
नुवाकोट । लामो समय देखि मोफसल (नुवाकोट)मा रहेर पनि नेपालि कला संगीत र चलचित्र क्षेत्रको बिकास बिस्तार अनि नया कलाकारको खोजि गर्दै निरन्तर पत्रकारिता क्षेत्रमार्फत योगदान दिनुभएका पत्रकार किरणप्रसाद अधिकारी सम्मानित भएका छन् ।
पीम नेपाल द्वारा आयोजित पीम नेपाल डकुमेन्ट्री फ्लिम फेस्टिभलको उद्घाटन समारोहमा उत्कृष्ट पत्रकारको रुपमा पत्रकार अधिकारी सम्मानित हुनुभएको हो ।
फेस्टिभल उद्घाटनको अबसरमा आयोजित बिशेस समारोहमा गणतन्त्र नेपालको प्रथम उपरास्ट्रपति परमान्नद झाले पत्रकार अधिकारीलाई सम्मानित गर्नुभएको हो । उपरास्ट्रपति झाले पत्रकार अधिकारीको प्रशंसा गर्दै सस्कृतिको सरक्षणको लाग निरन्तर क्रियाशिल आग्रह गर्नुभयो ।
मोफसलमा रहेर नेपालि पत्रकारिता क्षेत्रको बृहत्तर बिकासको लागि पुराएको योगदानको समेत कदर गर्दै अधिकारीलाई पीम नेपाल पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको आयोजक समितिको अध्यक्ष कमाल जोसीले बताउनुभयो ।
पत्रकार अधिकारी नुवाकोबाट प्रकाशन हुदै आएको सुन्दरादेबी संदेश साप्ताहिकको प्रकाशक ,सुन्दरादेबीन्युज डट कामको सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटको अध्यक्ष समेत रहनुभएको छ ।
यसअघि पनि उहाँ विभिन्न सस्थामार्फत उत्कृष्ट पत्रकारको रुपमा सम्मानति हुदै आउनुभएको थियो ।