नुवाकोटको घ्याङफेदीमा विद्यार्थी पढाउने अभिभावकलाई फलफुलका विरुवा

माघ ७, २०७५ मा प्रकाशित | 10012 views

गोकर्ण अधिकारी,
रामती । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ मा रहेको घ्याङफेदी माध्यामिक विद्यालयले अभिभावकको आर्र्थिक अबस्था मजबुद बनाउन फलफुलका बिरुवा वितरण थालेको छ ।
जनजाती  र दलित समुदायको मात्र बासोबास रहेको यहाँका अभिभावकको आर्थिक अबस्था कमजोरीले बालबालिका विद्यालय पढाउन सक्ने हैसियत कमजोर भएकाले आर्थिक उपार्जजनमा सहयोग पु-याउन फलफुलको बिरुवा निःशुल्क उपलब्ध गराएको विद्यालयका सहायक प्रअ प्रेम स्याङताङले जानकारी दिनुभयो ।

उहाँको अनुुसार एक विद्यार्थीको अभिभावकलाई उनीहरुको माग अनुसार दुईवटा बिरुवा उपलब्ध गराइएको छ । वितरण गरिएको बिरुवा यहाँको लागी पहिलो पटक परीक्षण पश्चात किवी, हलुवाबेद, अंगुर र आलुबखडा रहेका छन् ।
यसअघि स्थानीय जातको आलुबखडा पाइने भएपनि हाल वितरण गरिएको उन्नत जातको र अन्य फलफुलको बिरुवा साविक घ्याङफेदी गाविस (हाल दुप्चेश्वर गाँउपालिका–१) मा पहिलो पटक लगाउन थालिएको हो ।
विद्यालयमा अध्ययनरत तीन सय भन्दा बढी विद्यार्थीका अभिभावकले दुई–दुई वटाको दरले फलफुलको बिरुवा वितरण भइरहेको र त्यो एक साता भित्र उपलब्ध गराइसक्ने बताइएको छ ।

अभिभावकलाई विरुवा वितरणको लागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर स्याङताङ आफै सक्रिय हुनुभएको छ भने उहाँलाई विद्यालयमा रहेका शिक्षकहरु, जनप्रतिनिधिले समेत सहयोग पुुर्याएका छन् ।

जिल्लामा भौगोलिक रुपमा विकट, उच्चस्थानमा कृषि उब्जनी प्रयाप्त नहुदाँ आर्थिक कमजोरीले अभिभावकले बालबालिका विद्यालय पठाउन छाडेपछि उनीहरुलाई जिविकोपार्जनमा सहयोग पु-याएर पढाउन सक्ने हैसियत बनाउन बिरुवा उपलब्ध गराएको गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो ।

“घ्याङफेदीको सिङ्गो १ नं. वडामा हालसम्म यही एक मात्र विद्यालययले कक्षा नौसम्म अध्ययन गराउन यो वर्षबाट सुरु गरेको छ । यसअघि यहाँका विद्यार्थीले कक्षा आठभन्दा माथी अध्ययन गर्न अन्यत्र जानुपर्ने र त्यसको लागी गाँउबाट नभ्याउने हुदाँ धेरैले पढाई छाड्न बाध्य हुदै आएका थिए । गाँउपाललिकाले गाँउमा नै माथिल्लो तहसम्मको अध्ययन र विद्यार्थी पढाउने अभिभावकलाई जिविकोपार्जनमा सहयोग पु¥-उने नीति अवलम्वन गरेपछि भर्ना भएका विद्यार्थीहरु नियमित विद्यालय आउन थालेका छन् ।

बालबालिका पढाउने अभिभावकलाई जिविकोपार्जन कार्यक्रमको लागी गाँउपालिकाले आधार डेभलमेन्ट नेपाल सँस्थासंग सहकार्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web