नुवाकोटबाट हराएका पाँच किशोरी सुर्खेतमा भेट्टिए, कसरी र कस्ले पुर्यायो त्यहाँ ?

२४, कात्तिक, नुवाकोट । नुवाकोटबाट हराएका पाँचजना किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत प्रहरीले उद्धार गरेको छ ।

गत बुधबार लक्ष्मीपूजाको दिन देउसी खेल्न भनी घरबाट हिँडेका १३ देखि १६ वर्ष उमेरसम्मका ती किशोरीलाई सुर्खेत प्रहरीले उद्धार गरी कारवाहीका लागि आज नुवाकोट पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) वसन्त कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्माको घरमा बन्धक बनाएर राखेको अवस्था प्रहरीले उनीहरुलाई शुक्रबार उद्धार गरेको हो । किशोरीहरुको उद्धारपछि बन्धक बनाउने विश्वकर्मालाई नियन्त्रणमा लिएर कारवाहीका लागि त्यहाँको प्रहरीले नुवाकोटतर्फ पठाएको हो ।

शुक्रबार राति यहाँबाट गएका पीडित किशोरीका अभिभावक र प्रहरीले आज त्यहाँबाट बन्धक बनाउने विश्वकर्मा र किशोरीलाई नुवाकोटतर्फ ल्याइरहेका छन् ।

एक महिनाभित्रै तीन राप्रपा एक हुन्छ : प्रकाशचन्द्र लोहनी

काठमाडौ । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले तीन वटै राप्रपाबीचको एकता प्रक्रियाको काम ९० प्रतिशत सम्पन्न भैसकेकोले अब एक महिनाभित्र एकता हुने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले काठमाडौमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘एकता एक महिनाभित्रै सम्पन्न हुन्छ । कार्यकर्ताको चर्को दबाब छ । त्यही भएर हामी अब मिलेर जान्छौं । एकताको लागि ९० प्रतिशत काम सकियो ।’

उनले पार्टीको नेतृत्व कसले गर्ने भन्नेबारेपनि कुनै विवाद नरहेको स्पष्ट पारे । उनले भने,‘अध्यक्षमा पनि कुरा मिलेको छ । हामी तीनै जना नेताहरु मिलेर जान्छौं । यसमा कुनै दुई मत छैन् ।’

एकतापछिको पार्टीको राजनीतिक कार्यदिशा भने आलंकारिक राजसंस्था र सनातन हिन्दूराष्ट्र बनाएर जाने पनि उनले जनाए । लोहनीले भने,‘कतिपय पार्टीका नेताहरुले पनि यो धारणा राखेका छन् ।’

पहिरो पीडितलाई प्रदेससभा सदस्य बद्री मैनालीबाट दुई महिनाको तलब उपलब्ध

नुवाकोट । नुवाकोटबाट प्रतिनिधित्व गर्नुहुने प्रदेससभा सदस्य बद्री मैनालीले यहाँको पहिरो पीडित दुई परिवारलाई दुई महिनाको तल बापत प्राप्त रु ९० हजार उपलब्ध गराउनुभएको छ ।
पहिरोले घर पुरिदा सबै सम्पत्ति गुमाएका नुवाकोटको सूर्यगढी गाँउपालिका–२ चोकदेका कुमार शाही र नवबहादुर श्रेष्ठको परिवारलाई प्रदेस सांसद् मैनालीले उनीहरु बसोबास गर्दै आएको चोगदे स्थित अस्थायी निवासमा नै पुगेर रकम बापतको चेक प्रदान गर्नुभयो ।

उहाँले दुई महिनाको तलबबाट प्राप्त भएको रु ९० हजार शाही र श्रेष्ठको परिवारलाई जनही रु ४५- ४५ हजार दिनुभएको हो ।
गत साउन साउन ३ गते बिहीबार राती घर माथीबाट आएको पहिरोमा परी उनीहरुको घर पूर्ण क्षति भएको थियो भने घरमा रहेका सबै सामाग्रि पुरिएर नष्ट भएको थियो । पहिरोमा पुरिएर गम्भीर घाइते भएका नवराज श्रेष्ठ उहाँको श्रीमति निरु, छोरी निशा र छोरा विकास गम्भीर घाइते भएर तीन महिनाको अस्पताल बसाई पछि हाल घर फर्किएर आराम गर्दै आएका छन् ।

नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को ‘प्रदेस ख’बाट तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई बिजयी हुनुभएका मैनालीले चुनावी घोषणासभाको समयमा आफू बिजयी भएमा सांसद् पदबाट प्राप्त हुने सुविधा अन्तरगत त्यो सबै समाजसेवामा खर्चने भनी जनाएको प्रतिबद्धता अनुसार उक्त सहयोग गरेको बताउनुभयो ।   रासस ।

मैलुङ–स्याफ्रुबेसी सडक खण्डको डिपिआर फेरी गर्नुपर्ने

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजना अन्तरगत मैलुङ–स्याफ्रुबेसी सडक खण्डको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) फेरी तयार गर्नुपर्ने भएको छ ।

नेपाली सेनाले ट्रयाक खोल्ने काम गत चैत ३० मा पूरागरी जेठ ६ गते हस्तान्तरण गरेपछि तयार गरेको डिपिआर प्रतिवेदन बर्खाको समयमा पहिरोले क्षति पु¥याएपछि त्यसको पुनः विवरण संकलन गर्नुपर्ने भएको आयोजना प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । उहाँको अनुसार बर्खा अघिनै डिपिआर तयारगरी विश्लेषण पश्चात ठेक्काको तयारीमा रहेको सडकको हाल दर्जन भन्दाबढी स्थानमा पहिरोले क्षति पु-याएको छ ।

