नुवाकोटका स्थानीयतहका वेभसाइड किन भएन ‘अपडेट’

विदुर । जिल्लाको स्थानीय सरकारको लागी नेपाल सरकारले ठूलो रकम खर्च गरेर बनाएका वेबसाइट प्रयोगविबिहन जस्तै भएको छ ।

जिल्लामा रहेका १२ वटा स्थानीयतह मध्ये केहीले वेबसाइटलाई लामो समयदेखि सञ्चालन नै नगरी थन्काएका छन् । स्रोत–साधन, कर्मचारी र इन्टरनेटको अभावको कारण देखाउदै जिल्लाका स्थानीयतहले बनाएका वेभसाइडहरु सञ्चालन र प्रचार गर्न स्थानीय सरकार असफल भएका छन् ।

स्थानीयतह भित्र भएका गतिविधि, सार्वजनिक सूचना, नागरिक वडापत्र, कार्यालय सम्बधि जानकारी दिने लगायतको सुविधा सहित नेपाल सरकारले निर्माण गरी सञ्चालनको जिम्मेवारी दिएका स्थानीय सरकारले वेभसाइडको प्रयोग प्रथामिकता भन्दा बाहिर परेका छन् ।

सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरी त्यहीबाट सूचना प्रवाह गर्दै आएका स्थानीयतहको अधिकांशको वेभसाइडमा पुराना र समय सक्किएका सूचनाहरु मात्र राखिएका छन् ।

रसुवागढी जलविद्युत आयोजनाले बत्ति बल्नु अघि नै जनतालाई यसरी सेवा पुर्यायो

टिमुरे । भूमिगत संरचनाबाट रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम तिव्र बनाइएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले जानकारी दिनुभएको छ ।

रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गाँउापलिकाको वाड नं १ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढाइएको हो । समग्र रुपमा आयोजनाको काम ७० प्रतिशत पूरा भइसकेको कम्पनीका प्रबन्धक निर्देशक माधव कोइरालाले जानकारी दिनुभभएको छ ।

भोटेकोशी बाँधस्थलबाट विद्युत्गृहमा पानी ल्याउने हेडरेस सुरुङ सम्पन्न भई महत्वपूर्ण काम शतप्रतिशत सम्पन्न भएकाले सर्चटैंक पेनस्टक सुरुङ, विद्युत्गृहबाट पानी बाहिर निस्कने सुरुङको काम अन्तिम चरणमा पुगेको आयोजना पक्षले जनाएको छ । भोटेकोशीको बाँध स्थल र पहराभित्र बालुवा थिग्र्र्याउने तीन वटा पोखरीको निर्माण पनि जारी रहेको छ ।

अबको दुई वर्ष अर्थात सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने कम्पनीको लक्ष्य अनुसार सुरुङ संरचना निर्माण गर्न कार्यरत चिनियाँ ठेकेदार कम्पनी सि.डब्लु.ई.निमालाई तिव्र बनाएको छ । आयोजनाको निर्माणमा ३० जना भन्दा बढी प्राविधिक सहित ८०० भन्दाबढी कामदार कार्यरत रहेका छन् ।

१३ अर्ब ६४ करोड ४० लाख रुपैयाँ अनुमानित लागत रहेको आयोजना गत वर्ष अर्थात सन् २०१७ मा नै सम्पन्न गर्ने लक्ष्य बनाएपछि भूकम्पले पु¥याएको क्षति, त्यसपछि भारतीय नाकाबन्दीले इन्धन सहित निर्माण सामाग्रिको अभाव लगायतको कारण तीन वर्ष पछि धकेलिएको हो ।

विद्युत् आयोजनाले रसुवाको विभिन्न स्थानमा विपद्को समयमा पु-याएको सहयोग र सामाजिक उत्तरदायित्व तथा आयोजक सहयोग कार्यक्रमलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्दै आएकाले निर्माणमा स्थानीयबासीले पनि साथ दिदै आएका छन् ।

आयोेजनाले थुमन र टिमुरेका ७५ जनालाई मासिक रोजगारी दिएको छ तीमध्ये ६ जना अधिकृतस्तरमा कार्यरत कर्मचार रहेका छन् । स्वस्थ्य क्षेत्र सहज बनाउन रसुवागढी आयोजनाले टिमुरे तथा थुमनको स्वास्थ्य चौकीमा एक-एक नर्स र विद्यालयको लागि दुई÷दुई जना शिक्षकको समेत व्यवस्थापन मिलाइदिएको छ । यसैगरी, टिमुरेको तातोपानी पोखरी निर्माण, गाउँको भित्री सडक निर्माण, फोहर बिसर्जन स्थल, रोङ्गा–थुमन १३ किलोमिटर ग्रामीण सडक र थुमनमा बौद्ध गुम्बा निर्माण समेत गरेर स्थानीयलाई सहयोग पु-याउदै आएको छ ।

आयोजनाले जैविक विविधता संरक्षण अन्तर्गत आयोजनाका क्षेत्रमा दुई हजार ७०० बिरुवा रोपेको छ भने टिमुरे, खैदी, थुमन, दालफेदी मेन्दो, तार्सा, लिङलिङ गाउँमा विद्युतीकरण समेतमा सहयोग पु¥याएको छ ।

यस्तै सुरक्षा निकायलाई सहयोग गर्ने उद्देश्यले सीमा प्रहरी चौकी एवं सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म टिमुरेलाई पनि एक–एक वटा नयाँ भवन निर्माण गरिदिएको आयोजना प्रमुख छबी गैरेले जानकारी दिनुभएको छ ।

