काठमाडौ । विश्व फुटबल महासङ्घ (फिफा)ले माघ २४ गते बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १६१ आँंै स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो ।

वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै १०३ औँ स्थानमा पुगेको छ । यसअघि भारत ९७ औँ स्थानमा थियो । त्यस्तै माल्दिभ्स १५२ औँ स्थानमा रहँदा भुटान १८६ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा छन् ।

केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एशिया कपको उपाधि जितेको कतार वरियतामा माथि उक्लिएको छ । यसअघि ९३ औँ स्थानमा रहेको कतारले कतारले ३८ स्थान सुधार गर्दै विश्व वरियतामा ५५ औँ स्थानमा उक्लिएको छ ।

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम शीर्ष स्थानमा कायमै छ । त्यस्तै विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इग्ल्यान्ड पाँचौ, पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्यान्ड आठौँ, स्पेन नवौँ र १० औँ स्थानमा डेनमार्क रहेका छन् । अर्जेन्टिना भने ११ औँ स्थानमा छ ।

ज्ञानेन्द्र न्यौपाने,

स्याफ्रुुुु । माघ २३ गते बुधबार रातिदेखि नै परेको निरन्तर वर्षासंँगै परेको हिमपातका कारण उत्तरीक्षेत्रको जनजीवन थप कष्टकर भएको छ । नागरिक समाजका अनुसार लाङटाङ, चन्दनबारी, ठूलो स्याफ्रुुुु, बृद्धिम, थुमन, खैदी, गतलाङ, पुरानो तातोपानी क्षेत्र, यार्सा, सिङ्बन्दीलगायत गाउँबस्तीमा हिमपात भएकाले उक्त बस्ती आसपास क्षेत्रको जनजीवनसमेत चिसोले थप कष्टकर भएको हो ।

अधिकांशं स्थानीय नागरिकले आगो तापेर र सिरक ओढेर न्यानो पारिरहेको बताइएको छ । उत्तरी भेकमा हिमपात र दक्षिणी भेकमा वर्षा निरन्तरता भएका कारण दक्षिण पश्चिम रसुवाका ठूलोगाउँ र, डाँडागाउँसमेतका गाउँबस्तीमा अत्यधिक चिसो बढेको ठूुलोगाउँ पहिरेका चमकबहादुर गुरूङले जानकारी दिनुभयो ।

चिसोको असरले शरीरको रक्तसञ्चारमा असर पुग्ने भएकाले न्यानो लुगा लगाउने, मनतातो खाना खाने, पानी तताएर पिउने, खाली खुट्टा नहिँड्ने, कानमा हावा पस्न नदिने, बालबालिकालाई तातो ठाउँमा राखी एक्लै नछाड्ने, हातका आँैलामा पञ्जासमेत लगाई चिसोबाट सुरक्षित रहन सबै जिल्लावासीमा आग्रह गरिएको जिल्ला अस्पतालका डा प्रबल केसीले बताउनुभयो ।

नुवाकोट । नुवाकोटमा रहेका विद्यालयहरुबीच जिल्ला ब्यापी क्रिकेट प्रतिपर्धा हुने भएको छ । जिल्ला क्रिकेट संघ नुवाकोटको आयोजनामा यही
माघ २६ गते देखि जिल्लाब्यापी बिधालयस्तरिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको संघका जिल्ला अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार उक्त प्रतियोगिताको बिजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उपबिजेताले नगद ६ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सहभागी हुन चाहने विद्यालयले टिम दर्ता हुने अन्तिम मिति माघ २५ गतेसम्म तोकिएको छ भने त्यसको लागी शुल्क चार हजार रुपैयाँ निर्धारण गरिएको छ । प्रतियोगिता श्रीनाथ गणको खेलमैदान सिचाई, देविघाटमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

संघको आयोजनामा हरेक वर्ष सञ्चालन हुदै आएको विभिन्न बिधाको प्रतिस्पर्धात्मक गतिविधि मध्ये यसअघिको जस्तै अहिले पनि नुवाकोटमा रहेका विद्यालयस्तरीय समूहको प्रतिस्पर्धा गराउन लागिएको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