“तिहारपछि फेरी सुरु गरिने डिपिआरमा पहिरोले क्षति पुगेको स्थानको मात्र लगत संकलन गरिने छ ।” टप नेपाल न्यूज डटकमसंग कुरागर्दैआयोजना प्रमुख देवकोटाले भन्नुभयो “त्यसको लागी दुई साताभित्र सक्ने लक्ष्य बनाइएको छ ।”
नेपाली सेनाले विसं २०७२ बैशाख १ देखि सुरु गरेको उक्त सडक खण्ड तीन वर्ष लगाएर पूरा गरेको हो । १८ किमि दुरीको सडकको अधिकांश स्थानमा दुईलेन हुनेगरी चट्टान फोरेर ट्रयाक खोलिएको छ ।

‘गल्छी–रसुवागढी’ सडकको पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको बेत्रावती–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढीहुँदै चीनको केरुङ प्रवेशद्धारसम्म पुग्न सबैभन्दा छोटो दुरीको रुपमा यो सडक खण्डलाई लिइन्छ । यो सडकको दुरी गल्छीदेखि रसुवागढीसम्म ८२ किमि पर्दछ ।

यो सडक अन्तरगत बेत्रावतीबाट स्याफ्रुबेसी पुग्न मैलुङहुदै जादाँ धुञ्चेबाटभन्दा २४ किमि दुरी कम पर्दछ ।

आयोजना प्रमुख देवकोटाको अनुसार पासाङल्हामु राजमार्गको बेत्रावतीबाट कालिकास्थान धुन्चेहुँदै स्याफ्रुबेशीपुग्न ५३ किमी पर्छ भने बेत्रावतीबाट मैलुङहुँदै स्याफ्रुबेसी पुग्न २९ किमि दुरी मात्र पर्दछ ।
सडक विस्तार अन्तरगत आयोजनाको समग्र काम हाल ३० प्रतिशत पूरा भएको छ ।

सिसिटिभी क्यामरा राख्न प्रशासनको अनुमति अनिवार्य

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरा जडान गर्न अनुमति लिनुपर्ने व्यवस्था अनिर्वाय गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको परिपत्रको आधारमा प्रशासन कार्यालयले सूचना जारीगर्दै सार्वजनिक, व्यापारिक र निजी प्रयोजनमा जडान हुने सिसिटिभी क्यामराको बर्गिकरण गरी अनुमति लिएर मात्र प्रयोगमा ल्याउन आग्रह गरेको हो ।
यसअघि सञ्चालनमा रहेका र अबदेखि जडान गर्न लागिएका सिसिटिभी क्यामराको लागी तोकिएको ढाँचामा दिएको आवदेनको आधारमा प्रशासन कार्यालयले अनुमति उपलब्ध गराएपछि मात्र क्यामरा जडान गर्न पाइने टप नेपाल न्यूज डटकमसंग कुरागर्दै प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

उहाँको अनुसार सिसिटिभी क्यामरा जडानले सुरक्षाको लागी सहजता, अपराध नियन्त्रण, सबुद प्रमाण जुटाउन सहज हुने भएपनि दुरुपयोग समेत बढ्दै गएकाले त्यसलाई रोक्न ‘सिसिटिभी क्यामरा जडान तथा सञ्चालन सम्बन्धि कार्यविधि २०७२’ अनुसार नियमन र व्यबस्थित गराउन अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने ब्यवस्था बाध्यकारी बनाइएको हो ।

यसअघि क्यामरा जडान गरिसकेकाले समेत अबको १५ दिनभित्र अनुमति लिन आग्रह गरिएको छ । यसअघि सञ्चालनमा रहेकालाई तोकिएको अवधि भित्र अनुमति लिन तथा अबदेखि जडान गर्ने क्यामराले प्रक्रिया पूरा नगरी सञ्चालन गरेमा कारबाही गर्न बाध्य हुने प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

विस्थापितले घर बनाउने जग्गामा प्रसारणलाइन

नुवाकोट । विनाशकारी भूकम्पका कारण आवासमा क्षति पुग्नाका साथै बस्तीसमेत बगाएपछि विस्थापित रसुवा डाँडागाउँका २४ परिवारका लागि घर बनाउन खरीद गरिएको जग्गामा विद्युतीय प्रसारण लाइन परेपछि पुनःनिर्माण अन्योल भएको छ ।

रसुवाको साविक डाँडागाउँ गाविस वडा नं ८ र ९ बाट विस्थापित भएकामध्ये २४ परिवारलाई घर बनाउन नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा खरीद गरिएको जग्गा प्रसारण लाइनको क्षेत्रमा परेको हो । माथिल्लो त्रिशूली थ्री ‘ए’ बाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जडानका लागि लैजाने १३२ केभी डबल सर्किट प्रसारण लाइनको तारमुनि उक्त जग्गा परेपछि पीडित बासिन्दा घर बनाउनबाट वञ्चित भएका हुन् ।

गत मङ्सिर २७ मा स्थानीय मैयाँकुमारी भट्टसँग खरीद गरिएको चार रोपनी १० आना जग्गा प्रसारण लाइनको दायाँबायाँको नौ(नौ मिटरको प्रभावित क्षेत्रमा परेकाले घर बनाउन नपाएको विस्थापित भीमबहादुर तामाङको गुनासो थियो । उहाँका अनुसार उक्त जग्गा स्थानीय प्रभावित बासिन्दाले छनोट गरेकाले प्राधिककरणका प्रमुख नापी अधिकृत कमल घिमिरे र नापी अधिकृत कृष्ण थापाले अनुगमन गरी ‘उपयुुक्त’ रहेको भन्दै खरीदका लागि स्वीकृत दिनुभएको थियो । “आवास निर्माणका लागि विस्थापित बासिन्दाले जग हाल्न थालेपछि थ्री ‘ए’ले सो स्थानमा प्रसारण लाइन पर्ने भएकाले काम रोक्न निर्देशन दिएकाले घर बनाउन नपाएका हौँ ।” टप नेपाल न्यूज डटकमसंग कुरागर्दै तामाङले भन्नुभयो, “अब के गर्ने भनेर प्रशासन कार्यालय ९रसुवा०मा निवेदन दिएका छौँ ।”

