काठमाडौं । बारामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक एसपी बलराम पोखरेलको ज्यान गएको छ । रमुख जिल्ला अधिकारी गणेश भट्टराई सवार गाडी कर्मचारी मिलन केन्द्र बाराको निजगढमा आयोजित कार्यक्रममा सहभागी भएर पथलैया हुँदै कलैया फर्किन लागेको क्रममा पसहा पूलको पूर्वतिर रोकिएको ट्र्याक्टरमा ठोकिएर ना १ झ १६३३ नम्बरको स्कार्पिओ साँझ साढे ८:३० पल्टेको थियो।

दुर्घटना हुँदा पोखरेलको घटना स्थलमै ज्यान गएको हो । उक्त सवारीमा रहेका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईकाे अवस्था भने गम्भिर रहेको बारा प्रहरीले जनाएको छ ।अन्य ३ जना पनि घाइते भएका छन् ।
घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल रहेका छन् । भट्टराईकाे बिरगंज अस्पतालमा उपचार भैरहेकाे छ । थप उपचारकाे लागि काठमाण्डाै ल्याउने तयारी भैरहेकाे प्रहरीले जनाएकाे छ । सडकमा रोकिराखेको ट्रयाक्टरको ट्रेलरमा ठक्कर खाँदा दुर्घटना भएकाे र सवारी अन्दाजी ७ मिटर तल दक्षिण तर्फ खसेकाे प्रहरीले जनाएकाे छ । दुर्घटना भएकाे सवारीमा ५ जना यात्रारत रहेका थिए ।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने क्रममामा नेपाल विद्यार्थी संघकाचार जनाभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन्।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै पुगेर विशिष्ट कक्ष अगाडी कालो झन्डा देखाउने क्रममा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, निरन्जन थापा, सुवास घिमिरे, सुदीप अधिकारी लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई विमानस्थल प्रहरीले नियन्त्रणमा राखेको छ। प्रहरीले उनीहरुलाई पक्राउ गर्ने क्रममा कुटपिट तथा दुव्र्यबहार समेत गरेको थियो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति स्विट्जरल्यान्ड प्रस्थान गरेको थियो।

विदुर । चोरी मुद्धामा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपालिका–१ का रमेश तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन वर्षअघि एक महिलाले लगाएको गरगहना चोरी गरेको अभियोगमा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहरिएका २२ वर्षका तामाङलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागी अदालत बुझाएको छ ।
नलाई विशेष सूचनाको आधारमा सोमबार राति काठमाडौमा पक्राउ गरी फैसला कार्यान्वयनको लागी यहाँ ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

अदालतले तामाङलाई दोषी ठहर गर्दै विसं २०७२ माघमा सुनाएको एक वर्ष कैद भुक्तानी तथा दण्ड र बिगो गरी रु तीन लाख दश हजार जरिवानाको लागी कारागार पठाएको श्रेष्तेदार शिवप्रसाद बञ्जराले जानकारी दिनुभयो ।

धुञ्चे । डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ ।

वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङगो डाँडामा टावरको जग खन्न सुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ‘प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौं भनेँ त्यस करिडोरमा निर्माण भइरहेका आयोजनाको करिब १७० मेगावाट बिजुली खेर जाने अवस्था छ ।’ घिसिङले भन्नुभयो । ‘नाङगो डाँडामासमेत काम गर्न पाईँदैन अनि कसरी प्रसारण लाइनको निर्माण गर्नु ?’ २७ किलोमिटर प्रसारण लाइन आयोजनाको निर्माण चालु आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।

प्रसारण लाइनको निर्माण तोकिएको समयमा हुन नसकेमा चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधिन ११० मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेनलगायतका आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था छ । यस्तो अवस्था आएमा प्राधिकरणले आयोजनाहरुलाई क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ ।

वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा कटानको निर्णय गर्न मन्त्रिपरिषद्बाट समय लाग्ने र यसबाट काम प्रभावित हुने देखिएपछि आयोजनाले रुखविरुवा काट्नु नपर्ने गत्लाङ–ग्रेबीचमा पर्ने घलेदरबार क्षेत्रमा ६ नम्बर टाबरको जग खन्न सुरु गरेको थियो । तर, डिभिजन वन कार्यालय प्रमुख शोभा सुवेदीले वन क्षेत्रको जग्गाको भोगाधिकारको निर्णय नभएसम्म काम रोक्न नत्र सुरक्षाकर्मी पठाएर पक्राउ गर्ने चेतावनी दिएपछि काम रोकिएको आयोजना प्रमुख केदार सिलवालले बताउनुभयो ।

‘भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने छ, भीरैभीर भएकाले सामान लैजान पनि गाह्रो छ यो हिउँदमा काम गर्न सकिएन भने निर्माण नै प्रभावित हुने अवस्था छ,’ सिलवालले भन्नुभयो ‘वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको निर्णयका लागि समय लाग्ने भएकाले रुख काट्नु नपर्ने ठाउँमा काम सुरु गरेका थियौं तर वन कार्यालयको निर्देशनपछि काम रोकिएको छ, यसले गर्दा निर्माण प्रभावित हुने भएको छ ।’

रुख काट्नु नपर्ने ठाउँमा काम गर्ने विषयमा प्रमुख जिल्ला अधिकारी र डीएफओसँग छलफल गरिएको तर कानुनले हात बाँधिएको भन्दै कुनै निर्णय हुन नसकेको सिलवालले बताउनुभयो । रुख नभएको स्थानमा ७/८ वटा टावरको जग हाल्न सक्ने अवस्था छ । प्रसारण लाइन निर्माणमा टावर खडा गर्न नै धेरै समय लाग्छ ।

प्रसारण लाइनको टावर रहने स्थान तथा रुटमा पर्ने करिब ४१ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्ने र त्यहाँ रहेका चार हजार रुखविरुवा हटाउने प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषदमा एक हप्ताअघि पुगेको छ । मन्त्रिपरिषद्को निर्णयपछि वन विभागसँग सम्झौता गरी रुख कटानको काम सुरु गर्न दुई महिनाभन्दा बढी लाग्छ । ३ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब ५० लाख रुपैयाँ) अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकार, जर्मन विकास बैक (केएफडब्लू) र युरोपियन इन्भेष्टमेन्ट बैक ईआईबीको लगानी रहनेछ ।

प्रसारण लाइनको टावर रहने स्थान र रुटमा पर्ने निजी जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भई वितरण भइरहेको आयोजनाले जनाएको छ । निजी जग्गा प्रयोगमा समस्या नरहेको प्रमुख सिलवालले बताउनुभयो ।

विदुर । १५ वर्षकी एक किशोरीलाई भारतमा लगेर बिक्री गरेको अभियोगमा नुवाकोट प्रहरीले उनको बुबा सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किशोरीका बुबा सहित दुप्चेश्वर गाउपालिका वडा नं. ६ का २२ वर्षीय सुनिल तामाङ र सोही स्थानका ३१ वर्षीया लक्ष्मी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई नुवाकोट जिल्ला अदालतमा मानव बेचविखन तथा ओसार पसार विरुद्धको अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धानको लागी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

काठमाडौको विभिन्न स्थानबाट मंगलबार उनीहरुलाई पक्राउ गरी कारबाहीको लागी नुवाकोट ल्याएर अनुसन्धान सुरु गरेको र संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । बुबा सहित तीन जनाले किशोरीलाई गत पुस २२ गते नुवाकोटहुँदै भारतको बेश्यालयमा लगेर बिक्री गरेको प्रहरीको दाबी छ ।

पीडित किशोरीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेर गत साता नेपाल फर्काइएको थियो ।

