लिखु गाँउपालिका र रेडक्रस नुवाकोट शाखाको सयुक्त पहलमा पशु स्वास्थ्य शिविर

खानीगाँउ । नुवाकोटको लिुख गाँउपालिका वडा न. १ मा लिखु गाँउपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको सहआयोजामा दुवै सँस्थाको सयुक्त पहलमा बुधबारदेखि दुई दिने पशु स्वास्थ्य शिविर सञ्चालनमा आएको छ । लिखु गाँउपालिका सहित आसपासका कृषकलाई सेवा पु-याउने उद्देष्यले सञ्चालनमा ल्याइएको शिविरमा किसानले पशु, चौपाय तथा पंक्षीको लागी आवश्यक परामर्श, स्वास्थ्य जाँच, परीक्षण, औषधि उपलब्ध लगायतका आधुनिक सुविधाहरु सबै निःशुल्क प्रदान गरिएको छ ।

लिखु गाँउपालिका अन्तरगत रहेको आर्थिक विकास शाखा कृषि पशुपंक्षी तथा सहकारी उपशाखामा आबद्ध प्राविधिकहरु र रेडक्रस नुवाकोट शाखाले उपलब्ध गराएको प्राविधिकहरुले सयुक्त रुपमा शिविरमा पशु चौपायको जाँच गराउन आएका किसानलाई सेवा उपलब्ध गराइरहेको रेडक्रस नुवाकोट शाखाका कार्यक्रम संयोजक रबिन दाहालले जानकारी दिनुभएको छ । उहाँको अनुसार शिविरमा सेवा लिन आएका किसानलाई पशु चौपाय तथा पंक्षी जाँच गराउन गाँउपालिकाको कार्यालय र रेडक्रस नुवाकोट शाखाले उपलब्ध गराएका प्राविधिकहरु खटिएका छन् भने निःशुल्क औषधिको लागी रेडक्रससंगको सहकार्यमा गाँउपालिकाले चार लाख रुपैयाँ उपलब्ध गराएको छ ।

शिविरमा पशु चौपाय तथा पंक्षीको लागी सबै प्रकारका रोगको निःशुल्क परीक्षण सहित औषधी समेत उपलब्ध गराइएको छ भने गाई, भैसीलाई कृत्रिम गर्भाधारण सेवा, गाई, भैसी गोरु, रागो लगायतको नत्थी लगाउनको लागी नाक छेड्ने, गोरु, बोका (बहर)लाई सुमार्ने (बन्धाकरण) सेवा समेत निःशुल्क उपलब्ध गराइएको रेडक्रस नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार बुधबारदेखि सुरु भएको दुई दिने शिविरको पहिलो दिन किसानलाई सहज रुपमा सेवा उपलब्ध गराउनको लागी रेडक्रस जिल्ला शाखाका कार्यक्रम संयोजक दाहाल सहित जिविकोपार्जनमा कार्यक्रममा आबद्ध कर्मचारीहरु, लिखु वडा नं. १ का वडाध्यक्ष नरहरि पाण्डे, वडा नं. ३ का वडाध्यक्ष भोलाराज सेढाई, रेडक्रस नुवाकोट शाखाका कार्यसमिति सदस्य एवम् खानीगाँउ उपशाखा सभापति गोकर्ण ढकाल लगायतले शिविर सञ्चालनमा सहजिकरण गर्नुभएको थियो ।

रसुवाको थाम्बुचेतमा प्रहरी चौकीको नयाँ भवन बन्यो

रसुवा । भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत निर्माण भएको थाम्बुचेत प्रहरी चौकीको सोमबार उद्घाटन गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगअन्तर्गत रू एक करोड ६४ लाखको लागतमा सो भवन निर्माण गरिएको हो । भवनको प्रदेश नं ३ का सुरक्षा प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो । उहाँले शान्ति सुरक्षा प्रदान गर्ने कार्यमा नेपाल प्रहरी अहोरात्र खट्ने र आपराधिक क्रियाकलाप रोक्न घटनाको सूचना दिई सुरक्षाकार्यमा सहयोग गर्न समुदायसँग आग्रह गर्नुभयो ।

