नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न निर्देशन

मंसिर २, २०७५ मा प्रकाशित | 6504 views

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झूटो विवरण बुझाएर भूकम्पपीडित अनुदान
लिनेलाई आगामी पुस १५ गतेभित्र सम्बधित कार्यालयमा रकम फिर्ता गर्न
निर्देशन दिएको छ ।

झुटो विवरण पेश गरेर भूकम्पपीडित अनुदान लिएको भनी
उजुरी परेपछि त्यस्ता व्यक्तिबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको
प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारीे दिनुभयो । प्रधानमन्त्री
अध्यक्ष रहने प्राधिकरण निर्देशक समितिको गत भदौ २१ गते बसेकोे बैठकले
झूटो विवरण पेश गरेर अनुदान लिएकाबाट रकम फिर्ता गराउने निर्णय गरेको थियो ।

प्राधिकरणका अनुसार भूकम्पले क्षतिग्रस्त घरबाहेक
सोही स्थान वा नेपालभर अन्य कुनै स्थानमा बस्नयोग्य घर भएका र एकभन्दा बढी
स्थानबाट अनुदान रकम लिएकाहरुले रकम फिर्ता गर्नुपर्नेछ । अन्यथा अनुदान
लिएको रकम सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको छ ।
झूटो विवरण पेश गरेर लिइएका अनुदान जिल्लास्थित आयोजना कार्यान्वयन एकाइमा
बुझाउन सकिने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web