बेतिनीको गोल्फुभञ्याङ माविका चारसय विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण

पुस १३, २०७५ मा प्रकाशित | 948 views

समुन्द्रटार, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनीमा रहेको गोल्फुभञ्याङ माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई हेल्प नेपाल सँस्थाको सहयोगमा पुस १३ गते शुक्रबार शैक्षिक सामाग्रि वितरण गरिएको छ । विद्यार्थीहरुको लागी शैक्षिक सामाग्रिहरु एवम् पुस्तक बोक्ने झोला वितरण गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले विद्यार्थीको शैक्षिक अध्ययनमा प्रेरणा र उत्साह दिनको लागी सहयोग पुगेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले विद्यार्थीको लागी आवश्यक पर्ने सामाग्रि सबै अभिभावकले पूरा गर्न नसक्ने र विद्यालयमा प्राप्त गरेपछि उनीहरुलाई नियमित विद्यालय आउने वातावरण निर्माणदेखि बालमैत्री र अध्ययनमैत्री वातावरण सिर्जना हुने बताउनुभयो ।

यस्तै, काँग्रेसका युवा नेता रमेशकुमार महतले भूकम्प पश्चात विद्यालयमा सुविधासम्पन्न भवन निर्माणदेखि विद्यार्थीको लागी शैक्षिक वातावरण प्र्रभावकारी बनाएर गुणस्तर बढाउन सहयोग पुग्दै आएको बताउनुभयो ।
समाज रुपान्तरण र जनचेतना अभिबृद्धिको लागी शिक्षा नै मुख्य मेरुदण्ड भएकाले विभिन्न तहका सरकारले त्यसमा ध्यान दिएर सामुदायिक र सस्गागत विद्यालयमा रहेको दोहोरो नीति अन्त्य गर्नुपर्ने सुझाब उहाँले दिनुभयो ।

कार्यक्रममा दुप्चेश्वर गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले विद्यार्थीलाई नियमित विद्यालयको पहुँचमा ल्याउनको लागी पाँचकक्षासम्म अध्ययन गर्नेहरुको लागी खाजाको समेत व्यवस्था मिलाएको बताउनुभयो ।

गाँउपालिका अध्यक्ष तामाङका अनुसार भूकम्पले क्षति पुगेका विद्यालयको सरकारी तथा सस्था मार्फत पुर्ननिर्माण अन्तिम चरणमा पुगेकाले विद्यार्थीका अन्य आवश्यकता पूरा गर्न गाँउपालिको पहल गर्दै आइरहेको छ ।

गाँउपालिकाको उपाध्यक्ष अञ्जु आचार्यले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गरेर उनीहरुलाई सहयोग पु-याउन विभिन्न कार्यक्रम चलाउदै आएकाले हेल्प नेपाल सँस्थाले उपलब्ध गराएको शैक्षिक सामाग्रि र पुस्तक बोक्ने झोलाले थप सहयोग पुगेको बताउनुभयो ।

विद्यालयमा अध्ययनररत चारसय भन्दा बढी विद्यार्थीलाई कापी, कलम सहित शैक्षिक सामाग्रि बोक्ने झोला प्रदानमा एक विद्यार्थीको लागी करीब एक हजार रुपैयाँ खर्च भएको सहयोगी सँस्था हेल्प नेपालका कार्यकारी निर्देशक जिबी लामाले जानकारी दिनुभएको छ ।

जिल्लामा भौगोलिक तथा विकासको पूर्वाधारको अभावमा पछाडी परेको बेतिनीमा रहेको गोल्फुभञ्याङ माध्यामिक विद्यालयलाई समुदायको पहिलो रोजाईको विद्यालय बनाउनको लागी आफूहरु निरन्तर क्रियाशिल रहेको विद्यालय व्यवस्थान समितिका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो ।

कार्यक्रममा वडा न ४ का वडाध्यक्ष इरमान तामाङले सबैले शिक्षा पुगोस भनी कक्षा ८ पास नगर्नेलाई वडाबाट जन्मदर्ता लगायतका विभिन्न सिफारिस नदिने निर्णय गरेको बताउनुभयो ।

कार्यक्रममा दुप्चेश्वर गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामहरी गजुरेल, विद्यालय ब्यवस्थापन समिति सदस्य साम्देन शेर्पा, तरुण दल क्षेत्रीय अध्यक्ष यदुमान लामा, दुप्चेश्वर –४ का सदस्य भिमबहादुर गुरुङ, जिल्ला समन्वय समिति सदस्य माया शेर्पा, हेलम्बु–५ का सदस्य बिर्जित तामाङ, विद्यालयका प्रधानाध्यापक बाबुराम थापा, सहायक प्रधानाध्यापक दिननाथ न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

यस्तै, नेविसंघका नेताहरु कृष्ण मिश्र, पवन थापा, लगायत स्थानीय समाजसेवी, विद्यालयका शिक्षक, अभिभभावक लगायतको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम मार्फत अतिथीहरुको स्वागत एवम् मनोरञ्जन दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web