नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नं १ को चार करोड बजेट बिनियोजन गर्न सुझाब संकलन

नुवाकोट ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को लागी प्राप्त भएको चार करोड रुपैयाँ बजेटको योजना तथा कार्यक्रम बनाउन छलफल भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सञ्चालन कार्यविधि नियमावली २०७५ अनुसार संयोजक रहनुभएका प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङको आयोजनामा विदुरमा सोमबार सरोकारवालाहरुसंग छलफल गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा पर्ने प्रदेससभा सदस्य निर्वाचन क्षेत्र न. १ का प्रदेससभा सदस्य एवम् प्रदेस नं.३ का उपसभामुख राधिका तामाङ, प्रदेससभा सदस्य बद्री मैनानी,  सात वटा गाँउपालिकाको अध्यक्षहरु, जिल्ला समन्वय समितिका प्रमख र उपप्रमुखहरुसंग कार्यक्रमका संयोजक रहनुभएका प्रतिनिधिसभा सदस्य तामाङले सुझाब, योजना तथा कार्यक्रम एवम् राय संकलन गर्नुभएको हो । उहाँले आफ्नो निर्वाचन क्षेत्र भित्रका सबै सरोकार राख्नेहरुसंगको सुझाबको आधारमा जनताको माग र आवश्यकलाई प्रथामिकता दिएर तोकिएको मापदण्डको आधारमा बजेट तर्जुमा पर्ने बताउनुभयो ।

नेपाल सरकारले यसअघि सञ्चालन गर्दै आएको निर्वाचन क्षेत्र किास कार्यक्रमलाई खारेज गर्दै प्रत्यक्ष निर्वाचित सम्बन्धि निर्वाचन क्षेत्रका प्रतिनिधिसभाको सदस्य संयोजक रहने गरी यो वर्षदेखि चार करोड रुपैयाँ बजेट तर्जुमा गरी नयाँ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

असोज १७ राजपत्रमा सूचना जारी गर्दै बजेट कार्यान्वयन गराउन यही कार्तिक मसान्तसम्म बिनियोजन गर्न तोकिएको समयसीमा भित्र छुट्याउनुपर्ने योजनामा सबैको साझा धारणा र चाहनालाई समावेश गर्ने कार्यक्रमको संयोजक एवम् पूर्व मन्त्री समेत रहनुभएका हितबहादुर तामाङले बतताउनुभयो ।

उहाँले अघिल्ला वर्षहरुमा कार्यक्रमको संयोजक रहेका जनप्रतिनिधिले पूर्वाग्राही राखेर योजना तर्जुमा गर्दा प्रभावकारी कम आउने गरेको प्रति आफू सचेत भएकाले अब बिनियोजन गर्न लागिएको बजेट तथा कार्यक्रममा भने कुनै पूर्वाग्रही नराखेर पादरदर्शी रुपमा जनताको अधिकतम हित हुने गरी बजेट छुट्टाउने प्रतिबद्धता जनाउनुभयो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत सुझाब संकलनको क्रममा प्रदेस न्ं .३ का उपसभामुख राधिका तामाङले बजेट बिनियोजनमा पूर्वाधार विकासको नाममा सडकलाई भन्दा पनि कृषि, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा प्रथामिकता दिनको लागी आग्रह गर्नुभयो ।

नुवाकोटबाट प्रदेससभा सदस्यको रुपमा प्रतिनिधित्व समेत गर्दै आउनुभएका पूर्व कृषि विकास राज्य मन्त्री समेत रहनुभएका तामाङले लगानी गरेको कार्यक्रमले सार्थक उपलब्धी दिनुपर्ने र त्यो दिगोपनको लागी समेत हुनुपर्ने भएकाले बजेटको आधार ठूलो बनाउन, जनतालाई प्रत्यक्ष लाभपुग्ने कार्यक्रम समावेश गर्नु सुझाब दिनुभयो ।

