराउने भएकोले । साथै यस यज्ञवाट नेपाल र नेपालीका लागि निम्न अनुसारको थप लाभ प्रप्ता हुने भएकोले ।

ङ . हरित नेपालको निमार्ण गरी नेपाललाई स्वस्थ र स्वच्छ बनाउन तथा नेपालीलाई स्वावलम्बी,स्वाभिमानी एवं स्वरोजगारयुक्त बनाउन मद्दत पुग्ने भएकोले

‘बैना’ को ट्रेलर सार्वजनिक , माघ ११ मा रिलिज

काठमाण्डौ ।

प्रेमकथामा आधारीत चलचित्र बैनाको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र यहि माघ ११ बाट प्रर्दशनमा आउने भएको छ । दिल प्रकाश याक्सो निर्देशित यो चलचित्र पूर्वका रमणिय स्थानमा छायांकन गरिएको चलचित्र हो । हिमालि लिङदेन फिल्मस् प्रा लि को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र बैनालाइ हिमालि लिङ्देन , राजु लिङ्देन , धन बहादुर याक्सो , बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् । तिरुपाति पिक्चर्सले बितरण गर्ने यो चलचित्रमा सुबास मेचे , रन्जिता लिम्बु , उदय सुब्बा , सुरबिर पण्डित , भुपेन्द्र लिङ्देन , राजु लिङ्देन , विश्व मुखिया , युमा रानि लिम्बु , सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत , द्धन्द राजु किराति , छायांकन बिक्रम डिसि तथा सम्पादन तारा थापा किम्भे को रहेको छ । गीतमा कमल राइको कोरियोग्राफि रहेको छ भने चलचित्रको कथा पटकथा सम्बाद बिजय केरुङले लेखेका हुन् ।

सूर्यगढी गाँउपालिका–१ लच्याङमा सार्वजनिक सुनुवाई सम्पन्न

सोलेमाने (नुवाकोट) । प्रदेससभा सदस्य बद्रीप्रसाद मैनालीले बदलिदो परिवेश अनुसार जनतालाई सेवा पुयाउनको लागी राज्य संयन्त्रहरु क्रियाशिल हुदै आएकाले सोही अनुसार लाग्न स्थानीयतहलाई निर्देशन दिनुभएको छ । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ लच्याङमा वडा कार्यालय मार्फत आर्थिक वर्ष २०७४÷७५ मा सञ्चालन भएका योजना, बजेट तथा कार्यक्रम सम्बन्धि जानकारी गराउन पुस २४ गते मंगलबार कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाईमा सम्बोधन गर्दै नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रदेससभा सदस्य मैनाली । मुलुकमा शासन व्यवस्था फेरिएपनि जनतालाई सेवा प्रवाह गर्नको लागी स्थापना भएका सरकारको भूमिका समेत बदलिएर सञ्चालन हुनुपर्ने बताउनुभयो ।

उहाँले सूर्यगढी गाँउपालिका–१ ले सरोकारवाला पक्षहरुलाई समावेश गरी गत आर्थिक वर्षमा सञ्चालन गरेको कार्यक्रमको सार्वजनिक सुनुवाई गरी जानकारी दिनु अहिलेको लोकतन्त्र, गणतन्त्र तथा स्थानीय सरकार भएको महशुस भएको भन्दै प्रंशसा गर्नुभयो । सांसद् मैनालीले नुवाकोटका अन्य स्थानीयतहमा रहेका वडा कार्यालयहरुले सञ्चालन गरेका कार्यक्रमको जनतालाई जानकारी गराउन हिच्किचाउदै आएको सन्दर्भमा लच्याङमा सार्वजनिक सुनुवाई आयोजना हुनु र सहभागीहरुले सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागी दिएको सुझाबले स्थानीय सरकारको स्थापनाको लक्ष्य पूरा गर्न सफल भएको बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा सहभागीहरुले बोल्ने क्रममा लच्याङमा माविसम्म अध्ययन गर्ने विद्यालय नभएको भनेर राखेको जिज्ञासामा उहाँले अहिलेको कानूनले मावि सञ्चालनको अधिकार स्थानीयतहलाई दिएकाले त्यो अब कार्यान्वयन हुने र त्यसको लागी आफू क्रियाशिल भएर सहयोग गर्ने बताउनुभयो ।