क्षतिग्रस्त तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण

विदुर । भूकम्पबाट भत्किएकामध्ये तीन लाख १५ हजार ८९७ घर पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा प्राप्त तथ्याङ्क अनुसार आठ लाख १२ हजार १६१ लाभग्राहीमध्ये सात लाख ३२ हजार ७७१ ले अनुदान सम्झौता गरेको पाइएको छ । सम्झौता गरेकामध्ये सात लाख २६ हजार ३३३ ले पहिलो किस्ता समेत बुझेर घरको थप निर्माण अघि बढाएका छन् ।

पहिलो किस्ता लिएर पाँच लाख ६० हजार ७८१ लाभग्राहीले पुनःनिर्माण अन्तिम चरणमा पु¥याएको प्राधिकरणले दाबी गरेको छ । घरको जगतह निर्माण गरी पाँच लाख ३१ हजार १९ भूकम्प पीडितले दोस्रो किस्ता माग गरी थप निर्माणतर्फ लाग्न थालेको बताइएको छ ।

दोस्रो किस्ताका लागि पाँच लाख २२ हजार १९३ परिवार प्रमाणीकरण भएको तथ्याङ्क प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको हिजो बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रस्तुत गर्नुभएको छ । अहिलेसम्म पाँच लाख १८ हजार ५५ लाभग्राहीले भुक्तानी पाएको तथ्याङ्कले देखाएको छ । तेस्रो किस्ता माग गर्नेको सङ्ख्या तीन लाख ४४ हजार ३९८ पुगेको पाइएको छ । तेस्रो किस्ताका लागि तीन लाख ३४ हजार ५० भूकम्प पीडित प्रमाणीकरण भइसकेकाले उनीहरुलाई रकम निकासाको प्रक्रियामा राखिको छ । घर निर्माण सम्पन्न गरेका तीन लाख १९ हजार ६६९ परिवारलाई तेस्रो किस्ता अर्थात अन्तिम किस्ता रकम वितरण गरिएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षति भएका ५४ हजार ६५८ लाभग्राही प्रबलीकरण सूचीमा समावेश भएको तथ्याङ्कले देखाएको छ । त्यो मध्ये ११ हजार ८९५ ले अनुदान सम्झौता गरेका छन  भने १० हजार ४६४ परिवारले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँस समेत लिएर मर्मतको काम अघि बढाएका छन् । प्रबलीकरण सूचीमा परेकाले दुई किस्तामा एक लाख रुपैयाँ पाउने प्राधिकरणको कार्यविधिमा उल्लेख गरिएको छ । घरको पुनःनिर्माणको लागी भने लाभग्राहीलाई तीन किस्तामा तीन लाख रुपैयाँ दिने कार्यविधिमा व्यवस्था गरिएको छ ।
यसैबीच, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भूकम्पपीडित निजी आवास अनुदान रकम बुभ्mने समयसीमा निर्धारण गरेको छ । गएको भदौ २१ गतेको प्राधिकरण निर्देेशक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो किस्ता अनुदान बुभ्mने समय निर्धारण गरेको सूचना जारी गरेको छ । पहिलो किस्ता लिने निश्चित  समयावधि सकिए पनि अझै धेरै मानिसले अनुदान लिन बाँकी भएकाले काम नरोकिएको सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभएको छ ।

गएको असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पुस मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी वैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने अनिवार्य गरिएको छ ।

पहिलो किस्तासमेत प्राप्त नगर्ने लाभग्राहीको हकमा प्राधिकरणले फरक खालको समयसीमा निर्धारण गरेको छ । प्राधिकरणले पहिचान भएका सेवाग्राहीहरूसँग अनुदान सम्झौता सम्पन्न गरी कात्तिक मसान्तभित्र पहिलो किस्ता लिने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

यस्तै यही कात्तिक मसान्तसम्म पहिलो किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी माघ मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ । त्यसैगरी माघ मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने लाभग्रहीले आगमी वर्षको जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने प्रावधान छ ।

गुनासो सुनुवाइबाट आएका र पुनः सर्भेक्षण जोखिम वर्ग, परम्परागत बस्ती एवं बस्ती स्थानान्तरणबाट आउने लाभग्राहीका लागि उल्लिखित अनुदान किस्ता प्राप्त गर्ने समयावधि कार्यकारी समितिले निर्धारण गरेअनुसार हुने प्राधिकरणले जनाएको छ ।
पहिलो किस्ता लिएर पनि निजी आवास पुर्ननिर्माण नगर्ने भूकम्पपीडिले तोकिएको समयावधिमा  रकम सम्बन्धित निकायमा बुझाउन प्राधिकरणले निर्देशन समेत दिएको जनाएको छ ।

यस्तै, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक सम्पत्ति छिटोभन्दा छिटो निर्माण गर्नुपर्ने बताउनु भएको छ । मुख्यमन्त्री पौडेलले पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग पुनःनिर्माणका विषयमा जानकारी लिने क्रममा भूकम्पबाट प्रभावित भएको प्रदेस नं ३ को पुर्ननिर्माणर्लाइ प्रभावकारी बनाउन नसकेको भन्दै चिन्ता समेत जनाउनुभएको छ ।

उहाँले भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन, विद्यालय र सर्वसाधारणको भवनको पुनः निर्माणमा ढिलाइ गर्न नहुने र यसमा प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन समेत दिनुभएको छ ।

