नुवाकोटमा बढ्यो बलत्कारको अपराध, बौद्धिक अपाङ्गता भएकी भाञ्जी बलत्कार गर्ने पक्राउ

नुवाकोट । बौद्धिक रुपमा अपाङ्गता र नाताले भाञ्जीपर्ने एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट प्रहरीले सूर्यगढी गाउपालिका–३ बागेश्वरीका सोमबहादुर तामाङलाई शुक्रबार पक्राउ गरेको छ ।

२८ वर्षका तामाङलाई नियन्त्रणमा लिएर नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ ।

प्रहरी निरीक्षक खड्काको अनुसार तामाङले बिहीबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भनी पीडित परिवारले प्रहरी समक्ष उजुरी दिएका थिए ।

१७ वर्षीयाँ पीडित किशोरीको स्वास्थ्य परीक्षण, प्रारम्भिक अनुसन्धान लगायतको आधारमा ‘अपराध’ भएका तथ्य पाइएकाले तामाङ विरुद्ध मुद्धा दर्तागरी कारबाहीको लागी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

नेकपाको नेता अधिकारीको रुखबाट लडेर मृत्यु

नुवाकोट । नुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानका हरिचन्द्र (डेलबहादुर) अधिकारीको शुक्रबार रुखबाट लडेर मृत्यु भएको छ ।

घर नजिकै पर्ने कटहरको रुखमा घाँस काट्न गएका ६० वर्षका अधिकारीको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो ।
हाल नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता रहेका उनी यसअघि साविक गणेशस्थान गाविसको नेकपा (एमाले)का उपाध्यक्ष थिए ।

उनको पार्थिव शरीरमा नेकपाको जिल्ला नेता एवम् प्रदेससभा सदस्य बद्री मैनाली लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिएपश्चात आजै अन्तिम सँस्कार गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद् खतिवडाबाट चार करोड बिनियोजन (विस्तृतमा)

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद
नारायणप्रसाद खतिवडाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार
करोड रुपैयाँ बजेट शुक्रबार बाँडफाँट गर्नुभएको छ ।

कार्यक्रम निर्देशक
समितिको विदुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नं २ मा रहेका दुई
नगरपालिका र तीन गाँउपालिकामा समान रुपमा बजेट बिनियोजन हुनेगरी विभिन्न २०
योजना तय गरिएको सांसद नारायणप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।

उहाँले
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा जस्तै, सडकलाई प्रथामिकता दिनुभएको
छ भने विद्यालय भवन, सिचाई, खानेपानी, पुस्तकालय, मन्दिर निर्माण, खेल
मैदान लगायतको लागी पनि बजेट छुट्टाउनुभएको छ ।
उहाँले छुट्टाएको बजेट यस प्रकार रहेको छ ।

शिखरवेशीमा आगलागी, घरमा भएको सबै सामाग्रि जलेर नष्ट

रामती । दुप्चेश्वर गाउपालिका वडा नं  ७  शिखरवेशीको तिल्केकुनामा रहेको वीरबहादुर तामाङको घर जलेर नष्ट भएको छ ।

घर नजिकैको परालमा बालबालिकाले खेल्ने क्रममा बिहीबार लागेको आगोबाट घर जलेर नष्ट भएको हो । आज दिउसो करिब १ बजेतिर लागेको आगो स्थानीयबासिको करीब दुइ घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।

आगलागीको कारण घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका दुई लाख रुपैयाँ भन्दा बढीको सामाग्रिं जलेर नष्ट भएको वडा न ७ का वडाअध्यक्ष भेषबहादर सिटौलाले जानकारी दिनुभएको छ । उहाँको अनुसार पीडित परिवारलाई वडा कार्यालय र गाँउपालिकाको तर्फबाट सहयोग पु¥याउन लागिएको छ ।

किशोरी बन्धक प्रकरण : थप दुई जना प्रहरीको नियन्त्रणमा

नुवाकोट । किशोरी बलत्कारको अभियोगका नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका बादल श्रेष्ठ र रबिन थापालाई पक्राउ गरेको छ ।