काहुले । तामाङ समुदायको उल्लेख्य बसोबास रहेको नुवाकोटको किस्पाङ गाँउपालिकाको काहुलेमा मंगलबार उल्लासको साथ ल्होसार पर्व मनाइएको छ । गाँउपालिकाको सहयोगमा थ्री जी स्टार युथ क्लबले आयोजना गरेको २८५५ औँ सोनाम ल्होसार पर्वको अवसरमा गाँउपालिकाको कार्यालय प्राङ्गणमा हजारौ स्थानीयबासीले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गेतिक प्रस्तुतीमा तामाङ समुदायको महान पर्व ल्होसार मनाएका छन् । तामाङ समुदायको नयाँ वर्षको रुपमा फा अर्थात सुगुर वर्षको स्वागत गर्दै ल्होसार पर्व मनाएका छन् ।

कार्यक्रममा किस्पाङ गाँउपालिकाको अध्यक्ष छत्रबहादुर लामाले गाँउपालिकामा रहेका सबै समुदायको साँस्कृतिक तथा ऐतिहासिक परम्परागको जगेर्ना गर्ने जिम्मेवारी आफूहरुको भएकाले तामाङ समुदायको पर्व र परम्परालाई संरक्षण गरी प्रबद्धनको लागी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले किस्पाङ गाँउपालिकामा तामाङ समुदायको बाहुल्यता उल्लेख्य रहेकाले उनीहरुको भाषा, भेषभूषा, पहिरन, खाना, धर्मको संरक्षण गर्नको लागी गाँउपालिकाले योजना तथा बजेटमा पहिलो प्रथामिकता दिएको बताउनुभयो । अध्यक्ष लामाले तामाङ समुदाय र बौद्धमार्गीहरुले मनाउने गरेको ल्होसार पर्व अहिले सबैको साझा पर्व भएको जस्तै यसलाई सार्वजनिक बिदाको रुपमा सबैले मनाउने, यसका साँस्कृतिक तथा धार्मिक पक्षलाई प्रचार प्रसार गरी नयाँ वर्षको शुभकामना आदानप्रदान गरी एक आपसमा सुख, शान्ति र समृद्धिको कामना गरेर मनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठले किस्पाङ गाँउपालिकामा रहेको बिविधता मध्येको तामाङ समुदाय र यस समुदायले मनाउने गरेको ल्होसार पर्व महत्वपूर्ण र ऐतिहासिक रहेको बताउनुभयो । उहाँले लिखु गाँउपालिकामा ल्होसार पर्व मनाउने चलन नहुदाँ आफूले पहिलो पटक ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता जनाउन पाएसगै तामाङ समुदाय एवम् बौद्धमार्गीले मनाउने ल्होसार पर्वप्रतिको आत्मियता निकै बढेको बताउनुभयो ।
कार्यक्रममा थ्री जी स्टार युथ क्लबका अध्यक्ष शंखबहादुर तामाङ, उपाध्यक्ष करन मोक्तान सचिव अस्मिता तामाङ, सदस्य अनुज तामाङ लगायतले क्लबले सामाजिक क्षेत्रमा पुर्याउने सहयोगका कार्यक्रम अन्तरगत नवौ सस्करणको रुपमा यो वर्षको ल्होसार पर्व गाँउपालिकासंगको साझेदारीमा गरिएकाले निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

ल्होसार पर्व मनाउन तथा एक आपसमा शुभकामना आदान प्रदानको लागी लिखु गाँउपालिका उपाध्यक्ष रोजिना राई, किस्पाङ गाँउपालिका वडा नं. १ का वडाध्यक्ष आइत घले, वडा नं. ३ का वडाध्यक्ष अमृतबहादुर गुरुङ लगायत स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी सहित हजारौको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कलाकारहरु रमला पाख्रिन, शान्ति मम्बा चिजा लामा सहित स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुतीमा अपरान्हदेखि साँझ अबेरसम्म मेन्दोमायाँको उत्कृष्ट संगीत रहेको थियो ।

काठमाडौ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ ।

पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै माघ २२ गते मंगबलार काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेविसङ्घ नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जिव खड्का, सागर पाण्डे र शङ्कर खड्का रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकालाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

काठमाडौ । नेपाल टेलिकमले मंगलवार पन्ध्रौं वार्षिकोत्सव मनाएको छ। वार्षिक उत्सवको अवसरमा टेलिकमले अफरहरुसमेत सार्वजनिक गरेको छ।
कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले सार्वजनिक गरेका अफरहरु अनुसार आजदेखि एक महिनासम्म टेलिकमको एनटि एप डाउनलोड गरेमा १०० एमबी डाटा दिने भएको छ।

