रामती । दुप्चेश्वर गाँउपालिका वडा नं. ६ स्थित दुप्चेश्वर माध्यामिक विद्यालयमा पूर्व विद्यार्थीहरुको आयोजनामा शुक्रबार विभिन्न कार्यक्रम सम्पन्न भएको छ । विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीको आयोजनामा विद्यालयमा हाल अध्ययनरत विद्यार्थीबीच नृत्यु, हाजिरिजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न रचनात्मक प्रतियोगिताको व्यवस्थापना मिलाउनुभएका पूर्व विद्यार्थी सरिता पण्डितको अनुसार नृत्यमा सुस्मिता तामाङ पहिलो हुुनुभयो ।
यसैगरी, हाजिर जवाफ प्रतियोगितामा ग्रिन हाउस समूहबाट नेतृत्व गरेको कुमार तामाङको समूह पहिलो, रेड हाउस समूहबाट प्रतिनिधित्व गरेको रेन्जेन तामाङको समूह दोश्रो भयो । ब्लू हाउसको तर्फबाट प्रतिनिधित्व गरेको मनिष पण्डितको समूह तेश्रो भएको थियो भने यल्लो हाउसको तर्फतबाट प्रतिनिधित्व गरेको प्रदिप पण्डितको समूहले सान्त्वना स्थान हासिल गरेको थियो ।

यसैगरी, वक्तिृत्वकला प्रतियोगितामा मनिष पण्डित पहिलो, कुमार तामाङ दोश्रो, प्रदिप पण्डित तेश्रो र श्रद्धा आचार्यले सान्त्वना स्थान हासिल गर्नुभयो ।
उत्कृष्ट भएका विद्यार्थीलाई पूर्व विद्याथी मञ्च (समाज)को तर्फबाट कार्यक्रमको आयोजना गर्नुभएका सरिता पण्डित, विद्यालयका प्रअ रामप्रसाद अधिकारी, विव्यस सदस्य टंकप्रसाद महत, वडा नं. ६ का वडासदस्य कृष्ण गजमेर लगायतले स्टेशनरी सामाग्रि पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रममा पूर्व विद्यार्थी पण्डितले दुप्चेश्वर माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुबीच साझा मञ्चको स्थापनाको तयारी रहेको र त्यस बाट विद्यालय तथा स्थानीय क्षेत्रको शिक्षाको विकासमा लागिपर्ने बताउनुभयो । उहाँले हाल भिन्न भिन्न स्थानमा रहेका पूर्व विद्यार्थीको तर्फबाट आफूहरुले अध्ययन गरेको विद्यालयको शैक्षिक गुणस्तर बृद्धि तथा सहयकोगका कार्यक्रम सञ्चालन सुरु गरेकाले आगामी दिनमा निरन्तरता दिदै अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रअ अधिकारीले पूर्व विद्यार्थीहरुको पहलमा भएको रचनात्मक क्रियाकलापले विद्यार्थीको क्षमता अभिबृद्धि, पूर्व विद्यार्थीमा विद्यालय प्रतिको माया तथा समग्र शिक्षाको विकासको लागी सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा पूर्व विद्यार्थीहरु, विद्यालय परिवार, अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो ।

कोलनी । नुवाकोटको विदुर नगरपालिका–९ स्थित स्टार इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार अपरान्ह आगलागी भएको छ ।

दिउसो करिब ३ बजेतिर लागेको आगोले विद्यालयको छात्रबास रहेको भवनको एकवटा कोठा जलेर पूर्ण क्षति पुगेको छ । विद्यालयका प्रिन्सिपल उषा अधिकारीको अनुसार आगलागीबाट चार जना विद्यार्थी सुत्ने गरेको कोठा जलेर नष्ट हुदाँ उनीहरुको ओछ्यान लगायतका लत्ताकपडा, अध्ययनका सामाग्रि क्षति पुगेको छ । आगो लागेको केही समयमा पुगेको विदुर नगरपालिकाको दमकलको सहयोगमा स्थानीयबासी, प्रहरी, नेपाली सेनाको सहयोगले आगो आधा घण्टामा नै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट करिब एक लाख बराबरको धनमाल क्षति भएको नुवाकोट प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