विसं २०४२ मा टहरमा स्थापना भएको थाम्बुचेत प्रहरी चौकी नयाँ भवन बनेपछि काम सहज भएको छ । सात कोठे भवनमा महिला तथा पुरूष थुनुवा कक्ष, कार्यालय सञ्चालन कक्ष र प्रहरी अधिकृत तथा जवान कक्ष रहेको छ । जिल्लामा १२ प्रहरी चौकीमध्ये चार चौकी भवन निर्माण सम्पन्न भएको छ । अन्य चौकीको भवन निर्माण अगाडि बढेको छ । सो अवसरमा आफ्नो नाममा रहेको जग्गा प्रहरीलाई उपभोग गर्न भोगाधिकारको मञ्जुरी दिएको भन्दै चिलिमे जलविद्युत् केन्द्रलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

आज शहीद दिवस मनाइदै, हाम्रा शहीद कति हुन त्यो समेत थाहा छैन

–पूर्णप्रसाद मिश्र,

काठमाडौँ । माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

यसैगरी दिउँसो लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेकामा हाल शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागबाट काम हुन थालेको छ ।

स्मारक निर्माण सम्पन्न भएपछि शहीदगेटका चार शहीदको सालिक पनि गोकर्णमै स्थानान्तरणका लागि सरकारीस्तरबाट निर्णय भएको स्मारक निर्माण समितिका अध्यक्ष सुदर्शन सिग्देलले बताउनुभयो । गोकर्णको जगडोल (यज्ञडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा शहीद सङ्ग्रहालय, शहीदसम्बन्धी अध्ययन–अनुसन्धान गर्न चाहनेका लागि पुस्तकालयलगायत संरचनाको निर्माण अन्तिम चरणमा पुगेर निर्माण व्यवसायीको लापरवाहीले काम अलपत्र रहेको स्मारक निर्माण समितिले जनाएको छ ।

विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।

कहिले कति शहीद घोषणा

शहीदको परिभाषा गर्न हालसम्म दुई वटा आयोग गठन भए । पूर्वमन्त्री मोदनाद प्रश्रित र नवराज सुवेदीको अध्यक्षतामा गठन भएका आयोगले प्रतिवेदन पनि बुझाए । देश र जनताका लागि माफी नमागी मर्न चाहने चार शहीदलाई पहिलो श्रेणीको शहीद मान्नुपर्ने प्रश्रितले बताउनुभयो । राम्रो काम गर्दागर्दै मर्छु भन्ने थाहा नभए पनि कारणवश मरेका पनि शहीद हुने भनी प्रतिवेदन बुझाइएको उहाँले सुनाउनुभयो ।

विसं २०४६ को प्रजातन्त्र पुनस्र्थापनाको जनआन्दोलनमा शहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही रु एक लाख आर्थिक सहयोग गरेको थियो । त्यस्तै २०६२÷६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरियो । दुई पटकको तथ्याङ्क सार्वजनिक रुपमा खोज्दा पाइए पनि अरू शहीदको सरकारसँग स्पष्ट तथ्याङ्क छैन । विसं २०६२÷६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गरियो ।

विसं २०७४ माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १९० जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले हाल सम्पूर्ण शहीदको तथ्याङ्क सूची सङ्कलन गरी स्पष्ट अभिलेख राख्न शुरु गरेको जनाएको छ । यद्यपि मन्त्रालयसँग हालसम्म कति शहीद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन । सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिशमा एक हजार ६१९ जनालाई शहीद घोषणा गरेको थियो ।