माघ २३ गतेदेखि फागुन ८ सम्म दर्ता हुने नयाँ जीएसएम पोष्टपेड मोबाइल ग्राहकहरुलाई ३ महिनासम्म प्रति महिना अल टाइम डाटा १ जीबी र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध गराईनेछ। जिएसएम पोष्टपेड ग्राहकहरुलाई ९सय रुपैयाँ प्याकेजमा प्रति महिना २ जीबी डाटा र रु ५०० को निशुल्क सुविधा उपलब्ध गराउँदै आएकोमा प्रति महिना अल टाइम डाटा ३ दशमलव ३ जीबी र पाँच सयको फ्रि रिसोर्ज उपलब्ध गराईने छ।

यस्तै टेलिकमले टुरिस्ट प्याकेजसमेत ल्याएको छ। यस अन्तरगत पाँच सयमा ५ जीबी डाटा, एनटी नेटवर्कमा ५० मिनेट भ्वाइस, ५० एसएमएस तथा रु १०० को अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ। यसैगरी एक हजार रुपैयाँमा १० जीबी डाटा, एनटी नेटवर्कमा १०० मिनेट भ्वाइस, १०० एसएमएस तथा दुइसय रुपैयाँको अन्तर्राष्ट्रिय कल समेत गर्न सकिने फ्रि रिसोर्स उपलब्ध गराईने छ।

माघ २२ गतेदेखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्तरगत क्रमशः रु ३५ मा १० मिनेट, रु १५० मा ४५ मिनेट र ५ सय रुपैयाँमा मा १६५ मिनेट उपलब्ध गराईने छ।

२०७४ को असारसम्मको टेलिफोन बक्यौता बाँकी रहेका सर्वसाधारणहरुले २०७६ असार मसान्तसम्म बक्यौता रकम बुझाएमा सम्पूर्ण जरिवाना छुट गरिएको छ।

फाइबर टु दि होम अर्थात एफटिटिएच माइग्रेसन योजनाअन्तरगत एक वर्षदेखि नियमित एडिएसएल सेवा लिईरहेका ग्राहक तथा ३ महिनाको एफटिटिएच प्याकेज खरिद गर्ने नयाँ ग्राहकहरुलाई एफटिटिएच सीपीई निशुल्क उपलब्ध गराईने छ। यो योजना ३ महिनासम्म लागू हुने टेलिकमले जानकारी दिएको छ।

मोबाइल पोइन्ट सेलको माध्यमबाट कम्पनीको सेवाहरुमा रिचार्ज तथा भुक्तानी गर्दा ५ प्रतिशतका दरले बोनस रकम उपलब्ध गराउने छ। यो योजना ६ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ।

नेत्रहिन संघको सिफारिसमा नेत्रहिन व्यक्तिहरुले प्रयोग गरिरहेका जीएसएम तथा सिडिएमए मोबाइलहरुमा ५०, २००, ३०० रुपैयाँको अल टाइम डाटा प्याकेज खरिदमा शत प्रतिशत बोनस तथा २०० को अल टाइम भ्वाइस प्याकेज खरिदमा पचास प्रतिशत बोनस उपलब्ध गराईने र योजना ९० दिनसम्म लागू हुने टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकमा सबै जाति र समुदायबीच एकता तथा सद्भाव कायम भए मात्र मुलुकको आर्थिक –सामाजिक रुपान्तरण सम्भव हुने बताउनुभएको छ ।

मुलुकमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा आज विज्ञप्ति जारी गर्दै उहाँले विभिन्न जाति र समुदायका फरक रीतिरिवाज र परम्पराले सजिएको स्वदेशी संस्कृतिले अन्तरराष्ट्रिय तहमा नेपाल र नेपालीको प्रतिष्ठा बढाएको उल्लेख गर्नुभएको छ । उहाँले देश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिका साथै सुस्वाथ्यको कामना पनि गर्नुभएको छ ।

गल्छी । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले माघ २१ गते सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् ।

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिनुभयो । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका थिए । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्तावापतको रु ४१ हजार ३९९ जिल्ला लैङ्गिक हिंसा निवारण कोषलाई हस्तान्तरण गर्नुभएको छ ।

काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेर आज स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीको स्वागत गरिएको छ ।

ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनालगायतले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष तिम्सिनाले प्रत्येक खेलाडीलाई आफ्नो व्यक्तिगत तर्फबाट जनही रु १० हजार सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । नेपाली टोलीलाई रातो कार्पेटमा स्वागत गरिएको थियो । यस्तै खेलाडीको स्वागतमा सयौँ समर्थक विमानस्थल पुगेका थिए ।