शुक्रबार दिन भएकाले दिनको एक बजे नै विद्यालय बन्द भएको र छात्रबासका विद्यार्थी समेत घर गएकाले कोही नभएको समयमा आगो लागेकाले विद्युत गढबढ भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

विदुर । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन झण्डै ७५ हजार कर्मचारीले अनलाइनमार्फत फाराम भरेका छन् ।

बुधबार राति १२ बजेसम्मको समयसीमामा झण्डै ७५ हजार कर्मचारीले समायोजनमा जान अनलाइन फारम दर्ता गरेका हुन् । योसँगै कर्मचारी समायोजनको थप प्रक्रिया अघि बढ्दैछ ।

प्रदेशमा कर्मचारी नहुँदा संघीयताप्रति नै नागरिकको आक्रोश बढ्दै गैरहेको बेला केन्द्र सरकारले प्रदेश, स्थानीय तह सबैमा तोकिएअनुसार कर्मचारी पठाउने तयारी गरेको छ । समायोजनको फारम भर्ने काम सकिएलगत्तै अबको केही समयमा नै सबै स्थानीय तह र प्रदेशमा कर्मचारी पुगिसक्ने सरकारले बताएको छ ।

समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारी फेरि संघमा फर्कन नपाउने र वृत्ति विकासमै असर पर्ने गरि समायोजन गर्न लागिएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका थिए । तर कर्मचारीको बिरोधका बाबजुद पनि समायोजन प्रकृया अघि बढेपछि कर्मचारीहरुले बाध्य भएर फारम भरेका हुन् ।
फारम नभरेकालाई सफ्टवेयरबाटै समायोजन

फारम नभरे समायोजनमा जानु पर्दैन भन्ने सोच केही कर्मचारीमा हुन सक्छ । तर त्यस्तो छुट कसैले पनि नपाउने मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्पष्ट पार्नुभयो । फारम नभरेकाहरुलाई फारम भरेकाहरुले छानेर बाँकी रहेको तहमा समायोजन गरेर पठाइने उहाँले बताउनुभयो ।

फारम भर्न छुटेका तथा निजामती किताबखानामा विवरण अपडेट नगराएका कर्मचारीको नाम समेत समायोजन सफ्टवेयरमा राखिने उहाँले बताउनुभयो ।

‘फारम भर्नेको नाम र विवरण त हुने नै भयो, तर फारम नभरेकाहरुको पनि नाम र विवरण सफ्टवेयरमा सिफ्ट गरिने छ, कसैको पनि नाम छुट्दैन,’ उहाँले भन्नुभयो ।

तर बिदा तथा अध्ययनमा रहेका कर्मचारीको हकमा भने समायोजन लागू नहुने उहाँले बताउनुभयो । समायोजनका लागि सरकारले राजपत्राङ्कित श्रेणी र राजपत्र अनंकित श्रेणी गरि छुट्टाछुट्टै व्यवस्था मिलाएको छ ।

मन्त्रालयले गएको पुस ११ गते समायोजनका लागि चारवटा छुट्टाछुट्टै सूचना प्रकाशित गरेको थियो । सरकारी सेवाका कर्मचारी, साविक जिविसमा स्थायी नियुक्ति पाएर जिल्ला समन्वय समिति वा अन्य कुनै स्थानीय तहमा कार्यरत कर्मचारी, प्रदेश वा स्थानीय तहमा सेवा हस्तान्तरण भएका समिति, आयोग, प्रतिष्ठान वा यस्तै प्रकृतिका संगठित संस्थाका स्थायी कर्मचारी र संघ, प्रदेश र स्थानीय तहको नयाँ संगठन संरचनामा दरबन्दी कायम नभएका पदका कर्मचारीका लागि सरकारले आवेदन खुलाएको थियो ।
सफ्टवेयरबाटै नियुक्ति पत्र

सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ । दरबन्दी अनुसार नै सफ्टवेयरले समायोजनमा पठाउने मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

समायोजन प्रकृया निष्पक्ष बनाउन सफ्टवेयर प्रणाली अवलम्बन गरिएको भन्दै प्रवक्ता अधिकारीले अब सबै काम सफ्टवेयरले नै गर्ने बताउनुभयो ।

फाराम भरिसकेका सबै कर्मचारीको विवरण ‘भेरिफाई’ गरेपछि कर्मचारी समायोजन सफ्टेयरले नै को कहाँ पर्यो (संघ, प्रदेश र स्थानीय तह) भन्ने कुरो जानकारी दिनेछ ।

फारम भर्दा फारम भर्ने कर्मचारीले छानेको स्थानलाई सफ्टवेयरले पहिलो प्राथमिकता दिने छ । फारम नभरेकाको हकमा भने छानेर बाँकी छाडेका ठाउँमा सफ्टवेयरबाटै स्थान निर्धारण गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले बताउनुभयो ।

कर्मचारीको विवरण ‘भेरिफाई’ गर्न केही समय लाग्ने र त्यसपछि समायोजन पत्र दिने काम सुरु हुने छ । पहिलो चरणमा सचिवहरुलाई समायोजन पत्र दिइने प्रवक्ता अधिकारीले बताउनुभयो । समायोजनको पत्र दिनुअघि मन्त्रिपरिषद्बाट निर्णय गराएर प्रदान गरिने छ ।

त्यसपछि क्रमैसँग सहसचिव र त्यसपछिका सबै कर्मचारीलाई पत्र थमाउने काम हुने उहाँले बताउनुभयो । अर्को हप्तादेखि समायोजनको पत्र थमाउने काम सुरु हुने पनि उहाँले बताउनुभयो ।

कर्मचारी नहुँदा काम हुन सकेन भन्ने मुख्यमन्त्री लगायत स्थानीय तहका प्रमुखहरुको गुनासो पनि कर्मचारी समायोजनपछि समाधान हुने विश्वास सरकारले लिएको छ ।

पुनर्निर्माणको दुई वर्षे लक्ष्य र कार्ययोजना पारितनुवाकोट । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य तथा कार्ययोजना पारित गरेको छ ।

प्रधानमन्त्री एवम् राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको निर्देशक समितिको बैठकले आउँदो दुई वर्षभित्र पुनर्निर्माण तथा पुनस्र्थापनाको काम सम्पन्न गर्ने गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य तथा कार्ययोजना पारित गरेको हो ।

त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगसहित दातृ राष्ट्रहरुसँग छलफल निर्णय पनि गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो ।

दातृ राष्ट्रहरुले सम्झौता अनुसारको बजेट उपलब्ध नगराएपछि पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि थप बजेटको व्यवस्था गर्न निर्देशक समितिले पुनः दातृ राष्ट्रहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले प्राविधिकहरु परिचालन गर्नु अघि नै निजी आवास बनाएकाहरुलाई अनुदान दिने गरी कार्यविधि पनि संशोधन गरेको छ । प्राविधिकहरु परिचालन गर्नु अघि नै निजी आवास बनाएकाहरुलाई पनि अनुदान दिने गरी त्यसे सम्बन्धी कार्यविधि पनि बैठकले पारित गरेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।

समितिले गएको वर्ष निजी आवास निर्माणका काम सुरु गरेकाहरुलाई यस वर्षभित्र अनुदान रकम उपलब्ध गराइसक्ने निर्णय पनि गरेको छ । आगामी आर्थिक वर्षभित्र निजी आवास निर्माणको काम सम्पन्न हुने गरी अनुदान उपलब्ध गराउने निर्णय पनि गरिएको समितिले जनाएको छ ।

