विदुर । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई नुवाकोट प्रहरीले ३ वर्ष पछि पक्राउ गरी अदालतमा बुझाएको छ ।
नुवाकोट साविक चारघरे गाबिस वडा नं ८ हाल बिदुर नगरपालिका वडा नं १२ बस्ने वर्ष ३८ को बिष्णु प्रसाद अधिकारी भएको कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट मिति २०७२ साल भदौ १ गते फैसलाले उनलाई दोषी ठहराएको थियो । दोषी ठहरिए सगै उनलाई अदालतले १ वर्ष कैद फैसला सुनाएको थियो ।
सोही समयदेखि फरार रहेको उनलाई विशेष सुराकीको सुचनाको अधारमा माघ १४ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टरालाईले जानकारी दिनुभयो ।
प्रहरीलाई उनलाई नुवाकोट जिल्ला अदालत समक्ष पेश गर्दा अदालतले एक वर्षको कैदी पुर्जि दिई कारागारमा चलान गरेको छ ।

20.33¡ÆC