एकीकृत घुम्ती सेवा शिविर जारी

पुस ५, २०७५ मा प्रकाशित | 11812 views

काहुले । नुवाकोटमा रहेका सरकारी कार्यालयले जनतालाई दिने सेवा प्रवाह घरदैलोमा नै गएर उपलब्ध गराउने उद्देश्यले किस्पाङको काहुलेमा आयोजित दुई दिने एकीकृत घुम्ती सेवा शिविर आजपनि जारी छ ।
जिल्ला सदरमुकामका विभिन्न तेह्रवटा सरकारी कार्यालयले दिने सेवा जनतालाई आफ्नै घरदैलोमा सहजताको साथ उपलब्ध गराउन हिजोदेखि शिविर सुरु भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । उहाँको अनुसार तथ्याङ्क भिडाउनु पर्ने बाहेकका बाँकी सबै किसिमका सेवा शिविरमा उपलब्ध छ ।

शिविरमा जिल्ला प्रशासन कार्यालय मार्फत नयाँ नागरिकता र नाबालक परिचयपत्र वितरण लगायतका सिफारिस, जिल्ला अदालत र सरकारी वकिलको कार्यालयबाट  परिवर्तित मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि सम्बन्धि जानकारी, नेपाली सेनाबाट चिकित्सक सहितको स्वास्थ्य शिविर, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सुरक्षासम्बन्धि जनचेतना अभिबृद्धि, निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलनको सेवा दिइएको छ ।

यसैगरी, शिविरमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट मदिरा विक्री इजाजतपत्र, वन कार्यालयबाट वन र वन पैदावर सम्बन्धि जानकारी एवम् परामर्श, स्वास्थ्य कार्यालयबाट निःशुल्क औषधि, स्वास्थ्य जाँच सहित परामर्श, कृषि ज्ञान केन्द्रबाट कृषि सम्बन्धि परामर्श, पशु (भेटनरी) अस्पताल तथा पशु सेवा केन्द्रबाट पशुचौपाय एवम् पंक्षीको जाँच तथा परीक्षण र परार्मश, घरेलु तथा साना उद्योग विकास समितिबाट व्यवसाय दर्ता तथा इजाजत पत्र वितरण एवम् अनुगमन र हुलाक कार्यालयबाट हुलाक टिकट विक्री तथा सेवा उपलब्ध छ ।

जिल्लाको भौगोलिक रुपमा विकट वस्ती, यातायात सुविधाको पहुँच बाहिर रहेका स्थानका नागरिकलाई प्रवाह गर्न शिविरमा सहजता मिलेको किस्पाङ गाँउपालिका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो ।
पहिलो दिन करीब पाँच सयले सेवा लिएको शिविरमा किस्पाङमा रहेका पाच वटा वडा र आसपासका स्थानीयतहका बासिन्दालाई सेवा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web