यस्तै, कार्यक्रममा प्रदेससभा सदस्य बद्री मैनालीले बजेटको आकार चार करोड रुपैयाँ मात्र रहेकोमा सात वटा स्थानीयतहका प्रमुखहरुले माग गरेको कार्यक्रममा चार अर्ब भन्दा बढीको योजना समावेश भएकाले ती सबैलाई समावेश गराउन सक्ने अबस्था नभएपनि जनताको चाहना र विकास निर्माणलाई क्रमशः समावेश गराउदै लैजान सकिने गरी कार्यक्रम बनाउन सुझाब दिनुभयो । उहाँले बरु स्थानीयतह अनुसार केन्द्रित भएर कार्यक्रम बनाउन सकिने भए त्यसरी योजना बनाएर निर्वाचन क्षेत्रमा पर्ने सबै स्थानीयतहलाई अबको पाँच वर्षमा समृद्धि बनाउन सक्ने गरी योजना तर्जुमामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जिसस प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, ककनी गाँउपालिका अध्यक्ष मानबहादुर लामा, शिवपुरी गाँउपालिका अध्यक्ष रामकृष्ण थापा, पञ्चकन्या गाँउपालिका अध्यक्ष रमेश तामाङ, दुप्चेश्वर गाँउपालिका अध्यक्ष योबिन्द्रसिंह तामाङ, तादी गाँउपालिका अध्यक्ष नारायण प्रसाद पाण्डे, लिखु गाँउपालिका अध्यक्ष धुव्र श्रेष्ठ र सूर्यगढी गाँउपालिका अध्यक्ष सन्तबहादुर घलेले आफ्नो गाँउपालिका भित्र जनताको लागी तत्काल आवश्यकता रहेको ठूलो बजेट खर्चनु पर्ने योजना तथा कार्यक्रम समावेश गर्नको लागी सुझाब दिनुभएको थियो ।

कानून अनुसार निर्वाचित प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा गठित समितिले निर्णय गरी खर्च गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रुचार करोड विनियोजन गर्नुपर्ने व्यबस्था गरिएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले नदी, गल्छी, पहिरो नियन्त्रण, सडक निर्माण तथा स्तरोन्नति, खानेपानी तथा सरसफाइ, फोहोरमैला व्यवस्थापन, पर्यटकीयस्थल संरक्षण, लघु जलविद्युत्, स्वास्थ्यचौकी, प्रसूति भवन, वृद्धाश्रम, सार्वजनिक उद्यान, सभागृह, कृषि उपज सङ्कलन केन्द्र, हाटबजार व्यवस्थापनलगायत क्षेत्रमा खर्च गर्न पाउने स्पष्ट व्यवस्था गरेको छ ।

त्यस अन्तर्गत आयोजना छनोट गर्दा सम्भव भएसम्म सहभागितामूलक योजना पद्धतिबाट छनोट भएका वा सम्बन्धित गाउँसभा वा नगरसभाबाट पारित भएका योजनामध्येबाट छनोट गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।
प्राप्त भएका सुझाबको आधारमा यो महिना भित्रै बजेट तर्जुको अन्तिम निर्णय हुने कार्यक्रमका सदस्य सचिव रहनुभएका जिससका समन्वय अधिकारी सच्युतराज उप्रेतीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को योजना तर्जु सम्बन्धि बैठक मंगलबार आह्वान गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख श्री सन्तमान तामाङद्वारा प्रस्तुत नुवाकोट जिल्लाको बार्षिक नीति, कार्य

आदिवासी जनजाती आयोगको सचिवमा रुद्रसिंह तामाङ चयन

नुवाकोट । आदिबासी जानजाती आयोगको सचिवमा रुद्रसिंह तामाङ चयन हुनुभएको छ ।

नेपालको संबिधानले व्यवस्था गरेको आयोगहरुको प्रशासनिक कार्य सञ्चालनको लागी आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा आयोगको सचिवको जिम्मेवारी तोक्ने क्रममा नेपाल सरकारीका सहसचिव एवम् नुवाकोट थप्रेकका तामाङलाई आदिबासी जानजाती आयोगको सचिवमा नियुक्ती गरेको हो ।

