नुवाकोट । बालिका बिबाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्युठानको स्वर्गद्धारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ ।

२२ वर्षका घर्तीले गाँउकै १३ वर्षीया बालिकालाई बिबाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अबस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

गत कात्तिक २७ गते बालिका हराएपछि परिवारले खोजीको क्रममा केटा पक्षले भगाएर नुवाकोट ल्याएर बिबाह गरेको भनी दिएको किटानी जाहेरीको आधारमा घर्तीलाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनी माथी बालबिबाह सहित जबरजस्ती करणीको अभियोग समेत लाग्ने प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान र आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय प्युठानमा पठाउने नुवाकोट प्रहरीले जनाएको छ ।

मुलुकको वर्तमान कानून अनुसार विवाह गर्न केटाकेटी दुवैको २० वर्ष उमेर पूरा भएको हुनुपर्ने प्राबधान रहेको छ ।

16.12¡ÆC