बुधबार साँझ घरबाट नियन्त्रणमा लिएको प्रहरीले बिहीबार उनीहरुलाई नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभएको छ ।

३२ वर्षीय श्रेष्ठ र २४ वर्षीय थापालाई तीनदिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उहाँको अनुसार पक्राउ परेका दुई जनालाई अहिले जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा दर्ता गरिएको र मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ ।

उनीहरुले गत साता नुवाकोटका पाँच किशोरीलाई भारतर्फ लैजाने क्रममा बट्टार स्थित एक होटलमा रात राखेर त्याहाँ बलत्कार गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी जनाएको छ ।
यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अबस्थामा उद्धार गरेको थियो ।

किशोरीहरुलाई फकाएर भारततर्फ लैजान लागेको अभियोगमा नुवाकोट प्रहरीले उनीहरु बन्धक बनेको घरधनी सुर्खेत भेरीगंगा नगरपालिका–१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाँउपालिका वडा नं. ४ चौघडाका विकास प्याकुरेललाई गएको आइतबार नुवाकोट जिल्ला अदालतमा मानब बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको छ ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वाधार विकास कार्यक्रमको चार करोड हितबहादुर तामाङले कहा-कहा छुट्टाए (पूर्ण विवरण)

नुवाकोट । नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद हितबहादुर तामाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको चार करोड रुपैयाँ बजेट बिहीबार बाँडफाँट गर्नुभएको छ ।
कार्यक्रम निर्देशक समितिको विदुरमा बसेको बैठकले निर्वाचन क्षेत्र नं १ मा रहेका सातवटा स्थानीयतहमा समान रुपमा बजेट बिनियोजन हुनेगरी विभिन्न २० योजना तय गरिएका छन् ।

बिनियोजित योजनामा ५० लाख रुपैयाँ बजेटको दुई ठूला योजना ककनी गाँउपालिकाको वडा नं ४ रानीपौवा, ढुंगेनपौवा, लामागाँउ, चतुराले, ढाडफेदीहुदै गंगटे जोड्ने सडक र पञ्चकन्या गाँउपालिकाको वाड नं ४ लाई लाभपुग्ने गरी सातविसे मंगला माविहुदै टोड्के भञ्याङ्ग सडक छनोट गरेको सांसद् तामाङले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार सरोकारवाला, स्थानीयतहको गाँउसभा मार्फत प्रथामिकता प्राप्त योजना, कार्यक्रम परामर्श समितिको बैठक लगायतबाट राय एवम् सुझाव संकलन गरी भौतिक पूर्वाधार अन्तरगत सडकलाई प्रथामिकता दिएर बजेट छुट्टाइएको छ ।

बिनियोजन गरिएको २० वटा योजना मध्ये १८ वटा योजना सडक विस्तार, स्तरउन्नती एवम् मर्मतको लागी बजेट छुट्टाइएको छ । बाँकी दुई वटा योजनामा सिचाई र खेल मैदान निर्माणमा जोड दिइएको छ ।
स्थानीयतह अनुसार जिल्लाको क्षेत्र नं. १ अन्तरगत पर्ने सूर्यगढी, दुप्चेश्वर र तादी गाँउपालिकामा चार–चार वटा योजना रहेका छन भने शिवपुरीमा तीन, ककनी र पञ्चकन्यामा दुई–दुई र लिखु गाँउपालिकामा एउटा योजना छनोट गरिएको छ । एक मात्र योजना परेपनि लिखुमा ठूलो योजना अन्तरगतको ५० लाख रुपैयाँ बजेट छुट्टाइएको छ ।