त्यसैगरी प्राधिकरण निर्देशक समितिको बैठकले स्थानीय तहमा पनि विपद् व्यवस्थापन हुने गरी नशाङ्कनको काम अघि बढाउने निर्णय पनि गरेको छ ।

विदुर । युवतीलाई ललाइफकाइ भारतमा बिक्री गरेको कसुरमा दोषी ठहर गर्दै नुवाकोट राउतवेसीका कृष्णबहादुर तामाङलाई अदालतले २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

दुप्चेश्वर गाउँपालिका–३ राउतबेंसीका २८ वर्षीय कृष्णबहादुर तामाङलाई न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले दोषी ठहर गर्दै सो फैसला गरेको हो । अठार वर्षीया युवतीलाई अभियुक्त तामाङले चार वर्षअघि भारत लगेर बिक्री गरेको प्रहरीले जनाएको छ । विसं २०७१ कात्तिक १९ गते हराएकी युवतीका परिवारले जिल्ला प्रहरी कार्यालयमा आरोपी तामाङविरुद्ध उजुरी दिएका थिए ।

फरार रहेका आरोपी तामाङलाई काठमाडौँबाट २०७३ मङ्सिर १७ गते गिरफ्तार गरी नुवाकोट ल्याएर अनुसन्धान प्रहरीले थालेको थियो । पीडित युवतीलाई भारतीय प्रहरीले उद्धार गरी विसं २०७३ मा नेपाल फर्काएको प्रहरीले जनाएको छ ।

विदुर । नुवाकोट, रसुवा र धादिङमा सेवा पु¥याउने उद्देश्यले विदुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ ।

खाद्य सामग्रीसम्बन्धी तीन जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउन कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित नौ जनाको दरबन्दी भए पनि हाल खाद्य अनुसन्धान अधिकृतसहित चार कर्मचारीबाट सेवा थालिएको निमित्त कार्यालय प्रमुख ९खाद्य अनुसन्धान अधिकृत० नवराज श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार यसअघि यहाँका तीन जिल्लाको कामकारवाही काठमाडौँबाटै हुने गरेको थियो । “नागरिकलाई सरकारी सेवा अधितकतम पायक पर्ने स्थानबाट उपलब्ध गराउन विदुरमा कार्यालय स्थापना गरिएको हो,” श्रेष्ठले भन्नुभयो । कार्यालयले खाद्य उद्योग, पेयपदार्थ उद्योग, किराना पसल, होटललगायत बिक्रीमा राखिएका खाद्य सामग्रीको गुणस्तर मापन गरेर मानवीय स्वास्थ्यप्रति सचेत गराउने काम गर्नेछ । उपभोक्तालाई जागरुक बनाउन सचेतना गोष्ठी, तालीम, परामर्श, होमस्टे ९घरबास० लाई प्रश्रय गरी पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने लक्ष्य छ ।

कार्यालय स्थापनासँगै सरोकारवालासँगको समन्वयनमा खाद्य सामग्रीसम्बन्धी नियमित बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्श र होटलको स्तरीकरण (गुणस्तर मापन चिह्न) गर्ने कार्यक्रम एकल तथा संयुक्त रुपमा कार्यालयले अघि बढाएको छ ।

बट्टारबजार । यामाहा कम्पनीको नुवाकोट र रसुवाको आधिकारिक विक्रेता त्रिशूली अटो प्राली, बट्टारले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटलाई बुधबार ६ थान हेलमेट प्रदान गरेको छ ।

प्रालीको कार्यालय बट्टारमा आयोजित एक कार्यक्रमको बीच त्रिशूली अटो प्रालीका सञ्चालक मधुसुदन थपलिया र प्रालीका प्रबन्ध निर्देशक बिवेक थापाले ट्राफिक व्यवस्था सहजताको लागी उक्त हेलमेट उपलब्ध गराउनुभएको हो । जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक शम्भुबहादुर अधिकारीलाई हेलमेट प्रदान गर्दै सञ्चालक थपलियाले यात्रुको सुरक्षाको लागी अहोरात्र खटिने ट्राफिक प्रहरी आफूपनि सुरक्षित भएर सेवा प्रदान गर्नुपर्ने हुदाँ त्यसको लागी सहयोग पुगोस भनेर ती समाग्रि प्रदान गरिएको बताउनुभयो ।

