काहुले । तामाङ समुदायको उल्लेख्य बसोबास रहेको नुवाकोटको किस्पाङ गाँउपालिकाको काहुलेमा मंगलबार उल्लासको साथ ल्होसार पर्व मनाइएको छ । गाँउपालिकाको सहयोगमा थ्री जी स्टार युथ क्लबले आयोजना गरेको २८५५ औँ सोनाम ल्होसार पर्वको अवसरमा गाँउपालिकाको कार्यालय प्राङ्गणमा हजारौ स्थानीयबासीले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गेतिक प्रस्तुतीमा तामाङ समुदायको महान पर्व ल्होसार मनाएका छन् । तामाङ समुदायको नयाँ वर्षको रुपमा फा अर्थात सुगुर वर्षको स्वागत गर्दै ल्होसार पर्व मनाएका छन् ।

कार्यक्रममा किस्पाङ गाँउपालिकाको अध्यक्ष छत्रबहादुर लामाले गाँउपालिकामा रहेका सबै समुदायको साँस्कृतिक तथा ऐतिहासिक परम्परागको जगेर्ना गर्ने जिम्मेवारी आफूहरुको भएकाले तामाङ समुदायको पर्व र परम्परालाई संरक्षण गरी प्रबद्धनको लागी प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले किस्पाङ गाँउपालिकामा तामाङ समुदायको बाहुल्यता उल्लेख्य रहेकाले उनीहरुको भाषा, भेषभूषा, पहिरन, खाना, धर्मको संरक्षण गर्नको लागी गाँउपालिकाले योजना तथा बजेटमा पहिलो प्रथामिकता दिएको बताउनुभयो । अध्यक्ष लामाले तामाङ समुदाय र बौद्धमार्गीहरुले मनाउने गरेको ल्होसार पर्व अहिले सबैको साझा पर्व भएको जस्तै यसलाई सार्वजनिक बिदाको रुपमा सबैले मनाउने, यसका साँस्कृतिक तथा धार्मिक पक्षलाई प्रचार प्रसार गरी नयाँ वर्षको शुभकामना आदानप्रदान गरी एक आपसमा सुख, शान्ति र समृद्धिको कामना गरेर मनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठले किस्पाङ गाँउपालिकामा रहेको बिविधता मध्येको तामाङ समुदाय र यस समुदायले मनाउने गरेको ल्होसार पर्व महत्वपूर्ण र ऐतिहासिक रहेको बताउनुभयो । उहाँले लिखु गाँउपालिकामा ल्होसार पर्व मनाउने चलन नहुदाँ आफूले पहिलो पटक ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागिता जनाउन पाएसगै तामाङ समुदाय एवम् बौद्धमार्गीले मनाउने ल्होसार पर्वप्रतिको आत्मियता निकै बढेको बताउनुभयो ।
कार्यक्रममा थ्री जी स्टार युथ क्लबका अध्यक्ष शंखबहादुर तामाङ, उपाध्यक्ष करन मोक्तान सचिव अस्मिता तामाङ, सदस्य अनुज तामाङ लगायतले क्लबले सामाजिक क्षेत्रमा पुर्याउने सहयोगका कार्यक्रम अन्तरगत नवौ सस्करणको रुपमा यो वर्षको ल्होसार पर्व गाँउपालिकासंगको साझेदारीमा गरिएकाले निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

ल्होसार पर्व मनाउन तथा एक आपसमा शुभकामना आदान प्रदानको लागी लिखु गाँउपालिका उपाध्यक्ष रोजिना राई, किस्पाङ गाँउपालिका वडा नं. १ का वडाध्यक्ष आइत घले, वडा नं. ३ का वडाध्यक्ष अमृतबहादुर गुरुङ लगायत स्थानीय जनप्रतिनिधि, विभिन्न कार्यालयका कर्मचारी सहित हजारौको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कलाकारहरु रमला पाख्रिन, शान्ति मम्बा चिजा लामा सहित स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुतीमा अपरान्हदेखि साँझ अबेरसम्म मेन्दोमायाँको उत्कृष्ट संगीत रहेको थियो ।

22.74¡ÆC