विसं २०७२ वैशाख १२ को भूकम्पले घरमा क्षति पु¥याएको र उनीहरूको नाममा रहेको जग्गा पहिरोले बगाएपछि सो स्थानमा जग्गा खरीद गरेका २४ सहित ३०० भन्दा बढी विस्थापित परिवार हाल रसुवाको खाल्टे बगरमा अस्थायी टहरामा बसोबास गर्दै आएका छन् ।

विस्थापित परिवारका लागि खरीद गरिएकोे जग्गा प्रसारण लाइनमा परेपछि अन्योल भएकाले समस्या समाधानका लागि छलफल भइरहेको टप नेपाल न्यूज डटकमसंग कुरागर्दै रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार पुनःनिर्माणका प्राविधिकले स्थलगत अनुगमनका क्रममा प्रभावकारी भूमिका निर्वाह नगरेको र जग्गादाताले समेत झुक्याएकाले उत्पन्न समस्या समाधानका लागि प्रयास भइरहेको छ ।

प्रसारण लाइनमा पर्ने जग्गाका लागि थ्री ‘ए’ले गत वर्ष भदौमा राजपत्रमा सूचना जारी गरिसकेको जनाएको छ । जग्गा बिक्री गर्ने भट्टले प्रसारण लाइनका लागि जारी भएको सूचना आफूलाई थाहा नभएको बताउनुभयो । उक्त स्थानमा प्रसारण लाइन निर्माणका लागि खम्बा ठड्याउने काम शुरु हुन बाँकी छ । प्रसारण लाइनमा पर्ने जग्गाको प्राधिकरणले केही रकम क्षतिपूर्ति दिने भए पनि मालपोतमा लगत कट्टा तथा कैफियत नहुने हुँदा सहजै जग्गापास भएको थियोे ।

गत मङ्सिर २७ गते नुवाकोट जिल्ला मालपोत कार्यालयबाट जग्गाको स्वामित्व हस्तान्तरण गरी लालपुर्जा वितरण र जग्गाधनीलाई चेक प्रदान गर्न आयोजित कार्यक्रम रसुवाको सदरमुकाम धुञ्चेमा राखिएकाले लालपुर्जा लिन पनि पीडित धुञ्चे नै जान बाध्य भएका थिए ।

रसुवाका जिल्ला आयोजना कार्यान्वय एकाइअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार प्रभावितले छनोट गरेको जग्गामा प्रतिपरिवार रु दुई लाखका दरले रु ४८ लाख उपलब्ध गराइएको थियो । “केन्द्रबाट आएको टोलीले सो जग्गा अनुगमन गरी स्वीकृत दिएको हो”, उहाँले भन्नुभयो, “जिल्लाको सदरमुकाममा लालपुर्जा हस्तान्तरण कार्यक्रम आयोजना गरिएकाले जग्गाको प्रकृतिको सम्बन्धमा जिल्ला कार्यालयको भूमिका नै भएन ।”

उक्त स्थान नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । सो जग्गा खरीदका लागि समन्वय, स्वामित्व हस्तान्तरण एवं विस्थापितका लागि जग्गा खरीद गरिएको जिल्लामा पहिलो भएकाले सदरमुकाम धुञ्चेमा सामाजिक संस्था भूमि अधिकार मञ्चको सहयोगमा ‘विशेष कार्यक्रम’ राखिएको थियो ।

उक्त जग्गा खरीदका सम्बन्धमा उत्तरगया गाउँपालिका (जहाँबाट उनीहरू विस्थापित भए) का अध्यक्ष उपेन्द्र लम्साल र नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामा (जहाँको जग्गा गरिद गएिको थियो) ले टप नेपाल न्यूज डटकमसंग कुरागर्दै यसबारे आफूहरूलाई जानकारी नभएको बताउनुभयो । स्थलगत अनुगमनमा आएका पुनःनिर्माण प्राधिकरणका प्राविधिकले प्रभावकारी समन्वय नगर्दा विस्थापितका लागि पुनःस्थापना र पुनःनिर्माणमा थप समस्या भएको सरोकारवालाहरूले बताए ।

‘डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ’ (भिडियो सहित)

२० कार्तिक, काठमाडौ । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले भने,‘ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन् । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोप लगाए । उनले भने,‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन् । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।’ यो विषयलाई आफूहरुले अब संसद खुल्नेबित्तिकै जोडदारसँग राख्ने पनि उनले जानकारी दिए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मुख्यमन्त्रीले आफूलाई विभिन्न पार्टी डुलेर आएको कारणले कारबाही गरेको भनेको प्रसँग कोट्याए । उनले थपे,‘स्वयम् अहिलेको प्रधानमन्त्रीले मलाई मेरो खुट्टा भाँच्चिएको दिनमा डाकेर केशब तिम्रो र मेरो आन्द्रा गाँसिएको छ । तिम्रो मनको सपनाको एक प्रतिशत पनि दियौं भने यो मुलुक बन्छ भनेर म गएको हुँ । यो पूरानो ईस्यु हो । यसको कुनै सान्दर्भिकता छैन् ।’