त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्याङ्क पाउन सकिएको छैन । साथै पटक पटकको तराई मधेश आन्दोलन र मुलुकभर भएका पहिचानका विभिन्न आन्दोलनमा मारिएका कति व्यक्तिलाई शहीद घोषणा गरियो भन्ने यकिन तथ्याङ्क भेटिँदैन । सरकारले ती आन्दोलनमा मारिएका व्यक्ति र भएको क्षतिबारे यकिन गर्न विभिन्न आयोग गठन ग¥यो । आयोगलाई शहीदको परिभाषा गर्ने जिम्मेवारी पनि तोकियो ।

मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा उल्लेख भएअनुसार शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाविरुद्ध प्रचारप्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजीकैको रूखमा झुण्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए ।

गृह प्रवक्ता रामकृष्ण सुवेदी विभिन्न समयमा शहीद घोषणा गरिएकामा कतिपयको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिएको भए पनि ती सबै आधिकारिक तथ्याङ्क मन्त्रालयसँग नभएको बताउनुहुन्छ । मन्त्रालयले हालै विभिन्न आन्दोलनमा मारिएका चार सुरक्षा निकायका दुई हजार ८०७ लाई शहीद घोषणाका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पठाएको जानकारी उहाँले दिनुभयो । जसमा नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जना छन् । पछिल्लो समय शहीद घोषणा हुनेले राज्यबाट रु १० लाख पाउने गरेका छन् ।

प्रहरीचौकी तारुकाको नयाँ भवन उदघाटन

नुवाकोट ।  राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण कोषको  सहयोगमा प्रहरी चौकी तारुकाको परिसरमा नव निर्मित कार्यालय भवनको उदघाटन ३ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले मंगलबार गर्नुभएको छ । प्रहरी चौकी तारुका नुवाकोटको नवनिर्मित भवनको निरीक्षण तथा अवलोकनको साथै उहाँले अमुल्य मन्तव्य दिनुभएको छ ।

कार्यक्रममा प्रनाउई अनिल रानाबाट भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमेख एसपी कृष्ण बहादुर पल्ली मगरबाट स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा तारकेश्वर गाउपालिकाको अध्यक्ष रमेश बहादुर वस्ती र नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी  गोपाल अधिकारीले प्रहरीले पुर्याउदै आएको भूमिका र प्रहरीले सञ्चालन गरिरहेको विभिन्न अभियानका कार्यक्रमले नागरिक प्रहरीबीचको सम्बन्ध सुमधुर हुदै गएको र समाजमा अपराध न्युनिकरणमा टेवा पुगेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले धन्यावाद ज्ञापन गर्नुभएको थियो भने  बिभिन्न सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुखहरु, राजनैतिक दलका पार्टि प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बितिय संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सामुदायिक प्रहरी सेवाकेन्द्र नुवाकोटका अध्यक्ष तथा प्रतिनिधिहरु, पत्रकारहरु,शिक्षक शिक्षिका तथा विद्यार्थीहरु, आम जनसमुदाय, प्रहरी कर्मचारीहरु गरि दुई सय भन्दा बढीको उपस्थिती रहेको थियो ।

उक्त भवन पुर्ननिर्माण कोष मार्फत ६६ लाख २१ हजनार ८३० रुपैयाँमा निर्माण गरिएको हो । कार्यक्रममा भवन निर्माण गर्ने निर्माण व्यवसायीलाई तोकिएको समयमा कार्य सम्पन्न गरे बापत र भवनको लागी निःशुल्क जग्गा दिनेदातालाई सम्मान गरिएको थियो ।