बिनियोजित गरिएको 'बजेट तथा योजना' सम्बन्धित मन्त्रालय मार्फत स्वीकृत भएपछि कार्यान्वयनको लागी सम्बन्धित स्थानीयतहमा पठाइने र त्यसलाई पारदर्शी र तोकिएको समयमा सफल रुपमा कार्यान्वयन गराउन आफू सहित परामर्श समिति र निर्देशक समितिलाई क्रियाशिल गराउने पूर्वमन्त्री समेत रहनुभएका सांसाद् तामाङले  जानकारी दिनुभएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा प्रतिनिधिसभा निर्वाचित क्षेत्र नं २ को चार करोड रुपैयाँ बजेट बिनियोजन हुन बाकी छ । क्षेत्र नं. २ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट भोलि छुट्टाउने तयारी मिलाएको कार्यक्रमका निर्देशक सच्युतराज उप्रेतीले जानकारी दिनुभएको छ ।
बजेट तर्जुमाको लागी सांसद् नारायणप्रसाद खतिवडाले यसअघि नै सम्बन्धित स्थानीयतहभित्रको सरोकारवाला, सरकारी निकाय, स्थानीयतहले प्रथामिकतामा राखेका योजनाको विवतरण संकलन, स्थानीयतहका प्रमुखहरुसंगको छलफल मार्फत राय एवम् सुझाब संकलन गरिसक्नुभएको छ ।

सूचना प्रविधि प्रयोगमा नेपाल प्रहरी उत्कृष्ट घोषणा, एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ बाट सम्मान

काठमाडौ ।  सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

जापानको टोकियोमा कात्तिक २२ गते भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका कार्यकारी सदस्य डा अभिजित गुप्ताले ग्रहण गर्नुभएको उक्त अवार्ड आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गर्नुभयो । संस्थाले एशोसिओ आउटस्टयाण्डिङ कम्पनी, आउटस्टयाण्डिङ युजर अर्गनाइजेशन, डिजिटल गभर्नमेन्ट र आइसिटी एजुकेशन गरी चार विधामा अवार्ड वितरण गर्ने गर्छ । त्यसमध्ये नेपाल प्रहरीले सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण अवार्ड प्राप्त गरेको हो ।

सदस्य राष्ट्रबीच आइसिटी इन्डस्ट्रीलाई प्रवद्र्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा उक्त संस्था स्थापना भएको हो । संस्थामा एशिया र ओशिएनियाका २४ देशका सूचना प्रविधिसँग सम्बन्धित १० हजारभन्दा बढी संस्था आबद्घ छन् ।

यसअघि २०७५ भदौ १ गते नेपाल प्रहरीले ‘डिजिटल गभर्नेन्स अवार्ड–२०१८’ प्राप्त गर्न सफल भएको थियो । सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो ।

नुवाकोटमा पैसाको सिक्का गालेर गहना बनाउने बढे, ‘भिजिट नेपाल 98’ को चिनो मासिने अबस्थामा

नुवाकोट । नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ ।

सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी नपर्दा नियन्त्रणमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कले सन् १९९८ मा ‘नेपाल भ्रमण वर्ष’को स्मरणमा जारी गरेको ‘भिजिट नेपाल नाइन्टी एट’ उल्लेखित पित्तलको सिक्का गालेर गहना बनाउनेक्रम गाउँगाउँमा बढिरहेको छ । सोही कारण ती सिक्का अहिले यहाँको बजारमा हराउँदै गएका छन् ।

पछिल्लो एक वर्षको अवधिमा भिजिट नेपाल उल्लेखित रु एकदेखि दशसम्मका सिक्का गालेर औँठी, मुन्द्रा, सिक्री, बालालगायतका गहना बनाउने गतिविधिले सो सिक्का हराउँदै गएको हो । गहना बनाउन यहाँ ती सिक्का रु ५०० देखि एक हजारसम्ममा खरीद–बिक्री हुने गरेको यहाँका सुनचाँदी व्यवसायी बताउँछन् । “पित्तलको सिक्काबाट बनेको गहनाको रङ झट्ट हेर्दा सुनजस्तै देखिन्छ ।” नाम बताउन नचाहने एक व्यवसायीले भने “सिक्का गालेर गहना बनाउन नपाइने थाहा भए पनि थोरै मेहनतमा राम्रो कमाइ हुने भएकाले लुकिछिपी काम गर्दै आएका छाँै ।”

‘भिजिट नेपाल नाइन्टी एट’ उल्लेखित सिक्का पित्तलबाट बनेको हुनाले सहजै गालिने र त्यसबाट बनेका गहना सुनको जस्तै देखिने हुँदा सो सिक्काको दुरुपयोग रोक्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