मुख्यमन्त्री पौडेलविरुद्ध खनिएका उनले भने,‘सफलता र असफलताको कुरा उठाउने ? उहाँ हेटौंडाको १० वर्ष मेयर भएको मान्छे होईन, त्यहाँ सहिद पार्कबाहेक अरु के छ ?  की त त्यहाँ ठींग्ग उभिने रुख छ । अशोकको बृक्ष । त्यो पनि साईनबोर्ड टाँस्नलाई राखेको जस्तो छ ।’

आफूले मुख्यमन्त्री पौडेललाई ईमानका साथ बोकेको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । अहिलेको डोरमणिको दाबी थिएन् । बरु अष्टलक्ष्मीको दाबी थियो । उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो । उहाँको हैसियत नै त्यही हो । त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । तर, आज दम्भ देखाउने ? अहिले भर्खरै एउटा पत्रिकामा व्यंग्य आएको थियो । श्रीपेचको चोरी भनेर । यदि त्यो श्रीपेच चोरी भयो भने मेरो मुख्यमन्त्रीलाई लाईदिए भयो । अरे बाबा सर्वेसर्वा हुन्छ त ? संसद छैन । संविधानले व्यवस्था गरेको कुरालाई नाघेर हिँड्न पाईन्छ ?’
उनले मुख्यमन्त्री पौडेलले सिआईको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘सिआईएको पैसामा कार्यक्रम सञ्चालनमात्रै होईन, यहाँको सबै सूचना लिएर अनि सिआईलाइ समर्पण गर्ने मान्छे नेकपाको सदस्य हुन सक्छ र ?’

उनले भने,‘हिजो काग तिहार हो । अरुबेला लखेट्ने कागको तिहार छ । आज चाहीँ जहिल्यैपनि लात हान्ने कुकुरको दिन आईरहेको छ । हिजो अस्ती छेउ पर्न दिँदैन थियौं । तर, आज उनीहरुको त दिन आएका छन् । मुख्यमन्त्री त मान्छे नै हुन् । म त दयावान मान्छे हुँ । करुणाले भरिएको मन छ । सबै कुरा अहिल्यै नै छापिएपछि उनको निन्द्रा हराम होला । तिहारजस्तै लाग्दैन क्या । जीवजन्तुले त केही पाईरहेको बेला, उहाँ अजिव मान्छे हो । अहिले तिहार मनाउन दिनुपर्छ । फेरी टेन्शन हुन्छ।’

उनले आफूले जीवनमा कहिल्यैपनि कसैको दुव्र्यवहार नसहेको र नगरेको पनि स्पष्ट पारे । उनले भने,‘मुख्यमन्त्रीले मसँग बोल्दा टेबुल ठट्टाएपछि मैले पनि ठट्टाएको हुँ । मैले अनियमितता गरें भनेर आरोप लगाउनुभएको छ । ती आरोपहरु प्रमाणित हुनुपर्छ । उहाँले राजधानी सार्ने कुरामा पनि गलत अभिव्यक्ति दिनुभएको छ । प्रदेशको अधिकारविरुद्ध बोल्नुभएको छ । प्रदेश सभाको विषयलाई निजी विषय बनाउन मिल्छ ?’
मुख्यमन्त्रीले आफूलाई जिल्ला–जिल्ला किन घुमिस् भनेर प्रश्न सोधेको पनि उनले जनाए । स्थापितले भने,‘म त जिल्ला जिल्ला घुमिरहेकै छु, मन्त्रालयका योजनाहरुको अनुगमन गरिरहेको छु । कार्यालयहरु क्रियाशिल भएका छन् कि छैनन् भनेर पनि अनुगमन गरिरहेको छु । तर, उहाँले म जिल्ला जिल्ला घुमेर उहाँलाई मुख्यमन्त्रीबाट अपदस्थ गर्न लागेको भनेर आरोप लगाउनुभयो ।’

आफूले सम्हालेको मन्त्रालयको काम रफ्तारमा गरेको पनि उनले विश्वास दिलाए । उनले भने,‘यो आर्थिक वर्ष क्रियाशिल भएको चार महिना भयो । तर, मैले  २७ अर्बको पाईपलाईनभित्र हालें । मैले पाएको १३ अर्ब हो । दुई अर्ब चाही विश्व बैंक र एडिबी बैंकले गर्छ । बाँकी ११ अर्बको हो, त्यो त मेरो काम सक्कियो । राजनीतिमा क्रियाशिलता देखेपछि त्यसलाई बिचमा रोक्नुपर्छ भन्ने हुँदो रैछ क्या ।’
मुख्यमन्त्रीले आफूलाई राखेर तपाईको पर्फर्मेन्स जिरो छ भनेको सुनाउँदै उनले भने,‘उहाँले तपाईको पर्फर्मेन्स जिरो छ भन्नुभयो, तर मैले उहाँलाई मेरो त कामै सक्कियो भनिदिएँ । म कृषिमन्त्री भएको भए च्याङ्ग्रा किनेर ल्याउँथे र बाडिदिन्थे । यो पुल, सडकहरुको काम भनेको त टाईम टु टाईम हुन्छ । त्यसको चाहीँ खरिद ऐन आकर्षित हुन्छ।’
उनले आफूलाई चीनमा एउटा बैठकमा भाग लिन जान लाग्दापनि मुख्यमन्त्रीले जान नदिएको आरोप लगाए । उनले भने,‘मैले त धिमाल, कुमालदेखि माझी बस्तीमा गएर भनेको छु, म कुन बस्तीमा पुगेको छैन र ? भनेपछि उहाँले मलाई तपाई काम नलाग्ने मान्छे भनेर सुरुमा आरोप लगाउनुभयो । जिरो पर्फर्मेन्स भन्नुभयो । जिल्ला जिल्लामा गएर सांसदहरुलाई प्रभावित गरेर मुख्यमन्त्री नै खत्तम गर्न लाग्नुभयो भन्नुभयो, तर मैले उहाँलाई तपाई आफ्नो विवेक प्रयोग गर्नुहोस् भनेको हो । मैले उहाँलाई हटाए हुन्छ भनेर भनेको हुँ ।’