नुवाकोट प्रहरीबाट अधिकारी पक्राउ

विदुर । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई नुवाकोट प्रहरीले ३ वर्ष पछि पक्राउ गरी अदालतमा बुझाएको छ ।
नुवाकोट साविक चारघरे गाबिस वडा नं ८ हाल बिदुर नगरपालिका वडा नं १२ बस्ने वर्ष ३८ को बिष्णु प्रसाद अधिकारी भएको कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट मिति २०७२ साल भदौ १ गते फैसलाले उनलाई दोषी ठहराएको थियो । दोषी ठहरिए सगै उनलाई अदालतले १ वर्ष कैद फैसला सुनाएको थियो ।
सोही समयदेखि फरार रहेको उनलाई  विशेष सुराकीको सुचनाको अधारमा माघ १४ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टरालाईले जानकारी दिनुभयो ।
प्रहरीलाई उनलाई  नुवाकोट जिल्ला अदालत समक्ष पेश गर्दा  अदालतले एक वर्षको  कैदी पुर्जि दिई  कारागारमा चलान गरेको छ ।

बिरेन्द्र माबिको ३० औँ बार्षिक उत्सव आयोजना, पूर्व अर्थमन्त्री डा.महत आउने

नुवाकोट । दुप्चेश्वर गाँउपालिका–२ गाँउखर्कको  पुरानो छेपारमा रहेको बीरेन्द्र माध्यामिक विद्यालयको ३०औ वार्षिक उत्सव यही माघ २० गते आयोजना गरिएको छ । विद्यालयको प्रधानध्यापक उषा तामाङको अनुसार विद्यालयको बार्षिक उत्सवमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री, गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य लगायतको अतिथीहरु सहभागी हुने भएको छन् ।

विशेष रुपमा मनाउन लागिएको बार्षिक उत्सवमा विद्यालयको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विभिन्न सास्कृतिक तथा रचनात्मक प्रस्तुतीहरु समेत समावेश हुनेछन भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत गीत, संगीतको प्रस्तुती समावेश गरिएको बार्षिक उत्सव आयोजकका कार्यक्रम संयोजक दोर्जे तामाङले जानकारी दिनुभएको छ ।

विद्यालयले उक्त दिन बिहान साढे दश बजेदेखि दिनभर चल्ने कार्यक्रमको लागी सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, जनप्रतिनिधि, पूर्वविद्यार्थी लगायत सरोकारवालाहरु सबैलाई उपस्थितीको लागी निमन्त्रण पठाइसकेको जनाएको छ ।

बीरेन्द्र मावि विद्यालय जिल्लामा नै उत्कृष्ट विद्यालयको रुपमा अग्रेजी माध्यमबाट अध्यापन गराउने, विभिनन रचनात्मक गतिविधि सञ्चालन गर्ने तथा उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने विद्यालयको रुपमा अग्रणी स्थानमा रहेको छ ।

पूर्व सासंद लोहनी आफ्रिकामा, नेपालको कम्युनिष्ट पार्टीको कार्यपत्र प्रस्तुत गर्ने

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व सासंद राजेन्द्रप्रकाश लोहनी अफ्रिकाको घाना पुग्नुभएको छ । उहाँ यही बिहीबार राती यहाबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
घानामा पपुलर ऐजुकेशन एट द कम्युनिटि लेवल सस्थाको निमन्त्रणामा २५ जनवरी देखि १६फेब्रवरी सम्म हुने सामुदायिक उच्च शिक्षामा बिषयको अन्तक्रिया वर्कशपमा उहाँले नेपालकोतर्फबाट प्रतिनिधित्व गर्दै त्यहाँ जानुभएको हो ।

उक्त कार्यक्रममा नेपालको र्तफबाट लोहनीले नेपालमा कम्युनिष्ट पाटिको ईतिहास वर्तमान को विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।  १५ देशका ५० जना  कम्युनिष्ट नेता कार्यक्रममा  सहभागि रहेको छ । जारी रहेको कार्यक्रम २१ दिनसम्म चल्ने पूर्व सासंद लोहनीले जानकारी दिनुभएको छ ।

रसुवागढी भन्सार : चीनबाट आयात उत्साह, नेपालबाट निर्यात निरास

अनु आचार्य,
टिमुरे (रसुवा) । राजश्व संकलनमा रसुवा भन्सार कार्यालय सक्षम बन्दै गएको छ ।