रङ्गेहात नियन्त्रणमा लिन नसकिएको र उजुरी पनि नआउँदा कारवाही गर्न कठिन भएको प्रहरी प्रमुख कुँवरले बताउनुभयो । सिक्काको स्वरूप बिगार्ने मात्र नभई नोटमा समेत केरमेट गर्ने, नाम–ठेगाना उल्लेख गर्ने गतिविधिलाई कारवाहीको दायरामा ल्याउने प्रयासमा प्रहरी जुटेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा मुद्रासम्बन्धी कसुरमा दफा २६३ को उपदफा १ मा “अधिकार प्राप्त अधिकारीको आदेशबिना कसैले मुद्राको रूपमा ग्राह्य भएको बैङ्क नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन” उल्लेख छ ।

उक्त दफाको उपदफा २ मा कसैले बैङ्क नोटमा लेख्न वा कोर्न नपाइने व्यवस्था छ । उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महीनासम्म कैद र रु पाँच हजारसम्म जरिवाना हुने उल्लेख गरे पनि कानूनी दायरामा ल्याउन प्रमाण जुटाउन कठिन बनेको प्रहरीको भनाइ छ ।

प्रहरी प्रमुख कुँवरका अनुसार अपराधमा संलग्नलाई तथ्य प्रमाणको खोजी गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन भने प्रयास भइरहेको छ ।

हरिबंश आचार्यको ६१ वर्षे यात्रा यस्तो रह्यो

काठमाडौ ।
लोकप्रिय कलाकार हरिवंश आचार्य आज देखि ६१ वर्षमा प्रवेश गरेका छन् । गफगाफ डटकमको अनुसार विक्रम सम्वत २०१४ साल कार्तिक २७ गते काठमाण्डौको गौरीधारामा जन्मिएका हरिवंश, हरिवंशपूजा पछि  जन्मेका परिवारका एक मात्र छोरा हुन् । पाँचजना छोरी मात्र जन्मेपछि छोरीले पिण्ड दिन नहुने र छोरा नै चाहिने भन्दै छोराको चाहमा हरिवंशका आमा बुवाले हरिवंश पूजाल गाएका थिए । हरिवंश पूजा लगाएर जन्मेका कारण उनको नाम पनि हरिवंश रहन गएको हो । आमा बुवाका रुढीबादी सोंचका कारण आफू जन्मिन पाएको हरिवंश बताउँछन् ।

बुवा ७३ वर्षको हुँदा हरिवंशको जन्म भएको थियो । तर उनी जन्मेको ६ वर्षपछि उनका बुवाको निधन भयो । उनकी आमाको पनि उनी ११ वर्षको हुँदा निधन भयो । सानै उमेरमा आमा बुवा गुमाउँदाको पीडा र दुख कस्तो हुँदो रहेछ ? भन्ने कुरा कसैले उनी सँग सोध्दा सायद राम्रो जवाफ पाउँछ ।  आमा बुवा नहुँदा जीवनमा जेठी दिदी बिन्दु आचार्यले अभिभावकको जिम्मेवारी पूरा गरेको हरि बताउँछन् । उनी बिन्दु दिदीलाई आमाको दर्जामा राख्छन ।   १७ वर्षको उमेर देखि कलाकारिताको शुरुवता गरेका हरिवंशले  रेडियो नेपालका हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलासी सँगको सहयोगले २०३१ सालमा कलाकारिताको शुरुवात गर्ने मौका पाए । त्यसपछि उनी राष्ट्रिय नाचघरमा पुगे । विक्रम समवत २०३२ सालमा गाईजात्रा महोत्सवमा सहभागी हुने सौभाग्य उनलाई मिल्यो ।  यो गाईजात्रामा काम गरेपछि उनको चर्चा परिचर्चा शुरु भयो ।