मन्त्री परिषद्को बैठकले राष्ट्रिय दलित अयोगको सचिवमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगको सचिवमा सुरेश अधिकारी, मुस्लिम आयोगको सचिवमा केदारप्रसाद पनेरु, मधेसी आयोगको सचिवमा भूपाल बराल र थारु आयोगको सचिवमा रुपनारायण भट्टराईलाई चयन गरेको हो ।

सचिवको चयन सगै नेपालको संबिधानले व्यवस्था गरे अनुसार लामो समयदेखि रिक्त रहदै आएको आयोगको कार्यालय स्थापना गरेर कार्य सञ्चालनको लागी सहज हुने विश्वास लिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभएको छ ।

कविलासको नाट्यश्वरी क्रसर चल्न अदालतले दियो अनुमति (आदेश सहित)

नुवाकोट । पञ्चकन्या गाँउपालिका वडा नं. २ कविलासमा रहेको नाट्यश्वरी रोडा ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसगै लामो समयदेखि बन्द रहेको क्रसर उद्योग सञ्चालनको लागी कानूनी मान्यता पाएको छ ।

उच्च अदालतका न्यायाधीशहरु मोहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुुक्त इजलासले आइतबार भूकम्पपीडितको आवास पुनःनिर्माणमा समेत असर परेको भन्दै उद्योग सञ्चालनमा रोक नलगाउनको लागी जिल्ला प्रशासन कार्यालय, नुवाकोटको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा खानी सञ्चालन तत्काल रोक लगाउँदा भूकम्पपीडित समेतलाई नकारात्मक असर पर्नसक्ने देखिएकाले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म नाट्यश्वरी रोडा ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउनुको लागी नुवाकोट प्रशासनको नाममा आदेश दिएको हो ।

अधिवक्ता हुतराज कोइरालाले उद्योग सञ्चालनमा रोक लगाउँदा भूकम्पपीडितको आवास निर्माणमा कठिनाइ हुने उल्लेख गर्दै उद्योग सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालय नुवाकोटको निर्णय रोक्न अन्तरिम आदेशको माग गरे अनुसार सयुक्त इजलाशले उद्योग चलाउनको लागी आदेश दिएको हो ।

आदेशमा इजाजत लिएर सञ्चालनमा आएको उद्योगले नुवाकोटको लिखु, पचकन्या र शिवपुरी गाउँपालिकामा भित्र पर्ने भूकम्पपीडितलाई आवास निर्माणको लागी सहुलियत दरमा रोडा, ढुङ्गा र बालुवा दिने उद्देश्य भएकाले उद्योग चलाउन रोक लगाउदा त्यसको असर पुर्ननिर्माणमा पर्ने भएकाले अदालतमा विचारधीन रहेको मुद्धाको अन्तिम किनारा नलागेसम्म निर्बाध रुपमा चलाउनको लागी रोक नलगाउन प्रशासन कार्यालयलाई आदेश दिएको छ ।

नुवाकोटमा नौ वटा क्रसर उद्योग रहेकोमा तोकिएको मापदण्ड पूरा नगरेको भन्दै जिला अनुगमन समितिको स्थलगत अनुगमनको प्रतिवेदनको आधारमा बाँकीलाई सर्वोच्च अदालतको आदेशमा चलाउनको लागी रोक लगाइएको छ ।
क्रसर उद्योग बन्द भएसगै नदी र खोलाबाट उत्खनन् भएका निर्माजन्य सामागि बालुवा, रोडा ढुङ्गा, गिट्टी लगायतको मूल्य अकासिएको छ भने पुर्ननिर्माण, विकास निर्माण एवम् पूवर्धाधार निर्माणका काममा समेत प्रत्यक्ष असर पुग्दै आएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णय गोप्य राखियो

काठमाडौ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।”

मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा आज विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।