मुख्यमन्त्री पौडेलले जाडो महीना शुरु भइसकेकाले भूकम्पपीडित परिवारलाई यथाशीघ्र घर निर्माण गरी पुनर्वासको व्यवस्था मिलाउनसमेत आग्रह गर्नुभएको छ । जवाफमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले कामलाई तीव्र गति दिई लाभग्राहीलाई पुनःस्थापना गराउन प्राधिकरणले काम गरिरहेको दाबी गर्नुभएको छ ।

प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनःनिर्माण दुई वर्षभित्र सम्पन्न गर्न सङ्घीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको उहाँले बताउनुभएको छ ।

प्रविधिमैत्री बन्दै छ नुवाकोटको तादी गाँउपालिका

खरानीटार । तादी गाँउपालिकाको कार्यालय र त्यसअन्तरगत रहेका वडा कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रविधि प्रयोगलाई जोड दिएको छ । तादी गाँउपालिकाको कार्यालय सहित त्यसअन्तरगत रहेका ६ वटा रहेको सबै वडा कार्यालयमा इन्टरनेट सेवा जडानगरि सेवा प्रवाह र तथ्याङ्ककोे व्यवस्थापन थालिएको गाँउपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार गाँउपालिका सहित सबै वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणको विवरण सहित त्यसको सूची, पञ्जिकरण लगायतका तथ्याङ्कहरुलाई कम्युटरमा एकीकृत गराउन थालिएको छ । ती तथ्याङ्कलाई इन्टरनेटको सहयोगमा सूचिकृत समेत गरेर चुस्त बनाउदै पारदर्शी कायम राखेर अनियमिता हुनबाट रोक्न पहल गर्दै आएको अध्यक्ष पाण्डेले बताउनुभएको छ ।

गाँउपालिकाको कार्यालयमा सौर्यबत्ति जडान गरी विद्युत अनियमिता भएको समयमा पनि सेवाग्रहीलाई निरन्तर सेवा दिदै आएको छ भने गाँउपालिकाको कार्यालय सहित पाँच वटा माध्यामिक विद्यालयमा विद्युतीय हाजिरकापी मार्फत हाजिरी संकलन गर्न थालिएको छ ।

गाँउपालिकको कार्यालय सिसिटिभी क्यामरा मार्फत सेवाग्रही छिट्टो छरितो कार्य गरी ढिलासुस्ती हटाउन सहयोग पुग्ने विश्वास लिइएको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले बताउनुभएको छ ।

गाँउपालिका र वडा कार्यालय सहित विभिन्न शाखाहरुबाट जनतालाई सेवा चुस्त बनाएर प्रवाहको लागी कर्मचारी अभावले भने कठिनाई देखिएको छ । गाँउपालिकाको ६ वटा वडामा दुई जना मात्र वडा सचिव भएकाले काममा कठिनाई र विभिन्न विषयगत शाखामा पनि कर्मचारी अभावले जनतालाई गुणस्तरीय सेवा दिन कठिनाई देखिएको छ ।

भौतिक संरचना, कर्मचारी र कानूनको अभावको बीचपनि सेवालाई चुस्त एवम् जतिसक्दो छिट्टो दिनभने आफूहरु क्रियाशिल रहेको प्रमुख प्रशासकीय अधिकृत विष्टले बताउनुभएको छ ।

किस्पाङ पोखरी र फिकुरी मन्दिरमा मेला सम्पन्न

काहुले । हरिबोधिनी अर्थात् ठूलो एकादशी पर्वको अवशरमा किस्पाङ गाँउपालिकको दुई स्थान किस्पाङ पोखरी फिकुरीमा विशेष मेला लागेको छ । गाँउपालिकाबासीले मनाउने पर्वहरु मध्ये सबैभन्दा ठूलो पर्वको रुपमा लिने एकादशी पर्वलाई किस्पाङ गाँउपालिका सहित नुवाकोट, रसुवा, धादिङ लगायतका स्थानबाट सहभागी भक्तजनले उल्लासको साथ मनाएका छन् ।

एकादशी पर्वको अवशरमा अघिल्लो दिन आइतबारसाँझदेखि सुरु भएको किस्पाङ पोखरीको मेला र त्याहाँबाट चार घण्टाको पैदल दुरीमा पर्ने फिकुरी महादेवको मन्दिरमा लागेको मेला सोमबार अपरान्हदेखि सम्पन्न भएको फिकुरी स्थित महादेव आधारभूत विद्यालयका शिक्षक रबिन्द्रनाथ न्यौपानेले जानकारी दिनुभएको छ । फिकुरी महादेवको मन्दिरमा लागेको मेला भर्न चारघण्टा भन्दा बढीको पैदल दुरीहुदै बालबालिकादेखि बृद्धबृद्धासम्मको उल्लेख्य सहभागिता रहेको थियो । किस्पाङ महादेव मन्दिरमा लागेको जात्रा स्थानीय तामाङ समुदायको सँस्कृति अनुसार झाक्री माफर्त समापन गर्ने गरिएको छ ।

आइतबारसाँझ देखि सोमबार अपरान्हसम्म चलेको मेलामा दुई हजार भन्दा बढी भक्तजनको सहभागिता रहेको थियो । मेला भर्न पुगेका भक्तजनलाई सानिमा बैंक किस्पाङ शाखाले निःशुल्क रुपमा खानेपानी उपलब्ध गराएको बैंकका शाखा प्रबन्धक प्रसन्न सेढाईले जानकारी दिनुभएको छ ।