आफूले साँढे चार अर्बको त डेडलाईन फर्ममा १६ वटा बाटा र ६ वटा पुल बनाउने भनेर यो साल खर्च हुनेभयो भनेको स्थापितले सुनाए । उनले भने,‘दोस्रो चरणमा ई.ओ.आई. हुने, दशैंलगत्तै मैले जलस्रोत र सिचाईको मान्छे पाएँ । यातायातको अहिले १० लाख फाईल एक ठाउँमा छ । काम भैरहेको छैन् । सबै कर्मचारीहरुले हामीलाई काम दिनुहोस् । उपर्युक्त जिम्मेवारी दिनुहोस् भन्नुभएको छ। संगठन अझैसम्म बनेको छैन् । कर्मचारी पाएको छैन् । केन्द्रबाट कानुन आउनुपर्छ भन्छन् । मैले भनें नमुना कानुनमा मुनापनि आउँदैन् । केन्द्रबाट ट्रकमा हालेर मुन पठाएपनि हेटौंडामा आउँदा मर्छ।’
मुख्यमन्त्रीले गरिबको लागि २० करोडको आवास बनाउने भनेर भनेपनि पूर्वाधारको यत्रो रकम मुख्यमन्त्रीले कब्जा गर्न लागेको हो भन्दै उनले प्रश्न गरे । उनले थपे,‘पूर्वाधारको काम हो भने त पूर्वाधारमा पठाउनुपर्यो । तर, उहाँले त्यो २० करोडमा त भर्खरै कार्यविधि ल्याउँदैहुनुहुन्छ क्या। मान्छे नियुक्त भएको छैन् । उहाँको हकमा चाहीँ भर्खर कार्यविधि ल्याउनुपर्ने र केशब स्थापितको हकमा चाही पहिल्यै ल्याउनुपर्ने । यो असमानता हुनुले कुनै अर्थ राख्दैन् ।’

आफूले मुख्यमन्त्रीलाई तपाई दलाई लामा बन्न पाउनुहुन्न भनेको पनि उनले सुनाए । स्थापितले भने,‘उहाँले मलाई तपाई काम नलाग्ने भनेपछि मैले तपाईले सक्नुहुन्छ भने हटाउनुहोस भनेकै हो । चर्काचर्की परेकै हो । उहाँले तपाई कामै नलाग्ने भनेर टेबुल ठट्टाएपछि मैले पनि टेबुल ठट्टाएकै हो । उहाँले अनियमितता गर्यो भन्नुभयो त्यो प्रमाणित हुनुपर्छ । संसदमा त मारामार हुन्छ । टेबुल ठट्टाउनु ठूलो कुरा होईन् ।’

उनले अब नेकपामा २४ र ३४ को समिकरण नरहने जिकिर गरे । उनले भने,‘अब समिकरण रहनै सक्दैन् । उहाँले मलाई मन्त्रीबाट हटाएकोमा कुनै गुनासो छैन । अब समिकरण भत्कियो है ।’

उनले प्याङ्क्रियाजको काम जीवन रस निकाल्ने रहेको सुनाउँदै भने,‘प्याङ्क्रियाजले हामीलाई चाहिनेजति सबै रस निकाल्छ । केही फ्याक्ट्री आउँछ । विदेशी आउँछ । साम्राज्यवादीले के गर्छ भने आफ्नो कुरा खुवाँउछ । यसो भैसकेपछि हाम्रो प्याङ्क्रियाजले के भन्छ भने अब विदेशी नै आएपछि मेरो काम छैन भन्छ । उ थाक्छ । अनि थाकेपछि त्यो ईन्सुलिन नखाईकन हामी जोगिन सक्दैनौ नि ।

यो सिआईएको अहिलेको म्यापिङ गरेको भनेको हाम्रो क्षमता, योग्यता, हाम्रो यहाँ गहिराईमा भएको कुरा सबै ध्वस्त बनाउन भैरहेको छ । त्यसको अगाडि डिफेण्ड गर्नुपर्दैन् ? मैले सदाबहार रुपमा यो कुरा उठाएँ । त्यसैले मैले सारमा भनेको छु यो पदमा बस्न उहाँ योग्य हुनुहुन्न । यसलाई अब पार्टीको गम्भिर विषय बनाईन्छ ।’
प्रधानमन्त्री विरामी भएर आईसियुमा भर्ना भएको बेला मुख्यमन्त्रीले हतार गरेर आफ्नो कुरा सुनाएको उनको आरोप छ । उनले भने,‘ईन्फेक्शन हुन्छ भन्दापनि उहाँले आफ्नो कुरा सुनाउनुभयो । अलिकतिपनि मानवताको कुरा छैन् । मैले हजारौं योजनाहरु बनाएको छु । उचाईमा पुर्याएको छु । प्रत्येक जिल्लामा एक सयदेखि २ सयसम्म योजनाहरु पुर्याएको छु । उहाँले जनतामा पलाएको विश्वासलाई हत्या गर्नुभएको छ । अनि हत्या गर्नेलाई के भन्ने ? मसँग शब्द छैन् ।’