नुवाकोटका पाँचजना किशोरी भारततर्फ लैजान खोज्ने दुईजना विरुद्ध मुद्धा दर्ता

२५ कात्तिक, नुवाकोट । यहाँको पाँचजना किशोरीलाई फकाएर बेचविखनको लागी भारत लैजान लागेको अभियोगमा पक्राउ परेका दुई जनालाई नुवाकोट प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्धामा अनुसन्धान सुरु गरेको छ ।
नुवाकोटबाट हराएका पाचजना किशोरीलाई घरमा बन्धक बनाएको अबस्था पक्राउ परेका सुर्खेतको भेरीगंगा नगरपालिका–१२ का निर्मल विश्वकर्मा र नुवाकोटको लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेललाई नुवाकोट जिल्ला अदालतमा मुद्धा दर्ता गरी कारबाही अघि बढाएको जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो ।

उहाँको अनुसार बन्धक बनेको किशोरीको बयानको आधारमा नुवाकोटबाट लैजान सहयोग पु¥याउने २० वर्षका प्याकुरेललाई आज बिहान नियन्त्रणमा लिइएको हो ।
२३ वर्षका विश्वकर्मालाई सुर्खेत प्रहरीले शुक्रबार किशोरीको उद्धारको क्रममा नियन्त्रणमा लिएर कारबाहीको लागी शनिबार नुवाकोट पठाएको थियो ।

घटनामा धेरै व्यक्तिको संलग्न भएकाले अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । उद्धार गरिएका १३ देखि १६ वर्ष उमेरका ती किशोरीलाई जिल्ला प्रहरीको महिला तथा बालिका सेवा केन्द्रको आश्रयमा राखिएको छ ।
गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न घरबाट हिडेका ती किशोरीलार्ई भारतमा ‘राम्रो काम’ मिलाइदिने भनी फकाएर सुर्खेत पु-याएको अबस्थामा शुक्रबार उद्धार गरिएको हो ।

नुवाकोटमा दुईजनाको शव भेट्टियो

२५ कात्तिक, विदुर । नुवाकोटको छुट्टाछुट्टै स्थानमा आज दुई जनाको शव भेट्टिएको छ ।
शिवपुरी गाँउपालिका–७ सुनखानीका सिंहबहादुर तामाङ हराएको दश दिनपछि आज अपरान्ह शिवपुरी–८ थानापती स्थित खोल्सामा मृत्त अबस्थामा भेट्टिएको जिल्ला प्रहरी प्रमुख बसन्तबहादुर कुंवरले जानकारी दिनुभयो । उहाँको अनुसार ७० वर्षका तामाङको मृत्युको कारण ‘रहस्मय’ देखिएकाले शव परीक्षणको लागी काठमाडौतर्फ पठाइएको छ ।

यस्तै, विदुर नगरपालिका–६ चैनपुरका सुमन सुनारको त्रिशूली जलविद्युत केन्द्रमा विद्युत उत्पादनको लागी पानी ल्याएको नहरमा आज मध्यान्ह पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । प्रहरीको अनुसार साथीहरुसंग घुम्न गएका २३ वर्षका सुनार विदुर नगरपालिका–९ स्थित नहरको सिलट्याङ्कीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
केन्द्रमा ल्याएको पानी बन्दगरी चार घण्टापछि उनको शव निकालिएको नगर प्रहरी चौकी कोलनीका इञ्चार्ज राजु लामिछानेले जानकारी दिनुभयोे ।

नुवाकोटका हरिबहादुर घलेलाई फेरी थप कैद सजाँय सुनाइयो,फर्काउनको लागी पहल गर्न परिवारको आग्रह

रामहरि न्यौपाने,
नुवाकोट । मलेसियाको जेलमा रहेका नुवाकोटको म्यागङ्ग गाँउपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउनको लागी पहल गर्न नेपाल सरकार समक्ष परिवारले आग्रह गरेका छन् ।

