नुवाकोट । दुप्चेश्वर गाँउपालिकालाई सिन्धुपाल्चोकहुदै सिधै काठमाडौ जानको लागी सहज बनाउन राउतवेशी स्थित ठाडो खोलामा गाडी सञ्चालन गर्न पक्कि पुलको निर्माण थालिएको छ ।

पुलको शनिबार नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी र काँग्रेस युवा नेता रमेशकुमार महतले सयुक्त रुपमा उद्घाटन गर्दैै तोकिएको समयमा गुणस्तरीय सामाग्रि प्रयोग गरी कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

साविक राउतवेशी गाविसको वडा नं. ४ राउतवेशीबाट वडा नं. ३ गतार जोड्ने गरी निर्माण गर्न थालिएको १५ मिटर लम्बाईको पक्कि पुल बनाउन डिभिजन सडक कार्यालय नुवाकोटले तीन करोड रुपैयाँ बजेटमा निर्माण व्यवसायी नागार्जुन कन्स्ट्रक्सनलाई जिम्मेवारी दिइएको छ ।

पुल निर्माणको समयसीमा आगामी असोजसम्म भएपनि तीन महिनाभित्र सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माणलाई तिव्रता दिने प्रतिबद्धता जनाएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योबिन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । तोकिएको समयमा पुल निर्माण सम्पन्न गर्नको लागी निर्माण व्यवसायीलाई सहयोग पु-याउने र त्यहाँ बिना अबरोध सहज रुपमा काम गर्ने वातावरण बनाउन गाँउपालिकाले कुनै कसुर बाँकी नराख्ने अध्यक्ष तामाङले बताृनुभएको छ । उहाँको अनुसार पुल निर्माणले दुप्चेश्वर गाँउपालिकाको राउतवेशीको माथिल्लो भूभाग, गाँउखर्क, बेतिनी सहित सिन्धुपाल्चोक जिल्लाको विभिन्न बस्तीलाई समुन्द्रटारहुदै नुवाकोटको अन्य स्थानमा आउन–जान र काठमाडौ जोड्न निकै सहज हुने भएको छ ।

पुलको अभावमा हिउदयाममा मात्र सञ्चालनमा रहेको सवारी साधानलाई बाह्रै महिना चलाउन सकिने भएकाले पुल निर्माणको काम सुरु गरेपछि लाभान्वित स्थानीयबासी उत्साहित भएका छन् । गाँउपालिका अध्यक्ष तामाङको अनुसार पुलको निर्माणले जिल्लाको गाँउखर्क, बेतिनी र राउतवेशीमा उत्पादन हुने कृषि उपज, पशुपक्षीजन्य सामाग्रि, जडिबुटी, अन्नबालीलाई बजार पु-याएर किसानहरुले राम्रो लाभलिन सक्ने प्रयाप्त सम्भावना सिर्जना गरेको छ ।

पुलको सिलन्यास कार्यक्रममा तादी गाँउपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे,
लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठ, जिसस नुवाकोटका सदस्य मायाँ
शेर्पा, नेपाली काँग्रेस नुवाकोटका सदस्य नरेश तामाङ लगायतको सहभागिता
रहेको थियो ।

नुवाकोट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता डाक्टर रामशरण महतले शिक्षाको विकास मार्फत समुदाय रुपान्तरणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

पञ्चकन्या गाँउपालिकाको वडा नं. २ कविलासमा रहेको नवसञ्जिवनी माध्यामिक विद्यालयको ३५औ बार्षिक उत्सव समारोह तथा अभिभावक भेलालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री समेत रहनुभएका डाक्टर महतले शैक्षिक जनशक्तिले नै देशलाई आर्थिक रुपमा समृद्धि र प्राविधिक रुपमा सम्मुन्नत बनाउन सक्ने भएकाले शिक्षाको विकासको लागी स्थानीयदेखि केन्द्र सरकारले प्रथामिकता दिनुपर्ने बताउनुभएको छ ।