यस्तै, जात्रामा सहभागि भएकाहरुलाई काहुले स्वास्थ्य चौकीले निःशुल्क रुपमा स्वास्थ्य जाँच, परीक्षण तथा औषधी समेत उपलब्ध गराएको स्वास्थ्य चौकीका इञ्चार्ज उदय घिसिङले जानकारी दिनुभएको छ ।

जग्गा अभावले नुवाकोटका २८ विद्यालयको पुर्ननिर्माण अन्योल, भारतीय दूतावासले पनि ठग्यो

-रामहरि न्यौपाने
नुवाकोट । विद्यालयको आफ्नै नाममा जग्ग्गा नहुदाँ भूकम्पले क्षतिग्रस्त नुवाकोटका २८ विद्यालयको पुर्ननिर्माण अन्योल भएको छ ।

विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले भवनमा क्षति पुगेपछि ती विद्यालयको आफ्नै नाममा जग्गा नहुदाँ पुर्ननिर्माणको लागी दाता र सरकारी निकायले भवन बनाउन बजेट छुट्टाएपनि जग्गा अभावले रोकिएको छ । क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माण नहुदाँ विद्यार्थीहरु टहरामा अध्ययन गर्न बाध्य हुदै आएको जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा)का प्रमुख बिरेन्द्रजंग थापाले जानकारी दिनुभयो ।
उहाँको अनुसार भूकम्पले क्षति पुगेका विद्यायलको पुर्ननिर्माणमा स्वदेसी तथा विदेसी सँस्था र सरकारी निकायको सयुक्त प्रयास जारी रहेपनि जग्गा नभएका विद्यालयमा भवन बनाउन लगानीको लागी कानूनी जटिलताले बजेट तर्जुमा गर्न सकिएको छैन ।

“कार्यविधि अनुसार विद्यालयको भवन निर्माणको लागी लगानी गर्न आफ्नै नाममा जग्गा भएको हुनुपर्ने प्रावधान रहेको छ ।” थापाले भन्नुभयो “टहरामा कक्षा सञ्चालन हुदै आएको देखेर पनि सरकारी लगानी र भवन बनाउने भनी कार्यक्रम लिएर आएका दातालाई रोक्न बाध्य छौ ।”

विद्यालय स्थापनाको समयमा सार्वजनिक जग्गामा संरचना बनाएर चलाउदै आएपनि भूकम्प पश्चात सरकारी निकायले रकम निकासा तथा सँस्थालाई निर्माणको जिम्मा दिन विद्यालयको आफ्नै नाममा जग्गा भएको हुनुपर्ने बाध्यकारी भएपछि विद्यालयको पुर्ननिर्माण अन्योल भएको हो । आफ्नो नाममा जग्गा नभएका विद्यालयलाई जग्गा प्राप्ती गर्न पत्राचार गरेपनि कुनैबाट पनि आशालाग्दो पहल नभएको इकाईका ईञ्जिनियर सुमन पोखरेलले जानकारी दिनुभयो । जग्गा प्राप्तीको लागी विद्यालयको आन्तरिक श्रोतमार्फत खरिद र दाताबाट प्राप्त गर्न सकिने भएपनि त्यो प्रभावकारी बन्न सकेको छैन ।

जग्गा अभावमा भूकम्पले क्षति पुगेका भवनको पुर्ननिर्माण गर्न नसक्नेमा गुफादेवी आधारभूत बागेश्वरी, पञ्चकन्या आधारभूत मदानपुर, रामजानकी आधारभूत मदानपुर, भैरवकुण्ड आधारभूत रातमाटे, जानकी आधारभूत घ्याङफेदी, मागेन आधारभूत घ्याङफेदी, नारायण आधारभूत गाँउखर्क, कल्लेरी आधारभूत राउतवेशी, कृष्ण आधारभूत शिखरवेशी रहेका छन् ।

जग्गा अभावमा पुर्ननिर्माण नभएको अन्य विद्यालयमा बज्रदेवी आधारभूत सामरी, कालिका आधारभूत कल्याणपुर, महालक्ष्मी आधारभूत विदुर, बाघभैरव आधारभूत विदुर, महालक्ष्मी आधारभूत खानीगाँउ, दुर्गमतारा आधारभूत भाल्चे, नमूना आधारभूत सिक्रे, स्याउरेभूमे अधारभूत सिक्रे, अष्टदेवी आधारभूत महाकाली, भूमेदेवी आधारभूत महाकाली, ग्राहीथुम आधारभूत महाकाली, जानकी आधारभूत महाकाली नेपाने आधारभूत महाकाली रहेका छन् ।

यस्तै, कालिकादेवी मावि समुन्द्रादेवी, महालक्ष्मी आधारभूत ओखरपौवा, मानेघ्याङ आधारभूत चाउथे, नवसिर्जनशील आधारभूत चाउथे, कल्पेश्वरी आधारभूत उर्लेनी र शंखनाथ आधारभूत खरानीटार रहेका छन् ।

जग्गा अभावले पुर्ननिर्माण हुन सकेको मध्ये कालिकादेवी मावि दाताको सहयोगमा सञ्चालनमा रहेको सँस्थागत विद्यालयको पक्कि भवन मार्फत सञ्चालनमा रहेको छ भने बाँकी टहरामै चलिरहेको शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले जनाएको छ ।

