डडेल्धुराको रडुवामा बस दुर्घटना, २३ जनाको मृत्यु १७ घाईते

मंसिर ६, २०७५ मा प्रकाशित | 7860 views

काठमाडौ । डडेल्धुराबाट डोटी तर्फ छुटेको पिसजोन बोडिङ बान्डुग्रीसैनको बस दुर्घटना हुदाँ २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा घटनास्थलमै १५ जना र डडेल्धुरा उपक्षेत्रीय अस्पताल ल्याउदै गर्दा ८ जना गरि २३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डडेल्धुराको उग्रतारा देहीजात मेला हेरेर फर्किएको बस गन्यापधुरा गाँउपालिकाका रडुवाको मोडमा सडकबाट ३०० मीटर तल खसेर दुर्घटना भएको हो । मृतकको संख्या अझै बढ्न सक्ने र घाईतेहरुको अबस्था पनि चिन्ताजनक रुपमा देखिएको घटनास्थल पुग्नु भएका प्रहरी नायब उपरिक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा २० जना घाईतेको उद्धार गरि उपचारका लागी उपक्षेत्रीय अस्पताल पुर्याएको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।
से १ प २९३ नम्बरको पिसजोन इङलिस बोडिङको अपरन्ह बस  ४ : ५० बजेतिर दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, डडेल्धुरा प्रहरी प्रमुख केसी सहितको सुरक्षा निकायको टोली घटनास्थल पुगेर उद्धार गरिरहेको छ । घटनास्थलमै रहेका प्रजिअ जोशीले दिएको जानकारी अनुसार घटना स्लथको प्रकृती उद्धार कार्यका लागी ज्यादै अप्ठेरो रहेको र अध्यारो भएका कारण उद्धार कार्यमा समस्या भईरहेको बताउनुभयो ।
मृतकको पहिचान खुल्न सक्ने अबस्था अहिले नै सम्भब नरहेको जानकारी दिदै  प्रजिअ जोशीले उद्धार कार्य जारी रहेको बतायनुभयो । घटनामा गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले उनीहरुलाई बचाउनको लागी प्रयासमा उद्धार टोली रहेको छ ।

बसमा डोटीको बान्डुसैन क्षेत्रका उग्रतारा मेला हेर्न आएका स्थानियहरु रहेको जनाएको छ । बसमा ४० भन्दा बढी सवारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web