स्वास्थ्यचौकी भवन बनाउन वडाध्यक्ष इमानसिंह तामाङबाट निःशुल्क जग्गा उपलब्ध

माघ ७, २०७५ मा प्रकाशित | 9733 views

रामहरि न्यौपाने,
विदुर । नुवाकोटको सूर्यगढी गाँउपालिका–१ का वडाध्यक्ष इमानसिंह तामाङले वडा नं. १ मा अवस्थित लच्याङ स्वास्थ्य चौकी निर्माणको लागी आवश्यक जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।

नेपाल सरकारले भूकम्पपछिको पुर्ननिर्माण कार्यक्रम अन्तरगत स्वास्थ्य चौकीको भवन बनाउन रु दुई करोड २५ लाख बजेट छुट्टाएपनि जग्गा अभावले हुदै आएको ढिलाईमा वडाध्यक्ष तामाङले हाल स्वास्थ्य चौकी रहेको स्थान नजिकै सोलेमानेमा जग्गा प्रदान गरेसगैँ निर्माणको लागी प्रक्रिया अघि बढाउन सहज भएको छ ।

“भवन बनाउन बजेट आएपनि जग्गा नहुदाँ निर्माण अनिश्चित भइरहेको थियो ।” उहाँले भन्नुभयो “सार्वजनिक जग्गामा भवन बनाउन नपाइने र जग्गा खरिद गर्न बजेट समेत नभएपछि उक्त रकम फिर्ता हुनबाट जोगाउन आफैले निःशुल्क जग्गा प्रदान गरेको हो ।”

स्वास्थ चौकीलाई स्थानीयबासीबाट निःशुल्क प्राप्तीको लागी लामो समयदेखिको पहल सार्थक नभएपछि उहाँले आफूले वडाध्यक्ष भएको हैसियतमा प्राप्त गरेको सुविधाको रकम खर्चिएर केही दिन अघि मात्र स्थानीयसंग जग्गा खरिद गर्नुभएको थियो । उहाँले उपलब्ध गराएको जग्गा लच्याङमा सबैभन्दा आकर्षण, पायक पर्ने स्थानमा रहेको छ ।

नयाँ भवन बनाउन एक रोपनी जग्गा आवश्यक पर्ने भएपनि जिल्ला मालपोत कार्यालयबाट एक रोपनी चार आना जग्गा वडाध्यक्षबाट प्राप्त भएको स्वास्थ्य चौकीका इञ्चार्ज सरस्वती पौडेलले बताउनुभयो । उहाँको अनुसार भूकम्पले क्षति पुगेको लच्याङ स्वास्थ्य चौकी हाल अस्थायी भवनबाट सञ्चालनमा रहेको छ ।

“भवन अभावमा स्वास्थ्य चौकीले सञ्चालन गर्दै आएको बर्थिङ सेन्टर (सुरक्षित प्रजनन् केन्द्र) प्रभावकारी बनाउन चुनौती हुदै आएको थियो ।” पौडेलले भन्नुभयो “अब बन्ने नयाँ भवनमा चौबिसै घण्टा सेवा उपलब्ध गराउन स्वाथ्यकर्मीलाई आवशीय व्यवस्था सहित बर्थिङ सेन्टर सहित प्रयोगशाला सेवा लगायतका सुविधा उपलब्ध गराउन लागिएको छ ।”

लच्याङ स्वास्थ्य चौकीमा हेल्थ असिसेन्टको नेतृत्वमा पाँच जना कर्मचारी कार्यरत रहेका छन् । कोठाको अभावले अस्थायी भवनबाट बिरामीलाई गुणस्तरीय सेवादिन, औषधी भण्डारण गर्न तथा थप सेवा विस्तार गर्न कठिनाई हुदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web