जग्गा अभावबाट नै जिल्लामा प्राविधिक शिक्षा अध्ययन गरी उत्कृष्ट शिक्षा प्रवाह गर्दै आएको थानापतीको जनज्ञान निकेतन माविको भवन पनि मर्मतमा कठिनाई भएको छ । “विद्यालयको हालको पक्कि संरचनामा आंशिक क्षति पुगेको छ ।” पोखरेलले भन्नुभयो “विद्यार्थी अन्यत्र स्थान्तरण गर्न जग्गा अभावले क्षतिग्रस्त भवनमा अध्ययनरत विद्याथीलाई सुरक्षित बनाउन सकिएको छैन ।”

भारतीय दूतावासले काम गरेन :
भूकम्पले क्षति पु-याएको विद्यालयको पुर्ननिर्माण तथा मर्मतको लागी भारत सरकारले जिम्मा लिएको दश विद्यालयको काम अझै सुरु गरेको छैन ।
भारत सरकारको सहयोगमा भूकम्पअघि निर्माण गरेका पाँच विद्यालयको मर्मत र नयाँ पाँच विद्यालयको सबै संरचना बनाउने जिम्मेवारी लिएपनि काम सुरु नगरेको जिल्ला आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

इकाईका सूचना अधिकारी पोखरेलका अनुसार ऐसेलुभूमे मावि काहुले, पञ्चलिङ्गे मावि काहुले, पिमल्टार मावि तारुका, कालिका मावि चाउथे र सरस्वती मावि गाँउखर्कको निर्माण गर्न दूतावासले बोलपत्र आह्वान गरी निर्माण व्यवसायी चयन गरेपनि कार्य अनुमति स्वीकृत नदिदाँ पुर्ननिर्माण अन्योल भएको हो । ती विद्यालयको पुर्ननिर्माणको लागी एक विद्यालयमा रु पाच करोडको हाराहारीमा कामगर्न दूतावासले निर्माण व्यवसायी छनोट गरेको थियो । भवन अभावले ती विद्यालयका विद्यार्थी टहरामा अध्ययन गदै आएका छन् ।

भारतीय सहयोगमा भूकम्पअघि निर्माण गरेका पाँच विद्यालयको मर्मतको कामपनि दूतावासले सुरु गरेको छैन । आंशिक क्षति पुगेका जिल्लाको गणेश मावि हल्दे, शंखाादेवी मावि गोस्र्याङ, नारायणीदेवी मावि खानीगाँउ, कामरुदेवी मावि दुईपिपल र पञ्चकन्या भूमे आधारभूत विद्यालय सूइरेचउर छन् । ती विद्यालयको मर्मतको जिम्मेवारी लिएको दूतावासले काम सुरु नगर्दा विद्यार्थी जोखिम भवनमा अध्ययन गर्न बाध्य छन् ।

पुर्ननिर्माण सम्पन्न गर्न अझै तीन वर्ष लाग्ने :
भूकम्पले क्षति पुगेका विद्यालयको पुर्ननिर्माणको लागी यहाँ अझै तीन वर्ष लाग्ने भएको छ । नेपाल सरकारले क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माण गर्न राष्ट्रय पुर्ननिर्माण प्राधिकरण गठन गरे पश्चात तीन वर्ष भित्र सम्पन्न गर्ने बताएपनि लक्ष्य अनुसार कार्य नहुदाँ थप समय लाग्ने देखिएको इकाईका ईञ्जिनियर तथा सूचना अधिकारी सुमन पोखरेलले बताउनुभयो । उहाँको अनुसार हालसम्म जिल्लाको ४४८ विद्यालय मध्ये करीब १०० को पुर्ननिर्माण सकिएको छ ।

कार्य जारी रहेको मध्ये हाल जिल्लाको १९५ विद्यालयका ८५६ कक्षाकोठा बनेका छन् भने २७३ विद्यालयको तीन हजार ६३१ कक्षाकोठा निर्माण भइरहेको छ । आंशिक क्षति पुगेका ४४ विद्यालयका ३१९ कक्षाकोठाको मर्मत जारी रहेको छ । जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले विद्यालयको लागी आवश्यकै सबै संरचना सहितको नयाँ भवन निर्माणको जिम्मा लिएको ६३ विद्यालय मध्ये बल्ल दुईवटा सम्पन्न भएको छ ।

पुर्ननिर्माण हुन बाँकी विद्यालय मध्ये अधिकांश सडकको पहुँच बाहिर भएकाले निर्माण सामाग्रि पु-याउन कठिन हुदाँ पुर्ननिर्माणको लागी अहिलेको गतिमा सम्पन्न हुन आर्थिक वर्ष २०७७÷०७८ लाग्ने इकाईका पोखरेलले बताउनुभयो ।

आज प्रकाश दाहालको स्मृति दिवस, कस्ता थिए उनी ..के-के गरे जीवनमा..( नजिकबाट चिनौ )

-मनहरि तिमिल्सिना, काठमाडौं । युवा नेता तथा तात्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य साकार दाहाल ‘प्रकाश’को निधन भएको आज एक वर्ष पुगेको छ ।

युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको गत वर्ष आजकै निधन हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला प्रकाशको आकस्मिक निधन भएको हो ।

प्रकाश दाहालको स्मृतिमा प्रचण्ड निवास खुमलटारमा प्रकाश दाहाल स्मृति कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रकाशको बारेमा प्रकाशित स्मारिका बिमोचनसमेत हुने उनको परिवारले जानकारी दिएको छ । दिवङ्गत प्रकाश र उनकी दिदी ज्ञानु दाहालको स्मृतिमा निर्माण भएको प्रज्ञा स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरेको हो ।