अब संसदमा तपाईको भूमिका के हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘यस्तो हुँदो रैछ क्या, मैले हिजो काठमाडौं महानगरपालिकाको मेयरको लागि दाबी गरेको थिएँ । त्यो बेला मेयर भएँ, भएँ, भएँ भन्ने भयो । पछि भईन भन्ने भयो । मनको तितो खत्तम गर्नका लागि कडा कफी खाएँ घरमा गएँ अनि सुतें । मन्त्री छोडेको भोलिपल्ट मैले भोगें । पार्टीको अनुशासन यही हो । मेयर छोडेपछि मलाई मन्त्री त आयो नि । अब अहिले मन्त्रीबाट खाली भएपछि अर्को ठाउँ त सिर्जना भयो होला नि ।’

आफूले मुख्यमन्त्री पौडेलविरुद्ध अब प्रतिवाद सुरु गरेको पनि स्थापितले सुनाए । उनले भने,‘अहिले तिहार छ । मैले उहाँको उमेरको सम्मान गर्नुपर्छ ।’ यद्धपी उनले आफूले अहिलेसम्म जीवनमा कहिल्यैपनि दमन नसहेको सुनाए । उनले भने,‘तत्कालिन् राजा ज्ञानेन्द्रले मलाई निवासमै बोलाएर छलफल गर्नुभयो । उहाँले मलाइ राजतन्त्रको भविष्य के छ भनेर सोध्नुभयो ? मैले सूरुमा बोल्दिन भनें । तर, उहाँले बोल्न भनेपछि राजतन्त्रको भविष्य छैन भनिदिएँ ।’

‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हुँ । राजा ज्ञानेन्द्रसँग डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने ?– उनको प्रश्न थियो ।
फरक प्रसँगमा उनले आफू महिलालाई सत्कार गर्ने मान्छे भएको प्रतिक्रिया दिए । उनले भने,‘मैले लञ्च अफर गर्दा के गलत भयो ? म त खाना मिठो बनाउँछु । कफी मिठो बनाउँछु । जसले मलाई हिंसा गर्यो भनेर आरोप लगाउनुभएको छ, उहाँ पूरानो पत्रकार भन्नुहुन्छ । १५ वर्ष पहिले यो घट्ना घटेको भन्नुभयो । अस्ति फेरी ६ वर्ष पहिले भन्नुभयो ।’

उनले भने,‘मलाई रश्मिला प्रजापातिले आरोप लगाउनु भएको छ । अब मानहानी हाल्छु । सि विल बी बुक्ड । मैले कानुनी सल्लाहकारसँग सल्लाह गरिसकेको छु । मेरो मानहानीमात्रै भएको छैन । धेरै कुरा भएको छ । तिहारपछि म कानुनी उपचारमा जान्छु । उहाँको सम्पत्ति विवरण कति छ, नभएको भन्दा बढि बिगो त दाबी गनुभएन । र, केही दर्ता नभएका अनलाईनहरु पनि । म त र्याम्बो शैलीको मान्छे हुँ । म थाक्ने मान्छे होईन् ।’

गायक लालकाजि श्रेष्ठको आवाजमा ‘पखाईमा परदेशी'(भिडियो सहित)

गायक लाल काजि श्रेष्ठको सुमधुर स्वरमा रहेको “ पखाईमा परदेशी ” बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हरिकृृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीतमा रहेको गीतमा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ । परदेशको भुमिमा आफनी प्रेमिकाको तडपाईमा बस्नुपर्ने अवस्थालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ पखाईमा परदेशी ” गीतमा लिला र बुद्धविरको अभिनय रहेको छ ।

प्रदेस नं. ३ मा नेकपाको एकता मंसिर १५ भित्र सम्पन्न गर्नुपर्ने

२० कात्तिक, काठमाडौ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिनुएको छ ।

उहाँका अनुसार चरम विवादको बीच रसुवा र सिन्धुलीमा स्थानीय तहको एकता प्रक्रिया सम्पन्न भएको छ । रसुवा र सिन्धुलीमा नगर÷ गाउँमा सङ्गठन कमिटीको गठन गरिएको नेकपा प्रदेस नं. ३ का सहईञ्चार्ज हितबहादुर तामाङले जानकारी दिनुभएको छ ।
प्रदेशअन्तर्गत रहेका अन्य जिल्लामा रहेका स्थानीय तहको एकतालाई समेत मङ्सिर १५ गतेभित्र सक्नेगरी सम्बन्धित जिल्ला कमिटीलाई निर्देशनसमेत दिइएको सचिव पोखरेलले बताउनुभएको छ । प्रदेश नं ३ मा १३ जिल्ला कमिटी र चार विशेष कमिटी  रहेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको असोज ५ गते विशेष परिपत्र जारी गदै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव मनोनयन गर्दै पार्टीको विधान, नियमावली र निर्देशनको मार्गदर्शन एवं विगतको सिफारिशका आधारमा आफ्नो मातहतका जिल्ला कमिटी एकीकरण सम्पन्न गर्नुपर्ने जिम्मा दिनुभएको थियो ।

सचिव पोखरेलले परिपत्रानुसार पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्ने एवं प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेजस्ता कार्यक्रम भइरहेको बताउनुभएको छ ।

प्रचण्डको अगाडि मोटर साइकल चलाएपछि यी युवालाई कारबाही

काठमाडौं । कोसी अञ्चल अस्पतालमा रहेकी बिरामी ठूली आमालाई खाना लिएर हिँडेका एक युवकको लाइसेन्स प्रहरीले खोसेको छ । ट्राफिक नियम पालना नगरेकाले लाइसेन्स खोसिनु स्वभाविक थियो । इटहरीका सरोज कार्कीको हकमा भने ट्राफिक प्रहरीले फरक कारण देखाएको छ । खाना लिएर अस्पतालतर्फ जाँदै गरेका सरोजमाथि प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार गाडीको अगाडि मोटरसाइकल चलाएको आरोप लगाएको छ ।