यस्तै, सहभागीले लच्याङहुदै उर्लेनी र सरमथली जाने सडक हिउदको ६ महिना चल्ने र बाँकी छ महिना बन्द हुने गरेको भन्दै राखेको जिज्ञासामा उहाँले स्थानीय सरकारसंग समन्वयन गरी प्रदेस र केन्दीय सरकारबाट आगामी वर्ष नै बजेट तर्जुमा गराउने प्रतिबद्धता जनाउनुभयो । सहभागीहरुले राखेको जिज्ञासा तथा लच्याङको मुख्य समस्याको रुपमा रहेको भैरवी गुठी समस्या समाधानको लागी आफू सकारात्मक भएकाले त्यसमा खेती लगाउने किसानले जग्गा पाउनुपर्ने र भैरवी जात्रा सञ्चालनमा पनि निरन्तरता हुनुपर्ने गरी समाधान गर्नुपर्ने बताउनुभयो । सांसद् मैनानीले लच्याङबासीको लागी ड्वाचे खानेपानी सञ्चालनको लागी अध्यक्ष समेत रहनुभएका गाँउपालिका अध्यक्षले चासो किन नदिनेका आफूले समेत थाहाँ नभएको भन्दै यसतर्फ आफू अब सक्रिय भएर लाग्ने र त्यसमा उत्पन्न समस्या समाधान गराएर पानी सञ्चालन गराउनतर्फ लाग्ने बताउनुभयो । उहाँले लच्याङमा रहेका गुम्बा, देवीस्थल लगायतका शक्तिपीठहरुको संरक्षण, शिक्षा, पूर्वाधार विकास, जनचेतना अभिबृद्धि, रोजगारीको सिर्जना, व्यवसायिक तालीम तथा सिप प्रबद्धनको लागी आफूले पहल गर्ने भएकाले वडा कार्यालयबाट पनि त्यसमा सहयोगको अपिल हुनुपर्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा सूर्यगढी गाँउपालिकाको उपाध्यक्ष मञ्जु ढकालले गाँउपालिकाले सञ्चालन गर्दै आएको योजनामा लच्याङलाई प्रथामिकतामा राख्ने गरेको बताउनुभयो । उहाँले कार्यक्रममा गाँउपालिकाको अध्यक्ष अनुपश्थित हुनु पारिवारिक कारण भएको भन्दै गाँउपालिकाहरुमा सबैभन्दा पिछडीएको वडाको रुपमा लच्याङलाई माथी उठाउन बजेट बिनियोजनमा प्रथामिकता पर्नुपर्ने बताउनुभयो । सहभागीहरुले लच्याङमा राजनीतिक पूर्वाग्रही भएर बजेट तर्जुमा निकै कम भएको र कार्यक्रमम गाँउपालिकाको अध्यक्ष उपस्थिती नभएको भनेर टिप्पणी गरेपछि उहाँले यस्तो बताउनुभएको हो ।

यस्तै, कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सूर्यगढी गाँउपालिकाबाट सम्पन्न निर्वाचनमा अध्यक्षको उम्मेदवार समेत रहनुभएका बिन्दा ढुङ्गानाले लच्याङमा रहेका महिला, दिदीबहिनीहरुको लागी तालीम, सिप र स्वरोजगार कार्यक्रम ल्याएर उनीहरुलाई चुलोचौकाबाट पुरुष सरह प्रतिस्पर्धामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको सरकारले कानून निर्माणदेखि बजेट समेत तर्जुमा गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरी लच्याङको विकासको लागी स्थानीय सरकार लागिपर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा  वडाअध्यक्ष इमानसिंह तामाङको अनुसार वडा कार्यालय मार्फत गत आर्थिक वर्षमा प्राप्त भएको एक करोड ३२ लाख बजेट मध्ये कन्टीजेन्सी १२ लाख ७४ हजा कटाएर एक करोड २० लाख रुपैयाँ बजेटमा ४८ वटा योजना तर्जुमा गरिएको थियो । ती योजना मध्ये अधिकांश योजनाको सफल कार्यान्वयन भएको र त्यसबाट जनताले राम्रो लाभ पाएकाले आगामी दिनमा सोही योजनामा बाँकी रहेका तथा त्यस्तै किसिमका योजना सञ्चालनमा प्रथामिकता दिने उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधि पूरा हुनलाग्दा समेत यो आर्थिक वर्षको बजेट गाँउपालिकाले नपठाएको कारण तर्जुमा गर्न नपाएको गुनासो वडाध्यक्ष तामाङले गर्नुभयो ।