स्मृति कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु र शुभेच्छुकहरुलाई आमन्त्रण गरिएको छ । आज नै प्रकाश दाहालका शुभेच्छुकहरुले देशका विभिन्न जिल्लामा द्वीप प्रज्ज्वलन लगायतका कार्यक्रम गरी स्मृति दिवसमा मनाउँदैछन् ।

वाइसिएल, युवा संघ नेपाल, अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) ले देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम, विभिन्न खेलकूद प्रतियोगिता लगायतका कार्यक्रम गरी प्रकाश दाहाल स्मृति दिवस मनाउँदैछन् । सोमबार नै युवाहरुले माइतीघर मण्डलामा प्रकाशको स्मृतिमा द्वीप प्रज्ज्वलन गर्दैछन् ।

नेकपाका अध्यक्ष प्रचण्डका छोरासमेत रहेका प्रकाश दाहाल लोकप्रिय युवा नेता थिए । मीडियामैत्री, सरल स्वाभाव र व्यवस्थापनका दृष्टिले असाध्यै कुशल मानिने प्रकाशका सामाजिक सञ्जालमा बीसौं लाख समर्थक थिए ।

यस्तो छ साकार दाहाल ‘प्रकाश’को संक्षिप्त जीवनी

नाम : साकार दाहाल ‘क. प्रकाश’
जन्मस्थान : शिवनगर, भीमसेननगर चितवन
जन्म मिति : २०३८ असार १७ गते
बुवाको नाम : पुष्पकमल दाहाल ‘प्रचण्ड’
आमाको नाम : सीता दाहाल
पत्नीको नाम : बीना मगर
छोराहरु : प्रसिद्ध दाहाल/प्रणव दाहाल

जिम्मेवारी :
१. पोलिट्व्यूरो सदस्य, ने.क.पा. (माओवादी केन्द्र)
२. स्वकीय सचिव, अध्यक्ष क. प्रचण्ड
३. विभिन्न सामाजिक संघ/संस्थामा आवद्ध
सगरमाथा आरोहण : २०६९ जेठ ९ गते

राजनीतिक इतिहास :
ने.क.पा. (माओवादी) को पूर्णकालीन कार्यकर्ता (२०५७) । अध्यक्ष प्रचण्डको सचिवालय, अङ्गरक्षक र व्यवस्थापनमा निरन्तर सक्रिय । २०५७/२०५८ मा आधारभूत शैन्य तालिम र जनमुक्ति सेनामा क्रियाशील । अध्यक्ष प्रचण्डका सबै राजनीतिक सङ्घर्षमा बलियो साथ । २०६५ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव । २०७३ मा प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीको स्वकीय सचिव । २०७३ मा नेकपा (माओवादी केन्द्र) को पोलिट्व्यूरो सदस्य ।

अन्य विवरण :
१२ बुंदे सम्झौता, शान्ति सम्झौता लगायतका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका ।  सूचना, प्रविधिमा विशेष दख्खल र क्रियाशीलता । अध्यक्ष प्रचण्डको सचिवालय व्यवस्थापन र सुरक्षामा विशेष योगदान । प्रचण्डको दोस्रो प्रधानमन्त्री काल व्यवस्थित र सफल बनाउन विशेष योगदान । प्रवासमा रहेका नेपालीहरुसँग विशेष सम्बन्ध, सम्पर्क तथा उनीहरुको उद्दार र राहतमा अविस्मरणीय योगदान ।

२०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र पार्टी एकताको संकल्पको वातावरण बनाउन सक्रिय भूमिका । बहुमूखी प्रतिभाका धनी, पोख्त प्राविधिक, कुशल व्यवस्थापक र प्रशासक । सामाजिक सञ्जालमा झण्डै २० लाख ‘फ्लोअर्स’ । मीडियामैत्री व्यक्तित्व । समन्वयकारी व्यक्तित्व, सरल, जनतासँग घुलमिल हुन रुचाउने, जिम्मेवारी कूलशलतापूर्वक निर्वाह गर्ने कार्यशैली । अध्यक्ष प्रचण्डका ‘सम्पर्क सुत्र’, असल छोरा, स्वकीय सचिव र सल्लाहकार । बाबुको सफलतामा रमाउने छोरा ।
यो सामाग्रि सफल खबरको लागी मनहरी तिमिल्सिनाले तयार गर्नुभएको हो ।

नुवाकोटको शिवपुरी-५ महाकालीका लाभग्राहीले अनुदान पाएनन्

- रामहरि न्यौपाने

शेराबगर, नुवाकोट । शिवपुरी गाउँपालिका–५ महाकालीको विभिन्न स्थानका जोखिमबस्तीका भूकम्पपीडित लाभग्राहीले आवास पुनःनिर्माणबापतको अनुदान रकम पाउनबाट बञ्चित भएका छन् ।

विसं २०७२ वैशाख १२ को भूकम्पले महाकालीको ५४ घरधुरी परिवार भूगर्भविद्को अध्ययनबाट पहिरोको जोखिमबस्तीमा रहेको भनी राष्ट्रिय पुनःनिर्माण प्राधिरकरणले सूचीकृत गरेको थियो । ती परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारी पक्षबाट चासो नभएपछि जोखिमस्थानमा नै घर बनाएका लाभग्राहीले आवास निर्माणबापत पाउने अनुदान रकम पाउनबाट बञ्चित भएको शिवपुरी–५ का वडाध्यक्ष सीताराम थापाले जानकारी दिनुभयो ।