सोमबार बिहान पौने ११ बजेको समयमा विराटनगरस्थित भाटभटेनी सुपरमार्के स्टोर अगाडि पुगेको समयमा प्रहरीले सरोजलाई रोकेनन् मात्रै को १९ प ७३५५ नम्बरको मोटरसाइकलमा सवार उनको लाइसेन्स नै खोसिदिए ।
सरोजलाई कोसी अञ्चल अस्पतालको बेड नम्बर १२८ मा उपचाररत ठूली आमालाई खाना पुर्‍याउने हतार भएका बेला सुरक्षाकर्मीले नेकपा अध्यक्ष दाहाल आएकले उनको अगाडि मोटरसाइकल गुडाउन नमिल्ने भन्दै रोकिदिए ।

सुरक्षाकर्मीले रोकेपछि कार्कीले आफूलाई अस्पतालमा रहेकी ठूली आमालाई खाना पु¥याउन हतार भएको बताएका थिए । उनले अस्पतालमा खाना लिएर हिँडेकोले आफूबाट अध्यक्ष दाहाललाई कुनै खतरा नहुने पनि बताए । तर अध्यक्ष दाहालको गाडी नजाउन्जेल जानै नमिल्ने भन्दै कार्कीलाई सुरक्षाकर्मीले थर्काउँदै त्यहीँ रोके ।

कार्कीले सुरक्षाकर्मीलाई जनताको मतले जिताएको नेताले जनतासँग डराउन नहुने भन्दै आफूलाई अस्पताल जान आग्रह गरिरहे । उनले यसो भनिरहँदा सुरक्षाकर्मीले व्यंग्यमिश्रित उत्तर दिँदै भने, ‘तपाई भोलि मन्त्री हुनु भयो भने हामी सलाम गर्न तयार छौँ । अहिले अध्यक्ष दाहाल सवार गाडी आएकाले जान दिन सक्दैनौँ ।’

त्यसपछि ट्राफिक प्रहरीले कार्कीको मोटरसाइकल मात्रै त्यहाँ रोकेनन्, उनको लाइसेन्स नै खोसे । त्यो बेलासम्म दाहाल सवार गाडी आएकै थिएन । लाइेन्स खोसिएपछि कार्कीले मोटरसाइकल र हेल्मेट पनि प्रहरीलाई बुझाए । बल्ल ट्राफिक प्रहरीले उनलाई चाबी र मोटरसाइकल दिए, त्यो पनि मेन रोडमा नगुड्ने शर्तमा

उनको लाइसेन्स भने खोसिएकै थियो । दाहाल मूल सडकबाट गएपछि कार्कीले ठूलीआमालाई खान पुर्‍याउन भ्याए । उनले ट्राफिक प्रहरीलाई १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । आफूले कुनै नियम नतोडेकै अवस्थामा ट्राफिकले १५ सय जरिबाना तिराएको गुनासो कार्कीले गरेका छन् ।

अध्यक्ष दाहालको सवारी अगाडि मोटरसाइकल कुदाएको आरोपमा लाइसेन्स खोसेर जरिवाना तिराएको बारेमा कुनै जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्सपेक्टर शिव पोखरेलले जानकारी दिएका छन् ।

तिहारको दोश्रो दिन आज कुकुरको पूजा गरिदै

२० कात्तिक, काठमाडौ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरेर कुकुर तिहार मनाउन लागिएको छ । घरको रक्षक र इमान्दार जन्तुका रुपमा समेत वर्र्षको एकपटक कुकुरलाई पुज्ने परम्परा अनुसार आज ककुरको पूजा गरेर ककुर तिहार मनाउन लागिएको हो ।

आजको दिन कुकुरलाई मीठा–मीठा खानेकुरा खुवाएर टिका र माला लगाइ पुज्ने गरिएको छ । कुकुर तिहारको दिनलाइ नरक चतुर्दशी तिथीको रुपमा समेत मनाइने गरिएको छ । नरक चतुर्दशी समेत भएकााले आज बिहानैदेखि नदी, जलकुण्ड तथा खोला तलाउमा स्नान गर्ने धार्मिक पराम्परा तथा विश्वास रहेको छ । महाभारतका अनुसार सत्यवादी युधिष्ठिरलाई समेत स्वर्गको यात्रा गराउने सौभाग्य कुकुरले पाएकाले घर–घरको संरक्षकको जिम्मेवारी सम्हाल्न सक्षम मानिदै यमपञ्चकको दोस्रो दिन हिन्दु धर्मालम्वीहरुले कुकुरको पूजा गर्ने गरेका छन् ।

यसैबीच, आज नै अरुणोदयकालमा नदी तथा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासको आधारमा आज नरक चर्तुदशी मनाउन लागिएको छ । नरक नुहाउने विधिसमेत बत्ती बालेर बगाउदै नरक बगाउने गरिएको छ । कात्तिक शुक्ल त्रयोदशीदेखि कात्तिक शुक्ल द्धित्तियासम्म मनाईने तिहार पर्वको पहिलो दिन हिजो काग तिहार गरी यमपञ्चक तथा तिहार पर्वको सुरुवात गरिएको हो ।
यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिन हिजो कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार र धनवन्तरी जयन्ती मनाइएको छ भने भोलि २१ गते लक्ष्मीपूजा, कात्तिक २२ गते गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा गर्ने गरिएको छ ।