उहाँले अभिभावकहरुलाई पनि सस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय प्रतिको दृष्टिकोण सकारात्मक नभएकाले शिक्षाको गुणस्तर बृद्धिको लागी विद्यालय प्रशासन, विद्यार्थी, शिक्षक र अभिभावक चारवटै खम्बाको रुपमा सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, नेपाली काँग्रेसका जिल्ला सभापति जगदीशनरसिंह केसी, महासमिति सदस्य रमेशकुमार महत, दुप्चेश्वर गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, तादी अध्यक्ष नारायणप्रसाद पाण्डे, सूर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मञ्जु ढकाल, पञ्चकन्या गाँउपालिका उपाध्यक्ष सिता खड्का लगायतले शैक्षिक सस्थालाई पवित्र स्थल एवम् शान्ति क्षेत्रको रुपमा विकास गरेमात्र दक्ष विद्यार्थी उत्पादन गर्न सकिनेमा जोड दिनुभएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मिश्रले श्रोत र साधनको अभावले विद्यालयको शैक्षिक विकासको लागी चुनौती बन्दै आएको गुनासो गर्नुभएको छ । उहाको अनुसार भूकम्पले भत्किएका विद्यालयहरु चार कोठा सम्पन्न भएपनि बाँकीको मर्मत तथा पुर्ननिर्मँण भइरहेको, दबरन्दी अभावले आधारभूत तहका शिक्षकबाट माध्यामिक तहको अध्यापन गराउनुपर्ने बाध्यता, कक्षा दश मात्र चल्दै आएको विद्यालयलाई आर्थिक अभावले प्राविधिक तथा कक्षा १२ सम्म पु-याउन कठिनाई भएको छ ।

कार्यक्रममा विद्यालयलाई राजनीतिज्ञ तथा व्यवसायी भरत खड्काले एक लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गर्नुभएको थियो ।

त्रिशूली । तारुका बहुमुखी क्याम्पसको पहिलो क्याम्पस सभा सम्पन्न भएको छ ।
ताकेश्वर गाँउपालिका वडा नं. २ तारुकामा रहेको तारुका बहुमुखी क्याम्पसको शनिबार सम्पन्न भएको पहिलो सभामा नेकपाका प्रभावशाली नेता एवम् पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले शैक्षिक सस्था र काम्पसको सङ्ख्यामा बृद्धि नभई गुणस्तरीय शिक्षा र नयाँ विषय अध्ययन तर्फ लाग्न आग्रह गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका प्रध्यापक समेत रहनुभएका पाण्डेले उच्च शिक्षा अध्ययनको गराउनको लागी अनुमति लिने तर, चलनचल्तीमा रहेका विषयभन्दा फरक विषयलाई समावेश गराउन नसक्दा विद्याथी अभावले क्याम्पस चलाउन गाह्रो पर्ने भएकाले गाँउको लागी सुहाउदो विषयको शिक्षा अध्ययन गराउन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले तार्केश्वर गाँउपालिकाको धरोहरको रुपमा स्थापना भएको क्याम्पसको विकासको लागी मावि सञ्चालनमा रहेका विद्यालयबाट उत्पादन भएका विद्याथीलाई आकर्षण गराउनको लागी पहल गर्न क्याम्पस व्यवस्थापन समितिलाई सुझाब दिनुभएको छ ।

यस्तै, प्रदेससभा सदस्य केशवराज पाण्डेले उपयुक्त शैक्षिक सस्थाको अभावले उच्च शिक्षा अध्ययनमा विद्यार्थीहरु प्रभावित हुने हुदाँ गाँउमा नै स्थापना भएको क्याम्पसमा अध्ययन गरी आफ्नो गाँउको विकासमा लाग्न युवा वर्गलाई आग्रह गर्नुभएको छ ।

उहाँले अधिकांश विद्यार्थीले अध्ययन क्याम्पसतहको बीचमा नै छाड्ने र त्यसको मुख्य कारण खोजेजस्तो र रोजेजस्तो शैक्षिक सँस्था र विषय नपाउने भएकाले गाँउबाट अन्यत्र अध्ययन गर्न जाने विद्यार्थीलाई आफ्नै स्थानमा सञ्चालित शैक्षिक सँस्थामा भर्ना हुन सुझाब दिनुभएको छ । तार्केश्वर गाँउपालिकको उपाध्यक्ष तारादेवी रिमालले गाँउपालिका भित्रको एकमात्र क्याम्पस भएपनि घरबाट अध्ययन गर्न पायक नपर्ने भएकाले आवशीय व्यवस्था मिलाउन सके प्रभावकारी हुने भएकाले त्यसको लागी गाँउपालिकाको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष कृष्णमान प्रधानले तार्केश्वर गाँउपालिकाको लागी शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु-याउन स्थापना भएको क्याम्पसको आफ्नै नाममा जग्गा र भोतिक संरचना समेत अझै पु¥याउन नसकेकाले नवगठित सञ्चालन समितिले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । क्याम्पस सभाले वडा नं २ का वडाध्यक्ष सम्मरबहादुर आलेमगरको अध्यक्षतामा १५ सदस्य क्याम्पस सञ्चालन समिति गठन गरेको छ ।