हाल त्यहाँको जेलमा रहेका ३८ वर्षीय घलेलाई गत कात्तिक ४ (सन् २०१८ अक्टुबर २१) मा पुनः १३ वर्ष आठ महिना कैद सजाँय थपिएपछि त्यसलाई मिनाहाको लागी पहल गर्न परिवारले सरकार समक्ष सहयोगको अपिल गरेका हुन् ।
मलेसियामा लागूऔषध कारोबारी कसुरमा १५ वर्षअघि पक्राउ परेका ३८ वर्षीय घलेलाई त्यहाँको अदालतले दोषी ठहराएपछि उनी हाल जेल जीवन बिताउदै आएका छन् ।

विसं २०६० जेठ १६ (सन् २००३ मे ३०) मा कार्यरत कम्पनीबाट बिदामा घर फर्कने क्रममा बाँस बसेको होटलबाट पक्राउ परेका घलेलाई लागूऔषध ओसारपसार अभियोगमा सुरुमा मृत्यु दण्ड सुनाएपनि हाल २० वर्षको कैद भुक्तानी गर्दै आएको उनको बहिनी सरला घलेले बताइन् ।

उनको अनुसार हरिबहादुरलाई सन् २००९ नोबेम्बर २६ मा मलेसियाको हाइकोर्ट (जालन उच्च न्यायालय) ले मृत्यु दण्डको सजाँय सुनाएको थियो । त्यसविरुद्ध नेपाली दूतावासले गरेको अपिललाई त्यहाँको सर्वोच्च अदालतले विसं २०६९ असोज १० मा मृत्यु दण्डको सजाँयलाई नै सदर गरिदिएको थियो ।

“सर्वोच्चले ३५ दिनभित्र मृत्यु दण्ड दिन आदेश दिएपनि नेपाल सरकारको आग्रहले त्यहाँको राजाले २० वर्ष कैद सजाँयमा रुपान्तरण गरेर न्यायको अनुभूति मिलेको थियो ।” सरलाले भनिन् “अबदेखि लागू हुनेगरी थप १३ वर्ष आठ महिना जेल सजाँय तोकिएकाले त्यसलाई मिनाहाको लागी पहल गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछौ ।”

हरिबहादुरलाई यसअघि मृत्यु दण्डको सजाँय रोकेका त्यहाँका राजा प्रमुख रहेको पार्डन बोर्डको आदेशको पुनरावेदनको क्रममा थप कैदको आदेश सुनाइएको हो । उक्त थप आदेश सरकारको पहल सार्थक भएमा मिनाहा हुने उनको विश्वास छ । पार्डन बोर्डलाई अदालतको आदेश कार्यान्वय गराउने अन्तिम न्यायिक निकाय मानिन्छ ।

यसअघि उक्त बोर्डले तोकेको २० वर्ष कैद पक्राउ परेको मितिबाट भुक्तानी गर्न करीब चार वर्ष मात्र बाँकी छ । तर, हाल थप गरेको सजाँयको कैदको माफीको लागी नेपाल सरकारबाट पहल भए त्यो सुविधा पाउने व्यबस्था रहेको भन्दै पीडित परिवारले सहयोगको अपिल गरेका छन् ।

हरिबहादुरसँगै पक्राउ परेका नुवाकोट किम्ताङका साजन गुरुङको हिरासतमा रहदाँ विसं २०६६ माघ ६ (सन् २०१० जनावरी २०) मा मृत्यु भइसकेको छ । उनीहरुलाई नेपाल घर बताउने गणेश तामाङ भन्ने व्यक्तिले होटलमा आएर झोला राख्न दिएलगत्तै प्रहरीले छापा मार्ने क्रममा पक्राउ परेका थिए । गणेश हालसम्म फरार छन् ।

हरिबहादुर मलेसियाको जेलमा परेपछि पीडित बनेको परिवारका सदस्यहरु बुबा मेघबहादुर, आमा जमुरानी, बहिनी मिनकुमारी, हजुरबुबा धनबहादुर घलेको पनि यो अवधिमा मृत्यु भइसकोे छ । एकपछि अर्को बज्रपातले परिवारमा शोकमा रहेको सरलाले बताइन् ।