त्यही दिन नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११ सय ३९औँ नेपाल संवतको सुरुवात हुने र म्हः पूजा अर्थात् आत्मपूजा समेत गर्ने गरिएको छ । तिहार पर्वको मुख्य दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन २२ गते बिहीबार हुनुपर्ने समितिले जनाएको छ । यसवर्षको भाइटीकाको शुभसाइत कात्तिक २३ गते शुक्रबार बिहानको ११ बजेर ५५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष गौतमले जानकारी दिनुएको छ ।
टिकाको दिन दिनभर नै टिका लगाउन सकिने भएपनि बिहान ११ बजेर ५५ मिनेटमा शुभ साइतमा लगाउदाँ राम्रो हुने बताइएको छ । भाइटीकामा दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन उत्तम रहेको छ । टिकाको दिन दाजुभाई, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाईको यश तथा आयु बढ्ने र अपासी सम्बन्धमा सुखी तथा सम्पन्न हुने हिन्दु धर्मालम्बीहरुको विश्वास रहेको छ ।

बौद्धिक समयमा बलि नामक राजाले आफ्नो राज्यभर झकिझकाउका साथ दीपावली गरी विष्णुलाई खुसी तुल्याएकाले यम पञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने बरदान पाएको तथा यसै समयमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथासंग तिहार पर्वलाई जोडेर हेर्ने गरिएको छ ।

यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले तिहार पर्वलाई यमपञ्चकको रुपमा मनाइने गरिएको छ ।
यमराज आफ्ना दैनिक काम छाडेर हिजोदेखि पाँच दिनसम्म बहिनी यमुनाको घरमा पाहुनाका रुपमा बिराजमान हुने जनविश्वासमा तिहार पर्व मनाउन सुरु गरिएको हो ।
बहिनी यमुनाबाट पूजिएका यमराजले पाँच दिनसम्म बस्त्र, अलंकार आदि प्रदान गर्ने भएकाले तिहारलाई यम पञ्चकको रुपमा समेत चिनिने गरिएको छ । कार्तिक कृष्ण त्रयोदशी देखि पाँच दिनसम्म मनाइने तिहारलाई फूल र दिपबत्तिको पर्वको रुपमा समेत मनाइने गरिएको छ ।

तिहार पर्वको अवशरमा हिजोदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने हिन्दुधर्मालम्वीहरुको धार्मिक विश्वास समेत रहेको छ । यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेका छ । तिहार पर्वको अवशरमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई समेत मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक परम्परा रहेको छ ।

बलि राजाले पठाएको भन्दै तिहार पर्वको मौलिक सस्कृति बोकेको देउसी भैली पनि हिजोदेखि खेल्न थालिएको छ । समूहमा एक जनाले भट्याउने र अरुले स्वर ढाक्दै आगामी ठूलो एकादशी पर्वसम्म देउसी भैलीको संगीत तथा धार्मिक कथा वाचनले तिहार पर्वको उमङ्गलाई उत्सवमय बनाउने गरेको छ ।

आपसमा भेला भएर यमराज तथा भगवानको जीवनीमा आधारित भएर लोक लयमा गाइने देउसीभैलोका समूहले दिएको आसिक पूरा हुने विश्वासमा देउसी भैली समूहलाई पूजा गरेर दान दक्षिणा समेत दिने गरिएको छ । गृह मन्त्रालयले देउसी भैलो खेल्न रातीको १० बजेसम्मको समयसीमा तोक्दै त्यसपछि खेल्न नपाइने जनाएको छ  ।

फेरियो समाज: देउसिरे होइन, वाइफार्इ !

काठमाडौं । तिहार रङ, फूल, बत्ती र देउसीभैलोको पर्व । पहिले मादल ठोकेर, लेघ्रो तानीतानी भट्याउँदै देउसी खेल्ने चलन थियो । तर नयाँ प्रविधि र बदलिँदो जीवनशैलीले देउसी खेल्ने तरिका पनि फेरिएको छ । बलिराजाको अनुमति लिएर आएको जानकारी अब भट्याउनेले दिँदैनन् । बरु लाउडस्पिकरमा गीत घन्काउँदै आउँछन् । ढोकामा आइनपुग्दै सोध्छन्, ‘हजुर, वाइफाइको पासवर्ड के हो ?’ अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

सहरमा त मुखले भट्याउने चलन नै हराइसक्यो । रेकर्डेड देउसीभैलो सुनाइन्छ । ‘पंक’ फेसनमा सजिएका युवायुवती भड्किला अंग्रेजी गीत बजाएर नाच्छन् । आपसमा हाँसखेल, रमाइलो र ठट्टा गर्ने बानी छुट्दै गएको छ । इन्टरनेटमा उपलब्ध सामग्रीले आत्मीयता खोसेको छ । पुस्तान्तरणसँगै चाडबाड मनाउने शैली पनि बदलिएको छ । यसलाई स्वाभाविक रूपमा हेर्नुपर्ने संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग बताउँछन् । ‘समाजलाई विविध पक्षले प्रभाव पारेको हुन्छ । विज्ञानप्रविधिमा भएको चामत्कारिक विकासले नयाँ पुस्तालाई प्रभावित गरेको छ । त्यसैको परिणाम अहिले देखिएको हो ।’

अचेल देउसीभैलोको महत्व खेल्नेले नै भेउ पाउँदैनन् । आशीर्वाद दिँदाको शब्दभाव, लय, शैली र बजाइने बाजागाजा लोपजस्तै भइसकेका छन् । ८४ वर्षीय ग्वंग भन्छन्, ‘परम्परा र शैली सांस्कृतिक परम्परावादबाट सांस्कृतिक गतिशीलतामा रूपान्तरण भएको छ ।’ प्रविधि मात्र होइन, सामाजिक, आर्थिक, शैक्षिक र राजनीतिक पक्षले पनि नयाँ पुस्तालाई मनोवैज्ञानिक प्रभाव पारेको उनी बताउँछन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web