नवगठित सञ्चालन समितिका अध्यक्ष आलेमगरले अहिले शिक्षा संकाय मात्र अध्ययन हुदै आएकोमा आगामी दिनमा व्यवस्थापन र प्राविधिक विषय समेत समावेश गरी अध्यापन गराउनको लागी पहल गर्ने बताउनुभएको छ । २००१ सालदेखि सञ्चालनमा आएको क्याम्पसबाट गाँउमा नै स्नातकसम्मको अध्ययनको लागी विद्यार्थीलाई सहज बनाएको क्याम्पसका निमत्त प्रमुख रामकृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

श्रीकृष्ण माविमा तारुका श्रीकृष्ण क्याम्पसको रुपमा सञ्चालनमा आएपछि घर छाडेर बाहिर अध्ययन गर्न जान नपाएका देखि घरमा नै नियमित काम गर्दैैै उच्च शिक्षा अध्ययनको लागी पु¥याएको भूमिका उल्लेखनीय बन्दै आएको क्याम्पसका शिक्षक मञ्जु प्रधानले बताउनुभएको छ ।

शिवपुरी । नेपाल कम्युनिष्ट पार्टी समर्थित रहेका दुई शिक्षक संगठनको शिवपुरी गाँउपालिकास्तरीय भेला सम्पन्न भएको छ ।

शिवपरीको केन्द्र शेराबगरमा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिक्षकले राजनीति गर्नुभन्दा राजनीतिक चेतना र सञ्चार प्रवाहमा जोड दिनुपर्ने सुझाब दिनुभएको छ । सांसद् तामाङले शिक्षकहरु राजनीतिमा लाग्नुपर्छ भन्ने अधिकारलाई सम्झेर पार्टीको झोला बोक्नतर्फ लाग्ने गरेको भन्दै त्यसो नगरी मुलुकमा भएका राजनीतिक गतिविधि, राज्य सञ्चालन प्रणाली, समृद्धि राष्ट्र निर्माणको लागी विद्यार्थीको भूमिका लगायतमा जोड दिएर सांगठानिक रुपमा एक हुनको लागी आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका नुवाकोट अध्यक्ष चिरिञ्जिवी भट्ट, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दीपक ढुङ्गानाले दुई तिहाई स्थान प्राप्त नेकपाको सरकार भएपनि श्रमजिवीको रुपमा कार्यरत शिक्षकहरुको समस्या समाधानको लागी पहल नगरेको गुनासो गरेको थिए । कार्यक्रममा शिक्षक सगठनका नेताहरु देवेन्द्र थापा, प्रेम भट्टराईले पार्टीको एकतापछि दुई शिक्षक संगठनको पनि एकताको गृहकार्य अन्तिममा पु-याएकाले सहमतिमा टुङ्गाउन प्रयास भइरहेको बताउनुभएको छ ।

उहाँहरुले शिक्षकको हक, हित र अधिकार स्थापना तथा सुरक्षित पेशाको लागी शिक्षकसंगठहरु अहिले आन्दोलनको मोर्चामा रहेकाले त्सयसको समाधानको लागी पहल गरिदिन सांसाद् तामाङको ध्यानाकर्षण गराउनुभएको छ ।

शिवपुरी । नेपाल कम्युनिष्ट पार्टी समर्थित रहेका दुई शिक्षक संगठनको शिवपुरी गाँउपालिकास्तरीय भेला सम्पन्न भएको छ ।

शिवपरीको केन्द्र शेराबगरमा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिक्षकले राजनीति गर्नुभन्दा राजनीतिक चेतना र सञ्चार प्रवाहमा जोड दिनुपर्ने सुझाब दिनुभएको छ । सांसद् तामाङले शिक्षकहरु राजनीतिमा लाग्नुपर्छ भन्ने अधिकारलाई सम्झेर पार्टीको झोला बोक्नतर्फ लाग्ने गरेको भन्दै त्यसो नगरी मुलुकमा भएका राजनीतिक गतिविधि, राज्य सञ्चालन प्रणाली, समृद्धि राष्ट्र निर्माणको लागी विद्यार्थीको भूमिका लगायतमा जोड दिएर सांगठानिक रुपमा एक हुनको लागी आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका नुवाकोट अध्यक्ष चिरिञ्जिवी भट्ट, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दीपक ढुङ्गानाले दुई तिहाई स्थान प्राप्त नेकपाको सरकार भएपनि श्रमजिवीको रुपमा कार्यरत शिक्षकहरुको समस्या समाधानको लागी पहल नगरेको गुनासो गरेको थिए । कार्यक्रममा शिक्षक सगठनका नेताहरु देवेन्द्र थापा, प्रेम भट्टराईले पार्टीको एकतापछि दुई शिक्षक संगठनको पनि एकताको गृहकार्य अन्तिममा पु-याएकाले सहमतिमा टुङ्गाउन प्रयास भइरहेको बताउनुभएको छ ।