चीनसंगको एकमात्र व्यापारिक नाकाको रुपमा सञ्चालनमा रहेको रसुवागढी नाकाबाट कारोबार बढेसगैँ भन्सार असुलीमा रसुवा भन्सार कार्यालय सक्षम ठहरिदै गएको हो । विसं २०१३ सालमा स्थापना भएको भन्सार कार्यालय टिमुरे विनासकारी भूकम्पको कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि एकाएक चम्किएर राजश्व संकलनमा लक्ष्यभन्दा निकै बढी गुणा संकलन गर्न सफल ठहरिएको छ । विसं २०७२ सालमा गएको बिनासकारी भुकम्पदेखि हालसम्म रसुवा भन्सार कार्यालय टिमुरेले १५ अर्ब रुपैयाँ भन्दा बढी राजश्व असुली गरेको भन्सार प्रमुख पुण्यबिक्रम खड्काले जानकारी दिए ।

अन्तराष्ट्रिय भन्सार दिवसको अवशरमा टिमुरेमा शनिबार अयोजित कार्यक्रममा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा दुई अर्ब चार करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । भूकम्पपछि केरुङ नाका सञ्चालनमा आएसगै चम्किएको यस नाकाबाट आव २०७३÷०७४ मा दुई अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो भने आव २०७४÷०७५ मा चार अर्ब ५९ करोड रुपैयाँ राजश्व संकलन भएको भन्सार प्रमुख खड्काले बताए ।
यस नाकाले चालु आव २०७५÷०७६ मा सात अर्ब १५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

पछिल्लो ६ महिनामा पाँच अर्ब ६१ करोड रुपैयाँ राजश्व संकलन भइसकेको कार्यालयले जनाएको छ । यो चालु आवको राजश्व संकलनको लक्ष्यको ८० प्रतिशत हो । “बाढी र पहिरोले भदौदेखि असोजसम्म एक महिना भन्दाबढी नाकाबाट आवतजावत प्रभावित हुदाँपनि लक्ष्य भन्दाबढी राजश्व संकलनले चीनसंगको व्यापारलाई उत्साहको रुपमा देखाएको छ ।” भन्सार प्रमुख खड्काले भने “राजश्वमा अब्बल भएर मात्र के गर्नु भौतिक संरचनाको जीर्ण अबस्थाले कर्मचारीलाई भने निराश बनाएको छ ।”

भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयसंग श्रोत, साधन, दक्ष जनशक्ति र आधुनिक उपकरणको अभाव छ । सुख्खा बन्दरगाह निर्माणमा भएको ढिलाई र हालको यार्ड साँघुरो हुदाँ कर्मचारीलाई काम गर्न कठिनाई छ ।

आयात उत्साह, निर्यात निराशाजनक :
चीनसंग सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीमा पछिल्लो समय निर्यात भन्दा आयातको दर निकै बृद्धि छ । ६३ अर्ब २२ करोड ६७ लाख रुपैयाँको सामाग्रि आयात भएकोमा यहाँबाट भने तीन अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको सामाग्रि मात्र निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

आव २०७२÷०७३ मा रसुवागढी नाकाबाट १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँको सामान आयात भएकोमा यहाँबाट ६१ करोड १५ लाख रुपैयाँको सामान निर्यात भएको थियो ।
आव २०७३÷०७४ मा १५ अर्ब ९७ करोड १७ लाख रुपैयाँको सामान आयात भएको थियो भने ७७ करोड ५३ लाख रुपैयाँको सामाग्रि यताबाट निर्यात भएको थियो ।