गोकर्ण अधिकारी,
रामती । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ मा रहेको घ्याङफेदी माध्यामिक विद्यालयले अभिभावकको आर्र्थिक अबस्था मजबुद बनाउन फलफुलका बिरुवा वितरण थालेको छ ।
जनजाती र दलित समुदायको मात्र बासोबास रहेको यहाँका अभिभावकको आर्थिक अबस्था कमजोरीले बालबालिका विद्यालय पढाउन सक्ने हैसियत कमजोर भएकाले आर्थिक उपार्जजनमा सहयोग पु-याउन फलफुलको बिरुवा निःशुल्क उपलब्ध गराएको विद्यालयका सहायक प्रअ प्रेम स्याङताङले जानकारी दिनुभयो ।

उहाँको अनुुसार एक विद्यार्थीको अभिभावकलाई उनीहरुको माग अनुसार दुईवटा बिरुवा उपलब्ध गराइएको छ । वितरण गरिएको बिरुवा यहाँको लागी पहिलो पटक परीक्षण पश्चात किवी, हलुवाबेद, अंगुर र आलुबखडा रहेका छन् ।
यसअघि स्थानीय जातको आलुबखडा पाइने भएपनि हाल वितरण गरिएको उन्नत जातको र अन्य फलफुलको बिरुवा साविक घ्याङफेदी गाविस (हाल दुप्चेश्वर गाँउपालिका–१) मा पहिलो पटक लगाउन थालिएको हो ।
विद्यालयमा अध्ययनरत तीन सय भन्दा बढी विद्यार्थीका अभिभावकले दुई–दुई वटाको दरले फलफुलको बिरुवा वितरण भइरहेको र त्यो एक साता भित्र उपलब्ध गराइसक्ने बताइएको छ ।

अभिभावकलाई विरुवा वितरणको लागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर स्याङताङ आफै सक्रिय हुनुभएको छ भने उहाँलाई विद्यालयमा रहेका शिक्षकहरु, जनप्रतिनिधिले समेत सहयोग पुुर्याएका छन् ।

जिल्लामा भौगोलिक रुपमा विकट, उच्चस्थानमा कृषि उब्जनी प्रयाप्त नहुदाँ आर्थिक कमजोरीले अभिभावकले बालबालिका विद्यालय पठाउन छाडेपछि उनीहरुलाई जिविकोपार्जनमा सहयोग पु-याएर पढाउन सक्ने हैसियत बनाउन बिरुवा उपलब्ध गराएको गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।

“घ्याङफेदीको सिङ्गो १ नं. वडामा हालसम्म यही एक मात्र विद्यालययले कक्षा नौसम्म अध्ययन गराउन यो वर्षबाट सुरु गरेको छ । यसअघि यहाँका विद्यार्थीले कक्षा आठभन्दा माथी अध्ययन गर्न अन्यत्र जानुपर्ने र त्यसको लागी गाँउबाट नभ्याउने हुदाँ धेरैले पढाई छाड्न बाध्य हुदै आएका थिए । गाँउपाललिकाले गाँउमा नै माथिल्लो तहसम्मको अध्ययन र विद्यार्थी पढाउने अभिभावकलाई जिविकोपार्जनमा सहयोग पु¥-उने नीति अवलम्वन गरेपछि भर्ना भएका विद्यार्थीहरु नियमित विद्यालय आउन थालेका छन् ।

बालबालिका पढाउने अभिभावकलाई जिविकोपार्जन कार्यक्रमको लागी गाँउपालिकाले आधार डेभलमेन्ट नेपाल सँस्थासंग सहकार्य गरेको छ ।

रामहरि न्यौपाने,
विदुर । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ का वडाध्यक्ष इमानसिंह तामाङले वडा नं. १ मा अवस्थित लच्याङ स्वास्थ्य चौकी निर्माणको लागी आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

नेपाल सरकारले भूकम्पपछिको पुर्ननिर्माण कार्यक्रम अन्तरगत स्वास्थ्य चौकीको भवन बनाउन रु दुई करोड २५ लाख बजेट छुट्टाएपनि जग्गा अभावले हुदै आएको ढिलाईमा वडाध्यक्ष तामाङले हाल स्वास्थ्य चौकी रहेको स्थान नजिकै सोलेमानेमा जग्गा प्रदान गरेसगैँ निर्माणको लागी प्रक्रिया अघि बढाउन सहज भएको छ ।

