नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरा जडान गर्न अनुमति लिनुपर्ने व्यवस्था अनिर्वाय गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको परिपत्रको आधारमा प्रशासन कार्यालयले सूचना जारीगर्दै सार्वजनिक, व्यापारिक र निजी प्रयोजनमा जडान हुने सिसिटिभी क्यामराको बर्गिकरण गरी अनुमति लिएर मात्र प्रयोगमा ल्याउन आग्रह गरेको हो ।
यसअघि सञ्चालनमा रहेका र अबदेखि जडान गर्न लागिएका सिसिटिभी क्यामराको लागी तोकिएको ढाँचामा दिएको आवदेनको आधारमा प्रशासन कार्यालयले अनुमति उपलब्ध गराएपछि मात्र क्यामरा जडान गर्न पाइने टप नेपाल न्यूज डटकमसंग कुरागर्दै प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

उहाँको अनुसार सिसिटिभी क्यामरा जडानले सुरक्षाको लागी सहजता, अपराध नियन्त्रण, सबुद प्रमाण जुटाउन सहज हुने भएपनि दुरुपयोग समेत बढ्दै गएकाले त्यसलाई रोक्न ‘सिसिटिभी क्यामरा जडान तथा सञ्चालन सम्बन्धि कार्यविधि २०७२’ अनुसार नियमन र व्यबस्थित गराउन अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने ब्यवस्था बाध्यकारी बनाइएको हो ।

यसअघि क्यामरा जडान गरिसकेकाले समेत अबको १५ दिनभित्र अनुमति लिन आग्रह गरिएको छ । यसअघि सञ्चालनमा रहेकालाई तोकिएको अवधि भित्र अनुमति लिन तथा अबदेखि जडान गर्ने क्यामराले प्रक्रिया पूरा नगरी सञ्चालन गरेमा कारबाही गर्न बाध्य हुने प्रशासन कार्यालयले चेतावनी दिएको छ ।

24.12¡ÆC