आव २०७४÷०७५ मा १९ अर्ब २५ करोड २३ लाख रुपैयाँको सामान आयात हुदाँ एक अर्ब ८२ करोड ७५ लाख रुपैयाँको सामाग्रि नेपालबाट चीनतर्फ निकासी भएको कार्यालयको तथ्याङ्क छ । चालु आवको साउनदेखि पुष मसान्सम्म १७ अर्ब ३४ करोड रुपैयाँको सामान आयात भएकोमा यहाँबाट भने ५३ करोड १६ लाख रुपैयाँको सामान निर्यात भएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । पछिल्लो तीन वर्षमा भन्सारमा आयातको तुलनामा निर्यात ५.९२ प्रतिशत मात्र भएको देखिन्छ ।

स्याफ्रुबेसी–रसुवागढी सडकको चीन सरकारबाट स्तरोन्नति थालिदै

नुवाकोट । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरी स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम तत्काल सुरु हुने भएको छ । यो खण्डको स्तरोन्नतिको लागि चीनले बोलपत्र आह्वान गरी निर्माण व्यवसायी छनोटको तयारी थालेको छ ।
अब काम थाल्न तयारी सुरु गरिएको सडक विभागमा विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख कुवेशकुमार शर्माले बताउनुभयो । उहाँको अनुसार यो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर विभागले त्यसलाई स्वीकृत गरेपछि चीनले टेण्डर गरेको थियो ।

चीनले स्तरोन्नति गर्ने यो सडक खण्ड १६ किलोमिटर दुरी छ । चीनले यो सडक खण्ड दुई लेनमा विस्तार गर्ने गरी काम अघि बढाउन नेपाल सरकारसंग समझदारी गरेको छ ।
हाल यो सडक खण्ड साँघुरो हुँदा रसुवागढीबाट समान लिएर आउने गाडीलाई पनि चल्न मुस्किल पर्ने अवस्था छ । विभागमा अनुसार केही ठाउँमा जटिल भूगोल भएकाले स्तरोन्नतिको काम चुनौतिपूर्ण देखिएपछि नेपाल सरकारले चीन सकारलाई नै काम गर्ने जिम्मेवारी दिएको हो ।

शर्माका अनुसार यो सडक चीनले अनुदान सहयोगमा बनाइदिन लागेको हो । विभागले हाल सडक सीमाभित्र रहेका घर टहरा हटाउने र विद्युतका पोल सार्ने लगायतका काम गरिरहेको छ । यो काम सकिएलगत्तै चीनले सडक निर्माणको काम सुरु गर्ने जनाएको छ ।
चीनले स्याफ्रुसम्मको सडक निर्माणको तीन वर्षभित्र यस  सडकको स्तरोन्नति सकाउने महाशाखा प्रमुख शर्माले बताउनुभयो ।
नेपाली सेनाले मैलुङदेखि स्याफ्रुबेसीसम्मको १७ किलोमिटर सडक निर्माण गरिसकेको छ । तर, यो खण्ड गत बर्खायामको पहिरोले क्षति पुगेर चल्न नसकेपछि हाल स्तरउन्नतीको काम थालिएको छ । अहिले स्याफ्रुबेसीबाट धुन्चे हुँदै आउने सडकमार्गको स्तारेन्नती भइरहेपनि भूगलेका हिसावले यो निकै जटिल छ ।

अब सेनाले ट्रयाक खोलेर सञ्चालनमा ल्याएको बेत्रावती–मैलुङ–स्याफ्रु सडक खण्ड पनि नेपाल सरकारको आफ्नै लगानीमा कालोपत्रे गर्ने योजना बनाएको छ । त्यसका लागि डिजाइनको काम भइरहेको छ ।
यदि यो खण्ड पनि स्तरोन्नति भए चीनको रसुवागढी नाका पुग्न सहज किसिमको मार्ग तयार हुनेछ । भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि मात्रै सरकाले रसुवागढी नाकासम्म पुग्ने सडकलाई सवारीमैत्री बनाउन प्रयास थालेको थियो ।