युएइविरुद्ध एकदिवसीय र टी–२० सिरिज जित्दै ऐतिहासिक सफलता प्राप्त गर्न सफल नेपाली टोली अपराह्न नेपाल आइपुगेको हो । घरेलु टोली युएइविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र टी–२० सिरिज समान २–१ ले जितेको थियो । दुवै सिरिजको शुरुआती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई सिरिज आफ्नो बनाएको थियो ।

सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले सिरिज विजेता खेलाडीलाई जनही रु पाँच लाख दिन सरकारसमक्ष सिफारिश गर्ने बताउनुभयो । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ऐतिहासिक सिरिज खुशीको कुरा भएको बताउनुभयो । प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत बनाएका छन् । रोहितकुमार पौडेल एक दिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बने ।

काठमाडौ । जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

हिन्दूकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड)ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भएका प्रयास असफल भएको खण्डमा केही हिमनदी पग्लिएर पानीको हाहाकार हुने र जनजीवनसमेत प्रभावित हुने देखिएको छ ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यस शताब्दीको अन्त्यसम्म १।५ डिग्री तापक्रममा सीमित गर्ने लक्ष्य राखेको छ तर तापक्रम वृद्धिदर भने सोही अवस्थामा रहन्छ कि रहँदैन भन्ने आशङ्कासमेत रहेको छ ।

विश्वको तेस्रो धु्रवका रुपमा रहेको सगरमाथा, माउण्ट के टुजस्ता उच्च हिमाली क्षेत्रमा पर्वतारोहणमा जानेले समेत ती क्षेत्रमा उच्च दरमा हिउँ पग्लिरहेको पाइएको उल्लेख गर्दै प्रतिवेदनमा एक तिहाइ बढी हिमनदी समस्यामा परेको पाइएको बताएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बसोबास गर्दै आएका २५ करोड तथा नदी किनारमा बस्दै आएका एक अर्ब ६५ करोड नागरिक सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनले औँल्याएको छ ।

जलवायु परिवर्तनका कारण हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत खानेपानीको समस्या हुने र त्यसबाट सबैभन्दा बढी प्रभावित हुने उल्लेख गर्दै प्रतिवेदनमा हिमाली क्षेत्रमा बढेको वायु प्रदूषणका कारण अन्य समस्या पनि देखिने जनाएको छ ।

यस्तै मनसुनमा पनि पानी नपर्दा शहरी खानेपानी प्रणालीमा मात्रै नभई खाद्य तथा ऊर्जा उत्पादनमा समेत केही समस्या उत्पन्न हुनेछ । इसिमोडले अन्तर सरकारी जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन, हिन्दूकुश हिमालय क्षेत्रमा भएका अध्ययन तथा खोज, ३५० अध्ययनकर्ताको प्रतिवेदन, २२ देशका १८५ सङ्घ सङ्गठनको खोजका आधारमा प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ ।

हिन्दूकुश क्षेत्रले तीन हजार ५०० किलोमिटर क्षेत्र ओगटेको छ । त्यसमा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मा, नेपाल र पाकिस्तान पर्दछ । यस क्षेत्रमा उच्च हिमशृङ्खला, हिमनदी र १० भन्दा बढी ठूला नदी प्रणाली रहेका छन् । त्यसमा गङ्गा, इन्दुज, यल्लो जस्ता नदी पर्दछन् ।

आज प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा इसिमोडका महानिर्देशक डा डेभिड मोल्डेनले हिमालय विश्वको साझा सम्पदा भएको र करोडौँ जनताको जीवनसँग जोडिएकाले यसको संरक्षणका लागि क्षेत्रीयस्तरमा समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । इसिमोडका उपमहानिर्देशक एकलव्य शर्माले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमालय क्षेत्रमा परेको र यसले विभिन्न चुनौती ल्याएको उल्लेख गर्दै त्यसको समाधानका लागि विज्ञान, राजनीति र नीतिबीच समन्वय खोज्न प्रतिवेदनले विभिन्न विकल्पहरु दिएको उल्लेख गर्नुभयो ।

काठमाडौ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो ।

मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले राससलाई जानकारी दिनुभयो ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ । आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा आज ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

विदुर । सयौ प्रहरीको घेरा तोड्दै बुधबार साँझ नुवाकोटमा नेपाल विद्यार्थी संघ (नेविसं)ले मसाल जुलुस र कोणसभा सम्पन्न गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार नेविसंघ नुवाकोटका सचिव शंकर पाण्डेको नेतृत्वमा विदुर नपा–१ ढुङ्गेबाट निस्किएको मसाल जुलुसले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयौको सङ्ख्यालाई घेरा तोड्दै विदुरचोक स्थित लोकतान्त्रिक चौतारासम्म र्याली सहित कोणसभा गरेको हो । प्रहरीले मसालजुलुस रोक्नको लागी दमन र धरकपड गरेपनि नेविसंघ सहित नेपाली काँग्रेसमा आबद्ध भएका लोकतन्त्रवादीहरुले सफल रुपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

