नुवाकोटमा छोरी बिक्री गरेको अभियोगमा बुबा सहित तीन पक्राउ

माघ ९, २०७५ मा प्रकाशित | 7800 views

विदुर । १५ वर्षकी एक किशोरीलाई भारतमा लगेर बिक्री गरेको अभियोगमा नुवाकोट प्रहरीले उनको बुबा सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा किशोरीका बुबा सहित दुप्चेश्वर गाउपालिका वडा नं. ६ का २२ वर्षीय सुनिल तामाङ र सोही स्थानका ३१ वर्षीया लक्ष्मी नेपाली रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई नुवाकोट जिल्ला अदालतमा मानव बेचविखन तथा ओसार पसार विरुद्धको अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धानको लागी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

काठमाडौको विभिन्न स्थानबाट मंगलबार उनीहरुलाई पक्राउ गरी कारबाहीको लागी नुवाकोट ल्याएर अनुसन्धान सुरु गरेको र संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । बुबा सहित तीन जनाले किशोरीलाई गत पुस २२ गते नुवाकोटहुँदै भारतको बेश्यालयमा लगेर बिक्री गरेको प्रहरीको दाबी छ ।

पीडित किशोरीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेर गत साता नेपाल फर्काइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web