हरिबहादुर जेल परेपछि उनको श्रीमतिले पनि छोरी झरनालाई छोडेर अर्कैसंग बिबाह गरिसकेकी छिन् । हाल झरना त्रिशूली स्थित मामाघरमा बसेर स्नातकतहमा अध्ययनरत छिन् ।
“बुबाको अनुहार कस्तो थियो, प्रत्यक्ष देख्न पाएकी छैन ।” झरनाले भनिन् “फोटो हेरेर बुबा फर्कने दिन पर्खदै छु, सरकारले पहल गरे चाडै देख्न पाउने आशा छ ।” रासस ।

नुवाकोटको म्यागङ्ग गाँउपालिका–१ बसुञ्चेतका हरिबहादुर घलेलाई छुटाउन गरिएको पहल सम्बन्धि कागजात निम्न बमोजिम रहेको छ ।

धादिङमा ग्यास बुलेट पल्टियो, २ जनाको मृत्यु

२५ कात्तिक, धादिङ ।

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार
नजिकै आइतबार बिहान ग्यास बुलेट पल्टिदाँ आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेनिघाट रोराङ –५ का ३५
वर्षीय गीता नेपाली र उनका छोरी २१ वर्षीय सुनिता नेपाली रहेका छन् ।
दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । गीताको शव
गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सुनिताको शव राजमार्ग अस्पताल मलेखुमा
रहेको धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बर बि.क.ले जानकारी दिए।

भारतको बरौलीदेखि काठमाडौँको बालाजु जाँदै
गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट आफै अनियन्त्रित भएर
सडकबाट २० मिटर तल पल्टिएको हो ।

गीता बेनिघाट रोराङ –५ का वडा सदस्य समेत
हुन् । चन्द्रोदय माविको कक्षा ११ को फर्म भर्न जाँदै गर्दा शाखा सडकमा
हिडिरहेका उनीहरुको ग्यास बुलेट पल्टिदाँ मृत्यु भएको हो । ग्यास बुलेटका
चालक भारत बस्ने २६ वर्षका भोला कुमार बेनिघाट प्रहरीको नियन्त्रणमा रहेको छ

ग्यास बुलेट पल्टिएको ठाउँमा आगलागी हुन
सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली
तथा नीलकण्ठ नगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी
कार्यालय धादिङले जानकारी दिएको छ । घटनास्थलमा धादिङका प्रमुख जिल्ला
अधिकारी भागीरथ पाण्डे, एसपी डम्बर बिक लगायतको टोली समेत पुगेका छन् ।

लिखु गाँउपालिकाको विभिन्न वस्तीमा स्याल आतङ्क

२५ कात्तिक, नुवाकोट । जिल्लाको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ । जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिनुभयो ।

बस्ती पसेको स्यालले शनिबार ढिकुरे बजारका चन्द्रबहादुर थापामगर, कोपिला थापामगर, ज्योति थापामगर, सोनम थापामगर, गीता नेपाली र वडा नं ३ का भीम रिजाललाई टोकेको थियो । घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार शनिबार साँझ नै लिखु गाउँपालिका वडा नं ४ चौघडा बजारमा पुगेको सोही स्यालले त्यहाँ पनि स्थानीय नौ जनालाई टोकेर घाइते बनाएको छ ।

बस्ती पसेको स्याल बौलाहा हुनसक्ने भएकाले त्यसको टोकाइबाट रेबिजलगायतका रोग सर्नसक्ने भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ ।

न्यू तुप्चे युवा क्लबको आयोजनामा बृहत्त साँकृतिक कार्यक्रम सम्पन्न (फोटो फिचर)

