नुवाकोट । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनको सेवा प्रवाह पहिलाको जस्तो नभई सुध्रिसकेकाले त्यसमा विश्वास गर्न आग्रह गर्नुभएको छ ।

सशस्त्र युद्ध र विनासकारी भूकम्पले क्षति पुगेका प्रहरी इकाईको पुर्ननिर्माण अन्तरगत राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको पुर्ननिर्माण कोष मार्फत नुवाकोटमा बनाइएको तीनवटा भवनको मंसिर १६ गते आइतबार उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले आफ्नो नेतृत्वमा रहेको प्रहरीले ‘गलत नगर्ने’ प्रद्धिबद्धता जनाउनुभयो ।

अहिले मुलुकको विभिन्न स्थानका घटनामा प्रहरीलाई जोडेर भइरहेका टिप्पणी प्रति इंकित गर्दै उहाँले प्रहरीको गलत आचरण बाहिर आएको जस्तो नभएको र कहीँकतै भएका कमजोरी समेत सुधारेर अघिबढ्दै आएकाले प्रहरीलाई जनताबाट सम्मानित सँस्थाको रुपमा स्थापित गराउन सरोकारवालाको पनि भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

सत्य, सेवा र सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरी बफादार रहेको स्मरण गराउदै उहाँले प्रहरी संगठनलाई यसअघि विभिन्न लाल्छना लगाएर ‘प्रहरी त यस्तै हो’ भनेर समुदायमा रहेको नकारात्मक भावनाको अविश्वास त्याग गर्न आग्रह गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी अपराध रोकथाम, अपराध नियन्त्रण र नागरिकको सुरक्षा लगायतलाई केन्द्रीय दायित्वमा प्रहरी संगठन पूर्ण प्रतिबद्ध रहेको भन्दै अधिकांश अपराधी पक्राउ गर्न सफल हुदै आएको बताउनुभयो ।

उहाँले विविध चुनौतीका बाबजुद छिमेकी देशका प्रहरीसँग सहकार्य र इन्टरपोलको सहयोगमा समेत बाहिरी मुलुकबाट अपराधीलाई ल्याएर कानुनी कारवाही गर्न प्रहरी सफल भएको उदाहरण दिदै केही घटनामा बाहेक धेरै अपराधको अनुसन्धानमा प्रहरीको सफल अनुसन्धान गर्दै आएकाले नागरिकको सुरक्षा प्रत्याभूती दिलाउन प्रहरी संगठन हरबखत तत्पर रहेको बताउनुभयो ।

स्थानीय सरकार र नागरिकसँग दिगो साझेदारीमार्फत शान्ति सुरक्षा कायम गर्ने अभियानको सुरुवातले छोटो समयमै उच्च सफलता प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यसबाट शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी स्थानीय सरकार, समाज र प्रहरीको जिम्मेवारी हो भन्ने भावनामा समेत अभिबृद्धि हुने बताउनुभयो ।

उहाँले प्रहरी संगठन सदैव जनमुखी, पारदर्शी र कानुनबाट निर्देशित मूल्य मान्यताका आधारमा संचालित हुँदै आएकाले नयाँ भवनको निर्माण सेवा प्रवाहको लागी अति आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेस नं ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाले अपराध नियन्त्रणको लागी आफूहरु दृढ मनोबलको साथ क्रियाशिल भएकाले त्यसमा सम्झौता नगर्न मातहतको प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले नयाँ भवनको निर्माणले प्रहरीलाई सेवा पु-याउन र उच्चमनोबलको साथ काम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोटको शान्ति सुरक्षा कायम गराउनको लागी अहिलेको प्रहरी संगठनको भूमिका प्रभावकारी र पारदर्शी रहदै आएको भन्दै प्रशंसा गर्नुभएको छ ।
जिसस प्रमुख तामाङले अन्य जिल्लाहरुमा प्रहरीको भूमिका राम्रो नभएको टिप्पणी आइरहेको समयमा नुवाकोटमा भने जिल्लाको सबै स्थानीयहमा प्रहरी इकाईको स्थापना, मानवअधिकारको रक्षा, पीडितलाई न्यायको अनुभूती दिलाएर जिल्लामा शान्ति सुरक्षा कायम राख्न नुवाकोट प्रहरीको भूमिका सन्तोषजनक रहदै आएकाले यसलाई कायमै राख्न सुझाव दिनुभएको छ ।

यस्तै, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्ववबहादुर थापाले नुवाकोटमा रहेका प्रहरी इकाईहरु मध्ये अहिले निर्माण भएको तीन वटा सम्पन्न भएपनि अझै आधा दर्जन प्रहरी इकाईहरु भौतिक पूर्वाधार अभावमा रहेकाले त्यस स्थानमा पनि सेवा प्रवाह गुणस्तर बनाउन भवनको पुर्ननिर्माण अति आवश्यक रहेको बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले ११ प्रहरी इकाईको पुर्ननिर्माणको क्रममा तीन वटाको पुर्ननिर्माण सम्पन्न भएको र बाँकीको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । उहाँले नयाँ भवनको निर्माण सगै जिल्लामा शान्ति सुरक्षा कायम राख्नको लागी सिसिटिभी क्यामरा जडान, स्वच्छ खानेपानी लगायतको बन्दोबस्तीले प्रहरी उच्च बनोबलको साथ जनताको सेवामा क्रियाशिल रहेको बताउनुभएको छ ।

कार्यक्रममा जिल्लामा रहेका विभिन्न स्थानीयतहका प्रमुख, उपप्रमुख, सुरक्षा अङ्गका प्रतिनिधि एवम सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, उद्योग बाणिज्य संघ, सामुदायिक प्रहरी, पूर्वप्रहरी लगायतको सहभागिता रहेको थियो ।

नुवाकोटमा सशस्त्र युद्ध र विनासकारी भूकम्पले क्षति पुगेका प्रहरी इकाईको पुर्ननिमाण अन्तरगत बाँकी आठ वटा प्रहरी इकाईको पुर्ननिर्माण भइरहेको छ । पुर्ननिर्माण गरिएको भवन भूकम्प प्रतिरोधि सहित आवश्यक सुविधासम्पन्न पूर्वाधार समावेश गरिएको छ । सशस्त्र द्धन्द्ध र भूकम्पले क्षति पुगेका तथा नयाँ स्थानमा स्थापना भएका आधा दर्जन प्रहरी इकाईको पुर्ननिर्माण नहुदाँ अन्योल रहदाँ भाडा र टहरा मार्फत सेवा पु-याउदै आएका छन् ।

यसैबीच, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार नै नुवाकोट पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङको नवनिर्मित भवनको पनि उद्घाटन गर्नुभएको छ ।

भवनको उद्घाटन गर्दै उहाँले संगठनमा उपलब्ध भौतिक पूर्वाधार तथा स्रोत साधनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा दूरगामी प्रभाव पार्ने बताउनुभएको छ । धादिङ ट्राफिक प्रहरीले नयाँ भवनबाट उत्कृष्ट सेवा प्रदान गर्न सकेमात्र भवन बनाएको सान्दर्भिकता हुने निर्देशन दिनुभएको छ ।

15.91¡ÆC