जोखिमबस्तीमध्ये आवास निर्माणको प्रक्रिया शुरु गरेका ५१ परिवारको बैंक खाता पुनःनिर्माण प्राधिकरणले रोक्का गरेको छ । “पुनःनिर्माण प्राधिकरणले जोखिम बस्तीका बासिन्दालाइ बढीमा रु दुई लाखसम्म दिएर सुरक्षित स्थानमा घडेरी खरीद गर्ने भए पनि ढिलाइ गरेपछि पीडितले पहिरोको जोखिममा नै घर बनाउन बाध्य भएका हुन्”, उहाँले भन्नुभयो, “तोकिएको मापदण्डअनुसार घर बनाउनेलाई सरकारले दिने अनुदान रकम निकासाको चरणमा बैंंक खाता रोक्का गर्नाले पीडित थप मर्माहित भएका छन् ।”

भूगर्भविद्को अध्ययनअनुसार महाकालीका कुढारटोल, मूलाबारी र कल्लेरीमा पर्ने बस्ती पहिरोको जोखिममा रहेको प्राधिकरणले जनाएको छ । भूकम्पपीडित लाभग्राहीले आवास पुनःनिर्माण गर्न सरकारले दिने रु तीन लाख अनुदानको बैंक खाता गत भदौ अन्तिम साता प्राधिकरणले रोक्का गरेपछि घर निर्माण शुरुदेखि सम्पन्न गर्नेले अनुदान रकम पाउनबाट बञ्चित भएका हुन् ।

सरकारले पुनःस्थापनामा लामो समयसम्म पहल नगरेपछि जोखिम स्थानमा नै घर निर्माण गर्नु आफूहरुको बाध्यता भएको भूकम्प र पहिरोबाट पीडित स्थानीय सुमन खड्काले बताउनुभयो । जोखिम बस्तीमा घर निर्माण गर्नेलाई शुरुआती समयमा पुनःनिर्माणले अनुदान उपलब्ध गराए पनि हाल आएर खाता रोक्का गर्नु न्यायोचित नभएको उहाँको भनाइ छ ।

“आर्थिक अवस्था कमजोर र बस्तीसँगै जग्गा पनि जोखिममा परेपछि खेती लगाउन नपाउँदा आम्दानीको स्रोत केही छैन”, उहाँले भन्नुभयो, “सरकारी अनुदान पाउने आशामा ऋण खोजेर घर बनाएको थियाँै, त्यो नपाएपछि अहिले ब्याज तिर्न धौधौ भएको छ ।” बस्तीको चारैतिरबाट पहिरो बगेको स्थानका पीडितलाई पुनःस्थापनाका लागि सुरक्षित जग्गाको खोजी भइरहेको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।

उहाँका अनुसार बस्ती नजिकै तल्लो मूलाबारीमा सुरक्षित जग्गा पाइए पनि खरीदका लागि पुनःनिर्माणले उपलब्ध गराउने रु दुई लाख रकमले घडेरीका लागि आवश्यक जग्गा नआउने भएपछि थप ढिलाइ भएको हो ।

प्राधिकरणले जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा घडेरी खरीद गर्न बढीमा रु दुई लाखसम्म र आवास पुनःनिर्माण गर्न अनुदानस्वरुप रु तीन लाख दिने प्रावधान छ । जोखिम बस्तीमा घर बनाउनेलाई यसअघि लिएको अनुदान रकम फिर्ता गराउँछु भनेर लिखित निवेदन स्थानीयतहमा दिएपछि प्राधिकरणले जग्गाको खोजी अघि बढाउने व्यवस्था रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको निजी आवास पुनःनिर्माणसम्बन्धी अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका सूचना अधिकारी सुन्दर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जोखिम बस्तीमा घर बनाएकालाई भदौसम्म अनुदान दिए पनि हाल खाता रोक्का गरिएको छ । “जोखिम बस्तीमा घर बनाएर यसअघि लिइएको अनुदान फिर्ता गर्ने शर्तमा पीडित लाभग्राहीले स्थानीय तहमा निवेदन दिनुपर्छ”, पोखरेलले भन्नुभयो, “सोही निवेदनका आधारमा स्थानीय तहले प्राधिकरणलाई जग्गा खोजीका लागि पहल गर्ने कार्यविधिमा उल्लेख छ ।”

भूगर्भविद्को अध्ययनका आधारमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको तथ्याङ्कअनुसार भूकम्पका कारण नुवाकोटका विभिन्न बस्तीका ३७७ परिवार जोखिममा देखिएकाले सुरक्षित स्थानमा सार्नुपर्नेछ । तीमध्ये महाकालीका ५१ सहित ६१ परिवारले जोखिमस्थानमा घर निर्माणको प्रक्रियामा गएकाले उनीहरुको बैंक खाता रोक्का गरी सरकारी अनुदान रोकिएको छ ।

जोखिम बस्तीमा सूचीकृत भएकामध्ये हालसम्म १९० परिवारलाई प्राधिकरणले सुरक्षित स्थानमा घडेरी खरीद गरी स्थानान्तरण गराउन शुरु गरेको छ भने बाँकीको स्थानान्तरण र पुनःनिर्माण अन्योल छ ।

देवीघाटमा फूलको डोली तार्ने जात्रा (फोटो फिचर)