कार्यक्रममा गाँउपालिकको प्रमुख प्रशासकीय अधिकृत उत्तम खतिवडा सहित विषयगत कार्यालयका प्रमुख एवम् प्रतिनिधि, वडा नं. २, ३ र ५ का वडाध्यक्षहरु, इलाका प्र्रहरी कार्यालय चोकदेका प्रहरी इञ्चार्ज रामशरण कोइराला, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, सामाजिक संघ सस्ँथा, महिला समूह, कृषि समूह, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको वडा कार्यालयका कार्यालय सहायक दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

झिल्टुङ्ग नेपाल समाज गठन, अध्यक्षमा देउरालीका नारायण नेपाल चयन

नुवाकोट । झिल्टुङ्ग (दुईपिपल, रातमाटे र जिलिङ) मा रहेका नेपालहरुको यही पुस २२ गते सम्पन्न भएको भेलाले झिल्टुङ्ग नेपाल समाज गठन गरेको छ ।

भेलाले सर्वसम्मत रुपमा तदर्थ समितिको अध्यक्षमा दुईपिपल देउरालीका नारायणप्रसाद नेपाल चयन गरेको छ ।
भेलाले उपाध्यक्षमा रातमाटेका दामोदर नेपाल, सचिवमा जिलिङ्गका नारायण नेपाल र कोषाध्यक्षमा प्रकाश नेपाललाई चयन गरेको छ ।

पहिलो पटक भएको भेलाले तदर्थ समिति गठन सहित बंशावली खोज अनुसन्धानको लागी मुकुन्द नेपालको संयोजकत्वमा एक समिति, दामोदर नेपालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति र लुमडी नेपालको संयोजकत्वमा प्राविधिक समिति पनि गठन गरेको छ ।
समाजको अर्को बैठक आसन्न पुस २९ गते बस्ने भएको छ । समाजको गठन सगै अब उपसमितिलाई दिएको जिम्मेवारी अनुसार बंशावली खोजी, झिल्टुङ्गको पहिचानलाई बृद्धि, भवन निर्माणमा केन्द्रित हुने अध्यक्ष नारायणप्रसाद नेपालले टपनेपालन्यूजलाई जानकारी दिनुभयो ।

विश्व रेकर्डमा नुवाकोटको शान, ‘वल्र्ड रेकर्ड’ कायम गर्न सफल केसी सम्मानित

नुवाकोट । लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई आज यहाँ सम्मान गरिएको छ ।

व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत सार्वजनिक ग¥यो ।

केसीले गत भदौ ११ देखि १५ गतेसम्म लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो । केसीले प्राप्त गरेको प्रमाणपत्रमा लगातार ९० घण्टा दुई मिनेट भाषण गरी नयाँ वल्र्ड रेकर्ड कायम गर्नुभएकाले सो प्रमाणपत्र प्रदान गरिएको उल्लेख छ ।

नुवाकोट शिवपुरी गाउँपालिका–१ का केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोड्नुभएको छ ।

न्यू माइण्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इस्टपोल स्कूलमा वक्तव्य दिनुभएको थियो । नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्तका गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसक्नुभएका केसी आध्यात्मिक साधकसमेत हुनुहुन्छ । केसीले २१ दिन जल उपवास र छ महीना मौन ध्यान साधना पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा सो अभियानमा केसीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका ५० भन्दा बढी महानुभावलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web