उहाँहरुले शिक्षकको हक, हित र अधिकार स्थापना तथा सुरक्षित पेशाको लागी शिक्षकसंगठहरु अहिले आन्दोलनको मोर्चामा रहेकाले त्सयसको समाधानको लागी पहल गरिदिन सांसाद् तामाङको ध्यानाकर्षण गराउनुभएको छ ।

धुञ्चे । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं ६ धुन्चेबाट श्रोत नखुलेको एकसय दरका २८६ थान गरी २८ हजार ६ सय अमेरिकी डलर सहित २ जनालाई रसुवा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगरका ५३ वर्षीय श्रीराम चौधरी र रौतहट गरुडाका ३२ वर्षीय बिकाश चौधरी रहेका छन् । उनीहरूमध्ये श्रीरामको साथबाट १ सय दरका २ सय ६८ थान गरी २६ हजार ८ सय अमेरिकी डलर बरामद भएको छ । यसैगरी उनको साथमा रहेको सुनको सिक्री ४ थान समेत प्रहरीले बरामद गरेको छ । यस्तै, बिकासको साथबाट १ सय दरका १८ थान गरी १ हजार ८ सय अमेरिकी डलर प्रहरीले बरामद गरेको जनाएको छ ।

रसुवाभन्दा बाहिर स्थायी बासोबास गर्दै आएको भएपनि उनीहरुले यसअघि रसुवामा बसाई सराई गरी रसुवा नागरिक भएको आधारमा केरुङ प्रवेशको अनुमति पत्र समेत बनाएको रसुवा प्रहरीले जनाएको छ ।
धुन्चेस्थित त्रिशूली खोला पुल नजिकै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंबाट टिमुरेतर्फ जाँदै गरेको पर्यटक बोक्ने गाडी बा.१ य १४४६ नम्बरको स्कारपिओ जाँच गर्ने क्रममा अबैध रकम सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

दुवैजनालाई कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालयमा बुझाउने रसुवा प्रहरी प्रमुख सन्तोष तामाङले जानकारी दिएको छ ।

विदुर । जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापाले मेलमिलापलाई प्रभावकारी बनाउन सके समुदायमा दिगो विकासको लागी उल्लेखनीय योगदान पुग्ने बताउनुभएको छ ।

विदुरमा शनिबार आयोजित सामुदायिक मेलमिलापकर्ता समाज नेपालको पहिलो साधारणसभाको उद्घाटन गर्दै उपप्रमुख थापाले ‘मेलमिलाप’को माध्यबाट विवादित दुवै पक्षको जीत–जीतको अबस्था सिर्जना हुने, एकआपसमा एकता कायम हुने र अदालत मार्फत मुद्धाको फैसला हुदाँ प्रक्रियागत रुपमा समय लाग्ने भएकाले तत्कालै न्यायको नतिजा समेत पाइने भएकाले नुवाकोटका वडाहरुमा स्थापना भएका सामुदायिक मेलमिलाप र स्थानीयतहमा उपप्रमुखको नेतृत्वमा गठित न्यायिक समितिको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै, प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नुवाकोटका कार्यक्रम संयोजक सिताराम पौडेलले नुवाकोटको साविक स्थानीय निकायमा गठन भएका मेलमिलाप केन्द्रलाई हाल स्थानीयतहको वाडा कार्यालयस्तरीय बनाएर स्थापना भइरहेको जानकारी दिनुभएको छ । उहाँको अनुसार जिल्लामा रहेका ८८ मध्ये अहिलेसम्म ७३ वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना भइसकेको छ भने स्थानीयतहमा रहेको उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समितिलाई पनि प्रभावकारी बनाएर सञ्चालनमा ल्याउन सस्था मार्फत सहयोग पु-याउदै आएको छ ।