यस्तै, प्रालीका प्रबन्धक निर्देशक थापाले यामाहाको उत्पादन तथा सामाग्रि विक्री र मर्मतको लागी मात्र नभई आफूहरु मानवीय सेवा र सामाजिक कार्यमा समेत क्रियाशिल भएकाले त्यस स्वरुप ट्राफिक प्रहरीसंगको सहकार्य र उनीहरुलाई सहयोग स्वरुप हेलमेट उपलब्ध गराइएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि प्रालीको तर्फबाट सामाजिक उत्तरदायित्वको क्षेत्रमा निरन्तर क्रियाशिल हुने प्रतिबद्धता जनाउनुभयो ।

नुवाकोट र रसुवाको लागी यामाहाको आधिकारिक विक्रेताको रुपमा दश महिना अघि मात्र स्थापन भएको त्रिशूली अटो प्रालीले छोटो समयमा नै यहाँको बजारमा निकै लोकप्रियता हासिल गरेको छ । यामाहाको उत्पादनको रुपमा रहेको मोटरसाइकल र स्कुटर काठमाडौको मुल्यमा नै प्रालीले यहाँ उपलब्ध गराएकाले खरिद गर्ने ग्राहकको सङ्ख्या उल्लेख्य बढेको हो । हाल यामाहाको उत्पादनमा रहेका मोटरसाइलक र स्कुटर जिल्लामा रहेको स्थानीयतह, सामाजिक संघसँस्था र व्यक्तिगत खरिदको लागी निकै माग बढेको छ ।

विभिन्न अफर र मर्मत तथा पाटपुर्जाको सामाग्रि समेत सहज रुपमा यही पाइने भएकाले अन्य कम्पनीका उत्पादनको तुलनामा नुवाकोट र रसुवाका पारखीहरुको लागी यामाहाको उत्पादनको मोटरसाइकल र स्कुटरको माग निकै बढेको त्रिशूली अटो प्रालीले जनाएको छ ।

त्रिशूली । काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा अपरान्ह ३ः३० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो क्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको यकिन कारण भने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सिलिण्डर पड्किएर उद्योगमा आगलागीसमेत भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको प्रवक्ता बोगटीले बताउनुभयो ।

रामहरि न्यौपाने,
घ्याङफेदी । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीमा गत साता भएको बालबिबाह यहाँको बालक्लबको पहलमा रद्द भएको छ ।
घ्याङफेदी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी आबद्ध रेडपण्डा बाल क्लबको पहलमा बालबिवाह बदर गराउन सफल भएको हो । क्बलका अध्यक्ष राजु तामाङको अनुसार विद्यालयमा अध्ययनरत कक्षा ७ का १५ वर्षीय छात्र र कक्षा ८ मा अध्ययनरत १७ वर्षीयाँ छात्राबीच भागेर गरेको बिवाह रद्द गराइएको हो ।
“भागेर बिवाह गरेका उनीहरुलाई परिवारको साथमा केटा पक्षले घरमा भित्र्याएको थियो ।” तामाङले भन्नुभयो “क्लबका पदाधिकार र विद्यालयका शिक्षकको पहलमा अभिभावकलाई सम्झाएपछि उनीहरुलाई छुट्टी–भिन्न गराइएको छ ।”

बिबाह पश्चात विद्यालय आउन छाडेपछि उनीहरुले बिबाह गरेको सूचनाको आधारमा लगातार एक साताको प्रयासमा क्लबमा आबद्ध विद्यार्थीले नै बिबाह रद्द गराइदिएका हुन् ।

बिबाह रद्द भएसगै उनीहरु अध्ययनको लागी आ–आफ्नो घरबाट विद्यालय समेत आउन सुरु गरेको घ्याङफेदी माविका सहायक प्रअ प्रेम स्याङताङले जानकारी दिनुभयो । उहाँको अनुसार बालबिबाहका क्रम अझै कायम भएकाले रोक्नको लागी भइरहेको विभिन्न प्रयासका बीच सम्पन्न भएको बिबाह रद्द गराउनु ठूलो चुनौती भएपनि बालक्लबमा अबद्ध विद्यार्थी त्यसमा सफल भएका छन् ।

“विद्यार्थी र शिक्षकले अभिभावक सहित केटाकेटीलाई कानूनी रुपमा उमेर नपुगि बिबाह गर्नु दण्डनीय हुने भनेर सम्झायौ ।” स्याङताङले भन्नुभयो “अहिले रद्द भएको बिबाह उमेर पुगेपछि दुवैपक्षको सहमतिमा पुनः कायम गराउन सक्ने भनेर छुट्टी–भिन्न गराएका हौ ।”
जिल्लामा नै भौगोलिक रुपमा विकट, तामाङ समुदायको बाहुल्यता तथा शैक्षिक र आर्थिक रुपमा पछाडी परेको घ्याङफेदीमा बालबिबाह साँस्कृतिक रुपमा सामान्य मानिए पनि अहिले त्यो हटाउने प्रयास सफल कार्यान्वयनतर्फ लक्किएको छ ।

पछिल्लो समय गाँउपालिका, वडा कार्यालय र आधार डेभलमेन्ट नेपाल लगायतका सामाजिक संघसँस्थाको सहयोगमा सञ्चालनमा रहेका बालक्लबको पहलमा निरुत्साहित हुदै आएको दुप्चेश्वर गाँउपालिका उपाध्यक्ष अञ्जु आचार्यले बताउनुभयो ।

उहाँको अनुसार गाँउपालिकाले बालबिबाह, चेलिबेटी बेचबिखन लगायतका विकृति बन्द गराउन समस्याग्रस्त क्षेत्रका विद्यालयमा बालक्लब स्थापना गरी उनीहरु मार्फत चलाइएको अभियान प्रभावकारी बन्न थालेको छ । “क्लबलाई सामाजिक सँस्थासंगको सहकार्यमा गाँउपालिकाले आवश्यक सहयोग पु¥याएर अघि बढाइएको छ ।” आचार्यले भन्नुभयो “बालबालिका आफै जागरुक हुदै आएपछि समाजमा विद्यामान विकृति नियन्त्रणको लागी सहज हुने बन्न थालेको छ ।”

तामाङ बाहुल्यता अधिक रहेको यस दुप्चेश्वर गाँउपालिकाले बालबालिकाको क्षेत्रको लागी समेत योजना, बजेट तथा कार्यक्रमलाई प्रथामिकता दिएको जनाएको छ । बालक्लब स्थापनालाई पहिलो प्रथामिकता दिएको गाँउपालिकाले क्बलमा आबद्ध भएकालाई बालपरिषद् निर्माण गरी गाँउसभा र गाँउकार्यपालिका बैठकमा समेत सहभागी गराउने तयारी समेत गरेको छ ।

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मंसिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत स्वरुप नेपाली काँग्रेस नुवाकोटले संकलन गरेको राहत रकम उपलब्ध गराएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई घरमा नै पुगेर काँग्रेस जिल्ला सदस्य शसीसागर पण्डित र नरेश तामाङले पीडित परिवारलाई रु पाँच हजारको दरले रु एक लाख दश हजार प्रदान गर्नुभयो । उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।
मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अबस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमा समेत नहुने भएकाले सहयोग स्वरुप राहत रकम उपलब्ध गराएको पण्डितले बताउनुभयो ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई दुप्चेश्वर गाँउपालिकाले रु २५ हजारका दरले राहत रकम गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले प्रदान गर्दै उनीहरुको लागी थप सहयोगको अपिल गरेपछि समाजसेवीहरुबाट संकलन भएको रकम काँग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले वितरणको लागी गत साता प्रतिनिधि खटाउनुभएको थियो ।

दुप्चेश्वर गाँउपालिकाको अपिल अनुसार नुवाकोटको ककनी गाँउपालिका–७ चतुरालेका समाजसेवी दिवाकर थपलियाले रु ५० हजार र काठमाडौको टंकेश्वर हार्डवेयर जरंखुको तर्फबाट व्यवसायी हेम गौतमले रु ६० हजार रकम उपलब्ध गराएका थिए ।
गत मंसिर २८ मा भएको मिनीट्रक दुर्घटनामा परी घटनस्थलमा १८ जना र उपचारको लागी लैजादै गर्दा र उपचारको क्रममा समेत गरेर २२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा परी घाइते भएका १२ जनाको काठमाडौ स्थित विभिन्न अस्पतालमा अहिले पनि उपचार भइरहेको छ ।

पीडित परिवारलाई यहाँका विभिन्न गाँउपालिका, व्यवसायी तथा समाजसेवीहरुले पनि सहयोग पु-याउनेक्रम जारी रहेको छ ।

काठमाण्डौ ।

सुरिलो आवाजकि धनि झापाकि सान उषा मलाहले दर्जनौ नेपाली सुगम संगीत तथा फिल्म पाश्र्व गायनमा आफ्नो आवाज दिइसकेकि छिन् । नेपाली गीत गायनमा व्यस्त हुदै गर्दा उनले हिन्दि गीतको एक एल्वमनै तयार गरिरहेकि छिन् । यहि क्रममा उनको पहिलो हिन्दी गीत आफ्नै यूटुव च्यानल मार्फत सार्वजनिक गरेकि हुन् । ‘कुछ बोलो तुम’ बोलको गीतमा बिकाश चौधरीको संगीत रहेको छ भने उक्त गीत गायीका उषा आफैले लेखेकि हुन् ।

नेपाली आधुनिक गीत तथा फिल्मका गीत मा आवाज दिइरहेकि उषाले थुप्रै हिन्दि हिट गीतको कभर गीत पनि गाइसकेकि छिन् तर आफ्नै शव्दमा बनेको हिन्दि भाषामा गीत रेकर्ड गराउदा केहि फरक महसुस भएको बताउछिन् । गीतलाइ निरज श्रेष्ठले एरेन्ज गरेका हुन् । हेरौ उषाको आवाज रहेको यो हिन्दि गीत

काठमाण्डौ । यहि माघ ११ बाट प्रर्दशनमा आउने चलचित्र बैनाले आइतबार राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गरायो । चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेनले चलचित्र बैनामा अर्गानिक कथा रहेको बताएका छन् ।आफ्नै बारिको कथा टिपेर बिशुद्ध नेपालीपन र नेपाली समाजको फिल्म बैना बनाएकाे बताउदै चलचित्रको बारेमा जानकारी दिए । प्रेमकथामा आधारीत चलचित्र बैना यहि माघ ११ बाट प्रर्दशनमा आउने भएको छ । दिल प्रकाश याक्सो निर्देशित यो चलचित्र पूर्वका रमणिय स्थानमा छायांकन गरिएको चलचित्र हो ।

हिमालि लिङदेन फिल्मस् प्रा लि को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र बैनालाइ हिमालि लिङ्देन , राजु लिङ्देन , धन बहादुर याक्सो , बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

तिरुपाति पिक्चर्सले बितरण गर्ने यो चलचित्रमा सुबास मेचे , रन्जिता लिम्बु , उदय सुब्बा , सुरबिर पण्डित , भुपेन्द्र लिङ्देन , राजु लिङ्देन , विश्व मुखिया , युमा रानि लिम्बु , सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत , द्धन्द राजु किराति , छायांकन बिक्रम डिसि तथा सम्पादन तारा थापा किम्भे को रहेको छ । गीतमा कमल राइको कोरियोग्राफि रहेको छ भने चलचित्रको कथा पटकथा सम्बाद बिजय केरुङले लेखेका हुन् ।