निरन्तर ६ वर्ष कलाकारितामा संघर्ष गरेपछि उनको मदनकृष्ण श्रेष्ठसँग भेट भयो । मदन कृष्णसँग भेट भएपछि उनले उनी सँगको सहकार्यमा स्टेज नाटक देखि टेलि सिरियल बनाउने काम गरे । मदन कृष्णसँग हरिवंशको यात्रा चार दशक पार गरिसकेको छ । उनी मदन कृष्णलाई जीवन साथी भन्न नमिल्ने भन्दै जीवनदाई भन्न रुचाउँछन् । मदन कृष्णसँग मिलेर उनले लालपूर्जा, हरिबहादुर मदनबहादुर, १५ गते लगायतका सिरियलहरु बनाए जुन अत्यधिक रुचाईएका सिरियलहरु हुन् ।  पर्दामा बुढी आमाको भूमिका होस् या तन्नेरी युवाको उनले हरेक चरित्रलाई न्याय दिएका छन् । उनको अभिनयबाट जो कोही पनि सहजै प्रभावित हुन्छ । पर्दामा अभिनय गरेर अरुलाई सहजै हँसाउने उनी स्वयमले भने जीवनमा हाँसो भन्दा धेरै आँशु पिएका छन् ।

बाल्यकालमै आमा बुवा गुमाएका उनले ५३ वर्षको उमेरमा फेरि एकपटक जीवनको महत्वपूर्ण व्यक्तिलाई गुमाए । श्रीमती मिरा उनको जीवनबाट सदाका लागि टाढा भईन् ।  अरुलाई हँसाउन संघर्ष गरिरहने हरिले आफ्नो जीवनमा भने आँशु धेरै पाए । हाँस्य कलाकार भएर पनि उनी अरुलाई हँसाउन सहज र आफू हाँस्न गाह्रो भएको बताउँछन् ।

दोस्रो विवाह :
२६ वर्षको उमेरमा हरिवंश वैवाहिक बन्धनमा बाँधिए । व्रिकम सम्वत २०४० मा मीरा सँग विवाह गरेका हरिवंश दुई सन्तान त्रिलोक र मोहितका पिता पनि बने ।  तर मीरासँग हरिवंशले आधा जिन्दगी मात्रै काटे । २० वर्षसम्म मुटुमा पेश मेकर राखेर बाँचेकी मिरा मस्तिष्क पक्षघातका कारण संसारबाट बिदा भईन् । मिराको निधन पछि हरिवंश आचार्य पूर्ण रुपमा टुटे । उनी केही समय डिप्रेशनमा पनि गएका थिए । मिराको निधन पछि नै हरिवंशले जीवनमा आएका आरोह अवरोहरुलाई समेटेर किताब लेख्ने मन बनाएका थिए । मीराले साथ छोडेपछि उनको एक्लो पनलाई बिर्साउन आईन् बुटवलकी रमिला पाठक ।  आफूभन्दा १३ वर्ष कान्छी रमीलासँग उनले मिराको निधन भएको ठिक एक वर्ष पछि विवाह गरे । रमिलाले पनि पति बियोग सहेकी थिईन् । मिराको निधनसँगै एक्लिएका हरिबंश रमिलाको आगमनले दोस्रो जन्म पाएको बताउँछन् ।   अहिले हरि र मिरा प्राय एकसाथ हुन्छन् ।

कुकुर र हरिवंशको सम्बन्ध :
हरिवंशले आफ्नो अटो बायोग्राफी‘चिना हराएको मान्छे’मा जीवनका सबै सुख र दुखहरुलाई स्थान दिएका छन् । यस बाहेक पनिउनले प्रस्तुत गरेका केही प्रसंगहरु निकै चाखलाग्दा छन् । तर उनको कुकुरसँगको सम्बन्धको प्रसंग भने चाखलाग्दो मात्रै हैन अचम्मको छ । उनले आफ्नो जीवनलाई कुकुरको जीवन सँग तुलना गरेका छन् । कार्तिकमा जन्मेका उनलाई सानोमा केही बदमासी गर्दा अरुले कात्तिके भनेर बोलाउँथे । किनभने कार्तिक महिनालाई कुकुरको सिजनको रुपमा लिईन्छ । कार्तिकमै जन्मेका उनले कुकुरसँग तुलना गर्दै आफूले जीवनमा कुकुरले जस्तो दुख र सुख दुबै पाएको बताउँछन् । रंग मन्चमा काम गरेर उनले जीवनमा पहिलो पटक पाएको प्रमाण पत्र पनि कुकुर सँगै सम्बन्धित थियो । उनले पहिलो पटक कुकुरकै भुकाईबाट प्रशंसा पत्र पाएका थिए ।