सँस्था मार्फत अहिलेसम्म नुवाकोटमा सातसय भन्दा बढी मेलमिलापकर्ता उत्पादन भइसकेका छन भने यो वर्ष एक सय थप उत्पादन गर्ने योजना बनाइएको छ । साधारणसभामा मेलमिलापकर्ता समाज नेपालका नुवाकोट अध्यक्ष मणिराज घिमिरेले नुवाकोटमा तालीमप्राप्त रहेका मेलमिलापकर्ताहरुको साझा सामाजिक सँस्थाको रुपमा स्थापना भएको सँस्थाले सामुदायिक मेलमिलापकर्ताहरुको सूचिकृत, परिचयपत्र, हक अधिकारी स्थापना लगायतको लागी योगदान पु-याउदै आएको बताउनुभएको छ ।

अध्यक्ष घिमिरेले समुदायमा सस्थागत तथा व्यक्तिगत रुपमा विवाद निरुपण तथा सामाजिक सहकार्यता स्थापना गर्न पु-याउदै आएको भूमिकालाई राज्यले वेवास्था गरेको भन्दै त्यसको सम्बोधन गराउनको लागी आफूहरु प्रयासरत रहेको बताउनुभएको छ ।

साधारणसभाको बन्द सत्रले सस्थाको कोषाध्यक्ष होमबहादुर तामाङले पेश गरेको आर्थिक प्रतिवेदन र सँस्थाले आगामी दिनमा सामुदायिक मेलमिलापलाई समाजमा बुझाउन जनचेतनामा बृद्धि, शैक्षिक सँस्थामा मेलमिलाप सम्बन्धि शिक्षा प्रवाह लगायतमा जोड दिनेगरी अध्यक्ष घिमिरेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

गायिका सोना अमात्यको नयाँ गीत ‘म त खुल्ला छु’ सार्वजनिक भएको छ । एक आकर्षक भिडियोसहित उनले सो भिडियो सार्वजनिक भएको हो ।

आनन्द अधिकारीको शब्द रहेको गीतमा शिखर सन्तोषको संगीत छ । गायिका सोनाले नै अभिनय गरेको भिडियोमा उनकै जीवन संघर्ष देखाइएको छ ।

क्रियटिभ कन्सेप्ट मेकिङ, मोडल्रिङ, गायन लगायतबिबिध खुबी र क्षमताकी धनी सोनाले हालसम्म दर्जनौं गीतमा स्वर दिइसकेकी छिन् ‘म त खुल्ला छु’ मा नेपालका बिभिन्न मनोरमस्थलका दृश्या कैद गरिएको छ ।

ज्ञानेन्द्र शर्माको छायाँकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई विवेकसिंह ठकुरीले निर्देशन गरेका हुन् ।

नुवाकोट ।

नेपाल इन्जिनियर्स एशोसियशन को ३२ औं कार्यकारिणी समितिको आगामी मंसिर २८ गते हुने निर्वाचन मा प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन (पिन) तर्फ बाट त्रिभुवन बिश्वबिद्धालय ईन्जिनियरिङ संकायका डिन प्रा.डा .त्रिरत्न बज्राचार्यकाे नेतृत्व र ई. छबि पाेख्रेल महासचिब रहेकाे समितिमा केन्द्रिय सदस्य पदमा ई.अनिल नेपाल र ई.नन्द लाल बन्जाडे को नेतृत्व मा रहेको ३ नम्वर प्रदेश कार्यकारिणि समिति सदस्यमा ई.सागर न्यौपानेले उम्मेदवारी दिएका छन ।

देशभरिमा करिब १७००० मतदाता रहेको नेपाल इन्जिनियर्स एशोसियशनको नेतृत्व हरेक २/२ बर्षमा निर्वाचनबाट चुनिने गर्दछ ।

बिदुर नगरपालिका निवासी नेपाल पुल्चोक क्याम्पस बाट मेकानिकल इन्जिनियरिङ स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेका छ । पारिवारिक राजनैतिक पृष्ठभुमि बाट हुर्केका उनी पुल्चोक क्याम्पस का पुर्ब इन्चार्ज हुन ! हाल उनी प्रोग्रेशिभ इन्जिनियरिङ्ग एशोसियशन नेपाल (पिन) को केन्द्रीय सदस्य समेत हुन ।