चीन सरकारले हाल केरुङतर्फको भन्सार नाकालाई नै बढी प्राथमिकता दिइरहेको छ । नेपाल सरकारले रसुवागढी जाने वैकल्पिक मार्गको खोजी गर्दै खोलाको किनारै–किनार नयाँ सडकको ट्रयाक खोलेको हो । त्रिशुलीबाट धुन्चे हुँदै स्याफ्रु पुग्ने सडकका विभिन्न स्थानमा ठूला पहिरोहरु छन् । यो मार्गमा भएका पुलहरु पनि जोखिमयुक्त आवस्थामा छन् ।

दक्ष ईन्टरनेशनल अवार्डबाट पत्रकार अधिकारी सम्मानित

काठडमाडौ । दक्ष ईन्टरनेशनल प्रालिको आयोजनामा दक्ष ईन्टरनेशनल अवार्ड–२०१८ को ग्राण्ड फाईनलको दिन मोफसल (नुवाकोट)मा रहेर निरन्तर पत्रकारिता र समाजसेवाको क्षेत्रमा योगदान दिदै आफुलाई क्रियाशील बनाउनुभएका सुन्दरादेबी सन्देश साप्ताहिकको प्रकाशक, एवम् सुन्दरादेबीन्युज डट कामका सम्पादक, तथा नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारी सम्मानित हुनुभएको छ । पत्रकार अधिकारीलाई दक्ष ईन्टरनेशनल अवार्ड २०१८ बाट सम्मान गरिएको हो ।

आयोजक समितिको तर्फबाट अधिकारीलाई काठमाडौ महानगरपालिकाको उपप्रमुख तथा प्रमुख अतिथी हरिप्रभा खड्गी, बिशेष अतिथी बरिष्ठ कलाकार किरण केसीले एकैसाथ सम्मान गर्नुभएको हो । राष्ट्रिय नाचघर, जमल आयोजित दक्ष ईन्टरनेशनलको आयोजनाम मिस एण्ड मिसेज ब्युटिफुल नेपाल २०१८ को शनिाबर आयोजित फाइनल कार्यक्रममा पत्रकार अधिकारीलाई सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको हो ।

पत्रकार अधिकारी विसं २०५५ सालदेखि निरन्तर पत्रकारिता साथै केहि समय अगाडी देखि नेपाली गीतसंगीत क्षेत्र र कला तथा कलाकारितालाई संचारमाध्यमबाट उजागर गर्न क्रियाशील रहदै आउनुभएको छ । कार्यक्रमा आयोजकले उहाँसगै कलाकार शिबहरि पौडेल, नायिका एलिना बास्कोटा लगायतलाई पनि दक्ष ईन्टरनेशनल अवार्ड सम्मान गरेको जनाएको छ ।

थानापतिमा अपाङ्गता भएका व्यक्तिहरुलाई ब्लाङकेट वितरण

शेराबगर ।  शिवपुरी गाउँपालिकाको वडा न ८ थानापतिमा ३० जना अपांगता भएका व्यक्तिहरुका लागि ब्लाङकेट बितरण गरिएको छ । शिवपुरी मिडिया नेटवर्कको संयोजनमा शिवपुरी अपांग संघ थानापतिले शनिबार एक कार्यक्रममा बीच शिवपुरी गाँउपालीका ८ का अपांगता भएका व्यक्तिहरुलाई उक्त सामान बितरण गरेको हो ।