जसरी बाटोमा बसेको कुकुरलाई केहीले  खाने कुरा  दिन्छन् केहीले लखेट्छन् त्यसरी नै उनले पनि जीवन भोगाईको अनुभव संगालेका छन् । केही भुस्याहा कुकुरहरु हुन्छन् त केही महंगा कुकुरहरु । भुस्याहा कुकुरहरुले दुख पाउँछन् भने  महंगा कुकुरहरुले एयर कंडिसनिङ गाडीमा बस्न पाउँछन् । मालिक मालिक्नीको काखमा बसेर खेल्ने अनि महंगा खानेकुराहरु खाने गर्छन् । आफ्नो जिन्दगी पनि यस्तै दुई थरि कुकुरको जस्तै भएको उनको भनाई छ । जीवनमा कुकुरले पाउने दुख पनि पाएको र सुख पनि पाएका कारण उनले आफूलाई कुकुरसँग तुलना गरेका हुन् ।  कुकुर हरिवंशलाई एकदमै मन पर्ने जनावरमा पर्छ । संयोगबस उनी कुकुरसँगै सम्बन्धित संस्थाको अध्यक्ष  पनि भए । ‘काठमाण्डौ एनिमल ट्रिटमेन्ट सेन्टर’मा पनि उनले अध्यक्ष भएरका काम गरे । त्यस संस्थाले बाटोमा हिड्ने भुस्याहा कुकुरहरुलाई विष खुवाएर मार्न नपरोस् भनेर  परिवार नियोजन गर्ने गर्थ्यो । लुतो आएर छटपटिएका कुकुरहरुलाई सफा गरिदिने अनि उपचार गरिसके पछि भने त्यसलाई जहाँबाट ल्याएको हो त्यहि ठाउँमा लगेर छोडिदिने त्यहाको नियम थियो । तर दुर्भाग्य त्यो संस्था अहिले बन्द छ । यो संस्थालार्ई लण्डनकी जेन शल्टर भन्ने महिलाले शुरु गरेकीहुन् । उनले आफू रिटायर्ड भएको पैसा ल्याएर यो संस्थाको  शुरुवात गरेकि थिइन ।

रेडियो अडियोले हरिबंशको जन्मदिन बिशेष बनायो :

नेपालका प्राय सबै हास्य कलाकारको जन्मदिन बिशेष प्रकारले मनाउने परम्परानै बसालेको रेडियो अडियोले बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्यको जन्मदिन पनि पनि बिशेष प्रकारले मनाएको छ । उनलाई जन्मदिनको शुभकामना दिनका निम्ति वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी,सिताराम कट्टेल, कुन्जना घिमिरे, किरण केसी,शिवहरी पौडेल,जितु नेपाल,शिशिर वांदेल लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । सबैले आ आफ्नो तर्फबाट बरिष्ठ हास्यकलाकार हरिबंशलाई शुभ कामना दिएका थिए । हरिबंश अचार्यलाई रेडियो अडियो, फर सि नेटवर्क र गफगाफ डटकमको तर्फ बाट जन्मदिनका अबसरमा सु स्वास्थ्य र दीर्घ जीवनको कामना ।

लोकप्रिय हास्य कलाकार हरिबंश आर्चाय ६१ वर्षमा, जन्मदिन यसरी मनाए

काठमाडौ । मह सञ्चारको निर्माणमा बन्न लागेको चलचित्र ‘दालभात तरकारी’को शुभमुहूर्त गरिएको छ ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यको ६१ औँ जन्मदिनको अवसर पारेर मंगलबार कमलादीको गणेश मन्दिरको प्रांगणमा चलचित्रको शुभमुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको समेत उपस्थिति रहेको थियो । उनीसँगै चलचित्र निर्माण युनिट चलचित्रका कलाकारहरुको समेत उपस्थिति रहेको थियो ।

चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन भने किरण केसीका छोरा सुदन केसीले गर्न लागेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहनेछ । दीर्घ गुरुङको छायांकन रहने चलचित्र ‘दालभात तरकारी’ मा कोरियोग्राफी कविराज गहतराजले गर्ने पक्का भइसकेको छ ।

चलचित्र २०७६ को वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर वाङ्देल, विल्सन विक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली चलचित्रका निर्माता हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, सन्दीप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, विल्सन विक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय रहने छ ।

दुई तेक्वान्दो संघलाई राखेपले यस्तो दियो सातदिने अल्टिमेटम

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद राखेपले समान हैसियत र अस्तित्वमा रहेका दुई तेक्वान्दो संघलाई मिलेर जान सात दिने अल्टिमेटम दिएको छ ।

सदस्य सचिव केशवकुमार विष्टले मंगलबार दुवै संघलाई चिठ्ठी पठाएर विवाद समाधानको निर्देशन दिनुभएकाे हाे । नमिलेकाे खण्डमा आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला, प्रदेश र केन्द्रिय छनोट प्रभाविक हुने राखेपको भनाइ छ ।

दुई साताअघि नुवाकोटको ककनीमा बसेको राखेपकाे ११०औं बोर्ड बैठकले दुई तेक्वान्दोलाई आफैं विवाद समाधान गर्न लगाउने निर्णय गरेको थियो । त्यसै निर्णय अनुसार राखेपले मंगलबार पत्र पठाएको हो ।

आठौं राष्ट्रिय खेलकुद आउँदाे माघ २२ देखि आयोजना हुने तय भएको छ । तेक्वान्दोमा देखिएको विवादका कारण छनोटदेखि कुनै पनि आधिकारिक प्रतियोगितामा समावेश गर्न अप्ठेरो भएको राखेपको भनाइ छ ।

विश्व तेक्वान्दो महासंघले सम्बन्धन दिएको प्रकाश शमसेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको विवाद १८औं एशियाली खेलकुदका क्रममा पनि देखिएको थियो ।

तर, त्यतिबेला सदस्य सचिव विष्टले नै नेपाल तेक्वान्दो संघ आधिकारिक भएकाले अन्य संघको खेलाडी पठाउन नसकिने अभिव्यक्ति दिनुभएकाे थियाे । तर, अहिले उहाँले नै दुवै संघलाई आपसमा मिल्न निर्देशनात्मक चिठी काट्नुभएकाे छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री सोडारीको पद खुस्कियो

काठमाडौ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पदबाट बर्खास्त गरिएको छ ।

नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गर्नुभएको हो ।

सोडारीले पद अनुकूलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव अटेर गरेकाले पदबाट हटाउन निर्देशन दिइएको प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो ।

पदअनुकूलको आचरण गरेको आरोपमा प्रदेश सरकारको मन्त्री पदबाट बर्खास्त हुने सोडारी दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघि मुख्यमन्त्रीसँग मुखमुखै लागेको र अमर्यादित व्यवहार गरेको भन्दै प्रदेश तीनका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई पार्टीको केन्द्रीय नेतृत्वको सल्लाहमै मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी नियुक्त भएका छन् । पदीय मर्यदाविपरीत गतिविधि गरेको भन्दै दीर्घबहादुर सोडारीलाई मन्त्री पदबाट बर्खास्त गरेकै दिन उनको ठाउँमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुवेदीलाई प्रदेश प्रमुख मोहनराज मल्लबाट आजै पद तथा गोपनीयताको शपथ दिलाउने तयारी गरेको छ । शपथ अपराह्न ४ बजेका लागि तय भएको बताइएको छ । प्रदेश प्रमुखबाट शपथ लिएपछि सुवेदीले जिम्मेवारी सम्हाल्ने छन् ।

सुवेदी कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सोडारी भने कैलाली ४ (क) बाट निर्वाचित सांसद हुन् ।सोडारीको बारेमा कैलालीमा चर्को विरोध समेत रहेको थियो।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web