इन्जिनियरिङ्ग क्षेत्रमा उनी प्रष्ट वक्ता स्वच्छ छबी भएका एक इमान्दार इन्जिनियरको रुपमा चिनिने गर्दछन । नेपाल भन्छन् "इन्जिनियरिङ बिषयमा बोल्ने, सरकारलाइ उचित सुझाब दिने र जनमैत्री क्रियाकलाप गर्नाको लागी हामिले जित्नै पर्छ, सबै लाई परिवर्तनको अभास देखाउन, अग्रगमनको लागि, संवृद्द नेपालको लागि र नेईए समग्र ईन्जिनियरहरूको नै हो भन्ने आभाष दिलाउनको लागि" ।

लिखु गाउँपालिका नुवाकोट निवासी न्यौपाने
सगरमाथा ईन्जिनियरिङ क्याम्पस बाट सिभिल ईन्जिनियरिङ मा स्नातक गरेका थिए । उनीले अखिल क्रान्तिकारी बाट तत्कालीन स्वबियु सदस्य समेत जितेका हुन । इन्जिनियरिङ्ग क्षेत्रमा उनी प्रष्ट वक्ता स्वच्छ छबी भएका एक इमान्दार इन्जिनियरको रुपमा चिनिने गर्दछन ।

न्यौपाने भन्छन
"अहिलेसम्म हामिले देखेको NEA केबल केहि थान ब्यक्तिहरुको घुम्ने कुर्सी जस्तो देखियो। चुनाब जित्ने, आफु अनुकुल कार्यक्रम गराउने र मन परेकालाइ तक्मा भिराउने,मौका मिले बिदेश सयर गर्ने गलत प्रवृत्ति को विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताउछ्न" !

नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेविज रोगको प्रकोप फैलिएको छ ।

गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको र अन्य स्थानमा पनि फैलन सक्ने भएकाले नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार केही दिनअघि रेविज लागेको कुुकुरले स्थानीय वसुदेव थापाको पशुचौपायलाई खुवाउने भाँडाको पानी खाएर त्यहीबाट फैलन शुरु गरेको रोगले अहिले सिङ्गोगाउँ नै प्रभावित भएको हो ।

कुकुरले खाएको पानी खुवाउँदा थापाको भैँसी मरेको छ भने गाउँमा चार वटा कुुकुर मरेको अवस्थामा भेट्टिएका छन् । ती मर्नुका कारण रेविज रहेको पुष्टि भएकाले नियन्त्रणका लागि खोप अभियान चलाउन थालिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

“माँझगाउँका किसानले पालेका अधिकांश पशुचौपायमा रोगको लक्षण देखिएकाले खोप अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो, “क्षति पुग्न नदिन पशु प्राविधिक परिचालन गरिएको छ भने नियमित पाँच पटक लगाउनुपर्ने खोप निःशुल्क उपलब्ध गराइएको छ ।” नियमित खोप लगाउनुपर्ने र पशुचौपाया एक वटालाई पाँच पटकसम्म खोप दिनुपर्ने भएकाले रोग नियन्त्रणमा आउन करीब एक महीना लाग्ने पशु प्राविधिकले बताएका छन् ।

गाउँपालिकाले पशुचौपायाको रेखदेख एवं स्वास्थ्यप्रति ख्याल गर्न किसानलाई आग्रह गरेको छ । रोगलाई महामारीका रुपमा फैलन नदिन रोग लागेकालाई अन्य स्वास्थ्य पशुचौपायासँग एकै स्थानमा नबाँध्न, छाडा कुकुरलाई घरगोठको छेउमा आउन नदिन र गाउँबाट अन्यत्र पशुचौपाया चरणमा नलैजान भनिएको छ ।

टंकप्रसाद जोशी र पार्वती तिमिल्सिनाको आवाजमा 'बझाङ्गी ठिटो बजारमा' आएको छ । कृपया प्रतिक्रिया दिन अनुरोध छ ।

१ मंसिर, काठमाडौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो ।

महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीसमेत त्यसतर्फ प्रस्थान गर्नुभएको प्रहरी प्रधानकार्यालयले आज जनाएको छ ।

महासभामा १९२ देशका प्रतिनिधि सहभागी हुने तथा त्यसमा सदस्य राष्ट्रहरुका वार्षिक प्रतिवेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका पदाधिकारीहरुको निर्वाचन हुने, सदस्यताका लागि आवेदन गर्ने नयाँ देशहरुका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच द्विपक्षीय छलफल हुनेछ ।

महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेटसम्बन्धी बाह्य लेखा परीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेटसम्बन्धी प्रस्ताव, आतङ्कवाद र आतङ्ककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखनजस्ता विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछ ।