धादिङको नेत्रावती गाँउपालिका खुला दिसामुक्त घोषणा, सिङ्गो जिल्ला कहिले ?

पुस २, २०७५ मा प्रकाशित | 11649 views

धादिङवेसी । नेत्रावती डब्जोङ गाउँपालिकालाई आइतबार खुला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ ।

यसअघि तत्कालीन मुरलीभञ्याङ र मैदी गाविसले खुल्ला दिसामुक्त गाविस घोषणा भइसकेका छन् । पुस महिनाभित्र धादिङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको बताइन्छ ।

नेतृत्व विकासका लागि भाषणकला तालीम

नीलकण्ठ नगरपालिका–८ मुरलीभञ्ज्याङमा तीनदिने भाषणकला तालीम सम्पन्न भएको छ । मण्डली महिला विकास बहुउद्देशीय सहकारी संस्थाको आयोजनामा उक्त तालीम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष भगवती पौडेलका अनुसार नेतृत्व विकास र महिला सशक्तीकरणका लागि उक्त भाषणकला तालीम सञ्चालन गरिएको थियो । तालीममा १९ जना महिलाको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web