नुवाकोट । तिहार पर्वलाई लक्षित गर्दै यो वर्ष पनि नुवाकोटको विदुर नगरपालिका वडा नंं ७ तुप्चेमा बृहत्त सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । तुप्चेमा लामो समयदेखि क्रियाशिल रहेको न्यू तुप्चे युवा क्लबको आयोजनामा भएको बृहत्त साँकृतिक कार्यक्रमको चौथो सँस्करण तुप्चेको अक्करे स्थित चण्डेश्वरी माध्यामिक विद्यालयको प्राङ्गणमा भव्य रुपमा सम्पन्न भएको हो ।

साँस्कृतिक पर्वको रुपमा समेत मनाइने तिहार पर्वलाई लक्षित गर्दै यही कार्तिक १९ गते काग तिहारको दिन सोमबार मध्यान्हदेखि सुरु भएर राती अबेरसम्म चलेको कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको उत्कृष्ट प्रस्तुतले हजारौ दर्शकलाई मनोरञ्जन प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष दिनेश बोगटीले जानकारी दिनुभयो ।

सास्कृतिक कार्यक्रमको अवलोकन गर्न पुग्नुभएका प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले क्लबले सामाजिक क्षेत्रमा पु-याएको योगदान सहित सस्कृतिको संरक्षणमा समेत चासो राख्दै सञ्चालन गरेको कार्यक्रमले आपसी एकतामा समेत सहयोग पुगेको बताउनुभयो । उहाँले क्लब मार्फत भएको प्रयासको प्रंशसा गर्दै यसमा स्थानीयसरकारबाट सहयोगका हुनुपर्ने बताउनुभयो ।

यस्तै, प्रदेससभा सदस्य एव्म तुप्चे निवासी हिरानाथ खतिवडाले सामाजिक क्षेत्रको विकास र समुदाय रुपान्तरण सहित क्लबले पु-याउदै आएको सहयोग र सास्कृतिक कार्यक्रममा आफ्नो पूर्ण सहयोगको रहेको बताउनुभयो ।

यस्तै, पूर्व सभाषद् राममायाँ बोगटीले स्थानीय युवाहरुको प्रयासमा सञ्चालनमा आएको क्लबलाई सरकारी सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले युवाको पहल, एकता र परिवर्तनमा एउटा सस्थाले पु¥याउने भूमिकाको महत्व न्यू तुप्चे युवा क्लबबाट सिक्न सकिने बताउनुभयो ।

सामाजिक क्षेत्रमा क्रियाशिल भएर विभिन्न सेवा पु-याउदै आएको उक्त क्लबले यसअघि तिहार पर्वलाई लक्षित गर्दै सञ्चालन गरेको साँस्कृतिक कार्यक्रमले पाएको सफलताको कारण यो पटक पनि नेपालका चर्चित रहेका कलाकार, गायक, डान्सर मार्फत कार्यक्रम सञ्चालन गर्न सफल भएको हो ।

कार्यक्रममा प्रथम नेपाल आइडलका सेकेन्ड रनरअप्रताप दास, लोकगायन क्षेत्रमा चर्चित कलाकारहरु प्रकाश सपुत, प्रिति आले, चर्चित मोडल पुसन लामा, भारतीय टेलिभिजन स्टार प्लस मार्फत प्रशारण हुने डान्स प्लसको दोश्रो सत्रको सेकेन्ड रनरअप वाइल्ड रिपर्स समूह लगायत स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुतीले कार्यक्रम अवलोनक गर्न पुगेका हजारौ दर्शकको मन जितेको आयोजक क्लबका सहसचिव आश्विन खड्काले बताउनुभययो ।

नुवाकोटमा अन्तराष्ट्रियस्तरका (भारत) कलाकार सहभागी भएर कार्यक्रम गर्न निकै चुनौती भएपनि क्लबको सक्रियतामा कार्यक्रम उत्कृष्ट र जिल्लाकै लागी अनुपम उदाहरण बनेको कार्यक्रम सञ्चालक चर्चित आरजे राज न्यौपानेको भनाई छ ।

कार्यक्रम सञ्चालनमा सहयोग पु-याउने सहयोगीहरुले सम्मान गरिएको थियो । उनीहरुले कार्यक्रम निकै भव्य, सभ्य एवम् व्यवस्थित रुपमा सम्पन्न भएको प्रति आभारी जनाउदै आगामी दिनमा पनि क्लबसंगको सहकार्यलाई निरन्तरता दिने बताए ।

शिवपुरीमा पुगेको सानिमा बैंकले के-के गर्यो ?