नुवाकोट । हरिबोधिनी (ठूलो एकादशी)को अबशरमा नुवाकोटको पवित्र तिर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा फूलको डोली तारिएको छ ।

देवीघाट स्थित तादी र त्रिशुली नदीको संगमस्थलमा अबस्थित जालपादेवी मन्दिरमा नुवाकोट सहित विभिन्न जिल्लाबाट ल्याइएको एकसय भन्दाबढी राथ, छत्र र फूलको डोली आज बिहान तारिएको छ ।
पुण्य कमाउन, मनोकामना पूरा भएपछि भाकल पूरागर्न तथा दिवंगत व्यक्तिको स्मृतिमा ल्याइने गरेको फूलको डोली, फूलको डोको र छत्र बोकेर आएका तिर्थयात्रीहरु अघिल्लो दिनदेखि निराहार ब्रतबसी जालपादेवीको पूजागरी एकादशी पर्व मनाइरहेको धामी हरिमानसिंह डंगोलले जानकारी दिनुभयो ।

उहाँको अनुसार शुभ साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा ल्याइएको फूलको डोली गएरातभर पूजा गरी मादी बालेर बिहान सूर्योदयसगै तार्न सुरु गरिएको हो ।

फूल नैवेद, अन्न सम्मिलित तोरनलाई देवीघाट स्थित जालपादेवी मन्दिरमा बा“धी त्रिशुली गङ्गा नङ्गाउदै खड्गभञ्याङ स्थित सयवर्ष पूरानो बरको रुखमा लगेर बा“धिएको छ । बाजागाजा सहित पूरोहितबाट मन्त्रउच्चारण गरी फूलको डोलीको रुपमा रहेको एकसय भन्दा बढी तोरन तार्न आज बिहानभर लागेको थियो ।

एकादशी मेला तथा फूलको डोली तार्ने मेलामा नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका हजारौ भक्तजन पवित्रस्थल जालपादेवी मन्दिर परिसरमा सहभागि भएका थिए । एकादशी पर्वको अवशरमा नुवाकोट र रसुवाको संगमस्थल उत्तरगयाधाम बेत्रावती सहित दुप्चेश्वर महादेवको मन्दिर, फिकुरी स्थित किस्पाङ महादेव मन्दिर पनि आज मेला लागिरहेको छ ।

नेविसङ्घको म्याद दुई महीना थपियो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले सङ्घको विधानलाई परिमार्जनसहित स्वीकृत गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आजसम्म थियो । विसं २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित वर्तमान केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन गर्न सकेको थिएन ।

नेविसङ्घको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने व्यवस्था थियो । काङ्ग्रेस बैठकले तीन महीना थप गर्न सकिने प्रावधानको सट्टा पाँच महीना थप गर्न सकिने प्रावधानसहितको विधानलाई स्वीकृत गरेको प्रवक्ता शर्माले बताउनुभयो । विधान स्वीकृतसँगै स्वतःविघटनको सङ्घारमा पुगेको नेविसङ्घको कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयावधि प्राप्त भएको छ । विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न बैठकले स्वतन्त्रता सेनानी सोनेलाल पासवान (धनुषा), मणिसुन्दर वजियम (खोटाङ), भीमराज नौलाखा (मोरङ), काङ्ग्रेसका योद्धा तेजप्रसाद उप्रेती (धादिङ), कर्णबहादुर राना (गुल्मी) र धनबहादुर श्रेष्ठ (सिन्धुपाल्चोक) को निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, फरमूल्लाह मन्सुर, नवीन्द्रराज जोशी, डा चन्द्र भण्डारी, शङ्कर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र प्रवक्ता विश्वप्रकाश शर्माले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान
लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न
निर्देशन दिएको छ ।

झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी
उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको
प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारीे दिनुभयो । प्रधानमन्त्री
अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ २१ गते बसेकोे बैठकले
झूटो विवरण पेश गरेर अनुदान लिएकाबाट रकम फिर्ता गराउने निर्णय गरेको थियो ।

प्राधिकरणका अनुसार भूकम्पले क्षतिग्रस्त घरबाहेक
सोही स्थान वा नेपालभर अन्य कुनै स्थानमा बस्नयोग्य घर भएका र एकभन्दा बढी
स्थानबाट अनुदान रकम लिएकाहरुले रकम फिर्ता गर्नुपर्नेछ । अन्यथा अनुदान
लिएको रकम सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।
झूटो विवरण पेश गरेर लिइएका अनुदान जिल्लास्थित आयोजना कार्यान्वयन एकाइमा
बुझाउन सकिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

नुवाकोटमा सोमबार र मंगलबार दिनभर बत्ति बन्द हुने

विदुर । निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारको लागी नुवाकोटमा दुईदिन विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै यही मङ्सिर ३ र ४ गते अर्थात सोमबार र मंगलबार दुईदिन नुवाकोट जिल्लाभर नै विद्युत बन्द हुने जनाएको हो ।

त्रिशूली–काठमाडौँ प्रशारण लाइनको तार विस्तारको क्रममा जिल्लामा ६६ केभी प्रशारण लाइन मार्फत वितरण भएको स्थानीय प्रशारण तारमा छोएर दुर्घटना हुनसक्ने भएकाले दुई दिन विद्युत आपूर्ति बन्द गर्न लागिएको केन्द्र प्रमुख सन्तोष कुमारले जानकारी दिनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web