जुलुसको समापन कार्यक्रममा काँग्रेस नुवाकोटका प्रवक्ता राजु थापा, नेविसंघ
नुवाकोटका सचिव शंकर पाण्डे, काँग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले
अहिलेको माग सम्बोधन गर्नुको विकल्पमा अधिनायकवाद भित्र्याउन मात्र
केन्द्रित भएकाले त्यसको विरुद्धमा घोषित केन्द्रीय कार्यक्रमलाई चर्काएर
ओली सरकारलाई घुडा टेकाउन बाध्य हुने चेतावनी दिनुभयो । बिरोध र्यालीमा
त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसका स्ववियु सभापति पारस अधिकारी, सचिव
पंकज रोका, नुवाकोट आदर्श बहुमुखी क्याम्पस नेविसंघ इकाई अध्यक्ष अनिल
ढकाल, सचिव रबिन दाहाल, नेविसंघका नेताहरु नमराज सुवेदी, सरोज लामा, सुशन
थपलिया, गोबिन्दराज कट्टेल, परिबेश बडाल, इश्वर अर्याल, किशोर अर्याल,
अर्जुन कोइराला, सरोज थापा लगायतको सहभागिता रहेको थियो ।

जुलुसमा
सहभागी भएकाहरुले मसाल जुलुस तथा कोणसभामा तेत्तिस किलो सुन काण्डका दोषी
तथा त्यसका मतियारलाई सँरक्षण, निर्मला पन्त लगायत चेलीबेटी बलत्कारमा संलग्नलाई अहिलेको सरकारले संरक्षण गरेको, जनताको आवाज उठाउनुभएका प्रा. डा.
गोबिन्द के सीले राख्दै आएको मागको सम्बोधन गर्नुपर्ने र राष्ट्रघाती
चिकित्सा शास्त्र ऐन खारेजी हुनुपर्ने, राष्ट्रसेवक र निर्दोष बालिका हत्यारालाई कारबाहीको साटो संरक्षण गर्दैै आएको, वाईड्वडी खरिदमा ६ अर्व रुपैयाँ भन्दा बढी रकम झ्वाम्म पारेको, जनता माथी अत्याधिक कर वृद्धि गराएको लगायतको आरोप लगाएका छन् ।

यस्तै, र्यालीमा सहभागीले धादिङ र गोरखामा निर्माण गर्न लागिएको बुढीगण्डकीलाई राजनीतिकरण गरेर बन्न नदिने षडयन्त्र गर्दै आएको, सदनलाई रणभुमी बनाएको, आएको हावाइ जहाँज पंखा, पुच्छर सबै चपाएर पानी जहाँआजको सपना बाँडेको, राष्ट्रपतीलाई डेढ अरवको हेली र अठार करोडको गाडी खरिद गर्ने तर, बृद्ध नागरिकलाई ५–५ हजार हात–हातामा पुर्याउने भनी झुक्याएको, अघिल्लो सरकारले १० प्रतिशत काम बाँकी राखेको मेलाम्ची कमिसनको चक्करमा ढिलाई गरेको, स्वास्थ्य सेवा माफियालाई बुझाएको, काठामाण्डौंमा आफ्नै अगाडिको खाल्टा–खुल्टी पुर्न नसकेर जनाताको ज्यान लिदै आएको पानी जाहाज र घर घर मा ग्याँसको पाइप जोडिदिने फाईफुट्टी देखाएअर झुक्याएको, हत्या–बलत्कारिका मतियारलाई तक्मा दिने काम गरेको, सनम साक्यका हत्यारा बाट पैसा खाएर केसनै सामासुम पारेको, प्रमुख प्रतिपक्षको लिडरको आनुपस्थितिमा सँबैधानिक आयोगहरु बनाएको लगायतको आरोप लगाएका थिए ।

घोषित केन्द्रीय
कार्यक्रम अनुसार बिहीबार नुवाकोटको सबै स्थानीयतहमा नेविसंघको नेतृत्वमा
मसाल जुलुस सहित बिरोध र्याली निकाल्ने कार्यक्रम रहेको नेविसंघका जिल्ला
सचिव शंकर पाण्डेले जानकारी दिनुभयो ।