कार्यक्रममा शिवपुरी गाँउपालिका वडा नं. ८ थानापतिका वडा अध्यक्ष पदमबहादुर थपलियाले ग्रामिण भेगमा रहेका अपांगता भएका व्यक्तिहरुको अवस्था दयनीय रहेको बताँउदै उनिहरुलाई ज्ञान, सिप र आयका क्षेत्रमा कार्यक्रम आउनु पर्ने बताउनुभयो ।  वडा अध्यक्ष थपलियाले थानापतिका अपांगता भएका व्यक्तिहरुको हितका निम्ती गाँउपालीकासंग आवश्यक पर्ने हर प्रकारको सहयोगका निम्ती पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना (तरकारी जोन) सञ्चालक समितिका संयोजक एवम् जागरुक सहकारीका अध्यक्ष रामप्रसाद पुडासैनीले अपांगता भएका व्यक्तिहरुका लागी सहयोगका कार्यक्रमहरु आउनु राम्रो रहेको बताँउदै सामाजिक कामहरुमा आफनो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी बलराम खडकाले अपांगता भएका व्यक्तिहरुका हितका निम्ती शिवपुरी मिडिया नेटवकका अध्यक्ष रबिन थपलियाले गरेको कार्यहरु सराहनीय रहेको बताँउदै अपांगता भएका व्यक्तिहरुको हितका निम्ती आफुले पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा शिवपुरी मिडिया नेटवर्ककका अध्यक्ष एवं शिवपुरी अपांग संघका अध्यक्ष रबिन थपलियाले शिवपुरी गाँउपालिकासंग समन्वय गरेर गाँउपालिका भरीका अपांगता भएका व्यक्तिहरुको तथाङ्ग संकलन गरी उनिहरुका निम्ती उपयुक्त कार्यक्रम ल्याउन लागिएको जानकारी दिनुभयो । थपलियाले थानापति मन्दीरमा शिवपुरी मिडियाले आयोजना गरेको कार्यक्रमबाट बचेको रकममा मिडियाको तर्फबाट केहि पैसा थप गरेर शिवपुरीमा अपांगता सहायताकोष बनाउने योजना सुनाउनुभयो ।

शिवपुरी अपांग संघका सचिब हरि डंगोलले सञ्चालन गरेको कार्यक्रममा शिवपुरी गाँउपालीका वडा नं ८ का वडा सदस्यहरु दिपक थपलिया, रामशरण थापा, ऋषिमुनी आयुर्वेद सेवाश्रमका महासचिब गणेश बहादुर राना लगायतको उपस्थीति रहेको थियो ।

घ्याङफेदी मिनीट्रक दुर्घटनाको घाइतेलाई बुद्धभूमि हाइड्रोपावरको सहयोग

घ्याङफेदी मिनीट्रक दुर्घटना घाइतेलाई बुद्धभुमि हाइड्रोपावरको सहयोगसमुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाको  घ्याङफेदीमा गत मंसिर २८ गते भएको मिनिट्रक दुर्घटना परि घाईते भएकालाई उपचारमा सहयोग जुट्नेक्रम जारी रहेको छ । घाइतेको उपचारको लागी सहयोग स्वरुप निर्माणाधीन रहेको बुद्धभूमि हाईड्रोपावर कम्पनिले पचास हजार रुपैयाँ उपलब्ध गराएको छ । कम्पनिका अध्यक्ष पूर्णलाल श्रेष्ठ सहित पदाधिकारीले गाउँपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङलाई भेटेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरणमा कम्पनिका अध्यक्ष श्रेष्ठले दुप्चेश्वर गाँउपालिकाभित्र निर्माण भइरहेको कम्पनीले सामाजिक उत्तरदायित्व बहन अन्तरगत तथा गाँउपालिकामा भएको दुःखत घटनामा सहयोग प्रदान गर्ने उद्दष्यले कम्पनीको निर्णय अनुसार सहयोग प्रदान गरेको बताउनुभयो । उहाँले आगामी दिनमा कम्पनीको तर्फबाट थप सहयोग तथा भौतिक पूर्वाधार निर्माणमा पनि साझेदारी गरेर दुप्चेश्वर गाँउपालिकालाई समृद्ध बनाउन हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो ।

भ्याङ्लेमा बाँध बाधेर सातबिसे नजिकै निर्माण गृह रहेको बुद्धरत्न हाइड्रोपावरको निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । हाल आधा काम सम्पन्न भइसकेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web