शिक्षकको काम ‘राजनीतिक झोला’ बोक्ने होइन, ‘राजनीतिक सञ्चार’ गर्ने हो : सांसद हितबहादुर तामाङ

मंसिर २, २०७५ मा प्रकाशित | 173 views

शिवपुरी । नेपाल कम्युनिष्ट पार्टी समर्थित रहेका दुई शिक्षक संगठनको शिवपुरी गाँउपालिकास्तरीय भेला सम्पन्न भएको छ ।

शिवपरीको केन्द्र शेराबगरमा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले शिक्षकले राजनीति गर्नुभन्दा राजनीतिक चेतना र सञ्चार प्रवाहमा जोड दिनुपर्ने सुझाब दिनुभएको छ । सांसद् तामाङले शिक्षकहरु राजनीतिमा लाग्नुपर्छ भन्ने अधिकारलाई सम्झेर पार्टीको झोला बोक्नतर्फ लाग्ने गरेको भन्दै त्यसो नगरी मुलुकमा भएका राजनीतिक गतिविधि, राज्य सञ्चालन प्रणाली, समृद्धि राष्ट्र निर्माणको लागी विद्यार्थीको भूमिका लगायतमा जोड दिएर सांगठानिक रुपमा एक हुनको लागी आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका नुवाकोट अध्यक्ष चिरिञ्जिवी भट्ट, एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दीपक ढुङ्गानाले दुई तिहाई स्थान प्राप्त नेकपाको सरकार भएपनि श्रमजिवीको रुपमा कार्यरत शिक्षकहरुको समस्या समाधानको लागी पहल नगरेको गुनासो गरेको थिए । कार्यक्रममा शिक्षक सगठनका नेताहरु देवेन्द्र थापा, प्रेम भट्टराईले पार्टीको एकतापछि दुई शिक्षक संगठनको पनि एकताको गृहकार्य अन्तिममा पु-याएकाले सहमतिमा टुङ्गाउन प्रयास भइरहेको बताउनुभएको छ ।

उहाँहरुले शिक्षकको हक, हित र अधिकार स्थापना तथा  सुरक्षित पेशाको लागी शिक्षकसंगठहरु अहिले आन्दोलनको मोर्चामा रहेकाले त्सयसको समाधानको लागी पहल गरिदिन सांसाद् तामाङको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web