“भवन बनाउन बजेट आएपनि जग्गा नहुदाँ निर्माण अनिश्चित भइरहेको थियो ।” उहाँले भन्नुभयो “सार्वजनिक जग्गामा भवन बनाउन नपाइने र जग्गा खरिद गर्न बजेट समेत नभएपछि उक्त रकम फिर्ता हुनबाट जोगाउन आफैले निःशुल्क जग्गा प्रदान गरेको हो ।”

स्वास्थ चौकीलाई स्थानीयबासीबाट निःशुल्क प्राप्तीको लागी लामो समयदेखिको पहल सार्थक नभएपछि उहाँले आफूले वडाध्यक्ष भएको हैसियतमा प्राप्त गरेको सुविधाको रकम खर्चिएर केही दिन अघि मात्र स्थानीयसंग जग्गा खरिद गर्नुभएको थियो । उहाँले उपलब्ध गराएको जग्गा लच्याङमा सबैभन्दा आकर्षण, पायक पर्ने स्थानमा रहेको छ ।

नयाँ भवन बनाउन एक रोपनी जग्गा आवश्यक पर्ने भएपनि जिल्ला मालपोत कार्यालयबाट एक रोपनी चार आना जग्गा वडाध्यक्षबाट प्राप्त भएको स्वास्थ्य चौकीका इञ्चार्ज सरस्वती पौडेलले बताउनुभयो । उहाँको अनुसार भूकम्पले क्षति पुगेको लच्याङ स्वास्थ्य चौकी हाल अस्थायी भवनबाट सञ्चालनमा रहेको छ ।

“भवन अभावमा स्वास्थ्य चौकीले सञ्चालन गर्दै आएको बर्थिङ सेन्टर (सुरक्षित प्रजनन् केन्द्र) प्रभावकारी बनाउन चुनौती हुदै आएको थियो ।” पौडेलले भन्नुभयो “अब बन्ने नयाँ भवनमा चौबिसै घण्टा सेवा उपलब्ध गराउन स्वाथ्यकर्मीलाई आवशीय व्यवस्था सहित बर्थिङ सेन्टर सहित प्रयोगशाला सेवा लगायतका सुविधा उपलब्ध गराउन लागिएको छ ।”

लच्याङ स्वास्थ्य चौकीमा हेल्थ असिसेन्टको नेतृत्वमा पाँच जना कर्मचारी कार्यरत रहेका छन् । कोठाको अभावले अस्थायी भवनबाट बिरामीलाई गुणस्तरीय सेवादिन, औषधी भण्डारण गर्न तथा थप सेवा विस्तार गर्न कठिनाई हुदै आइरहेको छ ।

विदुर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शाखा माघ ५ गतेदेखि औपचारिकरुपमा स्थापना गरिएको छ । केही महिनाअघिदेखि जिल्लाका बीमाको काम थालेको रिलायबल लाइफ इन्स्योरेन्सको शनिबार बीमा संस्थानका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गर्नुभएको हो ।

उहाँले नेपालमा जीवन बीमा र गैरजीवन बीमा दुवैखाले बीमाको राम्रो सम्भावना रहेको बताउनुभयो । अध्यक्ष चापागार्इंले किसानलाई बीमाको पहुचसम्म ल्याउनका लागि स्थानीय तहले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामा, नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीलगायतले बीमाको महत्वबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । रिलायबल लाइफले जिल्लामा ५०० को बीमा गरी रु दुई करोड बीमा रकम सङ्कलन गरेको जनाएको छ ।

त्रिशूली । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आइतबार नुवाकोट बन्द आह्वान गरेका छन् ।

आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने जनाएपछि प्रभावित बासिन्दाले सङ्घर्षको कार्यक्रमअन्तर्गत जिल्ला बन्द गराएका हुन् ।

मुआब्जापीडित सङ्घर्ष समितिको आयोजनामा भएको बन्दले नुवाकोट र रसुवामा सञ्चालित छोटो तथा लामो दूरीका यातायातका साधन ठप्प हुँदा यात्रुले सास्ती पाएका छन् । बन्दले बजार क्षेत्र, शैक्षिक संस्था, उद्योग तथा कलकारखानासमेत प्रभावित भएका छन् । बन्दकर्ता बिहानैदेखि सडकमा शान्तिपूर्ण रूपमा विरोध जनाइरहेका छन् ।

चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत बन्द आह्वान गरेको र मागको सुनुवाइ नभए थप सङ्घर्षका कार्यक्रम ल्याउन आफूहरु बाध्य हुने समितिका संयोजक लीलानाथ न्यौपानेले बताउनुभयो ।

त्रिशूली–ककनी–बालाजु खण्डमा पर्ने पासाङल्यामु राजमार्ग क्षेत्रको दायाँबायाँ जग्गाको सीमा निर्धारण विसं २०३४ मा सडक विस्तारको क्रममा सडकको पहुँचमा आइसकेको भनेर आयोजनाले मुआब्जा दिन नमल्निे योजना प्रमुख सुवोधकुमार देवकोटाले बताउनुभयो । उहाँका अनुसार कानून अभावमा पीपलटारदेखि ढुङ्गेसम्मको जग्गाको मुआब्जा दिन नसक्ने अवस्था छ ।

बन्दकर्ताले ढुङ्गे बजारमा बिरोधको सांकेतिक स्वरुप पुरानो (थोत्रो) मोटरसाइकल जलाउदै ।

पीपलटार–ढङ्गे सडकखण्ड नुवाकोटको सदरमुकामसहित मुख्य–मुख्य बजार क्षेत्रमा पर्दछ । ‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्–स्याफ्रुबेसी–रसुवागढी हुदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने सडक निर्माणको काम भइरहेको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । उक्त सडक ८२ किमी दूरीको छ ।

विदुर । नुवाकोट चेम्बर अफ कमर्सको प्रथम अधिवेशनले कविन्द्रमान प्रधानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
यही शनिबार माघ ५ गते डि सिलट्याङ्कीमा भएको अधिवेशनले कमर्सको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुन्दरमान दुवाल, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, महासचिवमा केशव मिश्र, सचिवमा राजेन्द्र रिजाल र कोषाध्यक्षमा दीपकसेन रिजाललाई चयन गरेको छ ।

सदस्यमा सुमन पाठक, खिलबहादुर अधिकारी, केदार श्रेष्ठ, कृष्णबहादुर प्याकुरेल, रोशन शाह, शिव खड्गी, पूर्णलाल श्रेष्ठ, सञ्जय अमात्य, सम्झना जोशी तथा वस्तुगत सदस्यमा रामजी लम्साल र बद्री प्याकुरेल चयन हुनुभएको छ ।

सो चेम्बर अफ कमर्समा २०० जना व्यवसायी साधारण सदस्य छन् । साधारणसभाको उद्घाटन गर्दै चेम्बर अफ कमर्स प्रदेश नं ३ का अध्यक्ष कृष्णमान श्रेष्ठले नुवाकोट व्यावसायिक केन्द्रका रुपमा विकसित हुँदै गएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय नाका जाने मार्ग नुवाकोट हुँदै जाने भएकाले यसबाट व्यवसायीले फाइदा लिनसक्नेमा जोड दिनुभयो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका २५ जना मन्त्रीले नयाँ सम्पति विवरण सार्वजनिक गर्न आलटाल गरेका छन् । कतिपयले त भ्रष्टचार निवारण ऐनलाई समेत चुनौती दिदै निर्धारित समयमा सम्पति विवरण वुझाउन अटेर गरेका छन् । भ्रष्टचार निवारण ऐन २०५९ को दफा ५० अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुले आर्थिक वर्ष सकिएको ६० दिन भित्र आफू र आफ्नो परिवारको नाममा रहेको सम्पति विवरण सरकार समक्ष बुझाउनु पर्ने प्रावधान छ ।
त्यसरी बुझाइएको सम्पति विवरण सार्वजनिक समेत गर्नुपर्ने परम्परा छ । सो परम्परा विपरित प्रधानमन्त्री तथा मन्त्रीहरुले सम्पति विवरण सार्वजनिक नगरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रीले आर्थिक वर्ष सकिएको ६० दिन भित्र सम्पति विवरण वुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर त्यस विपरित अहिले सम्म उनीहरुले सम्पति विवरण सार्वजनिक गर्न सकेका छैनन् । भ्रष्टचार निवारण ऐन अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुलाई सम्पति विवरण बुझाउने समय भदौ मशान्त सम्म मात्रै थियो । सोअवधि सकिएको ४ महिना वितिसक्दा समेत झण्डै आधा मन्त्रीहरुले सम्पति विवरण नै नवुझाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

समयमा सम्पति विवरण नवुझाउने मन्त्रीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैया जरीवाना गराउन सक्छ । जरिवाना गरि त्यस्ता मन्त्रीको सम्पति शंकास्पद रहेको अनुमान गरि अख्तियारले छानवीन समेत गर्न सक्ने कानुनी प्रावधान छ । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ ।

काठमाडौं । कुनै पनि खानेकुरा पत्रपत्रिकामा राखेर दिनु र पत्रपत्रिकामा पोको पारेर राख्नु हाम्रो समाजमा सामान्य मानिन्छ । तपाईं चटपटे खान जानुहोस् । बिक्रेताले पत्रपत्रिकामै पोको पारेर चटपटे दिन्छ । तात्तातो दुनोट माग्नुहोस्, बिक्रेताले तापाईंलाई पत्रिकाले बेरेजसरी दिन्छ । मासु किन्न जानुहोस्, मासु पसलेले समेत पत्रिकामै पोको पारेर तपाईंलाई मासु दिन्छ ।

तर, तपाईं हामीमध्ये कमैलाई थाहा होला– पत्रपत्रिकामा पोको पारेर दिएको खानेकुरा खानु स्वास्थ्यका हिसाबले ठीक हुँदैन । झन् त्यस्ता खानेकुरा खाँदा प्राणघातक रोग क्यान्सर लाग्छ भन्ने कुरा त हामीमध्ये धेरैलाई थाहा नै छैन । हो, यदि प्रयोगमा आइसकेका पत्रपत्रिकामा पोको पारेर राखिएका खानेकुरा खाने बानी छ भने आजै त्यागौं । चिकित्सकहरुले पनि यो विषयलाई जनचेतना विस्तारकै रूपमा अघि बढाउनुपर्ने धारणा राख्न थालेका छन् ।

आजको राजधानी दैनिक अगाडि लेख्छ– रोगमध्येकै जटिल मानिन्छ क्यान्सर । कतिपय क्यान्सर यति खतरनाक हुन्छ, चिकित्सा विज्ञानले पनि उपचार गर्न सक्दैन । मानिसको मृत्युसमेत हुन सक्छ । के कारण यो रोग लाग्छ धेरैलाई जानकारी छैन । चिकित्सकको भनाइअनुसार प्रयोग भइसकेको पत्रिकामा पोको पारेको खानेकुरा खाँदा पनि क्यान्सरको जोखिम हुन्छ ।
वरिष्ठ फिजिसियन तथा क्षयरोग विशेषज्ञ डा दीर्घसिंह बमका अनुसार प्रयोग गरिएका पुराना पत्रपत्रिका, कागजपत्रमा पोको पारेका खानेकुराले मुटु रोग र क्यान्सर लाग्न सक्छ । यसको प्रयोगले फोक्सो र खाने नलीमा समेत समस्या हुन सक्छ । श्वासप्रश्वाससम्बन्धी रोगसमेत लाग्न सक्छ ।