बैंक स्थापनाले ग्रामीण क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि

नुवाकोट । स्थानीय तहमा बैंक स्थापना भएपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको छ ।

नेपाल सरकारले प्रत्येक स्थानीय तहमा बैंक पु-याउने नीति अवलम्बन गरेपछि ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा परिवर्तन आउन थालेको हो ।

सङ्घीय राजधानी काठमाडाँको चार वटा नगरपालिकासँग सीमा जोडिए पनि दुर्गम गाउँपालिकाको पहिचान बनाएका नुवाकोटको शिवपुरी गाउँपालिकामा सानिमा बैंकले आफ्नो वित्तीय सेवा सञ्चालन गरेपछि किसानहरु आर्थिक कारोबार गर्न सहज भएको हो ।

सो बैंकको शाखा स्थापनाको चार महीनामा नै गाउँपालिकाभित्रका ९०० भन्दा बढीले खाता खोलेर बैंङ्किङ कारोवार शुरु गरेको बैंकका शाखा प्रबन्धक रमेश पण्डितले जानकारी दिनुभयो । गत असार १७ देखि शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा सो बैंकले शाखा सञ्चालनमा ल्याएको हो ।

आर्थिक कारोवार बैंकमार्फत गर्दा कुनै घाटा नभई फाइदा मात्र हुने जानकारी नहुँदा वित्तीय सचेतना जगाएर सर्वसाधारणलाई बैंकको पहुँचमा ल्याउने प्रयासमा बैंक जुटेको छ ।

“ग्रामीण क्षेत्रको विकास गर्ने लक्ष्य लिएर किसानलाई आर्थिकरुपमा मजबुद बनाउन सडक नपुगेको स्थानको जग्गालाई समेत बैंक आफैँले मूल्याङ्कन गरी रु चार लाखसम्म लगानी गरेको छ”, उहाँले भन्नुभयो, “फार्म सञ्चालन गर्दै आएका किसानलाई धितो मूल्याङ्कन गरी रु १० लाखसम्म कर्जा दिएका छौँ ।”

किसानलाई उपलब्ध गराउने कृषि कर्जामा हाल १३ प्रतिशत ब्याज दर छ । सरकारले बजेट सार्वजनिक गर्ने क्रममा ‘एक घर, एक बैंक खाता’को लक्ष्य लिए अनुरुप नै सो बैंकले यस गाउँपालिकाभित्रका २२ हजार भन्दा बढी जनसङ्ख्यालाई बैंङ्किङ कारोवारमा समावेश गर्ने उद्देश्य लिएको छ ।

चेतनाको अभावका कारण सर्वसाधारणले बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने भएकाले त्यसलाई अन्त्य गरी विश्वसनीय एवं चुस्त बनाउन बैंकले सहजीकरण गर्दै आएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले आफूले विनियोजन गरेको बजेट तथा राजश्व एवं कर सङ्कलन सबै बैंकमार्फत अघि बढाइएको छ । गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता बैंकमार्फत अनिवार्य बनाएपछि वृद्ध तथा अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर बैंकले सेवा पु¥याउँदै आएको छ भने वित्तीय सुशासनमा समेत सहयोग पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेको भनाइ छ ।

नुवाकोटको अधिकांश स्थानीय तहमा बैंकको शाखा स्थापनाले स्थानीय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतको वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग पुग्दै आएको छ ।

स्थानीय तहमा खुलेका बैंकले कृषि कर्जामा दिएको प्राथमिकताबाट ग्रामीण भेगमा कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण बनाएको बताइएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web